Wednesday, January 26, 2022

राष्ट्र बैंकको नीतिले एक दजर्नभन्दा बढी लघुवित्त फोर्स मर्जरमा जानुपर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशत भन्दा बढी क्रस होल्डिङ ९दोहोरो लगानी० भएका लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जान बाध्य बनाउने भएको छ ।


राष्ट्र बैंकको यस्तो नीतिले अबलम्बन गरेको छ । त्यसको लागि आगामी असार मसान्तसम्म क्रस होल्डिङमा रहेका कम्पनीलाई गाभ्न, गाभिन वा प्राप्तिमा जान कार्ययोजना माग गरेको छ ।


राष्ट्र बैंकको यो नीतिले १ दर्जन बैंकलाई उक्त कार्ययोजना बनाउन बाध्य बनाउने भएको छ । उक्त नीतिले नबिल बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू, मेगा, प्राइम, हिमालयन, नेपाल इन्भेष्टमेन्ट, एनआईसी एसिया, कृषि विकास बैंक र लुम्बिनी विकास बैंकले लगानी गरेर खोलेका माइक्रोफाइनान्सलाई फोर्स मर्जरमा जानुपर्ने बाध्य बनाएको हो । यसरी ति संस्थाले खोलेका माइक्रो फाइनान्स मर्जमा नगएमा ति संस्थाले माइक्रोफाइनान्समा गरेको लगानी निकाल्नुपर्ने हुन्छ ।


प्राप्त तथ्याङक अनुसार नबिल बैंकको नाडेप लघुवित्तमा २५ प्रतिशत, छिमेक लघुवित्तमा ११।९८, स्वाबलम्बन लघुवित्तमा १२।०२ प्रतिशत लगानी रहेको छ ।


यस्तै ग्लोबल आइएमई बैंकको ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फस्ट माइक्रोफाइनान्समा ११, मेरो माइक्रोफाइनान्समा १४ र स्पर्श लघुवित्त वित्तीय संस्थामा १६ प्रतिशत लगानी रहेको छ ।


लक्ष्मी बैंकको भने लक्ष्मी लघुवित्तमा ७० प्रतिशत लगानी रहेको छ । कुमारी बैंकको पनि एउटा मात्रै लघुवित्तमा १० प्रतिशत भन्दा बढी लगानी रहेको छ । कुमारीको नेशनल माइक्रोफाइनान्समा २० प्रतिशत लगानी रहेको छ ।


एनआईसी एसिया बैंकको एनआईसी एसिया लघुवित्तमा ६८ प्रतिशत, कृषि विकास बैंकको साना किसान बैंकमा २२ प्रतिशत र लुम्बिनी विकास बैंकको नाडेप लघुवित्तमा १० प्रतिशत लगानी रहेको छ ।


बैंक अफ काठमाण्डूको आरएसडिसी लघुवित्तमा १२ प्रतिशत, मेगा बैंकको स्पर्श लघुवित्त वित्तीय संस्थामा १६।३९, अभियान लघुवित्तमा १६।३९, प्रतिशत, प्राइम बैंकको महिला सहयात्रा लघुवित्तमा १२।७३ प्रतिशत, स्वाभिमान लघुवित्तमा १४।५५ प्रतिशत लगानी रहेको छ ।


यस्तै हिमालयन बैंकको स्वाबलम्बन लघुवित्तमा १२।२ र छिमेक लघुवित्तमा ११।९८ प्रतिशत लगानी रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पनि स्वाबलम्बनमा १२।२ र नेशनल माइक्रोफाइनान्समा २५ प्रतिशत लगानी रहेको छ ।


राष्ट्र बैंकको नयाँ निर्देशन अनुसार यी कम्पनीहरुले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका संस्थाहरुबीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’, ‘ख’ र ‘ग’ बर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी सेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्नरगाभिन वा प्राप्तिमा जान असार मसान्तसम्म राष्ट्र बैंक समक्ष कार्ययोजना पेश गर्नुपर्नेछ ।


माइक्रोफाइनान्स एशोसिएसन अफ नेपालका अध्यक्ष जगत पोखरेलले राष्ट्र बैंकले ल्याएको नीति सबैले मान्नु पर्ने र माइक्रोफाइनान्स कम्पनीहरुले पनि सोही अनुसार काम गर्ने बताए ।


https://clickmandu.com/2022/01/180286.html

एक वर्षमा १ लाख लगानी गर्दा नबिलबाट ३४ हजार कमाउँदा मञ्जूश्रीबाट १८१ हजार कमाइ


काठमाडौं । सेयर बजारमा गरिने लगानीको उद्देश्य राम्रो प्रतिफलनै हो । त्यसैले लगानीकर्ताले कुनैपनि कम्पनीमा लगानी गर्दा कम्पनीले दिने बोनस सेयर पनि एक हो । लगानीकर्ताले राम्रो बोनस दिने कम्पनीहरुले प्रतिफलपनि राम्रो दिन सक्छन् भन्ने आधारमा लगानी गरेका हुन्छन् ।


आर्थिक वर्ष २०७७र७८ मा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी लाभांश दिनेमा नबिल बैंक थियो । बैंकले ३३।६ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकले पछिल्लो १० वर्षयता सबैभन्दा बढी बोनस दिएका कारण पनि लगानीकर्ता नबिल बैंकतर्फ आकर्षित हुनु स्वभाविक नै थियो ।


वाणिज्य बैंकमा लामो समयदेखि अधिकांश सूचकांकमा नम्बर वान रहेको नबिल बैंकमा आँखा चिम्लेर लगानी गर्नेहरुको कमी छैन । त्यो किनपनि भने नबिल बैंकले लामो समयदेखि लगानीकर्तालाई दिएको आकर्षक प्रतिफल नै हो ।


यता फाइनान्समा सबैभन्दा बढी बोनस सेयर घोषणा गर्नेमा मञ्जुश्री फाइनान्स थियो । मञ्जुश्रीले लगानीकर्ताका लागि ४० प्रतिशत लाभांश दिएको थियो । मञ्जूश्रीले दिएको बोनसको इतिहास हेर्दा योपनि हालसम्मकै सबैभन्दा बढी हो । त्यसअघि फाइनान्सले आव २०७६र७७ मा सबैभन्दाबढी १८ प्रतिशत बोनस सेयर दिएको थियो ।


अब यी दुबै कम्पनीमा गत वर्षको एकै समयमा १ लाख रुपैयाँ लगानी गर्नेमध्ये कसले राम्रो प्रतिफल पाए त रु


पछिल्लो एक वर्षमा लगानीकर्तालाई नबिल बैंकले ३४ प्रतिशतको प्रतिफल दिएको छ भने मञ्जुश्री फाइनान्सले १८१ प्रतिशत प्रतिफल दिएको छ । अर्थात् गत वर्ष दुबै कम्पनीमा १र१ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्ताले नबिलबाट ३४ हजार रुपैयाँ प्रतिफल पाए भने मञ्जुश्री फाइनान्सबाट १ लाख ८१ हजार रुपैयाँको प्रतिफल पाएका छन् ।


गत वर्ष आजकै दिन नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ११११ रुपैयाँ रहेको थियो । दिएको लाभांश समायोजनपछि कम्पनीको सेयर मूल्य आजका दिन प्रतिकित्ता १११९ रुपैयाँ रहेको छ ।


गत वर्ष नबिल बैंकमा १ लाख रुपैयाँ लगानी गर्दा लगानीकर्ताले ९० कित्ता सेयर पाएका थिए । त्योबेला ९० कित्ता सेयर हुनेसँग अहिले हातमा १२० कित्ता सेयर छ । १२० कित्ताको आजको मूल्य १ लाख ३४ हजार २८० रुपैयाँ पर्न जान्छ । बजार बढेको समयमा बैंकको सेयर प्रतिकित्ता १६५३ रुपैयाँसम्म पुगेको थियो ।


यता मञ्जुश्री फाइनान्सको गत वर्ष आजकै दिन १ लाख रुपैयाँमा सेयर किन्दा ३०७ कित्ता पाइन्थ्यो । उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ थियो ।


कम्पनीले बोनस दिँदा १२२ कित्ता बोनस थपिएर ४२९ कित्ता सेयर भयो । त्यो सेयर आजको मूल्यमा बिक्री गर्दा २ लाख ८१ हजार ८५३ रुपैयाँ आउँछ । आज यो कम्पनीको सेयर मूल्य प्रति कित्ता ६५७ रुपैयाँ रहेको छ । बजार बढेको समयमा यो कम्पनीको सेयर प्रति कित्ता १३७० रुपैयाँसम्म पुगेको थियो ।


लाभांशको आधारमा हेर्दा र सूचकांकमा हेर्दा नबिल बैंक र मञ्जुश्रीको तुलना गर्न मिल्दैन । तर, एकवर्षमा भने लगानीकर्ताको हिसाबले नबिलमाले भन्दा बढी प्रतिफल मञ्जुश्री फाइनान्समा लगानी गर्नेले पाएका छन् ।


लगानीयोग्य रकम धेरै हुने लगानीकर्ताको लागि बैंक तथा फाइनान्स कम्पनी पनि लगानीका लागि राम्रै मानिन्छन् । यस्ता कम्पनीमा गरेको लगानी अपबाद बाहेक केही समय कुर्न सकेको खण्डमा कालान्तरमा धेरै कमाउने सकिने विभिन्न तथ्य तथ्याङकले पुष्टि गर्छ ।

https://clickmandu.com/2022/01/180427.htmlhttps://clickmandu.com/2022/01/180427.html

अर्ब कमाउने बैंकको प्रतिफल मुद्दति निक्षेपको जस्तो, पूँजीको दबाब नहुँदा उद्योगको अत्यधिक बढी



सोभित थपलिया


काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७७र७८ मा लगानीकर्तालाई औसतमा १५।०१ प्रतिशतले लाभांश दिए ।

सोही वर्ष विकास बैंकहरुको औसत लाभांश वाणिज्य बैंककै हाराहारीमा अर्थात् १५।७४ प्रतिशत रह्यो ।


यता जलविद्युत् कम्पनीहरुले पनि औसतमा खासै राम्रो लाभांश दिन सकेनन् । जलविद्युत् कम्पनीको औसत लाभांश १३।४९ प्रतिशतमै सीमित भयो । यद्यपि हालसम्म ४४ मध्ये १३ वटा जलविद्युत् कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।


यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र जलविद्युतका लगानीकर्ताले औसतमा १३ देखि १५ प्रतिशत लाभांश पाउँदा उद्योग तथा उत्पादनमूलक ४ कम्पनीले भने लगानीकर्तालाई मनग्गे लाभांश दिएका छन् । उनीहरुले सेयरधनीलाई औसतमा २०३।५ प्रतिशत लाभांश वितरण गरेका छन् । जसमा युनिलिभर र हिमालयन डिष्टिलरीको योगदान महत्वपूर्ण रहेको छ ।


बैंक तथा जलविद्युतलगायतका कम्पनीहरुको लाभांश घट्दो क्रममा देखिँदा उद्योग तथा उत्पादनमुलक कम्पनीहरुको लाभांश भने बढ्दै गएको छ ।


उत्पादन तथा प्रशोधन समूहमा रहेका ६ वटा कम्पनीमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूव आयल, शिवम् सिमेन्ट, यूनिलिभर नेपाल र बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई छन् । जसमध्ये बोटलर्स नेपाल बालाजु र तराईले अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् ।


यसको अर्थ हो लगानीकर्तालाई वाणिज्य तथा विकास बैंक र जलविद्युत् कम्पनीभन्दा उद्योग तथा उत्पादनमूलक कम्पनीहरुले आकर्षक लाभांश दिन थालेका छन् ।


एनएमबि बैंकका अध्यक्ष समेत रहेका रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक पवन गोल्यानले आफूलाई बैंकबाट प्राप्त हुने प्रतिफलभन्दा उद्योगबाट हुने प्रतिफल राम्रो रहेको बताउँछन् ।


‘बैंकबाट त केही पनि प्रतिफल छैन, नेपालको बैंकिङ क्षेत्रलाई व्यवसायिक बनाउने मेरो प्यासन भएकाले मात्रै म यो क्षेत्रमा छु, व्यवसायीका रुपमा मलाई आज पनि उद्योगबाट नै राम्रो प्रतिफल छ,’ गोल्यानले क्लिकमाण्डूसँग भने ।


बैकिङ क्षेत्रका जानकार पर्शुराम क्षेत्री कुँवरले विगत ६र७ वर्षदेखि बैंकिङ क्षेत्रको नाफामा संकुचन आएको बताए ।


‘अन्य क्षेत्रको तुलनामा यो क्षेत्र निकै पारदर्शी रहेको र मुनाफा घटेका कारण बैंक तथा वित्तीय संस्थालाई दिने लाभांश पनि घट्दै छ,’ उनले भने ।

यता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ० सुनिल केसीले केही वर्षयता बैैंंकको पुँजी बढेको तथा बिजनेश गर्नका लागि पुँजी वृद्धि आवश्यक हुँदाको असर लाभांशमा देखिएको बताउँछन् ।


‘बैंकको पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ र अहिले ८ अर्ब रुपैयाँबाट १८ अर्ब रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘जसले गर्दा वाणिज्य बैंकको लाभांश खुम्चिँदै गएको छ ।’


अहिले बैंकहरुले नाफा धेरै कमाएको जस्तो देखिए पनि रिटर्न अफ इक्विटी ९आरओई०भने घटिरहेको केसीको भनाइ छ । आजभन्दा ८र१० वर्षअघि २२ प्रतिशत आरओई भएको कम्पनीको अहिले १२र१३ प्रतिशतमा सीमित भएको उनको भनाइ छ ।


‘नियामकीय प्रावधानले बैंकहरुलाई पुँजी बढाउनु पर्ने बाध्यता हुन्छ तर उद्योगमा त्यस्तो हुँदैन,’ उनले थपे, ‘जसका कारण बैंकहरुको पुँजी बढ्दा सोअनुसारको नाफा नबढ्ने हुन्छ भने उद्योगहरुलाई पुँजी बढाउनुपर्ने बाध्यता नहुँदा उत्पादन बढ्दा नाफा स्वभाविकरुपमा बढ्छ ।’


यता जलविद्युत् कम्पनीहरुको विद्युत् उत्पादनदेखि बिक्रीसम्म यति हुन सक्छ भन्ने आँकलन गर्न सक्ने नेपाल इन्भेष्टर फोरमका वरिष्ठ उपाध्यक्ष राजन लम्सालको भनाइ छ ।


‘कतपिय अवस्थामा प्राकृतिक विपत्तीले अवरोध गर्ने, पावर हाउस बनाउने, ड्याम्पमा अवरोध हुने बाहेक यति उत्पादन र बिक्री हुन्छ, यति ऋण छ, यति ऋण तिर्छन भनेर थाहा पाउन सकिन्छ,’ उनले भने, ‘सोहीअनुसार लगानीकर्ताले मनोविज्ञान तयार पारेर लगानी गर्छन ।’


उत्पादन र प्रशोधन समूहको लाभांश २०३।५ प्रतिशत लाभांश

उत्पादन तथा प्रशोधन समूहमा थोरै कम्पनी भएपनि यी कम्पनीले लगानीकर्तालाई दिने लाभांश भने निकै आकर्षक छ । यो समूहमा रहेका ६ कम्पनीमा ४ वटाले लाभांश घोषणा गरेका छन् । जसको लाभांश औषतमा २०३।५ प्रतिशत हुन्छ ।


त्यसमा सबैभन्दा बढी लाभांश दिनेमा युनिलिभर छ । कम्पनीले सेयरधनीलाई ६५० प्रतिशत लाभांश दिएको छ । अर्थात् युनिभिलर कम्पनीमा १ कित्ता सेयर हुने सेयरधनीले ६५० रुपैयाँ नगद लाभांश पाएका छन् । जम्मा ९ करोड चुक्ता पुँजी रहेको कम्पनी सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी समेत हो ।


यता शिवमले २९ प्रतिशत नगद नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्ट्रिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल ल्यूबले ३० प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश दिने भएको छ ।


बैंक र जलविद्युत्को लाभांश कमजोर

वाणिज्य तथा विकास बैंक र जलविद्युत् कम्पनीको नाफा औसतमा १३ देखि १५ प्रतिशत छ ।


आर्थिक वर्ष २०७७र७८ मा वाणिज्य बैंकहरु औसत लाभांश १५।०१ प्रतिशत छ । जसमा नबिल बैंकले सबैभन्दा बढी ३८ प्रतिशत लाभांश दिएको छ भने सबैभन्दा कम सिभिल बैंकको ५।२६ प्रतिशत छ । २७ मध्ये १४ वटा बैंकले त औषतभन्दा कम लाभांश दिएका छन् ।


नबिल बैंकले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिएपनि २७ वटा वाणिज्य बैंकको औसत लाभांश जम्मा १५।०१ प्रतिशत हो । २७ वटा वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वटा बैंक नेपाल स्टक एक्सचेन्जमा सूचिकृत छन् ।


विकास बैंकतर्फ राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमा ७ वटा बैकले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले २१।०५२६ प्रतिशत दिने भएको छ । तर,विकास बैंकहरुको औसत लाभांश १५।७४ प्रतिशत रहेको छ । जुन वाणिज्य बैंकको भन्दा केही प्रतिशत बिन्दुले बढी हो ।


जलविद्युत् कम्पनीमा ४४ वटा जलविद्युत कम्पनीमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । जसमा उनीहरुको औसत लाभांश १३।४९ प्रतिशत छ । जलविद्युत् कम्पनीमध्ये सबैभन्दा बढी ङादी पावर कम्पनीले २१।०५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

https://clickmandu.com/2022/01/180476.html

गोर्खाज फाइनान्समा लगानी गर्नेको सम्पत्ति ४०५ ले घट्यो, लगानीकर्तामा किन बड्यो आकर्षण ?



काठमाडौं । गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी १५०० रुपैयाँसम्म पुगेको थियो । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९४ रुपैयाँ पुगेको छ ।


कम्पनीको उच्च बिन्दुमा पुगेको मूल्य मंगलबारको तुलनामा ४०।४ प्रतिशतले कमी हो । उक्त कम्पनीको सेयर जसले १५०० मा किनेका थिए । ति लगानीकर्ताहरुको सम्पती अहिले ४०।४ प्रतिशतले घटेको छ ।


फाइनान्सको वित्तीय अवस्था धेरै सन्तोषजन छैन । लगानीकर्तालाई पनि राम्रो लाभांश दिएको छैन । तैपनि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण निकै बढिरहेको छ । अहिले कम्पनीको वित्तीय अवस्था बुझेर भन्दा पनि लहैलहैको भरमा लगानी गर्ने लगानीकर्ता बढिरहेको जानकारहरुको भनाइ छ ।


पछिल्लो समय क्लव हाउस लगायतका सामाजिक सञ्जालमा केही लगानीकर्ताले केही पुराना भनिएका लगानीकर्ताहरुले फाइनान्स कम्पनीको सेयर किन्नुस भन्दै उक्साउने गरेको र त्यसको प्रभाव यो कम्पनीमा पनि परेको देखिएको छ । कम्पनीको मूख्य सूचक धेरै प्रभावशाली नहुँदा पनि कम्पनीमा लगानीकर्ताको आकर्षण भने निकै देखिएको छ ।


अहिलेसम्म कम्पनीले आर्थिक वर्ष २०७१र०७२ मा ७ प्रतिशत बोनस सेयर दिएको थियो । त्यसपछि कुनै पनि लाभांश दिएको छैन । फाइनान्सले करिब ५ वर्षअघि २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।


फाइनान्सले यो वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ । अघिल्लो आवमा पनि लगानीकर्ताको हात खाली बनाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था हेर्दा कम्पनीले लगानीकर्तालाई लाभांश दिनसक्ने अवस्था भने थियो ।


गत आवको वितरणयोग्य नाफाबाट कम्पनीले लगानीकर्तालाई ११।९३ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको थियो । तर पनि कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।


लाभांश दिन सक्ने कम्पनीमा पनि लगानीकर्ताको आकर्षण भने धेरैनै देखिएको छ । असार मसान्तसम्म कम्पनीको नाफा २० करोड १८ लाख ९६ हजार ३३७ रुपैयाँ रहेको थियो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ऋणात्मक रहेको थियो ।


असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३० करोड ४८ लाख ५८ हजार रुपैयाँबाट घटेर २१ करोड ५८ लाख ५६ हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा कम्पनीको अन्य सञ्चालन मुनाफा भने धेरै नै बढेको छ ।


अघिल्लो आवको चौथो त्रैमासमा ४५ लाख ५१ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ९ करोड ७७ लाख १३ हजार रुपैयाँ पुगेको थियो । गत वर्ष कम्पनीले गरेको सेयर कारोबारले अन्य प्रकृतिको नाफा बढाउन सहयोग पुगेको देखिएको छ । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा ऋणत्मक रहेको सञ्चालक मुनाफामा केही सुधार भने देखिएको छ । असार मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा ३२ करोड ८० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।


८६ करोड ७९ लाख ९३ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटर्न अर्निङ १० करोड ३६ लाख १६ हजार ३१२ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ करोड ६४ लाख ५८ हजार ४५८ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवमा ७६ करोड ३२ लाख १ हजार ९८७ रुपैयाँ हेको थियो । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २६ पैसा, प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ४४ पैसा रहेको थियो ।


यस्तै असोज मसान्तसम्म आइपुग्दा फाइनान्सको नाफा १ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा गत वर्षको भन्दा घटेको छ । गत वर्ष फाइनान्सको नाफा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटको छ । सञ्चालन नाफा २४ लाख ७७ हजार रहेको छ । गत वर्ष ७ करोड ४१ लाख १४ हजार रहेको थियो ।


यस्तै सञ्चालन नाफा ९ करोड ४१ लाख ३० हजार रुपैयाँबाट घटेर २ करोड ७५ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीको अन्य प्रकृतिको सञ्चालन नाफा भने २२ लाख ५३ हजार रुपैयाँबाट बढेर १० करोड ७३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको जगेडा कोषमा ७८ करोड ७२ लाख ८५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।

https://clickmandu.com/2022/01/181242.html

बैंकका सीइओको तलब ४६ करोड, कसको कति ?


काठमाडौं । जागिर गर्नेका लागि बैंक आकर्षक क्षेत्र हो । कतिपय अवस्थामा जागिरेहरु यसलाई ग्ल्यामरको क्षेत्र पनि भन्छन् । यसो हुनुमा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीले पाउने तलब, भत्ता तथा राम्रो बोनस नै हो ।


त्यसैले प्रत्येक वर्ष बैंकमा काम गर्ने कर्मचारीहरुले पाउने तलब तथा बोनसमा धेरैको रुचि समेत हुन्छ । त्यसमाथि प्रमुख कार्यकारी अधिकृतको तलवको चर्चा हरेक वर्ष हुने गरेको छ ।


आर्थिक वर्ष २०७७र७८ मा सञ्चालनमा रहेका २७ वटामध्ये २५ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ०हरुले करिब ४६ करोड रुपैयाँ तलब भत्ता बापत बुझेका छन् ।


हालसम्म राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकका सीइओहरुले बुझेको तथ्यांक सार्वजनिक भइसकेको भने छैन ।


सबैभन्दा धेरै तलब प्रभु बैंकका सीइओ शेरचनको


वाणिज्य बैंकका सीइओमध्ये सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सीइओमा प्रभु बैंकका अशोक शेरचन छन् । शेरचनले गत आर्थिक वर्षमा ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बुझेको पारिश्रमिक अघिल्लो आवको भन्दा ३।४९ प्रतिशतले बढी हो ।


शेरचनपछि सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सीइओमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योती पाँडे छन् । उनको गत आवमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ बुझेका छन् । अघिल्लो आवको तुलनामा गत आवमा उनको तलब बढेको छैन ।


गत आवमा सबैभन्दा कम पारिश्रमिक बुझ्ने सीइओमा कृषि विकास बैंकका अनिल उपाध्याय छन् । उपाध्यायले ४५ लाख १६ हजार ६५० रुपैयाँ तलब भत्ता लिएका छन् । उनको तलब भत्ता अघिल्लो आवको तुलनामा १३।०२ प्रतिशतले बढी हो ।


एक करोड रुपैयाँभन्दा कम तलब खाने सीइओमा नेपाल बैंकका सीइओ छन् । नेपाल बैंकले सीइओ कृष्ण अधिकारीलाई ५४ लाख ४२ हजार ९१६ रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बुझेको पारिश्रमिकको रकम अघिल्लो आवको तुलनामा गत आवमा १५।८९ प्रतिशतले बढी हो ।


सेञ्चुरी कमर्सियल बैंकले सीइओ तुलसी गौतमलाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ पारिश्रमिक भुक्तान गरेको छ । तर हाल उनले बैंक छाडिसकेका छन् । यता सिटिजन बैंकले सीइओ गणेशराज पोखरेललाई १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक भुक्तान गरेको छ । उनको पारिश्रमिक अघिल्लो वर्षको तुलनामा बढेको छैन ।



७ वटा बैंकको सीइओको पारिश्रमिक घट्यो


गत आर्थिक वर्षमा विभिन्न ७ वटा बैंकको सीइओको तलब भत्ता घटेको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक, माछापुच्छे« बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीइओको तलब घटेको हो ।


स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीइओ अनिरभान घोष दस्तिदारले २ करोड ७६ लाख २२ हजार ४०२ रुपैयाँ पारिश्रमिक लिएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकले सीइओको तलब ३०।५९ प्रतिशतले घटाएको छ ।


यस्तै बैंक अफ काठमाण्डूले सीइओका लागि २ करोड ५६ लाख २७ हजार ९२४ रुपैयाँ तलब भत्तामा खर्चिएको छ । बैंकले सीइओको तलब ८।८० प्रतिशतले घटाएको हो ।


यता सिभिल बैंकले पनि सीइओको तलब २१।०७ प्रतिशतले घटाएको छ । बैंकले गत आवमा सीइओलाई १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब तथा भत्ता दिएको छ ।


कुमारी बैंकको पनि तलव भत्तामा १।१९ प्रतिशतले घटाएको छ । सीइओ सुरेन्द्र भण्डारीले गतवर्ष २ करोड ३५ लाख ४५ हजार ९६८ रुपैयाँ रुपैयाँ तलब सुविधा लिएका छन् ।


यस्तै माछापुच्छ्रे बैंकका सीइओको पनि तलब ३९।६१ प्रतिशतले घटेको छ । अघिल्लो वष्र्त सीइोका लागि गरेको खर्चन्बा ३९।६१ प्रतिशतले घटाउँदै गत वर्ष बैंकले सीइओका लागि १ करोड २८ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ।


यता एनएमबि बैंकका सीइओ सुनिल केसीको पनि तलब ०।६७ प्रतिशतले घटेको छ । उनले गत आवमा १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ तलब भत्ता लिएका छन् । मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीको तलब भत्ता पनि ३२।९० प्रतिशतले घटेको छ । उनको तलब १ करोड १४ लाख २७ हजार ४५० रुपैयाँ छ ।


कसको कति बढ्यो ?


२५ वटा वाणिज्य बैंकमध्ये १५ वटा वाणिज्य बैंकका सीइओहरुको तलब अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । यता नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकका सीइओको तलब भने बढेको छैन ।


नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुङगानाले १ करोड ४१ लाख रुपैयाँ तलब भत्ता लिएका छन् । नबिल बैंकका सीइओ अनिल केशरी शाहले गत वर्ष २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ रुपैयाँ तलब भत्ता लिएका छन् भने प्राइम कमर्सियल बैंकका सीइओ नारायणदास मानन्धरले २ करोड ६ लाख ८ हजार तलब भत्ता, एनसीसी बैंकका सीइओ रमेशराज अर्याल १ करोड ५२ लाख ३७ हजार ६३५ रुपैयाँ तलब भत्ता लिएका छन् ।


सनराइज बैंकका सीइओ सुमन शर्माले २ करोड २९ लाख ५५ हजार, हिमालयन बैंकका सीइओ अशोक राणाले २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ, सिद्धार्थ बैंकका सीइओ सुन्दर कँडेलले २ करोड ११ लाख १९ हजार ८३० रुपैयाँ तलब, भत्ता लिएका छन् ।


लक्ष्मी बैंकका सीइओ अजय शाहले १ करोड १५ लाख १४ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । सानिमा बैंकका सीइओ भुवन दाहाल १ करोड ८४ लाख १५ हजार, ग्लोबल आइएमई बैंकका सीइओ महेश ढकालले १ करोड ३९ लाख ७८ हजार २०० रुपैयाँ तलब तथा भत्ता लिएका छन् ।


त्यस्तै नेपाल एसबीआई बैंकले सीइओलाई १ करोड ३२ लाख ९२ हजार ९६१ रुपैयाँ तलब भत्ता दिएको छ । एभरेष्ट बैंकले सीइओ डा। सुधीरकुमार तथा नायब महाप्रबन्धक सहायक महाप्रबन्धकको लागि भन्दै ३ करोड ७१ लाख रुपैयाँ बढी खर्च गरेको छ ।

https://clickmandu.com/2022/01/181435.html

करोडौं खर्चिन्छन् सञ्चालकलाई वाणिज्य बैंक, कुन बैंकका सञ्चालकले कति पाउँछन् भत्ता ?



काठमाडौं । वाणिज्य बैंकहरुले सञ्चालकले तलब पाउँदैनन् । तर उनीहरुले भत्ताका नाममा करोडौ रुपैयाँ भने खर्च गर्ने गरेका छन् ।


हरेक बैंकले अध्यक्ष र सञ्चालक समितिका सदस्यलाई बैठक अनुसार भत्ताका साथै मासिक रुपमा पत्रपत्रिका, टेलिफोन, इन्टरनेट सेवाका लागि भन्दै पैसा छुट्याउने गरेका छन् ।


त्यसका लागि करोडभन्दा बढी खर्च हुने गरेको छ । कतिपय बैंकले अध्यक्ष र सञ्चलकलाई इन्धन पनि दिने गरेको छन् । कतिपय बैंकले १५ हजार रुपैयाँसम्मको मोबाइल फिर्ता गर्न नपर्ने गरी दिने गरेको छ । बैंकबाट बैठक भत्ता लिएपनि उक्त रकमको आयकर ऐन अनुसार कर भने तिर्नुपर्छ ।


कुन बैंकले कति दियो भत्ता ?

गत आर्थिक वर्षको बैठक भत्तामा सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्श बैंक ९एनसीसी०ले खर्च गरेको छ ।


बैंकले प्रकाशित गरेको वित्तीय अवस्थामा बैंकले अध्यक्ष तथा सञ्चालकलाई १ करोड १६ लाख ८९ हजार ५०१ रुपैयाँ भत्ता दिएको छ । यो रकम भत्ताका साथै अन्य खर्चहरु पनि हो ।


बैंकले बैठक भत्ता मात्रै ७५ लाख २ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य खर्च ४१ लाख ८७ हजार ५०१ रुपैयाँ रहेको छ । धेरै बैंकहरुले बैठक भत्ता मात्रै देखाउने गरेका छन् । अन्य खर्च देखाएका छैनन् ।


एनसीसी बैंकले अध्यक्षलाई प्रतिबैठक १६ हजार र सञ्चालकलाई १४ हजार रुपैयाँ भत्ता दिएको छ ।


यस्तै सानिमा बैंकले अध्यक्ष र सञ्चालकलाई आव २०७७र७८ मा भत्ता बापत जम्मा ३६ लाख ४३ हजार रुपैयाँ भुक्तानी गरिएको छ । उपरोक्त भत्ता तथा सुविधाहरूमा प्रचलित कानून अनुसार करकट्टी गरेको छ ।


बैंकले संचालक समितिका अध्यक्षलाई प्रतिबैठक भत्ता १३ हजार र सञ्चालकलाई प्रति बैठक भत्ता १२ हजार रुपैयाँ उपलब्ध गराएको छ । सो बाहेक अध्यक्ष तथा सञ्चालकहरुलाई पत्र–पत्रिका, टेलिफोन, इन्टरनेटआदि सेवाका नाममा प्रतिसदस्य मासिक १२ हजार उपलब्ध गराउने गरेको छ ।


नेपाल इन्भेष्टमेन्ट बैंकले भत्तास्वरुप एक वर्षमा अध्यक्ष र सञ्चालकलाई २६ लाख ७२ हजार रुपैयाँ दिएको छ । अध्यक्षले प्रतिबैठक १५ हजार र सदस्यले १२ हजार रुपैयाँ लिएका छन् । अध्यक्ष र सञ्चालकले मासिक ५० लिटर इन्धन पाएका छन् ।


लक्ष्मी बैंकले एक वर्षमा अध्यक्ष र सञ्चालकलाई भत्तावापत कति रकम दिएको भनेर उल्लेख गरेको छैन । तर अध्यक्षले प्रतिबैठक १२ हजार र सञ्चालकले १० हजार भत्ता लिएका छन् । यसबाहेक प्रतिमहिना मोबाइल फोन खर्च भनेर २ हजार दिने गरेको छ ।


हिमालयन बैंकले अध्यक्ष र सञ्चालकलाई भत्ता बापत ४९ लाख ९२ हजार १०६ रुपैयाँ दिएको छ । त्यो बाहेक सञ्चालकहरुका लागि २ लाखको औषधि उपचार बीमा र ३० लाखको दुर्घटना बीमा गरिदिएको छ ।


कृषि विकास बैंकले सञ्चालक समितिका अध्यक्ष र सदस्यलाई ९ लाख ३८ हजार २०० रुपैयाँ खर्च गरेको छ । बैंकले गत आवमा ७३ वटा बैठक गरेको छ । प्रतिबैठक भत्ता ४ हजार रुपैयाँ रहेको छ ।


प्रतिमहिना टेलिफोन सुविधा वापत २ हजार ५ सय, प्रति महिना पत्रपत्रिका वापत २ हजार, एकपटक १ थान मोवाईल सेट अधिकतम १५ हजार रुपैयाँ सम्मको ९फिर्ता गर्न नपर्ने०े, बैठकमा आतेजाते सवारी साधन र नीजि सवारी साधन प्रयोग गरेमा मासिक २० लिटर इन्धन दिएको छ ।


गत आवमा नेपाल बंगलादेश बैंकले १३ लाख ५० हजार, मेगा बैंकले ६२ लाख ५८ हजार ३०० रुपैयाँ भत्ता र मोबाइल पत्रपत्रिका खर्च बापत १० लाख ८ हजार रुपैयाँसहित ७२ लाख ६६ हजार ३०० रुपैयाँ खर्च गरेको छ ।


प्राइम बैंकले पनि भत्तावापत ३४ लाख ३५ हजार रुपैयाँ भत्ता बापत र टेलिफोन, मोबाइल, पत्रपत्रिका तथा अन्य खर्चवापत १४ लाख ६० हजार १० रुपैयाँ सहित ४८ लाख ९५ हजार १० रुपैयाँ खर्च गरेको छ ।


सेञ्चुरी बैंकले २७ लाख ४४ हजार, कुमारी बैंकले ३५ लाख ८ हजार ६५३ रुपैयाँ, माछापुच्छ«े बैंकले ३२ लाख ७३ हजार ५७४ रुपैयाँ, सबैभन्दा कम सिभिल बैंकको ३ लाख १६ हजार रुपैयाँ खर्च गरेका छन् ।


यस्तै सिद्धार्थ बैंकले ४८ लाख ८८ हजार २९४ रुपैयाँ, सिटिजन्स बैंके ३४ लाख ९९ हजार, एनएमबी बैंकले १९ लाख ३८ हजार, सनराइजले ३० लाख ४४ हजार, ग्लोबलले २८ लाख १८ हजार, प्रभुले ४३ लाख ६१ हजार, नबिलले ४१ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ९ लाख ५० हजार, एभरेष्ट बैंकले १६ लाख ९५ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकले ६ लाख ७२ हजार रुपैयाँ अध्यक्ष र सञ्चालकलाई बैठकवापत भत्ता दिएको छ ।



नेपाल बैंकले भत्तावपात २६ लाख ५४ हजार ६२७ रुपैयाँ दिएको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूलाई बैठक भत्तावापत प्रतिबैठक ४ हजार प्रदान गर्ने गरिएको छ । आव २०७७र७८ मा बैठक भत्तावापत सञ्चालकहरूलाइ १९ लाख ९ हजार ६ सय र बैंक व्यवस्थापन तथा विज्ञहरूलाई ७ लाख ४५ हजार २७ रुपैयाँ खर्च भएको छ ।


सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई बैठक भत्ता वाहेक पत्रपत्रिका खर्चवापत मासिक २ हजार र सञ्चार सुविधावापत बढीमा मासिक ५ हजार र एक सेट मोबाइल फोन खरिदका क्रममा भएको बिलको रकम खर्च प्रदान गर्ने गरिएको छ । त्यस्तै, कार्यालयको सवारी साधन प्रयोग नगरेको खण्डमा प्रतिबैठक २ सय रुपैयाँ परिवहन खर्च प्रदान गर्ने गरिएको छ ।


स्टयान्डर्ड चार्टर्ड बैंकका महंगा अध्यक्ष तथा सञ्चालक

सबैभन्दा महंगा अध्यक्ष स्टयान्डर्ड चार्टर्ड बैंककी जरिन दारुवाला छिन् । बैंकले अध्यक्षलाई प्रतिबैठक २२ हजार ५ सय रुपैयाँ भत्ता दिने गरेको छ भने सञ्चालक समितिका सदस्यलाई २१ हजार दिने गरेको छ ।


दोस्रो महंगोमा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल रहेका छन् । उनले प्रतिबैठक २० हजार भत्ता लिने गरेका छन् । साथै सञ्चालकले १५ हजार लिने गरेका छन् । अध्यक्ष र सञ्चालकको भत्तामा धेरै अन्तर यो बैंकको मात्रै रहेको छ । एनएमबि बैंकले अध्यक्षलाई १८ हजार, सञ्चालकलाई १६ हजार, ग्लोबल आईएमई बैंकले अध्यक्षलाई १७ हजार र सञ्चालकलाई १५ हजार दिने गरेको छ ।


बंगलादेश बैंकले अध्यक्षलाई १६ र सञ्चालकलाई १४ हजार, सेञ्चुरी बैंकले १५ हजार अध्यक्ष र १४ हजार सञ्चालकलाई दिएको छ । कुमारी बैंकले अध्यक्षलाई १२ हजार, सञ्चालकलाई १० हजार, सिभिल बैंकले अध्यक्ष्यलाई १६ हजार र सदस्यलाई १३ हजार, एनसीसी बैंकले अध्यक्षलाई १६ हजार र सञ्चालकलाई १४ हजार, प्रभु बैंकले अध्यक्षलाई १२ हजार र सञ्चालकलाई १० हजार, एसबीआई बैंकले १२ हजार ५ सय अध्यक्ष र सञ्चालकलाई १९ हजार दिएको छ ।

https://clickmandu.com/2022/01/182962.html

महंगो हुने भयो कर्जाको ब्याजदर, ऋणीको लागत बढ्ने



काठमाडौं । गत वर्षसम्म सस्तो ब्याजदरमा कर्जा लिएका ग्राहकले अब भने त्यो सुविधा नपाउने भएका छन् । बैंकिङ प्रणालीमा तरलता चाप बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो ।


गत आर्थिक वर्षको पुस महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकको आधार दर बढेसँगै कर्जाको ब्याजदर पनि बढेको छ ।


गत आवमा बैंकहरुको औसत आधारदर ६।९३ प्रतिशत बिन्दु रहेकोमा चालु आवको सोही अवधिमा आधारदर बढेर ८।०३ प्रतिशत बिन्दुमा पुगेको छ ।


चालु आवको पुस मसान्तसम्म २३ वटा बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसबाहेक एनएमबि बैंक, हिमालयन बैंक, सनराइज बैंक र नेपाल बैंकले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।


आधार दर बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो ।


गत आवको ६ महिनामा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको आधारदर ५।६१ प्रतिशत थियो । चालु आवको सोही अवधिमा बैंकको आधार दर बढेर ६।६ प्रतिशत पुगेको छ ।


यस्तै नबिल बैंकको आधारदर ५।७६ प्रतिशत थियो । चालु आवको सोही अवधिमा बैंकको आधारदर बढेर ७।३९ प्रतिशत छ । गत आवको ६ महिनामा ५ प्रतिशतभन्दा कम आधारदर यी दुई बैंकको मात्रै थियो ।


अहिले सबैभन्दा कम आधारदर हुनेमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकको आधारदर ६।६ प्रतिशत रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको ६।८३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ६।०७ प्रतिशत रहेको थियो ।


चालु आवको पुस मसान्तसम्म ५ वटा बैंकको आधारदर ७ देखि ८ प्रतिशतको हाराहारीमा रहेको छ । जसमा एभरेष्ट बैंकको ७।६२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७।९९ प्रतिशत, कृषि विकास बैंकको ७।५३ प्रतिशत, नबिल बैंकको ७।३९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ७।२१ प्रतिशत रहेको छ ।


साथै एक दर्जन बैंकको आधारदर ८ देखि ९ प्रतिशतको हाराहारीमा रहेको छ । ९ प्रतिशतभन्दा बढी आधारदर हुने बैंकमा ४ वटा बैंक रहेको छन् । जसमा सबैभन्दा बढी सिभिल बैंकको ९।७४ प्रतिशत छ । गत आवको सोही अवधिमा ८।४५ प्रतिशत थियो ।


यस्तै एनआईसी एसिया बैंकको ९।४४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ६।६५ प्रतिशत रहेको थियो । सबैभन्दा धेरै आधारदर पनि एनआईसी एसिया बैंकको नै बढेको छ । एनसीसी बैंकको ९।१५ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ७।९४ प्रतिशत रहेको थियो । यस्तै सिटिजन्स बैंकको आधारदर पुस मसान्तसम्म ९।०८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ८।२५ प्रतिशत रहेको थियो ।


बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार भनेको आधार दर ९बेस रेट० नै हो । बैंकहरुले अहिले आधारदरमा ० देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिन पाउने व्यवस्था छ ।


आधार दर ३र३ महिनामा संशोधन हुने गर्छ । आधार दर वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने औजार मात्रै हो ।




बजारमा तरलता ९लगानीयोग्य रकम० को अभाव हुँदा कर्जा र निक्षेपको ब्याजदर बढ्छ । निक्षेप धेरै संकलन भयो भने कर्जाको ब्याजदर घट्ने गर्दछ । अहिले पनि बैंकमा लगानीयोग्य रकमको अभाव कायमै छ । तरलता अभाव न्यून गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने, सापटी दिने गर्दै आएको छ । यद्यपि तरलता अभाव हसज हुन सकेको छैन ।


पुस मसान्तसम्म बैंकहरुको सीडी रेसियो औषतमा ९०।२४ प्रतिशत छ । चालु आवको मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत पुर्याउने भनिए पछि अहिले नै ९०।२४ प्रतिशत औषतमा पुगिसकेको छ ।


विभिन्न १३ वटा बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दाबढी छ । ती बैंक कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंक सहुलियत कर्जा समेत दिन नसक्ने अवस्थामा पुगेका छन् । जसले गर्दा बैंकमा कर्जाको ब्याजदर बढ्ने तथ्याङकले देखाएको छ ।

https://clickmandu.com/2022/01/182583.html