Tuesday, September 8, 2026

जेनजी आन्दोलनको एक वर्ष: युवाको हातमा सत्ता, सुशासनमा प्रश्नै प्रश्न, जनतालाई उस्तै सास्ती !


काठमाडौं । एक वर्षअघि अर्थात् गत भदौ २३ गते जेनजी आन्दोलन भयो ।


जेनजी पुस्ताहरूले सुशासन कायम हुनुपर्‍यो, स्वदेशमा नै रोजगारी चाहियो, नेपालीको आय स्तर बढ्नु पर्‍यो । मंहगी हुनु भएन जस्ता माग राखेर गत भदौ २३ गते क्याम्पस पोसाकमै विद्यार्थीहरू बिहानै ९ बजे माइतीघर मण्डला पुगे ।


तत्कालीन केपी ओली नेतृत्वको सरकारले त्यो बेला सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो । आन्दोलनकारीको आक्रोश सामाजिक सञ्जाल तर्फ पनि मोडिएको थियो ।


सामाजिक सञ्जाल बन्दको विरोधलाई कायम राख्दै युवाहरूले गरेको आन्दोलनमा भ्रष्टाचार अन्त्य, नातावाद कृपावादको अन्त्य, राजनीतिक संरक्षण, बिचौलियाको अन्त्य, जबाफदेहिताको अभाव, बेरोजगारी, कुशासनको अन्त्य र राज्य संयन्त्रप्रतिको अविश्वासजस्ता विषयलाई जेनजी युवाहरूले आन्दोलनको प्रमुख नारा बनाए ।


माइतीघर वाट सुरु भएको आन्दोलन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बानेश्वरतर्फ लाग्यो । शान्तिपूर्ण आन्दोलन सुरु भएको केही समयमा नै हिंसामा परिणत भयो । बानेश्वर चोकमा क्याम्पसको पोसाकमा रहेका विद्यार्थीलाई गोली लाग्यो ।


आन्दोलन हिंस्रक बन्दै गयो । आन्दोलनमा टीओबी लेखिएको पोसाक लगाएका समूह देखिए । आन्दोलनकारीले निषेधाज्ञा तोडे । तत्कालीन संसद् भवन भत्काए । आन्दोलन २३ गतेमा मात्रै सीमित भएन । २४ गते झनै बिध्वसंकारी बन्यो ।


२४ गते आन्दोलन झन् हिंस्रक बन्यो । प्रमुख प्रशासकीय भवन सिंहदरबार, सर्वोच्च तथा विभिन्न जिल्ला अदालत, राष्ट्रपति निवास हुँदै प्रहरी कार्यालय, सरकारी निकायमा आगो सल्कियो । एकाएक आकाशमा कालो बादल मडारिन थाल्यो ।


आन्दोलनका क्रममा २ दिनमा ७६ जनाको मृत्यु र २ हजार ५ सयभन्दा बढी घाइते भएको छानबिन प्रतिवेदनले औँल्याएको छ । तत्कालीन समयमा सरकारले गरेको अध्ययन अनुसार देशभरका ५५ जिल्लामा करिब २ हजार ९०० भवनहरू क्षतिग्रस्त भए ।


त्यसमध्ये ४१९ निजी क्षेत्रको रहेका छन् । जेनजी आन्दोलनले करिब ७८ अर्ब बराबरको भौतिक संरचना क्षति भयो । जसमा निजी क्षेत्रको मात्रै ३६ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।


सुशासनका लागि भएको आन्दोलनले नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री देशले सुशीला कार्कीलाई पायो । आन्दोलनका कारण ओली नेतृत्वको सरकार ढल्यो । २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा नै भयो । पुराना दलहरू साना दलमा खुम्चिए । नयाँ दलको उदय भयो । युवाहरूले मौका पाए । तर, यो अवधिमा नेपाली जनताले सुशासनको महसुस कत्तिको गर्न पाएका छन् । अहिलेको प्रश्न यही हो ।


फागुन २१ गते निर्वाचन सकियो । चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भयो ।


सरकार गठन भएको ५ महिनामा सरकारले के काम गर्यो ? ५ महिनामा सुशासन दिन सक्यो की सकेन ? यति छिनै सरकारको मूल्याङ्कन गर्न मिल्छ ? रास्वपाका नेता तथा संसादहरुले भनेको जस्तो ३५ वर्षमा केही काम भएन, ५ महिनामा खोज्नु मूर्खता हैन र ? भन्ने प्रश्न पनि आउन सक्छन् । ती प्रश्नलाई एक ठाउँमा राख्दै यो सरकार गठन हुनु पूर्व नै निर्वाचनमा समयमा रास्वपाले गर्छु भनेको प्रतिबद्धता, १०० दिनमा गर्छु भनेको कामको प्रतिबद्धता र सरकारले सुशासनका लागि जे गर्छु भनेको थियो । ती काम भएकी भएनन् भनेर प्रश्न गर्ने बेला भने भइसकेको छ ।


र, जुन उद्देश्यले जेनजी आन्दोलन भएको थियो, त्यो उद्देश्य अनुसार अहिलेको सरकारले काम गर्न नसकेको जेनजी आन्दोलनका अगुवाहरूको नै गुनासो छ ।


“पहिलाको सरकारले गरे जस्तो काम गर्न पहिला नै सरकार थियो । युवाहरूले पहिलाका सरकारको भन्दा राम्रो कामको सुरुवात होस भनेर जेनजी आन्दोलन गरेका थिए” जेनजी आन्दोलनका एक अगुवा मिराज ढुङ्गाना भन्छन् “यो सरकारले जति गर्नुपर्ने हो, जति गर्न सक्थ्यो । त्यो हुन सकेन । गर्न पनि सकेन ।”




युवा बालेन्द्र साह चैत १३ गते मुलुकको प्रधानमन्त्री भएपछि १४ गते केपी ओली र रमेश लेखक पक्राउ गरियो । जेनजी आन्दोलनमा उनीहरूको निर्देशनमा प्रहरीले गोली चलाउन लगायो, उनीहरू नै अपराधी हुन जसरी पक्राउ गरियो । पछि सर्वोच्च अदालतको आदेशबाट रिहा भए ।


त्यसअघि नै सरकारले गौरीबहादुर कार्की नेतृत्वमा छानबिन आयोग बनायो । आयोगले करिब ९०७ पृष्ठको प्रतिवेदन तयार पार्‍यो । प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा प्रहरी नेतृत्वमाथि कानुनी कारबाहीको सिफारिस गरेको थियो ।


बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गर्‍यो । तर आयोगको प्रतिवेदनको निष्पक्षता र कानुनी प्रक्रियाबारे कैयन प्रश्न उठे । त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक रूपमा पाइँदैन । तत्कालीन सरकारले जनआस्था अनलाइनमा आएको समाचारको आधारमा ओली, लेखकहरूलाई पक्राउ गरेको थियो ।


जेनजी आन्दोलनका विषयमा राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनले दोषी देखाएकाहरू अहिले खुलेआम हिँडिरहेका छन् । प्राय रास्वपाका समर्थित थिए । त्यसका सरकारले सुझाव कार्यान्वयन गरेको छैन ।


देशमा लामो समयदेखि भ्रष्टाचारले जरा गाडेको छ । साह नेतृत्वको सरकारले २०८२ चैतमा १०० बुँदे सुशासन सुधार कार्य योजना ल्यायो । युवाको नेतृत्वमा सरकार । युवाले काम गर्ने भनेपछि सबैले वाहवाह गरे ।


यसमा प्रशासन सुधार, डिजिटल सेवा, सार्वजनिक सेवा छिटो बनाउने, राजनीतिक हस्तक्षेप घटाउने, भ्रष्टाचार नियन्त्रण, सरकारी सम्पत्तिको संरक्षणलगायतका विषय समेटियो । राजनीतिक तथा उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिन गर्ने भनियो । सरकारले पूर्व तथा वर्तमान राजनीतिज्ञ र उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्न ५ सदस्यीय आयोग र समिति गठन गर्‍यो । यो काम अहिले रोकिएको छ ।


सरकारले जेनजी आन्दोलनपछि भ्रष्टाचार नियन्त्रणमा मापनयोग्य ठुलो सुधार गर्न सकेको छैन । तर, सरकारले केही उद्योगी व्यवसायीलाई हतार हतारमा पक्राउ गरेर बिचौलिया राज अन्त्य गर्न खोजेको, भ्रष्टाचार कम गर्न प्रयास गरेको देखाउन खोज्यो ।

सरकारले व्यवसायी दीपक भट्टलाई पक्राउ गर्‍यो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । सरकारले पक्राउ गरेका अन्य शेखर गोल्छा लगायत व्यवसायी धरौटीमा हिरा भइसकेका छन् ।




भट्टलाई भने नेपालका शक्तिशाली व्यक्तिको रूपमा चिनिँदै आएको थियो । उनले सार्वजनिक निकायहरूको नियुक्तिमा बिचौलियाको काम गर्दै आएका थिए । नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज, नागरिक उड्डयन प्राधिकरण जस्ता सार्वजनिक निकायहरूमा आफ्नो अनुकूलको व्यक्ति नियुक्त गर्न लगाउने, आफुले भनेको काम नगर्ने कर्मचारीलाई २४ घण्टा भित्र सरुवा गर्ने शक्ति राख्दथे । उनले हरेक सरकारलाई आफ्नो पक्कडमा लिएका थिए ।


यो सरकारले त्यस्ता शक्तिशाली बिचौलीलाई भने कारबाही दायरामा ल्याउने प्रयास गरेको छ । के यतिले मात्रै सुशासन आउँछ ? व्यक्तिगत रिसका लागि जनआस्थाका पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेर ५ दिन हिरासतमा राखेर मात्रै सुशासन आउँछ ? शेखर गोल्छा, शाहिल अग्रवाल लगायत उद्योगी व्यवसायीलाई पर्याप्त प्रमाणबिना पक्राउ गर्दैमा सुशासन आउँछ ? अहिले धेरैका यस्ता प्रश्न छन् ।


सरकारले जब व्यवसायी शङ्कर अग्रवालको हातमा हत्कडी लगायो । त्यसपछि निजी क्षेत्र डरायो । भट्टलाई पक्राउ गर्दा अनेक अडकलबाजी गरिएको थियो । कतिपयले चोख्याउन खोज्यो भने त कतिपयले अब कसैलाई पनि यो सरकारले बाँकी छोड्दैन भने ।


निजी क्षेत्रले लामो समयदेखि पहिला सुन अनि मात्रै थुन भन्दै आएको थियो । तर यो सरकार सुन भन्दा पनि ‘जो भेट्यो त्यसैलाई थुन’ को गतिमा गएपछि सबैमा त्रास फैलियो । सरकार प्रमाण भन्दा पनि सामाजिक सञ्जालमा केगर्दा वाहवाह पाइन्छ त्यतै लाग्यो । पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गर्‍यो । पछि उनी छुटे । बैंकर ज्योति प्रकाश पाण्डेको पक्राउ, तथा सरकार उद्योगी व्यवसायीलाई गरेको धरपकडले निजी क्षेत्र निकै त्रसित बनायो ।


जेनजी आन्दोलनका अगुवा ढुंगाना भन्छन् अझै पनि राजनीतिक सङ्क्रमण काल छ । जेनजी आन्दोलनको मर्म पुरा भएन ।यो सरकारले १०० बुँदे योजनामार्फत प्रशासनमा राजनीतिक हस्तक्षेप घटाउने, डिजिटल प्रणाली बढाउने र सेवा प्रवाह सुधार गर्ने लक्ष्य राखेको छ । सरकारले ल्याएको नीतिमा प्रश्न गर्ने ठाउँ छैन । तर संरचनागत सुधारको परिणाम देखिन सकेको छैन । सरकारी सेवा छिटो र झन्झटरहित बनाउने सरकारको योजना थियो र छ पनि ।


यो सुशासनको वास्तविक परीक्षा हो पनि हो । सरकारले १०० बुँदे योजनामा सरकारी सेवा डिजिटल बनाउने, लाइन घटाउने, सेवा प्रवाहलाई छिटो बनाउने तथा प्रशासनिक पुनर्संरचना गर्ने भनेको थियो । सरकारले ग्यास वितरणमा उपभोक्तालाई दिनभर सडकमा लाइन लगाएपछि आशा भन्दा निराशा बढ्दै गएको छ । सामाजिक सञ्जालको बलमा बनेको सरकारले सामाजिक सञ्जालको चर्चा भन्दा माथि उठ्न नसकेको, तल्लो स्तरका जनताको मर्म अझै बुझ्न नसकेको मिराजको तर्क छ ।




जेनजी आन्दोलनमा नातावाद र राजनीतिक संरक्षणलाई प्रमुख मुद्दा बनाइएको थियो । सरकार बनाउने समय जब शिक्षा मन्त्री सस्मित पोखरेलको नाम अघि सारियो । त्यो बेलाबाट नै सरकारमा नेप्पोबेबी हाबी भएको महसुस गरे । नेप्पोबेबीहरु संसद् भित्र पनि कयौँ रहेको गुनासो बेला बेलामा आउने गरेको छ ।


सरकारले राजनीतिक तथा प्रशासनिक संरचनामा सुधार गर्ने, योग्यता र जबाफदेहितालाई प्राथमिकता दिने घोषणा गरेको छ । सरकारले घोषणा गर्दैमा तत्काल त्यो काम हुने होइन । त्यसका लागि आवश्यक प्रक्रिया कति अघि बढ्यो भनेर हेर्नुपर्छ । अहिले सरकारले कर्मचारीलाई विश्वास नगर्ने र कर्मचारीले सरकारलाई विश्वास नगरेका कारण प्रशासनिक संरचनामा सुधार आउन सकेको छैन ।


पहिला कर्मचारी सङ्घबाट प्रदेश स्थानीय तहमा जानै मान्दैन थिए । अहिले कर्मचारी सङ्घमा बस्न मान्दैनन् । अहिले कर्मचारीले सरकारलाई अझै पुरै विश्वास गरेको छैन । सरकारले कर्मचारीलाई पुरै विश्वास गरेका छैनन् ।




सरकारले अझै पनि कर्मचारीलाई पुराना राजनीतिक दलका समर्थित हुन् भन्ने नजरले हेरिरहेको छ । सिंहदरबार पस्नासाथ जेनजी आन्दोलनको बहानामा जलेका सिंहदरबारका भवनहरू हेर्दै अहिले पनि कर्मचारीहरू यो कस्तो सरकारको हो, यसको स्थायित्व कति हो ? कसरी विश्वास गर्ने हो ? भन्ने अन्यौलता छन् ।


सरकारका मन्त्रीहरू निजी कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) जस्ता छन् । बिहान गर्नु भनेको काम साँझ नै भनेर अलि ठुलो स्वर गर्ने । वर्षौँदेखि ‘हुन्छ, भइहाल्छ नि, यो काम छिटै हुन्छ, प्रक्रियामा गइसक्यो, टिप्पणीका साथीहरूले साँझसम्म सक्नुहुन्छ, त्यसका आवश्यक अनुसन्धान भइरहेको छ । सँगै अध्ययन पनि भइरहेको छ’ भन्नेमा बानी परेका कर्मचारीलाई बिहानको निर्देशन साँझ पुरा गर्न गाह्रो भएको छ ।


अहिले सरकारले कर्मचारीले भनेको समयमा काम गरेनन् भनेर मनोबल घटाउने काम गरिरहेका छन् । अझै मन्त्रीहरूले कर्मचारीलाई विश्वासमा लिन सकेका छैनन् । मन्त्रीहरू जसरी भए पनि काम गर्नुपर्‍यो भन्दै आएका छन् । तर, कसरी काम गर्ने भन्ने अहिलेसम्म बुझ्न सकेको छैनन् । परिणाम जनताले पाउने सेवामा देखिन थालेको छ ।


कर्मचारीलाई फकाएर काम लगाउनु पर्नेमा मन्त्रीहरूले थर्काउन खोज्दा जनतालाई ब्याज खुवाउने बेला अहिले रास्वपा साँवा नै डुब्ने हो की भन्ने आंशिक चिन्तामा छ । यति बेला मन्त्रीको ज्ञान र कर्मचारीको ज्ञान सहितको अनुभवले काम गर्नु हो भने यो सरकारलाई सफलताको शिखरमा पुग्न कसैले रोक्न सक्दैन ।


१८२ सिट ल्याएको सरकार हो । अहिले यो सरकारलाई कर्मचारीले आन्दोलनको जगमा आए, विधि प्रक्रिया बुझ्दैनन् भनेर लगाएको आरोप सरकारले चिर्नै पर्ने बाध्यता छ । अहिले सरकारले कर्मचारीलाई विश्वास गर्न नसके पनि राजनीतिक आवरणका आधारमा विभेद भने गरिसकेको छैन ।


तर सरकारले ग्यास व्यवस्थापनमा गरेको कमजोरीले धेरैलाई निराश बनाउन थालेको छ । बिचौलिया अन्त्य गर्न भन्दै भट्टलाई पक्राउ गरेको सरकारले सार्वजनिक सेवा प्रवाह गर्न यातायात कार्यालय, बसपार्क जस्ता स्थानमा हुने बिचौलियालाई कारबाहीको दायरामा ल्याएर सेवा प्रवाहमा सहज बनाउने प्रयास नगरेको पनि होइन । वैदेशिक रोजगार विभाग अगाडी अहिले बिचौलीया पाउनै मुस्किल छ । तर अहिले बजारमा ग्यास अभाव छ । २०६० को ग्यास ‘मैले त २६ तिरेर मैले त ग्यास ल्याएनी’ भन्नेको सङ्ख्या बढ्दै छ ।


सरकारले १०० दिनमा यी काम गर्छु भनेर भन्दै गर्दा त्यसको साक्षी कर्मचारी पनि छन् । यो काम कर्मचारी बिना सम्भव छैन । सरकारले यो बुझ्न नसकेको चिन्ता अहिले सिंहदरबारमा व्याप्त छ ।


यो एक वर्षको अवधिमा ओली सरकार ढल्यो, संसद् विघटन भयो, अन्तरिम सरकार बन्यो, नयाँ निर्वाचन भयो, पुराना दलहरू साना दलमा सीमित भए, नयाँ राजनीतिक शक्तिले बहुमत पायो ।


तर, भ्रष्टाचार अन्त्य, नेपाल खैरो सूचीबाट बाहिर निस्कने, नातावाद, राजनीतिक संरक्षण पूर्ण रूपमा अन्त्य, सरकारी सेवा पूर्ण रूपमा झन्झटरहित, जेनजी आन्दोलनमा मारिएकाहरूको न्यायिक प्रक्रिया अझै अन्तिम टुङ्गोमा पुगेको छैन ।


आयोगका सबै सिफारिस कार्यान्वयन भएको छैन । सुशासनमा सुधारको सुरुवात देखाउन खोजिएको छ । मृत अवस्थामा रहेको हुलाक सेवा सुरु गरेर कतिपय जनताले घरमै पनि सेवा पाएका छन् । ५५ रुपैयाँको फर्म भरेर घरमा राहदानी, लाइसेन्स पाएका पनि छन् ।


सरकारले २०८३ असार २० मा सार्वजनिक गरेको १०० दिनको प्रगति विवरणमा ७० वटा बुँदा कार्यान्वयन भएको र समग्र प्रगति ८७।२ प्रतिशत रहेको दाबी गरेको थियो । बाँकीमध्ये १७ वटा बुँदामा ८० प्रतिशतभन्दा बढी र १३ वटामा ६० प्रतिशतभन्दा कम प्रगति भएको दाबी गरेको छ । तर, सरकारले १०० मध्ये ३८ वटा मात्रै कार्यान्वयनमा गएको र ६२ वटा अझै अधुरा छन् ।




सरकारले यो अवधिमा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु गरेको छ ।


त्यसमा पनि सहकारीका ऋणीको ऋण असुलेर बचत फिर्ता गर्नु राम्रो काम हो । अहिलेसम्म सरकारले सङ्ख्यागत रूपमा मात्रै यति रकम दिइयो भन्दै आएको छ । रकमका आधारमा भने भनेको छैन ।


सरकारले ६ महिना भित्र विद्युत् खरिद सम्झौता तथा अनुमति पत्र सम्बन्धी निर्णय गर्ने भनेको थियो । त्यो काम गर्न तोकेको समय सकिन लागेको छ । परिणाम समिति गठनमा सीमित भएको छ ।


देशमा बहुमत प्राप्त सरकार हुँदा पनि निजी क्षेत्रको मनोबल बढ्न सकेन । निजी क्षेत्र अहिले त्रसित अवस्थामा छ । सेयर बजार सधैँ राताम्मे जस्तै छ । लगानीकर्ताको मनोबल बढ्न नसक्दा चौतर्फी निराशा छ । सरकार बन्द भएका उद्योग खोल्न भनेर लागेको छ । भएका उद्योगको अवस्था बारे जानकारी लिन चाहँदैन । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ भन्छन् “सरकारले भुईँको टिप्न खोज्दा गोलीको खसेको थाहै पाएन ।”


अहिले करिब ९ महिना देखी विभिन्न देशमा सरकारले राजदूत पठाउन सकेको छैन । नियुक्तिमा मनलाग्दी छ । अहिले जेनजीहरु सरकारले देश बुझ्न नसकेको र निजी क्षेत्र सरकारले निजी क्षेत्रको महत्त्व र योगदान नबुझेको निष्कर्षमा पुगेका छन् ।

https://laganinews.com/2026/09/08/one-year-of-the-genji-movement-power-in-the-hands-of-the-youth-questions-on-good-governance/

Wednesday, April 22, 2026

नेपाल रि कब्जा गर्ने हिमालयन रिका संस्थापकको सपना चक्नाचुर: भट्टले प्रयोग गर्थे गुप्ता, गोल्छासहित ५ कम्पनीको रकम



नेपाल रि, एनएलजी इन्स्योरेन्सको मूल्य बढाउन यी सगंठित गिरोह संलग्न

शोभित थपलिया


काठमाडौं । सरकारी स्वामित्वको नेपाल रिन्स्योरेन्स कम्पनीलाई कुनै पनि हालतमा कब्जा गर्ने रणनिती बनाएर लागेका हिमालयन रि इन्स्योरेन्स कम्पनीका संन्चालकसहिकतको योजना चक्नाचुर भएको छ ।


नेपाल रिन्स्योरेन्स कम्पनीलाई कुनै पनि हालतमा कब्जा गर्न खोज्नेहरु धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य र जालसाजीयुक्त कारोबारमा फसेका छन् ।



धितोपत्र बोर्डले गरेको अध्ययनले यस्तो देखाएको हो । व्यवसायी दीपक भट्टले गरेको झुठो कारोबार, मूल्यमा उतार चढाब र जालसाजीयुक्त कारोबारको अध्ययन गर्दैजाँदा अन्य व्यवसायी तथा कम्पनीको पनि संलग्नता देखिएको छ ।


बोर्डले गरेको अध्ययनले व्यवसायी दीपक भट्ट र धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनीका कार्यकारी प्रमुख संदिप चाचानले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर गरेको देखिएको छ ।


भट्ट र चाचानले यस्तो गैह्र कानूनी काम गर्न हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन क्यापसर्व, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, हिमालय सेक्युरिटिज बैंकर, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम प्रयोग भएको देखिएको छ ।


त्यस्तै शुभी अग्रवाल, हिमालयन लाइफ इन्स्योरेन्स, ऋषि राज मोर र राज बहादुर शाह समेतले नेपाल रिइन्स्योरेन्सको सेयरको मूल्य बढाउने काम गरेको देखिएको छ । उनीहरुले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०३ को उपदफा (३) बमोजिम कसुर गरेको पाइएको छ ।


यस्तै भट्टले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५ र ९८ बमोजिमको कसूर गरेको देखिएको छ । भूकुटी स्टक ब्रोकिङ्गका कार्यकारी प्रमुख चाचानले सहयोग गरेको देखिएको छ ।


शुभी अग्रवाल, राज बहादुर शाह र ऋषिराज मोरबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर गरेको देखिएको छ । यसमा भृकुटी स्टक ब्रोकिङ्गङ्का कार्यकारी प्रमुख चाचानले सहयोग गरेको देखिएको छ ।


यस्तै हिमालय इन्भेष्टमेन्ट बैंकर र हिमालयन लाइफ इन्स्योरेन्सले एनआरआईसीको सेयर कारोबारबाट धितोपत्र सम्बन्धी ऐन, २०६२ को दफा ९४ को खण्ड (क) र दफा ९५ बमोजिमको कसूर गरेको देखिएको छ ।



बोर्डले गरेको अनुसन्धानले हिमालय क्यापसर्भ, हिमालयन रिइन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गरेको एनएलजी इन्स्योरेन्सको सेयर कारोबारबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४ को खण्ड (क) र दफा ९५ बमोजिमको कसूर गरेको देखिएको छ ।


एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढाउन शुभी अग्रवाल, हिमालय इन्भेष्टमेन्ट बैंकर, हिमालयन रिइन्स्योरेन्स, एचएलआई लार्ज क्याप फण्ड, हिमालयन क्यापसर्भ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्ट माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सको संलग्नता देखिएको छ ।


उक्त कारोवारहरुबाट धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर भएको देखिएको छ । शुभी अग्रवाल, ऋषि राज मोर र धितोपत्र दलाल व्यवसायी भूकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.का कार्यकारी प्रमुख चाचान मिलेर सूचीकृत संगठित संस्था गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयरको मूल्य बढाउन भूमिका खेलेको देखिएको छ ।


उनीहरुले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१) र दफा ९८ बमोजिमको कसूर भएको देखिएको छ । उक्त कारोवारमा हिमालयन रिइन्स्योरेन्स लि. र एचएलआई लार्ज क्याप फण्डको समेत संलग्नता देखिएको छ ।


https://laganinews.com/2026/04/21/deepak-bhatt-used-money-from-5-companies-including-rohit-gupta-shekhar-golchha/

काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटालामा, दुई वर्षसम्म जेल सजाय सिफारिस



शोभित थपलिया


काठमाडौं । बहुराष्ट्रिय कम्पनी काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह चर्चित सेयर बजार घोटाला काण्डमा मुछिएका छन् ।


धितोपत्र बोर्डले गरेको अध्ययनले शाहले अर्का व्यवसायी दीपक भट्टसँग मिलेर सेयर बजारमा अनियमित कारोबार गरेको देखाएको छ ।


बोर्डको अध्ययनअनुसार शाहलाई दुई वर्षसम्म कैद सजाय हुने गरी सिफारिस गरिएको छ ।


शाह नेपालको मदिरा व्यवसायमा ठूला उद्योगीका रूपमा चिनिन्छन् । उनी राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने व्यवसायीमध्ये पनि पर्छन् ।


शाह हालै काल्सबर्गको नेपाल उत्पादक गोर्खा ब्रुअरीमा प्रवेश गरेका छन् । गोर्खा ब्रुअरीले राज ब्रुअरीलाई अधिग्रहण गरेपछि उनी काल्सबर्गसँग जोडिएका हुन् । सुरुवातमा उनको ८ प्रतिशत सेयर स्वामित्व रहेको र पछि १५ प्रतिशतसम्म पुग्ने व्यवस्था गरिएको छ ।


हाल उनी गोर्खा ब्रुअरीका सञ्चालक समितिका अध्यक्षसमेत रहेका छन् ।


शाह उधारो कारोबारमा समेत संलग्न रहेको पाइएको छ । लगानीन्यूजले प्राप्त विवरणअनुसार उनले करोडौं रुपैयाँ बराबरको उधारो कारोबार गरेका छन् ।


प्राप्त विवरणअनुसार शाहले धितोपत्र दलाल कम्पनी भृकुटी स्टक ब्रोकिङ्ग प्रालिलाई ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा तिर्न बाँकी छ । उनले २०८२ साउन २१ गतेदेखि उक्त रकम भुक्तानी नगरेको देखिएको छ ।


शाहले उक्त रकम नतिरी निरन्तर उधारो कारोबार गरेको तथ्य भेटिएको छ ।


उनीले २०८२ असार २३ गतेदेखि साउन ४ गतेसम्म नेपाल रिइन्स्योरेन्स कम्पनीको १० लाख ५१ हजार २०४ कित्ता सेयर विभिन्न मूल्यमा कुल १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९३७ रुपैयाँ ९५ पैसामा खरिद गरेका थिए ।


जसमध्ये उनले ५२ करोड ५० लाख रुपैयाँ मात्र भृकुटी स्टक ब्रोकिङ्गलाई तिरेका छन् । बाँकी ८९ करोड ७० लाख ९७ हजार ३४६ रुपैयाँ ७१ पैसा अझै भुक्तानी हुन बाँकी रहेको छ ।


शाहले धितोपत्र खरिद गर्दा अग्रिम रकम जम्मा नगरी कारोबारको सीमा प्राप्त गरेको, भुक्तानी नगरे पनि ब्रोकरमार्फत सेयर खातामा जम्मा गरिएको पाइएको छ । यसरी नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर खरिद भएको देखिन्छ ।


त्यसैगरी, शाहले हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख २५ हजार १११ कित्ता सेयर १६ करोड ५६ लाख ९२ हजार ९८२ रुपैयाँ ६० पैसामा खरिद गरेका छन् ।


यस्तै उनले शुभी अग्रवालको नाममा रहेको ३ लाख ९ हजार ९३६ कित्ता सेयर ४० करोड ७३ लाख १३ हजार ८९८ रुपैयाँ ७० पैसामा खरिद गरेको देखिएको छ ।


शाहले दीपक भट्टकै शैलीमा अग्रिम रकम नदिई कारोबार सीमा लिएर सेयर खरिद गरेको, पूर्ण भुक्तानी नगरे पनि सेयर आफ्नो खातामा प्राप्त गरेको देखिएको छ ।


यसले सेयरको मूल्य वृद्धि गराउन सहयोग पुगेको तथा लगानीकर्ता र धितोपत्र बजारलाई भ्रममा पार्ने काम भएको निष्कर्ष निकालिएको छ ।


शाहले भृकुटी स्टक ब्रोकिङ्गसँग मिलेर धितोपत्रको मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ । यसरी उनले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ र दफा ९८ बमोजिम कसूर गरेको पाइएको छ ।


दफा ९६ मा धितोपत्र बजारलाई प्रभावित पार्ने कार्य र दफा ९८ मा जालसाजीयुक्त कारोबार सम्बन्धी व्यवस्था गरिएको छ ।


ऐनको दफा १०१ अनुसार यस्तो कसूरमा दण्ड सजायको व्यवस्था छ । दफा ९६ अनुसार कसूर गरेमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ । साथै, कसैलाई हानी नोक्सानी पुगेको भए त्यसको क्षतिपूर्ति पनि भराउनुपर्ने हुन्छ ।


त्यसैगरी, दफा ९८ अनुसार कसूर गरेमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । साथै, पीडितलाई भएको नोक्सानीसमेत भराउनुपर्ने उल्लेख गरिएको छ ।

काल्सबर्गका नेपाल साझेदार राजबहादुर शाह एक अर्बको घोटालामा, दुई वर्षसम्म जेल सजाय सिफारिस

Sunday, December 7, 2025

राजनीतिक दाउपेचको सिकार बन्दै बैंकर, राष्ट्र बैंकको भूमिकामा प्रश्न चिन्ह



काठमाडौं । एक समय थियो, नेपाल राष्ट्र बैंक भनेपछि सबैको शिर गर्वले उँचो हुने । नियामक निकायमध्ये एक मात्रै स्वायत्त संस्था नेपाल राष्ट्र बैंक । राष्ट्र बैंकले गर्ने नियमन, सुपरिवेक्षणमा जो कोहीले पनि धेरै प्रश्न उठाउन सक्दैन थिए ।


तर, पछिल्लो समय राष्ट्र बैंकले गरेको काम कारबाहीमा गम्भीर रूपमा प्रश्न उठ्न थालेको छ ।


राष्ट्र बैंकले गर्नुपर्ने काम पर्याप्त नभएको, समयमा नै आफ्नो काम नगरेका कारण बैंकिङ क्षेत्रमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) हाबी हुन थालेको चर्चा यति बेला बैंकिङ क्षेत्रमा भूसको आगो जसरी फैलिएको छ ।


कर्णाली डेभलपमेन्ट बैंकदेखि प्रभु बैंकसम्म आइपुग्दा भएका घट्नाले भूसको आगो जसरी फैलिएको चर्चा मत्थर पार्न राष्ट्र बैंकलाई त्यति सहज भने छैन ।


राष्ट्र बैंकले प्रत्यक्ष रूपमा हेरिरहँदा, केन्द्रीय बैंकका अधिकारीहरूले स्थलगत निरीक्षण गर्दा पनि कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ४०.८५ प्रतिशत पुगेको पत्तै पाएन । फलस्वरूप २०८१ पुस १० गते केन्द्रीय बैंकले कर्णालीलाई समस्याग्रस्त घोषणा गर्‍यो । बैंकमा ४ अर्ब ९० करोड रुपैयाँ घोटाला भएको भेटियो ।


बैंकका तत्कालीन सञ्चालक समितिका अध्यक्ष पशुपति दयाल मिश्रले हिल्सा इन्भेस्टमेन्ट प्राली खडा गरेर १५ करोड, राजेन्द्र वीर रायले ३२ करोड रुपैयाँ, नीरज विक्रम शाहले १५ करोड, दिनेशकुमार रावतले १५ करोड, वेदप्रकाश सिंह ठकुरीले १५ करोड र सुशील कुमार सार्की ‘नेपाली’ले २ करोड गरी जम्मा ९४ करोड रुपैयाँ अपचलन गरेको पत्तै पाएन । २ पटक हकप्रद सेयर जारी गर्दा संस्थापक र पदाधिकारीले बदमासी गरेको पत्तै पाएन वा आँखा चिम्म गरेर बस्यो ? यो प्रश्न कै विषय छ ।


कर्णाली डेभलपमेन्ट बैंकमा समस्या छ भन्ने थाहा भएपछि राष्ट्र बैंकका तत्कालीन कायममुकायम निर्देशक भूवन सिंह बस्नेतसहितको ३ सदस्य टोलीले तीन दिन स्थलगत निरीक्षण गरे । २०७५ वैशाख २७ देखि जेठ २ गतेसम्म स्थलगत निरीक्षण गरेका थिए । टोलीले त्यहाँ धेरै ठुलो समस्या केही पनि भेटेनन् ।


बरु २०७५ फागुन ६ गते अवकाश हुनु भन्दा १ महिना अगाडी बिदा बसेको समयमा कर्णाली डेभलपमेण्ट बैंकका कर्मचारीहरूलाई बिहान ८ बजे देखी साँझ १६ः४० बजेसम्म तालिम दिएर १ लाख रुपैयाँ भत्ता बुझे । त्यति मात्रै नभएर सन् २०१९–०२–०३ (२०७५ माघ २० गते) मा उनको खातामा १ लाख रुपैयाँ जम्मा भएको थियो । त्यो रकम बैंकले कुन प्रयोजनका लागि जम्मा गरेको हो थाहा नभएको बस्नेतले अदालतमा बयान दिएका थिए ।


कर्णाली डेभलपमेन्ट बैंक यो स्थितिमा पुग्दा केन्द्रीय बैंकले के हेरेर बस्यो ? यो प्रश्न अहिले सबैको मनमा छ ।


मंसिर १४ गते सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मणिराम पोखरेल, कर्जा प्रमुख अधिकृत (सीसीओ) रिवास श्रेष्ठलाई पक्राउ गर्‍यो । तीनै जनालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तरगतका कसुरमा पक्राउ गरेको सीआईबीले जनाएको छ । सीआईबीमा अनुसार उनीहरूलाई विभिन्न कम्पनीको नाममा करोडौँ कर्जा दिएको र त्यो दुरुपयोग भएको जनाएको छ । कर्जाको दुरुपयोग गरेको भन्दै आज बुधवार गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यलाई पनि पक्राउ गरेको छ ।


नेपाल राष्ट्र बैंकले तीन पटक स्थलगत रूपमा निरीक्षण गर्दा फेला नपरेको कर्जा दुरुपयोगको फाइल सीआईबीको टोलीले कात्तिक २१ गते एक दिन छापा मार्दा फेला पारेको छ । केन्द्रीय बैंकको विज्ञ टोलीले तीन पटक स्थलगत निरीक्षण गर्दा पनि फेला नपारेको फाइल सीआईबीले एकै पटकका फेला पारेपछि राष्ट्र बैंकले गरेको स्थलगत निरीक्षण माथि प्रश्न उठेको छ । राष्ट्र बैंकको टोलीले २ पटक नियमित र एक पटक विशेष स्थलगत अनुगमन गरेको थियो । त्यसमा राष्ट्र बैंकले नदेखेको कैफियत सीआईबीले देखेको छ ।


केन्द्रीय बैंकले स्थलगत निरीक्षण गर्दा बैंकले बैंकिङ कसुर आकर्षित हुने काम गरेको पाइएमा, विदेशी विनियम अपचलन गरेको पाइएमा थप अनुसन्धानका लागि सीआईबीलाई पत्र पठाउने प्रचलन छ । तर, प्रभु बैंकका विषयमा राष्ट्र बैंकले सीआईबीलाई कुनै पनि पत्र पठाएको छैन । यता राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले पनि यो विषयमा अनुसन्धानका लागि सीआईबीमा पत्र नपठाएको बताए ।


बरु सीआईबीले तीन जनालाई पक्राउ गरेपछि भने राष्ट्र बैंकसँग सल्लाह, सुझाव लिइरहेको पौडेलले बताए । यो विषयमा अनुसन्धान गर्न राष्ट्र बैंकले २ जना कर्मचारीलाई विज्ञको रूपमा पठाएको स्रोतको भनाइ छ ।


प्रवक्ता पौडेलले बैंकमा स्थलगत निरीक्षणमा जाँदा सबै फाइल हेर्न नसकिने भएकाले स्याम्पल बेसमा केही फाइल हेर्ने गरेको बताए ।


केन्द्रीय बैंकका अधिकारीहरूले अफ साइड वा अन साइट सुपरिवेक्षण गर्दा इमानदार भएर हेर्न आवश्यक रहेको राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री बताउँछन् । राष्ट्र बैंकका कर्मचारीहरू विज्ञ, क्षमतावान् हुने, उनीहरूले स्थलगत निरीक्षण गर्दा पनि कर्णालीको जस्तो खराब कर्जा ४० प्रतिशत कट्नु सामान्य विषय नभएको उनको भनाइ छ ।


केन्द्रीय बैंकका अधिकारीहरूले तीन पटक हेर्दा नभेटिएको कैफियत सीआईबीले एकै पटक भेटेपछि दुवै निकाय मिलेर अनुसन्धान गर्ने हो भने कतै कुनै निकायले सूचना लुकाउन खोजेको हो की भन्ने थाहा पाउन सजिलो हुने क्षेत्रको भनाइ छ ।


पछिल्लो केही घट्नाले राष्ट्र बैंकको सुपरभिजनमा समेत प्रश्न उठ्ने देखिएको छ । सीआईबीले देखेको फाइल सुपरभिजनले किन देखेन ? राष्ट्र बैंक कतै कागजमा मात्रै सीमित, व्यवहारमा राष्ट्र बैंक जस्तो भएन की भन्ने गुनासो बढेको छ । यो विषयमा राष्ट्र बैंक भित्रै चर्चा हुने गरेको छ ।


केन्द्रीय बैंकले आफ्नो सुपरभिजनलाई बलियो नबनाउँदा बैंकिङ क्षेत्रमा सीआईबी प्रवेश गर्ने मात्रै नभएर सीआईबीले राजनीतिक प्रतिशोध साँध्ने गरेको चर्चा पनि चुलिएको छ ।


केही पूर्व बैंकरहरु नियामक निकाय बलियो नहुँदा, नियामक निकायले गर्नुपर्ने काम नगर्दा, राष्ट्र बैंकका सम्बन्धित विभागले हेर्नुपर्ने फाइल नहेर्दा राष्ट्र बैंकको भूमिकामा सीआईबी देखिन थालेको बताउँछन् ।


प्रभु बैंकका सीईओ शेरचनको पक्राउलाई पनि लिएर यसमा राजनीतिक रंग भर्न खोजिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मंसिर ७ गते नै सरकार वादी हुने फौजदारी मुद्दामा बाहेक देवानी प्रकृतिका मुद्दामा शेरचनलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।


नै पनि आइतबार सीआईबीले शेरचनलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाटै अनुमति लिएर उनलाई पक्राउ गरेको हो । तर, प्रहरीका केही अधिकारीहरू भने यो घटनालाई प्रत्यक्ष रूपमा राजनीतिसँग जोडेर हेर्न मिल्ने दाबी गर्छन् ।


सीआईबीले शेरचन अघि बैंकका पूर्व अध्यक्ष तथा एमालेको तर्फबाट पूर्व सांसद देवी प्रसाद भट्टचनलाई पक्राउ गरेको थियो । उनलाई छोड्न अदालतले आदेश दिएसँगै उनी छुटेका छन् । त्यस लगत्तै सीआईबीले बैंकका सीईओसहित तीन जनालाई पक्राउ गर्‍यो । सीईओ शेरचन एमाले समर्थित भएका कारण पनि सीआईबीले राष्ट्र बैंकलाई समेत जानकारी नदिई पक्राउ गर्‍यो । वित्तीय कारोबारका विषयमा सरोकारवाला निकायलाई जानकारी नदिई पक्राउ गरेको सीआईबीले आफ्नो आलोचना हुने भएपछि अहिले २ जना राष्ट्र बैंकका कर्मचारी राखेर अनुसन्धान गरेको छ ।


लामो समयदेखि निजी क्षेत्रले कुनै गल्ती गरेको खण्डमा जेल हाल्नु भन्दा पनि नगद जरिवाना गराउने कानुनको माग बढिरहेको समयमा सीआईबीले राजनीतिक प्रतिरोध साँधेर बैंकिङ क्षेत्रलाई आतंकित बनाउने काम गरेको निजी क्षेत्रको बुझाइ छ । कतिपयले यो घटनालाई मनोज केसी प्रहरी प्रमुख हुन नपाएको बिषयमा पनि जोडेर हेरेका छन् ।

https://laganinews.com/2025/12/04/nepal-rastra-banks-capacity-to-be-questioned-cib-dominates-due-to-regulators-failure-to-work-bankers-becoming-victims-of-political-maneuvering/


Sunday, April 6, 2025

अन्तर्राष्ट्रिय आपराधिक गिरोहको ‘हब’ बन्दै काठमाडौं, किन रोजे नेपाल ?



सोभित थपलिया

काठमाडौं । फागुन ५ गते नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ–५ बाट २४ जना भारतीयले व्यवसायीक रुपमा अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/ खेलाउनेलाई पक्राउ गर्‍यो ।


बूढानीलकण्ठ नगरपालिका–५ मा २ वटा घर भाडामा लिएर १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने २४ जना पक्राउ परे । पक्राउ पर्नेमा अधिकांश बिहार र उत्तर प्रदेशका छन् ।



त्यसअघि माघ १९ गते ललितपुर महानगरपालिका–२ सानेपास्थित अरुण थापाचोकमा २ वटा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने १० जना भारतीय र १४ जना नेपालीसहित २४ जनालाई पक्राउ गरेको थियो ।



पक्राउ पर्ने भारतीयमा अधिकांश मध्येप्रदेश र उत्तर प्रदेशका थिए । पक्राउ परेकाहरुले ३ अर्ब ४ करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँको अनलाइन जुवा खेलाएको पाइएको कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।


ललितपुरबाट पक्राउ परेका व्यक्तिहरुको बयानको र प्राप्त सूचनाका आधारमा प्रहरीले बूढानीलकण्ठमा अवैध कारोबार गर्ने २४ भारतीयलाई पक्राउ गर्‍यो ।


फागुन ३ गते प्रहरीलाई फोन आयो । फोनमा आएको सूचना थियो बूढानीलकण्ठको आलिशान महलमा अवैध रुपमा अनलाइन (जुवा) खेलाउने काम भइरहेको छ । सूचना पाए लगत्तै प्रहरीले अनुसन्धान अघि बढयो । फागुन ५ गते राति सूचना पाएको घरमा छापामार्दा २४ जना भारतीय नागरिक २ वटा घरबाट पक्राउ परे ।



भारतीयले नेपालमा आएर अनलाइन जुवा खेलाउँदा नेपाललाई भने कुनै पनि नोक्सानी भएको छैन । नेपाली कोही पनि ठगिएका छैनन् । तर, चिन्ताको विषय के हो भने कतै काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय आपराधिक गिरोहको हब त बन्दै छैन ?


बूढानीलकण्ठ र ललितपुरमा दुईवटा घर भाडामा लिएर उनीहरुले अवैध रुपमा कार्य गरिरहेको प्रहरीले जनाएको छ । ‘दुवै घर भीईपी मान्छे बस्ने जस्ता देखिन्थे । बाहिरबाट घर हेर्दाभित्र अवैध कारोबार होला भन्ने अनुमान लगाउन सकिँदैन,’ प्रवक्ता आचार्यले भने, ‘त्यस्तो क्षेत्रमा अवैध कारोबार भएको होला भनेर हामीलाई पुष्टि गर्न सुरुमा समय लाग्यो । बुझ्दै जाँदा घर भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको पुष्टि भयो ।’


बुढानीलकण्ठका तीन महिना र ललितपुरमा १ महिनादेखि अनलाइन जुवा खेलाउने काम भइरहेको आचार्यको भनाइ छ ।


उनका अनुसार अन्य समूहले यो समूहलाई अनलाइन जुवा खेलाउने काम गरिरहेका थिए । नेपालमा यस्ता समूह अन्य पनि हुनुसक्ने देखिन्छ ।


उपत्यकाका आलिशान महल भाडामा लिएर अनलाइन जुवा खेलाउने समूहको नाइके प्रहरीले भेटन सकेको छैन । यस्तो समूहको नाइके प्राय: विदेशमा नै हुने गरेको प्रहरीको भनाइ छ ।


‘मूल नाइके सिनमा देखिँदैन । उ भारतमा बसेर खेलाइरहेको छ,’ आचार्यले भने, ‘नेपालमा बसेर अनलाइन गेम खेलाउने मान्छे ज्यालादारी हुन् ।’ मूल नाइके भारतीय व्यक्ति रहेको उनको भनाइ छ ।



आलीशान महलमा अवैध धन्धा


यस्ता आपराधिक गिरोहलाई नेपालामा संरक्षण गर्ने काम उपत्यकामा आलिशान महल बनाएर बस्नेहरुबाट भएको छ । प्रहरीको अनुसन्धानले पनि यसलाई पुष्टि गर्दै लगेको छ । घरधनीले धेरै भाडा पाइन्छ भनेर अवैध धन्दा चलाउनेलाई घर भाडामा दिने अनि आफू अन्यत्र कोठा भाडामा लिएर बस्ने गरेको पाइएको छ ।


केही भने घरधनी विदेशमा हुने, यहाँ घरको जिम्मेवारी लिनेले अवैध कारोबार गर्नेलाई घर भाडामा दिने गरेको पाइएको छ ।


बुढानीलकण्ठको घर त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीको हो । उनले घर २ लाख भाडा लिने गरी सम्झौता गरेका छन् । उनी आफू कोठा भाडामा लिएर बसेका छन् ।


घर भाडा दिने सम्झौता गरे पनि आफ्नो घरमा कस्ता मान्छे बसेको छन् ? उनीहरुले के गरेर बसेका छन् ? भनेर चासो नदिनु घरधनीको कमजोरी भएको आचार्यको भनाइ छ । भाडा पाएपछि जस्ता व्यक्तिलाई दिने गरेका कारण यस्ता अवैध कारोबार फस्टाइरहेका छन् ।


यस्तै ललितपुरको दुईवटा घरका घरधनीको परिवार नै अहिले विदेशमा बस्छन् । प्रहरीका अनुसार भारतीयलाई नेपालमा ल्याउने, नेपालमा आलिशान बंगला खोज्ने, भाडाको सम्झौता गर्ने व्यक्ति पनि नेपाली नै रहेका छन् । त्यो व्यक्ति नेपाल र भारतमा बराबरी जस्तै बसोबास गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । त्यस्तो व्यक्तिले घर भाडामा लिने सम्झौता गरेको पाइएको छ । त्यस्तो व्यक्तिलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।


किन रोज्छन् यस्ता घर ?


भीआईपी बस्ने जस्तो ठूलो कम्पाउण्ड भएको घरमा बस्दा धेरै मासिनको ध्यान जाँदैन । सामान्य मानिसले गएर त्यो घरको ढोला ढकढक्याउन समेत सक्दैनन् ।


ठूलो कम्पाउण्ड भएको घरमा भीआईपी मान्छे बस्छन्, उनीहरुलाई डिस्टब गर्न हुँदैन भनेर कसैले चासो दिँदैनन् । यस्ता घरमा बस्ने मानिसले आफूलाई सुरक्षित महसुस गर्छन् । त्यसकारण पनि अवैध कारोबार गर्नेहरुले धेरै भाडा भएपनि ठूला कम्पाउण्ड भएका घर लिएर बस्ने गरेको अनुसन्धानले देखाएको छ ।



प्रहरी उपरीक्षक काजी कुमार आचार्य

अर्बौंको कारोबार


यस्ता गिरोहले नेपालमा अनलाइन जुवा खेलाइरहेको भए पनि कुनै पनि नेपाली यसमा फसेका फेला परेका छैनन् । नेपाली यसबाट नठगिए पनि नेपालको भूमि आपराधिक कृयापकलाप गर्ने गिरोहले प्रयोग गररहेकोमा प्रहरी चिन्तित छ ।


अनलाइन जुवा खेलाउँदा अर्कोको कारोबार भएको छ । अनलाइन जुवा खेलाउनेले प्रयोग गर्ने खाता भारतको रहेको छ । ‘डिपोजिट हुने, पैसा निकाल्न प्रयोग हुने खाता नेपाली प्रयोग भएका छैनन्,’ एसपी आचार्यले भने, ‘खाता भारतीय छन् । यसबाट ठगिने पनि भारतीय छन् । यसबाट लाभ लिने पनि भारतीय छन् ।’


पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा ५ वटा जति अनलाइन (जुवा) खेलाउने समूह फेला परेका छन् । करिब ५ अर्बको कारोबार भएको भेटिएको छ ।


सहज इन्टरनेट


नेपालमा यस्ता आपराधिक कृयाकलाप गर्ने समूहलाई इन्टरनेट सेवा प्रदायक कम्पनीले सहजै सेवा दिने गरेका छन् । सहजै सेवा पाउँदा जुवा खेलाउने समूह हौसिने गरेका छन् ।


इन्टरनेट सेवा प्रदायकले यस्तो समूहको बारेमा अनुसन्धान गर्ने निकायलाई जानकारी दिने हो भने यस्ता आपराधिक कृयाकलाप रोक्न सकिने आचार्यको भनाइ छ । यस्ता कारण पनि आपराधिक समूहकलाई नेपालको भूभाग सहज भएको हुनसक्ने उनको तर्क छ ।



भारत छोडेर किन नेपालमा आए ?


नेपालमा अनलाइनबाट जुवा खेलाउने बढी भारतीय रहेका छन् । भारतमा अनलाइन जुवा खेलाउनेलाई सचेत सर्वसाधारणले समेत निगरानी गर्ने गर्छन् । त्यहाँका विभिन्न सेवा प्रदायक कम्पनीले पनि निगरानी गर्ने गरेका, त्यस्ता कम्पनीले प्रहरीसमक्ष सूचना दिने गरेका कारण पनि भारतभन्दा नेपाली भूभाग बढी रुचाउने गरेको पक्राउ परेकाहरुको बयान छ । नेपालमा न्यून पारिश्रमिक दिएर काम लगाउन सकिने भएर पनि नेपाल रोजेको अनुसन्धानले देखाएको छ ।


ठूलो भौगोलिक क्षेत्रमा बसेर काम गर्दा कसले के गरेको छ भनेर कसैलाई पनि सरोकार हुँदैन । आसपासका मान्छेले पनि चासो नदिने भएका कारण यस्ता काम बढेका छन् ।


काठमाडौं उपत्यकामा प्रहरी स्थानीय प्रशासनको ध्यान सहजै जान नसक्दा पनि गलत कृयाकलाप भइरहेको हुन सक्ने प्रहरीको भनाइ छ ।


समस्या कसरी गर्ने समाधान ?


यस्ता खालका समस्या समाधान गर्न स्थानीय प्रशासनले आफ्नो वडामा भएका यस्ता घर, सेल्टरलाई निगरानी बढाउनु पर्ने आचार्यको भनाइ छ ।


‘के काम भइरहेको छ, के काम गर्छन् भनेर निगरानी बढाउन आवश्यक छ,’ उनले भने, ‘इन्टरनेट सेवा प्रदायकले सूचना दिएको खण्डमा पनि यो कम हुँदै जान्छ ।’


पक्राउ परेकाहरुसँग ४२ भन्दा बढी मोबाइल, सिमकार्ड फेला परेको छ । पक्राउ परेका नेपालीले नेपाली खाता प्रयोग गरेका छन् । नेपाली खातामा सयौं पटक पैसा राख्ने, सयौं पटक निकाल्ने गर्नेलाई बैंकले पनि निगरानी गर्न आवश्यक रहेको उनी बताउँछन् ।


भारतमा अनलाइन जुवा खेलाउँदा हुने कानूनी कारबाही र नेपालमा हुने कारबाहीमा अन्तर छ । भारतमा पक्राउ परे धेरै ठूलो सजाय हुन्छ । नेपालमा प्रहरीले यस्तोमा सट्टाबाजी अनुसार कानूनी कारबाही गर्छ । बढीमा १ वर्षसम्मको कैद र १० हजार जरिवाना हुने गरेको छ । आपराधिक काम गर्नेको नजरमा यो कम भएको हुनसक्ने प्रवक्ता आचार्यको बुझाइ छ । नेपालमा कडा कानुन बनाउन सकेको खण्डका यो नियन्त्रण हुनसक्छ ।


यस्तै घरधनीलाई स्थानीय प्रशासनले करको दायरामा ल्याउनु पर्ने प्रहरीको भनाइ छ । भाडा लिए अनुसार कर उठाउने व्यवस्था गर्न सक्छ । जुन प्रयोजनलाई घर भाडामा दिएको हो त्यस अनुसार काम भइरहेको छ वा छैन भन्नेमा ध्यान दिन आवश्यक रहेको आचार्यले बताए ।


उनका अनुसार घर भाडामा दिने, अनलाइन जुवा खेल्ने, खेलाउने सबै कानूनी दायरामा आउँछन् ।


घरधनीलाई पनि प्रतिवादी बनाएर कानूनी दायरामा ल्याउने हो भने यस्ता कृयाकलाप कम हुने आचार्य बताउँछन् । प्रहरीले घरधनीलाई पनि अनुसन्धानको दायरामा ल्याउने क्रममा रहेको र केहीको अनुसन्धान भइरहेको बताए ।


‘घर भाडामा दिनेलाई पनि हामीले अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने, ‘हामीले २ वटा मुद्दामा घर धनीलाई अनुसन्धान गरिरहेका छौं । घरधनीले जानाजान यस्तो कार्य गरेको पाइए उहाँहरुलाई पनि कानूनी कारबाही हुन्छ ।’



साढे २ वर्षमा ११९ पक्राउ


अपराध कार्यालयले नेपालमा साढे २ वर्षमा जुवा खेलाउने कार्यमा ११९ जना पक्राउ परेका छन् । उनीहरुलाई ७ अर्ब २ करोड ४५ लाख ४२ हजार ३९ रुपैयाँ बिगे दाबी गरिएको छ ।


आर्थिक वर्ष २०७९/२०८० मा ३१ जना पक्राउ परेका छन् । ३१ जनालाई ८७ करोड ४० लाख ९ हजार २४७ रुपैयाँ बिगो दाबी गर्दै १५ वटा मुद्दा दायर भएको छ । पक्राउ पर्नेमा २८ पुरुष ३ जना महिला छन् ।


आव २०८०/०८१ मा २७ जना पक्राउ परेका छन् । २७ जनालाई १ अर्ब ४३ करोड ७४ लाख १७ हजार ४८४ रुपैयाँ बिगो दाबी गर्दै ११ वटा मुद्दा दायर गरिएको छ । पक्राउ पर्नेमा २६ पुरुष १ महिला छन् ।


आव २०८१/०८२ को ७ महिनामा ६१ जना पक्राउ गरेको छ । ६१ जनालाई ४ अर्ब ७१ करोड ३१ लाख १५ हजार ३०८ रुपैयाँ बिगो दाबी गरिएको छ । पक्राउ पर्नेमा ३५ जना भारतीय, ९ चिनियाँ र नेपाली १५ जना छन् ।


यता जिल्ला प्रहरी परिसर काठमाडौंले फागुन ६ गते बूढानीलकण्ठ नगरपालिका–२ तौलुङस्थित घर भाडामा लिएर २ अर्ब बढीको अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने भारतको उत्तर प्रदेशका ४ जना नागरिक पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय आपराधिक गिरोहको ‘हब’ बन्दै काठमाडौं, किन रोजे नेपाल ?

लेखा समितिको निर्देशन देखाएर सेबोनले रोक्यो ४२ हाइड्रोको १८ अर्ब बढीको आईपीओ



सोभित थपलिया



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा जलविद्युत कम्पनीको नेटवर्थलाई देखाएर ४२ वटा कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) रोकेको छ । धितोपत्र बोर्डले लेखा समितिको निर्देशनलाई बहाना बनाउँदै लेखा समितिको निर्देशन अनुसार नेटवर्थ पुगेका कम्पनीको समेत आईपीओ निष्काशन गर्न रोकेको हो ।


धितोपत्र बोर्डको पाइपलाइनमा ४२ वटा हाइड्रोपावर कम्पनीको १८ अर्ब ३१ करोड ३३ लाख ८३ हजार ९३६ रुपैयाँको १७ करोड ९० लाख ६१ हजार १९१ कित्ता सेयर रहेको छ ।



प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले १२ पुस २०८० मा प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएको कम्पनीलाई आईपीओ निष्काशनको अनुमति नदिन निर्देशन दिएको थियो । लेखा समितिको उक्त निर्देशन अनुसार नेटवर्थ ९० रुपैयाँभन्दा कम हुने ३ वटा जलविद्युत कम्पनी रहेका छन् ।



ती ३ वटा कम्पनीलाई देखाउँद धितोपत्र बोर्डले ४२ वटै कम्पनीको आईपीओ निष्कासन रोकेको छ । बोर्डमा आवेदन दिएको कम्पनीको पछिल्लो वित्तीय अवस्था अनुसार रिचेट जलविद्युत कम्पनी, बेनी हाइड्रोपावर प्रोजेक्ट र एमब्लिङ हाइड्रोपावर कम्पनीको मात्रै प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा तल रहेको छ । रिचेट जलविद्युत कम्पनीको पछिल्लो प्रतिसेयर नेटवर्थ ६९ रुपैयाँ, बेनी हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ र एमब्लिङ हाइड्रोपावर कम्पनीको प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ रहेको क्लिकमान्डुलाई प्राप्त विवरणले देखाउँछ ।


रिचेट जलविद्युत कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यमा दरले ११ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको ११ लाख ७६ हजार ४५० कित्ता सेयर निष्कासन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।


बेनी हाइड्रोपावर कम्पनीले पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २० करोड ८० लाख रुपैयाँको २० लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । यस्तै एमब्लिङ हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै २८ करोड रुपैयाँको २८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


धितोपत्र बोर्डले लेखा समितिको निर्देशन कार्यन्वयन गर्दा यी ३ कम्पनीको मात्रै आईपीओ निष्कासनको स्वीकृति दिन प्रतिसेयर नेटवर्थ पुग्दैन । लेखा समितिको पत्र अनुसार तीन कम्पनीको ६० करोड ५६ लाख ४५ हजार रुपैयाँको आईपीओ रोकिनु पर्नेमा बोर्डले १८ अर्ब ३१ करोडको सेयर निष्कासनमा अवरोध गरेको उर्जा क्षेत्रमा लगानी गरेका व्यवसायिको गुनासो छ ।


१२ पुस २०८० मा लेखा समितिले वास्तविक प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा बढी भएका कम्पनीलाई मात्रै आईपीओ जारी गर्न दिनेगरी कार्यसम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिएको थियो । समितिले हाइड्रोपावर कम्पनीले कमजोर वित्तीय अवस्था भएपनि मूल्य बढाएर सेयर बिक्री गर्ने र सर्वसाधारण लगानीकर्ता अत्याधिक जोखिममा पर्न सक्ने भएकोले त्यस्तो अवस्था आउन नदिने गरी कार्य सम्पादन गर्न धितोपत्र बोर्डलाई निर्देशन दिने निर्णय गरेको थियो ।


सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लेखा समितिको निर्देशनको कारण आईपीओ निष्कासन नै रोकिएको धितोपत्र बोर्डको तर्क मान्न तयार देखिँदैनन् । निजी क्षेत्रलाई प्रवर्धन गर्न लागि लेखा समितिले सहयोग गर्ने उनको जिकिर छ ।


२ साता अघि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पोखरेलले लेखा समितिले निर्देशनले जलविद्युत कम्पनीको आईपीओ निष्काशन रोकिएको विषयमा विवाद भन्दापनि समाधान गर्न लाग्नु पर्ने तर्क गरे । समितिको १२ पुस २०८० को निर्णयका विषयमा पुनः छलफलगरी समाधान गर्न सकिने उनले बताए । उनले आरक्षणका नामममा आयोजना प्रभवित स्थानीयलाई सेयर खुलाउनु प्रतिफलमा सहभागि गराएको वा ऋणको भारी बोलाएको स्पस्ट हुन आवश्यक रहेको औंल्याए ।


डुबेका कम्पनीले पनि आईपीओ जारी गरिरहेको उनको दाबी थियो । ‘सबै कम्पनीलाई एउटै डालोमा हाल्न मिल्दैन विभिन्न ट्रेन्डको अध्ययन गरेर उक्त निर्णय गरेको हो । हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भनी निर्णय गरेका हौं,’ पोखरेलले भने, ‘स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु हो वा नाफाको प्रतिशत बाँडेको स्पष्ट हुनुपर्छ ।’


समितिले बोर्डलाई उक्त निर्देशन दिएको एक वर्ष भन्दा लामो समय भएको छ । बोर्डमा कार्याकारी अध्यक्ष रिक्त हुँदा अर्थमन्त्रालयबाट प्रतिनीधित्व गर्ने सञ्चालकले अध्यक्षको कार्यकारी अधिकार सहित काम गरेपनि उनको प्राथमिकतामा सार्वजनिक निष्काशनलाई स्वीकृति दिने विषय पर्न सकेन । बोर्डले लामो समय अध्यक्ष पाएन । धितोपत्र बोर्डले सार्वजनिक लेखा समितिलाई देखाउँदै आईपीओको स्वीकृति नदिँदा सार्वजनिक निष्काशनका माध्यबाट स्वपूँजी वयवस्थापन गरी आयोजना निमार्ण गरीरहेको कतिपय कम्पनीको निमार्ण कार्या नै प्रभावित भएको छ ।


लामो समयसम्म योजना अनुसार पूँजी व्यवस्थापन हुन नसक्दा परियोजना निमार्णमा समेत असर परेको उर्जा व्यवसायीको तर्क छ । आईपीओ निष्काशनबाट स्वपूँजी/ऋण अनुपात व्यवस्थापन गरी आयोजना निमार्ण अगाडि बढाएका कम्पनीको आयोजनाको निमार्ण अवधि नै लम्बिन पुगेको व्यवसायीको गुनासो छ । यति मात्रै नभएर धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको व्यवस्था अनुसार १० प्रतिशत सेयर स्थायीनलाई दिनुपर्ने हुन्छ ।


तर, आईपीअने निष्कासन रोकिदा स्थायीनलाई सेयर जारी गर्न नपाएको र स्थायिनले आयोजना निमार्णमा समेत अवरोध सिर्जना गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की बताउँछन् ।


संसदीय समिति र धितोपत्र बोर्डको कारण सर्वसाधरणलाई मात्रै नभएर आयोजना प्रभावित स्थानियलाई जारी गर्ने सेयर समेत रोकिएको उनले बताए । ‘नीतिगत रुपमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने व्यवस्गा छ’ अध्यक्ष कार्कीले भने, ‘स्थानीयले सेयर किन नदिएको भनी आयोजनाको गाडी फुटाउन थालेका छन् । धितोपत्र बोर्डले आईपीओ स्वीकृत नदिएसम्म कम्पनीले स्थानीयलाई दिन सक्दैन।’


लेखा समितिको निर्देशनले आईपीओ निष्कासन रोकिएको बताउँदै उनले अब समितिले नै उक्त निर्णय सच्याउनु पर्ने बताए ।


‘संघीय संसदकै लेखा समिति र अर्थसमितिबीच नै मत बाझिएको छ,’ उनले भने, ‘हामी व्यवसायी आयोजनामा ध्यान दिनुपर्नेमा विभिन्न निकायमा धाउँदै जानु परेको छ ।’


कार्कीले लेखासमितिले आफ्‌नो क्षेत्राधिकारभन्दा बाहिर गएर धितोपत्र बोर्डलाई निर्देशन दिँदा ४२ कम्पनीको आईपीओ र ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर रोकिएको तर्क गरे ।


लामो समयसम्म पनि आईपीओ निष्कासन गर्न नपाएपछि स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले विभिन्न राजनीतिक दललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराउँदै समितिको निर्देशन फिर्ता लिन पहल गर्न अपिल गरिरहको छ ।


नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई भेटेर धितोपत्र बोर्डले आईपीओ रोक्दा जलविद्युत आयोजनाको काम मात्रै प्रभावित नभएर जलविद्युत आयोजनालाई सिमेन्ट डण्डी लगायतका सामान बेच्ने उद्योगहरुको व्यवसायमा पनि ह्रास आएको इप्पानको दाबी छ ।


इप्पानका अर्का एक पदाधिकारी पनि लेखा समितिले निर्देशनमा भनेको ‘रियल नेटवर्थ’ भन्ने शब्दावली संसारभरको लेखाप्रणालीमा कतै पनि प्रयोगमा नरहेको बताए ।


‘अहिले लेखा समितिले आईपीओ जारी गर्नको लागि ९० रुपैयाँ वास्तविक नेटवर्थ हुनुपर्ने भनेर निर्देशन दिएको छ । धितोपत्र बोर्डमा निवेदन दिएका ४२ कम्पनीमध्ये ३ वटा कम्पनीबाहेक सबैको नेटवर्थ ९० रुपैयाँभन्दा बढी छ । बाँकी कम्पनीलाई किन सेयर जारी गर्न नदिएको ?’ उनि प्रश्न गर्छन् ।


नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आफू विकासका सम्पूर्ण ढोकाहरु खोल्नुपर्छ भन्ने मान्यतामा रहेकोले सांसद भएकोले इप्पानले उठाएका सबै विषयमा संसदमा आवाज उठाउने बताए । उनले निजी क्षेत्रलाई कामै गर्न दिनुहुँदैन भन्ने सोच निकै प्रतिगामी भएको भन्दै सबै ठाउँमा निजी क्षेत्रलाई नै अघि बढाउनुपर्ने पनि बताए ।


‘निजी क्षेत्रले नाफा देखेन भने लगानी गर्दैन, त्यस्तो ठाउँमा सरकार अघि सर्नुपर्छ । होइन भने सरकारले निजी क्षेत्रमैत्री नीति नियम बनाएर नियमन गर्ने र निजी क्षेत्रले जे जे काम गर्छु भनेपनि गर्न दिनुपर्छ । सरकारले सहजीकरणमात्रै गरिदिनुपर्छ’ घिमिरेले भने । इप्पानले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यो विषयमा जानकारी गराएको छ ।


करिब डेढ वर्षदेखि आईपीओ रोकेको धितोपत्र बोर्डले अहिले आएर सम्बन्धीत कम्पनीको फाइल अध्ययन भइरहेको जनाएको छ । बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपाने बोर्डले फाइल मगाएर रिभ्यू गरिरहेको, पाइपलाइनमा रहेका कम्पनीको पूर्वाधार परीक्षण गरिरहेको बताए । उनका अनुसार सम्बन्धित कम्पनीसँग बोर्डले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन मगाएर अध्ययन गर्ने भएको छ।


लामो समयदेखि बोर्डले आईपीओ रोकेको छ । करिब १ वर्षपछि अध्यक्षबिहीन भएको धितोपत्र बोर्डमा सरकारले मंसिर अन्तिमसाता सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाएर पठाएको छ । यतिलामो समयसम्म आईपीओ रोकेर नयाँ स्टकलाई व्यवसाय दिन लागेको त हैन ? भन्ने चर्चा धितोपत्र बोर्डभित्रै चल्न थालेको छ । बोर्डले करिब डेढ वर्षदेखि आईपीओलाई अनुमति नदिएको भएपनि १४ महिनाअघि लेखा समितिले दिएको निर्देशन देखाउँदै आईपीओ रोकेको बताउने गरेको छ ।

 लेखा समितिको निर्देशन देखाएर सेबोनले रोक्यो ४२ हाइड्रोको १८ अर्ब बढीको आईपीओ

‘शरद ओझालाई बिमा क्षेत्रको बालेन बन्ने अवसर’



 सोभित थपलिया


सरकारको ३३ वर्षीय शरद ओझालाई बिमा क्षेत्रको नियामक निकाय नेपाल बिमा प्राधिकरणको अध्यक्ष बनाउने निर्णयले धेरैलाई आश्चर्यचकित बनायो । १२ जनाले आवेदन दिएकोमा छनोट समितिले पूर्वराजस्व सचिव रामशरण पुडासैनी, स्वास्थ्य बिमा बोर्डका पूर्वप्रमुख दामोदर बस्यौला र पत्रकारसमेत रहेका शरद ओझालाई सिफारिस गरेको थियो । उनीहरुलाई पछि पार्दै ओझा राष्ट्र बैंकको संस्थापक गभर्नर हिमालयन शमशेर जबरालाई छाडेर कुरा गर्ने हो भने सबैभन्दा कान्छो उमेरमा नियामक निकायका कार्यकारी अध्यक्ष बन्न सफल भए ।


ओझाको नियुक्तिले नेपाली समाजमा तरङ्ग नै ल्याएको छ । एकथरीले बिमाको अनुभव नभएको ठिटोलाई यति ठूलो क्षेत्रको जिम्मेवारी दियो भनेर सानो स्वरमा आलोचना गरिरहेका छन् भने अर्काथरीले केपी ओली र शेरबहादुर देउवाजस्ता बुढा नेताले युवालाई जिम्मेवारी दिएकोमा खुसी छन् ।



युवा त्यो हो, जो जिम्मेवारी पाउनुभन्दा अगाडि परीक्षण भइसकेको हुँदैन । र उसँग अनुभवको कमी हुन्छ । तर युवासँग दिनरात नभनी काम गर्ने हुटहुटी हुन्छ । र काम गर्ने नयाँ सोच र कार्यशैली हुन्छ ।



पुरानो पुस्ताबाट आजित भएको नेपाली समाजले राज्यका उपल्लो निकायमा युवा पुस्ता पुगुन् भन्ने चाहन्छ । यसको अर्थ के हो भने नेपाली समाजले फरक शैलीको र नयाँ सोच भएको शासक खोजिरहेको छ ।


समाजको त्यही उत्कट चाहनाको परिणाम हो- काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र (बालेन) शाह । मुलुकको प्रमुख राजनीतिक, आर्थिक र प्रशासनिक केन्द्रका मतदाताले बालेनलाई काठमाडौं महानगरपालिकाको प्रमुखमा ठूलो मतान्तरले विजय गराए । बालेन निर्वाचित हुँदै गर्दा समाजको एक तहले सजिलै स्वीकार गर्न सकिरहेको छैन ।


त्यतिमात्रै कहाँ हो र ? अहिले सिंगो देशको शासकीय बागडोर सम्हालिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै बालेन शाहलाई स्वीकार गर्न हिचकिँचाइरहेको उनका अभिव्यक्तिहरुले पुष्टी गर्छन् । तर, उनै ओलीले बालेन जस्तै युवालाई नियामकको जिम्मेवारी सुम्पिएर ‘हामी युवालाई अवसर दिन्छौं’ भन्ने प्रष्ट सन्देश दिँदै समग्र युवा जगतको सेन्टिमेन्ट लिने प्रयास गरेका छन् ।


नेतृत्वमा पुग्न अनुभवको सिँढी नै उक्लनुपर्छ भन्ने मान्यता भत्काउँदै क्षमता नै सिँढीको मूल टेको हो भन्ने भाष्य स्थापित गर्न ढिला भइसकेको छ ।



ओझा असफल हुनु भनेको बिमा क्षेत्र थप कमजोर बन्नु मात्रै होइन, आम युवा पुस्ता नै असफल हुनु हो । प्रत्येक युवाको सपनामा कुठाराघात गर्नु हो


नयाँ पुस्तासँग जोशमात्र होइन, अवसर पाए गरेर देखाउने सामर्थ्य हुन्छ भन्ने देखाउन २/४ वटा उदाहरण कायम गर्नुपर्छ ।नेतृत्वमा पुग्ने प्रक्रिया निर्वाचन जितेर होस्, लोकसेवामा झैं मेरिटका आधारमा अब्बल बनेर वा राजनीतिक नियुक्तिमार्फत् नै किन नहोस्, केही बालेनहरुले सार्वजनिक निकायको बागडोर सम्हाल्नै पर्ने र काम गरेर नतिजा देखाउनु आजको देशको आवश्यकता हो । किनभने पछिल्लो समय देशमा बढिरहेको वितृष्णा मत्थर बनाउँदै देश प्रगतिको बाटोमा लम्किँदै छ भन्ने सन्देश दिन पनि युवाहरु अघि बढ्नै पर्छ ।


नेपोलियन बोनापार्ट २४ वर्षकै उमेरमा फ्रान्सेली सैनिकका ब्रिग्रेडियर जनरल बने र पछि युरोपकै सबैभन्दा शक्तिशाली महाराज बने । उनकै नेतृत्वमा फ्रान्स विश्वविजय गर्न अघिबढेका कारण इतिहासका पानामा उनको नाम स्वर्णिम अक्षरले लेखिए ।


देशभक्ति फैलाएको कारण पुज्नेहरु र हजारौंको ज्यान लिएका कारण घृणा गर्नेहरुका कारण बोनापार्टको छवि इतिहासको विवादास्पाद पात्रमध्ये एक हो । आफैंले सञ्चालन गरेका अखबारमार्फत् आफ्‌नै बाल्यकालका काल्पनिक कथा प्रकाशन गरी आफ्नो लोकप्रियता बढाउनेदेखि विश्वविजय गर्न अघिबढ्दा हार भोगेका ठाउँमा समेत बहादुरीको प्रशंसासहित सामग्री प्रकाशन गरी भ्रम फैलाउने काम गरेता पनि युवाले अवसर पायो भने केसम्म गर्न सक्छ भन्ने प्रमाण हुन्, नेपोलियन ।


माटो सुहाउँदो कुरा गर्ने हो भने नेपाल एकीकरणको थालनीकर्ता वा आधुनिक नेपाल राज्यको जन्मदाता पृथ्वीनारायण शाह नै २० वर्षको उमेरमा गोरखाका राजा बने । त्यसपछि नेपाल एकीकरणमा उनले चालेका पाइला इतिहासका गाथामा जिउँदा छन् ।


अर्को उदाहारण हो मोतिराम भट्टको, जो तीन दशकै उमेरमा मरेर पनि सदियौं वर्ष बाँचिरहने छन् ।


देशमा गणतन्त्रले सामाजिक विकासमा राम्रै जग बसाले पनि शासन-सत्तामा युवा आउन सकेनन् । हिजो युवा हुँदै राजनीतिमा होमिएकाहरु पालो कुर्दाकुर्दै अधवैंशे बने । राज्यका अंगहरुको नेतृत्व गर्न अनुभव नै पहिलो र एकमात्र योग्यता बन्यो ।


स्थायीतन्त्रमा समेत अनुभव र उमेरका आधारमा वरिष्ठ र कनिष्ठ छुट्टिए । निर्वाचनहरुमा भाइ, भतिजा, कार्यकर्ता र डनहरु जसका बढी छन्, उसैले जिते । निजामति सेवाको प्रवेशद्वार लोकसेवामा क्षमताका आधारमा भर्ना हुन थाले पनि त्यसपछिका बढुवा र राजनीतिक नियुक्तिमा उमेर र अनुभव नै प्राथमिक योग्यता मानियो ।


झन् नियामकीय निकायहरुमा त कि पूर्वप्रशासक, कि कुनै न कुनै निकायमा राम्रै अनुभव बटुल्नेहरुलाई प्राथमिकता दिइयो । बुढाखाडालाई अवसरै अवसर, युवालाई शून्य । यो थितिले के संकेत गर्दछ भने यस्ता निकायहरु रिटायरमेन्ट क्लब नै बन्न थाले। यसको पछिल्लो ज्वलन्त उदाहरण हो, नेपाल राष्ट्र बैंकको सञ्चालक समिति ।


जसले आजीवन अवसर पाउँदा सिन्को भाँच्न सकेनन्, उनैलाई ‘ओपरीमाथि थोपरी’ पद दिइयो । युवालाई मौका नदिइ भनिन्थ्यो, युवाबाट काम हुनै सक्दैन ।


पछिल्लो दशक राजनीतिमा युवाको उदय हुन थालेपछि भने ‘निरन्तरताको क्रमभंगता’ हुन थालेको छ । रञ्जु दर्शना काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्नु, बालेन मेयरमा विजयी बन्नु, देशका विभिन्न निकायमा युवाहरुको उम्मेदवारीले क्रमभंगताको सिलसिला सुरु गरेको छ । सोही शिलशिलामा जोडिएको छ, बिमा क्षेत्रको शक्तिशाली नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्ति ।


उमेरले भर्खर ३३ वर्ष टेकेका ओझाले यो ओहोदामा पुग्न सानो कसरत गरेको सहजै अनुमान लगाउन मिल्दैन । अहिले सत्तामा देशका दुई ठूला राजनीतिक दल छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली युवालाई खासै विश्वास गर्ने खालका छैनन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आफ्नै दलभित्र युवालाई अवसर नदिएको भन्ने कारण आलोचित छन्।


तर, प्राधिकरणमा शरद ओझाको नियुक्तिले एकपल्ट सबैलाई झस्काइदिएको छ । अनुभव नै एउटामात्र योग्यता भन्नेहरुलाई आलोचना गर्ने बल दिएको छ । त्यसैले त पहिलो दिनदेखि नै अनुभवको प्रश्नले घेरेको छ, ओझालाई ।


१० वर्षअघि स्नातकोत्तर अध्ययन सकाएदेखि विभिन्न कम्पनीको उच्च व्यवस्थापन तहमा बसेर काम गरिसकेका ओझाले योग्यताको प्रश्नको जवाफ ढिलोचाँडो देलान् नै । हिजो प्रश्न गर्ने ठाउँमा रहेका ओझा अहिले जवाफ दिने ठाउँमा पुगेका छन् ।


पत्रकारितामा क्रियाशील रहँदा ओझासँग संगत गर्ने मौका मिल्यो । उहाँसँगै बसेर क्लिकमान्डु डटकममा काम गर्दा उहाँको क्षमता र कमजोरीहरु पनि थप नजिकबाट नियाल्ने अवसर मिल्यो ।


बजारले चिनिरहेको शरद ओझा र हामीले चिनेको शरद ओझा विल्कुलै फरक छ । ओझा पत्रकारितामा अब्बलमध्येका एक हुन्। आर्थिक नीति, वित्तीय तथा बिमा सम्बन्धी विषयवस्तुको बुझाइमा निपूर्ण ओझा नयाँ कुराहरुलाई सहजै टिप्ने र विषयवस्तुलाई बहुआयामिक पक्षबाट केलाउने क्षमता राख्छन् । त्यसकारण ओझाले विषयवस्तु बुझ्दैनन् कि भन्ने बजारको चर्चा आगामी दिनमा गलत सावित हुन्छ भन्नेमा विश्वस्त छौं ।


तर बजारले उठाएको नियामकीय अनुभव नभएको भन्ने प्रश्न जायज छ । तसर्थ, आफ्नो नियामकीय क्षमता बढाउनु ओझाका लागि पहिलो सिकाइ हो । त्यसका लागि उनले बिमा प्राधिकरणमा रहेका काविल जनशक्तिलाई पहिचान गरी ‘राइट मेन, राइट प्लेसमेन्ट’ गर्न सक्नुपर्छ । सबै काम अध्यक्ष आफैंले गर्न संभव नभएकाले कर्मचारीहरुलाई विश्वास गरी तहअनुसारको जवाफदेहितासहितको जिम्मेवारी दिनुपर्छ ।


कांग्रेसको संस्थापनपक्ष अर्थात् सभापति शेरबहादुर देउवा निकट ओझालाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले नियुक्ति दिएका छन् । आफू मातहतका कर्मचारीको व्यवस्थापनमा विगतका नेतृत्वले जस्तै राजनीतिक रङका आधारमा विभेद गरे भने ओझा नयाँ पुस्ताको असल प्रतिनिधि बन्न सक्दैनन् । र यसले ओझा मात्रै असफल हुँदैनन्, आम युवाको आशामा तुषारापात हुनेछ ।


सामाजिक सञ्जालमा केही व्यक्तिले कांग्रेस सभापति देउवाका पुरोहितका छोरा भएकै आधारमा प्राधिकरणमा नियुक्ति दिएको भनेर लगाएको आरोप गलत सावित हुने गरी उनले काम गर्न सक्नैपर्छ ।


ओझाको अर्को चुनौती भनेको ‘कर्पोरेट वार’मा उपयोग नहुनु हो । देशमा पछिल्लो समय झाँगिदै गरेको क्रोनी क्यापिटालिजम अर्थात् आसेपासे पुँजीवादले अर्थतन्त्र आक्रान्त बनेको छ । राजनीति र सत्ताको आडमा व्यवसायको शिखर चढ्ने प्रवृतिले ग्रस्त नेपालका व्यवसायीहरुले नियामक निकायको भरपूर उपयोग गर्दै आइरहेका छन् । एउटा कुशल पत्रकारको छवि बनाइसकेका ओझाले यो कुरा गहनरुपमा बुझेका छन्


बिमा प्राधिकरण निकै ठूलो नियामक निकाय हो । ३ दर्जन बढी कम्पनीलाई प्रत्यक्ष नियमन गर्ने प्राधिकरणले बिमा कम्पनीहरुसँग भएको ७ खर्ब रुपैयाँ हाराहारीको कोष परिचालन गरी रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गरी आर्थिक रुपान्तरण गर्न ठूलो भूमिका हुन्छ । समान नियामक राष्ट्र बैंकको तुलनामा प्राधिकरणका कर्मचारीको सेवा सुविधा निकै कम छ।


विगतमा पूर्वकर्मचारीहरु प्राधिकरण प्रमुख हुँदा कर्मचारीको तलब कम भयो भनेर सोच्नसम्म पनि सक्दैनथे । तर, निजी क्षेत्रमा ‘ह्यान्डसम स्यालरी’ मा काम गरेका ओझाले आफ्ना कर्मचारीको तलबभत्ता र सेवासुविधा बढाउने हिम्मत गर्नुपर्छ । जसले कर्मचारीहरुको मनोबल मात्रै उच्च हुँदैन, नियामकीय क्षमता र सुशासन पनि बढ्छ ।


ओझाको अर्को चुनौती भनेको ‘कर्पोरेट वार’मा उपयोग नहुनु हो । देशमा पछिल्लो समय झाँगिदै गरेको क्रोनी क्यापिटालिजम अर्थात् आसेपासे पुँजीवादले अर्थतन्त्र आक्रान्त बनेको छ । राजनीति र सत्ताको आडमा व्यवसायको शिखर चढ्ने प्रवृतिले ग्रस्त नेपालका व्यवसायीहरुले नियामक निकायको भरपूर उपयोग गर्दै आइरहेका छन् । एउटा कुशल पत्रकारको छवि बनाइसकेका ओझाले यो कुरा गहनरुपमा बुझेका छन् । कुनै ‘इन्ट्रेस्ट ग्रुप’ को सक्रियतामा युवा अवस्थामै यति ठूलो जिम्मेवारी पाए कि भनेर आशंका गर्नेहरुलाई ओझाले आगामी दिनमा निष्पक्ष र स्वतन्त्र रुपमा काम गरेर जवाफ दिने नै छन् । कुनै व्यवसायिक घरानालाई काखा र कसैलाई पाखा लगाउने नियामकीय औजार प्रयोग गर्ने छुट ओझालाई छैन । बजार र समग्र मिडिया जगतले उनका नीति नियम र निर्णयहरुलाई नजिकबाट नियालिरहेको छ ।


भलै पत्रकारिता पृष्ठभूमिबाट आएका ओझाप्रति मिडिया जगतको एउटा सफ्ट कर्नर रहन सक्छ । तर, गल्ती गरेका दिन आफ्नै मित्रहरुका तिखा कलमले लेखिएका शव्दहरुले घोच्ने छ ।


बिमा क्षेत्रमा व्याप्त बेथितिका चाङबीच नयाँ जोश भएको युवाको नियुक्तिले सरोकारवालालाई मात्रै होइन, आम बिमितलाई पनि उत्साहित बनाएको छ । यस मानेमा नियामक जस्तो बन्न नसकेको प्राधिकरणलाई युवाको नेतृत्वमा अब्बल नियामक बनाउने अवसर पनि छ । ओझामाथि बिमा क्षेत्रमा देखिएका बिसङ्गतिको मुहान पहिल्याएर सफा बनाउने अवसर र चुनौती दुबै छ ।


आसेपासे पुँजीवादले ग्रस्त समाजमा बलियो मुटु भएको नेतृत्वका रुपमा उभ्याउँदै ओझाले विसंगतिविरुद्ध बालेन शैलीमा कानुनी डोजर चलाएर यो क्षेत्रको शुद्धीकरण गर्छन् भन्ने आम अपेक्षा छ ।


जसरी बालेनले स्थानीय तहलाई कानुनले दिएको अधिकार प्रयोग गर्दै सरकारी र निजी सबैलाई समानरुपमा कानुनी दायरामा ल्याउने प्रयास गरिरहेका छन्, त्यसैगरी एक दशकदेखि साधारणसभासम्म नगरी नियामकलाई अटेर गर्दै बसेका सरकारी लगानीका २ बिमा कम्पनीलाई संस्थागत शुसाशनको दायराभित्र ल्याएर आफूलाई प्रमाणित गर्ने ठूलो अवसर ओझालाई छ ।


यदि ओझा नेतृत्वको बिमा प्राधिकरणले पनि राष्ट्रिय जीवन बिमा कम्पनी र राष्ट्रिय बिमा कम्पनीलाई कानुनी दायराभित्र ल्याउन सकेन भने युवा र निजी क्षेत्रबाट नियामकमा जाने नेतृत्व सफल भएको मान्न सकिँदैन ।


यो आलेख तयार पार्ने क्रममा ओझाका आधा दर्जन बढी हैतैसीहरुलाई सोधेका थियौं- तपाईंको बुझाइमा शरद ओझाका सबल पक्ष र कमजोरीहरु के के हुन् ? सबैको भनाइ छ- ‘ओझा आफैंमा प्रतिभाशाली छन् । उनको योग्यता, क्षमता, इन्टिग्रिटीमा अहिलेसम्म प्रश्न गर्ने ठाउँ छैन । पत्रकार रहँदा उनले जिम्मेवारीमा बसेकाहरुलाई प्रश्नहरुले हायलकायल पारेका प्रशस्तै उदाहारणहरु छन् । तर, उनी अरुका कुरा कम सुन्छन् ।’  


हिजो उनी प्रश्न गर्ने ठाउँमा थिए, अहिले उनी प्रश्नहरुको सामना गर्दै जवाफ दिने ठाउँमा पुगेका छन् । त्यसैले ओझाले आफ्ना कर्मचारी, बिमित र बिमकहरुका कुरा सुन्ने धैर्यता राख्न सक्नुपर्छ भने नागरिक समाज र मिडियाका प्रश्नहरुको सामना गर्दै पारदर्शी तवरले जवाफ दिन सक्नुपर्छ । किनभने, आफ्ना कुरा अरुलाई सुनाउन, अरुलाई प्रश्न गर्नभन्दा कयौं गुणा बढी कठिन छ, अरुका कुरा सुन्न र प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन ।


टेलिभिज कार्यक्रम चलाएर लोकप्रिय बनेका रवि लामिछाने राजनीतिक दल खोलेर उपप्रधान एवं गृहमन्त्री बन्न सफल त भए तर आफू मिडियामा हुँदा पत्रकारिताको इथिक्सभन्दा बाहिर गएर प्रश्न गर्ने उनले सार्वजनिकरुपमा मिडियाका प्रश्नहरु फेस नै गरेनन्। मिडियाहरुले आलोचना गर्दा लेख्ने पत्रकार, सम्पादक र लगानीकर्तामाथि लामिछाने आफ्नो पदीय हैसियत भुलेर उल्टै खनिए । यो घटनालाई पनि ओझाले नजिकबाट नियालेकै छन् ।


कानुनीरुपमा बिमा प्राधिकरण स्वायत्त नियामकीय निकाय भए पनि प्राधिकरणको व्यवहारिक स्वायत्ततामाथि पटक-पटक प्रश्न उठ्दै आएको छ । अर्थ मन्त्रालयले एउटा महाशाखाका रुपमा प्राधिकरणलाई व्यवहार गर्दै आएको तीतो यथार्थ ओझा नियुक्ति हुनुभन्दा अघि सहसचिवलाई अध्यक्षको जिम्मेवारी दिनुले झल्काउँछ । कानुनीरुपमा स्वायत्त रहेको प्राधिकरणलाई व्यवहारिकरुपमा पनि स्वायत्त बनाउने जिम्मेवारी पनि उनै ओझाको काँधमा छ । भलै यो प्रक्रियामा सरकारमा बस्नेहरुले र अर्थ मन्त्रालयका जिम्मेवार व्यक्तिहरुले सहयोग नगर्न पनि सक्छन् ।


झन्झटिलो दाबी भुक्तानी प्रक्रियाको हैरानीले बिमितहरु बिमा क्षेत्रप्रति नै विश्वस्त नभएका थुप्रै उदाहारण छन् । नियामकीय हस्तक्षेपमार्फत दाबी भुक्तानीलाई सहज र पारदर्शी बनाउँदै समग्र बिमा क्षेत्रको विश्वास बढाउनु प्राधिकरण नेतृत्वको प्रमुख दायित्व हो । हरेक बिमितलाई बिमा गर्दा ठगिएको अनुभूति नहोस् । जिल्ला अदालतको न्यायाधीशसरहको फैसला सुनाउने अर्धन्यायिक निकायको कार्यकारी अध्यक्षका रुपमा कानुन व्यवसायीसमेत रहेका ओझाले न्यायिक निरुपणमार्फत आम सर्वसाधारणले महशुस गर्ने गरी निर्णय दिन सक्नुपर्छ ।


बिमा कम्पनीहरु बिमा साक्षरताका नाममा मोटो रकम खर्च गरेको देखाए पनि त्यसको लाभग्राही आम सर्वसाधारण बन्न सकेका छैनन् । बिमा सचेतनाको कमजोर अवस्थाबीच प्राधिकरणले सरोकारवालाहरुलाई साथमा लिएर बिमा शिक्षाका लागि प्रभावकारी कार्यक्रमहरु लैजान आवश्यक छ । तराई-मधेशका सीमावर्ती क्षेत्रमा भारतीय बिमा कम्पनीका एजेन्टहरुलाई खुलेआम बिमा पोलिसी बेच्न रोक्नुपर्छ ।


अहिलेसम्म पनि बिमा प्राधिकरणले नै लाइसेन्स दिएका स्वदेशी एजेन्टहरुले ‘मरेपछिको लाभ’ देखाउँदै जीवन बिमा पोलिसी बिक्री गर्दै आएका छन् । एजेन्टहरुले झुक्याएर बिमा गर्ने प्रवृत्ति मौलाइरहेको अवस्थालाई रोक्नु बिमा प्राधिकरणको नि:शर्त कर्तव्य हो । अहिलेसम्म प्राधिकरण नेतृत्वले नदेखेर हो वा खुट्टा कमाएर हो यो विकृति रोक्न सकेको छैन । व्यक्तिगत रुपमा काम गर्दै आएका एजेन्टहरुलाई निरुत्साहित गरी कम्पनीले मात्रै बिमा पोलिली बिक्री गर्न पाउने व्यवस्था मिलाउने हो भने विकृति मात्रै रोकिँदैन, हजारौंको संख्यामा नयाँ रोजगारी सिर्जना हुन्छ भने राज्यले पनि अर्बौं कर पाउँछ । र कम्पनीलाई नियमन गर्न पनि नियामकलाई सजिलो हुन्छ ।


निर्जीवन बिमा कम्पनीहरु सरकारले अनिवार्य गरेको क्षेत्रमा लुछाचुँडी गरेर बसेका छन् । क्रिएटिभ भएर स्किम ल्याउन सकेका छैनन् । यस्तो अवस्थामा लाखौं तलब खाने सीईओ साबहरुलाई नागरिकका सम्पत्तिको बिमा गर्न घरदैलोमा पठाउने वातावरण सिर्जना गर्नु पनि प्राधिकरण अध्यक्षकारुपमा ओझाकै जिम्मेवारी हो । यसको अर्थ के हो भने जीवन होस् वा निर्जीवन बिमा कम्पनी उनीहरुलाई व्यवसाय विविधिकरण गर्न माटो सुहाउँदो बिमा पोलिसी ल्याउन अभिभावकीय मार्गदर्शनको खाँचो छ ।


बिमा प्राधिकरणलाई सशक्त बनाउन ऐन संशोधनको पहल गरेरै भए पनि कम्तिमा राष्ट्र बैंक जतिको बनाउन निर्णयतहमा कम्तिमा राजनीतिक नियुक्ति गरेर ल्याउने वातावरण बनाउन अर्थ मन्त्रालय र सरकारसँग बलियो लबिइङ गर्न सक्नुपर्छ । यसो गर्दा नियामकको स्ट्रेन्थ बढ्छ ।


असल नियतले आफूले राम्रो गर्छु भन्दाभन्दै पनि कहिलेकाहीँ गल्ती हुन सक्छ । कानुनको रिजिम (परिधि) भित्र रहेर प्रक्रिया पुर्‍याएर काम गर्दा पनि कहिलेकाहीँ कसैको स्वार्थसँग मिल्दोजुल्दो र कसैको स्वार्थ विपरित हुनसक्छ, त्यो बेला स्वार्थ पूरा नभएको समूहको निशानामा पर्ने निश्चित भएकाले प्रत्येक निर्णय गर्नुभन्दा अगाडि धेरै पटक सोच्नु पर्छ । फास्ट डिसिजन गरेर प्राधिकरणको प्रभावकारी उपस्थिति देखाउनुपर्ने अवस्था रहेकाले धेरै लामो सोच्ने छुट पनि छैन ।


बिमा प्राधिकरणका तत्कालीन अध्यक्ष चिरञ्जीवी चापागाईले बिमा कम्पनीको लाइसेन्स मात्रै वितरण गरेनन्, उनले नै बिमा कम्पनी मर्जरको निर्देशिका ल्याए । अर्का अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीको चुक्ता पुँजी साढे २ गुणाले बढाउने निर्णय गरे । सँगै उनले बिमा कम्पनीमा जोखिममा आधारित पुँजीको व्यवस्था पनि कार्यान्वयनमा ल्याए । जोखिममा आधारित पुँजीको कार्यान्वयनमा लगेको प्राधिकरणले पुँजी वृद्धिको औचित्य पुष्टि गर्न सकेको छैन । अन्धाधुन्ध लाइसेन्स दिने र पुँजी बढाउने प्राधिकरणको अस्थिर नीतिले बिमा क्षेत्र थिलोथिलो बनेको छ । नयाँ अध्यक्षका रुपमा ओझाले पनि विगतका नेतृत्वले झैं अस्थिर नीति लिने त होइनन् भन्ने कतिपयले आशंका गरेका छन् ।


अहिलेसम्म बिमा प्राधिकरणले कर्मचारीको रुपमा एक्चुअरी नियुक्त गर्न सकेको छैन । तर, बिमा कम्पनीलाई जोखिममा आधारित पुँजीको व्यवस्था गर्न दिएको निर्देशनले प्राधिकरणको क्षमता र उसले लिएको नियामकीय नीतिमा नै प्रश्न उठेको छ ।


प्रत्येक नियामकीय औजार प्रयोग गर्दै गर्दा समग्र बिमा क्षेत्रलाई फाइदा पुग्छ कि पुग्दैन, बिमितको हित हुन्छ कि हुँदैन, अर्थतन्त्रलाई के हुन्छ साथै राज्यलाई घाटा हुन्छ कि हुँदैन भनेर गहिरो चिन्तन मनन गर्न जरुरी छ । जुन यसअघि प्राधिकरण नेतृत्वमा बस्नेहरुले गर्न सकेका थिएनन् ।


नेतृत्वले केही नयाँ काम गर्ने प्रयास गर्दा शंकाको नजरबाट हेर्ने, कसैको स्वार्थ पूरा गर्न त खोजेन ? भनेर सोचिहाल्ने मानसिकताबाट नेपाली समाज माथि उठ्न सकेको छैन । तसर्थ, निर्णय प्रक्रियालाई सहभागितामूलक र पारदर्शी बनाउन आवश्यक छ । कहिलेकाहीँ राम्रो उद्देश्यले गरेको काममा पनि प्रक्रिया मिलाउन नसकेका कारण आजीवन कलंकको दाग लाग्नुपरेका धेरै उदाहरण छन् । ओझा यसमा सचेत हुन आवश्यक छ ।


नियामक प्रमुखको भूमिका अनकन्टार भिरमा गाडी चलाउनु जस्तै हो । स्टेरिङ, ब्रेक, एक्सिलेरेटर, क्लच र बाटोमा बराबर ध्यान पुग्न सकेन भने गाडी कुनबेला खोंचमा पुग्छ पत्तै हुँदैन । त्यसैले बिमा क्षेत्र हाँक्ने नयाँ ड्राइभरका रुपमा पाएको जिम्मेवारी नआत्तिइकन, सन्तुलन मिलाउँदै अघि बढ्न सके मात्रै ओझा गन्तव्यसम्म पुग्न सक्छन् ।


महत्त्वपूर्ण कुरा त के छ भने इतिहासमै पहिलो कान्छो नियामक बनेर नयाँ इतिहास रच्न सफल ओझाले विगतका अध्यक्षहरुको भन्दा राम्रा र दूरगामी काम गरेर ‘सुतेको बिमा क्षेत्रलाई ब्यूँताउँदै’ इतिहासका पानामा ‘सफल युवा नेतृत्व’ बनेर नाम लेखाउने ठूलो अवसर छ । यसको अर्थ के हो भने ओझालाई असफल हुने छुट छँदै छैन । किनभने, ओझा असफल हुनु भनेको बिमा क्षेत्र थप कमजोर बन्नु मात्रै होइन, आम युवा पुस्ता नै असफल हुनु हो । प्रत्येक युवाको सपनामा कुठाराघात गर्नु हो । प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझालाई बधाई तथा सफल कार्यकालको शुभकामना ।


‘शरद ओझालाई बिमा क्षेत्रको बालेन बन्ने अवसर’