Wednesday, May 27, 2020

यस्तो थियो नेपालको पहिलो बजेट (पूर्णपाठ)

काठमाडौं । नेपालमा वि.सं. २००८ सालदेखि औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेर राणाले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।

त्यसबेला नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला प्रधानमन्त्री थिए । ००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो ।

त्यसअघिका सरकारका बजेट पारिवारिक हुन्थे । जनता लक्षित कार्यक्रम हुँदैनथे । र, जनतालाई जवाफ पनि दिनुपर्दैनथ्यो ।

१ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।

यस्तो थियो २००८ सालमा अर्थमन्त्री सुवर्णले संसदमा पेश गरेको त्यो बजेट ।

दाजुभाइ, दिदीबहिनी

आज तपाईहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निम्ति केही नविन भएता पनि सारा जनताको निम्ति साह्रै नै चाखलाग्दो र मार्मिक छ । अरू मुलुकहरूमा वर्सेनि बजेट पेश गर्न साधारण कुरा हो तापनि हाम्रो नेपालको निम्ति यो अपूर्व कुरा हो भन्ने अत्युक्ति होेइन ।

राणा शासनकालमा राज्य सञ्चालनमा दुनियाँको केही हात थिएन र मुलुकको आम्दानी–खर्च विषय कसैलाई पत्ता हुँदैनथ्यो भन्ने कुरा तपाईंहरू सबैलाई विदितै छ । अब त देशमा प्रजातन्त्रात्मक र दुनियाँ प्रति जवाफदेही सरकार खडा भएकोले राष्ट्रको आम्दानी के कति हुन्छ रु केमा खर्च हुन्छ भन्ने कुराको ज्ञान दुनियाँले सरकारबाट पाउने हक छ ।

प्रजातान्त्रिक सरकारको पहिलो अर्थमन्त्रीको हैसियतबाट आज नेपालको इतिहासमा सर्वप्रथम बजेट तपाइहरूको सामुन्ने पेश गर्न पाउँदा म आफूलाई गौरवान्वित सम्झन्छु । अरु देशहरूमा झै निर्वाचन प्रणालीमा र यहाँ श्रेस्ता गर्न र बजेट इष्टिमेट तयार गर्न प्रथा हाम्रो मुलुकमा थिएन ।

जुनसुकै देशको पनि आर्थिक अवस्था राम्रो राख्न आम्दानीको उठ्ती र खर्च अर्थ मन्त्रालयको पूर्ण नियन्त्रण रहनु अत्यावश्यक छ ।

कर्जा नाछेड्नु जम्मा नजोड्नु भन्ने निर्देश सबैलाई विदितै छ । हाम्रा र यहाँ श्रेष्ताहरूमा आधुनिक ढढंले आम्दानी–खर्च बिभिन्न रकमहरू छुट्याइएको थिएन । यसैले रकम–रकमको आम्दानी–खर्च संकलित हिसाब तयार गरी बजेट पेश गर्न हामीले धेरै बाधा र कठिनाइको सामना गर्न परेको । यस्तै गाह्रो काम भएको हुनाले प्रस्तुत बजेटमा धेरै त्रुटि हुन सक्छ ।

तर म आशा गर्छु, तपाईहरू ती विघ्नवाधाहरूको विचार गर्न हुने नै छ । बजेट पेश गर्न यतिको विलम्ब हुन गएकोमा मलाई अपसोच छ । त्यसका अनेक कारणहरू छन् । एकतन्त्रीय र सामन्तवादको ठाउँमा उत्तरदायित्वपूर्ण र जनताप्रति जवाफदेही सरकार खडा हुनु सानो परिवर्त होइन । यस्तो परिवर्तन साथ–साथै रहेका मुलुकमा अनगिन्ती विघ्नबाधा र समस्याहरू आइपर्न इतिहाससिद्ध कुरा हो । हाम्रो नेपाल पनि यसबाट नबच्नु स्वाभाविकै हो ।

प्रस्तुत बजेट २००८ साल मात्रको हो । तर, आर्थिक व्यवस्था गर्दा दुई–चार वर्षपछिसम्मको विचार पुर्‍याउनु पर्दा यो बजेटको साथसाथै सर्वधारणका सन्मुख राखिने आर्थिक कार्यक्रममा आगामी केही वर्षका निम्तिको मुलुकको सामाजिक, आर्थिक र सांस्कृतिक विकासका योजना रेखांकित गरिएको छ । अर्को बजेट आगामी बैसाख अगावै पेश हुनेछ र सो एक वर्षको निम्ति मात्र नभई खारिएका योजनाहरूका आधारमा केही वर्षका निम्ति हुनेछ भन्ने आशा राख्दछु । अन्तिम सरकार खडा हुनुअघि सरकारी खर्च भई बाँकी रहन आउने राष्ट्रको सबै आम्दानी महाराजको निजामती धन सम्झिइन्थ्यो ।

राज्यकोष र महाराजको व्यक्तिगत धनमा स्पष्ट भेद थिएन । न त यहाँ श्रेस्ता गर्दा सामान्य हिसाब र विशेष हिसाबको भेद राखिन्थ्यो । यी कारणहरूमा थप मुलुकमा भएको सशक्त आन्दोलनबाट अन्तरिम सरकार खडा भएपछि पनि मुलुकका विभिन्न भागमा कायम रहेका अव्यवस्थित परिस्थिति र केही जिल्लाहरूसँग सम्पर्क राख्ने कठिनाइले गर्दा अघिको आर्थिक स्थिति यथार्थ निरुपण गर्नबहुतै मुस्किल पर्‍यो ।

त्यस्तै २००७ सालको कूल आम्दानी खर्चको यकिन हुन सकेन । २००८ सालको निम्ति अंक सकलन गर्न पनि यिनै आधारहरूको सामना गर्न परेकोले प्रस्तुत बजेटमा देखाइएको आम्दानी–खर्चको अंकहरू ठीक–ठीक छन् भन्न सकिँदैन । फगत शासनमा कुनै योजना वा कामका निम्ति खर्चको निकासा हुँदा सो योजनालाई कार्यान्वयन गर्न वा खर्चगर्न विभाग जिम्मा निकासा भएको रुपैयाँ एकमुष्ट दिइन्थ्यो । यसको परिणाम स्वरुप खर्च नभई बाँकी रहेको रुपैयाँ तालुकवालाहरुको तजबिजमा रहन्थ्यो । अर्थ मन्त्रालयबाट बराबर ताकिता गर्दा पनि यर्ता बाँकी रकमहरूको राम्रो विवरण पाउन सकिएन । यसको अर्थ नतिजा मन्त्रालयहरू र विभिन्न विभागका तालुकवालाहरूले मन्त्रिमण्डल अथवा अर्थ मन्त्रालयको स्वीकृति बिना खर्च गर्न पाएन ।

ती अधिकारहरूबाट उनीहरूले पाएका र खर्चभएका सबै रुपैयाँको हिसाब नआएकोले अर्थ मन्त्रालयले यो वर्षमा आजसम्म भएको खर्चको निश्चय गर्नसकेको छैन । यो वर्षमा उठ्ती हुनुपर्न आम्दानी मध्ये कति उठिसकेको छ, कति उठ्न बाँकी छ, त्यो पनि किटान हुनसकेको छैन । यसकारण मन्त्रिमण्डलले स्वीकृत गरेको प्रस्तुत बजेट गत आठ महिनाको मोटामोटी हिसाब र बाँकी चार महिनाको आम्दानी–खर्चको अनुमानको आधारमा तयार भएको एउटा अनुमानमात्र हो भन्ने बुझ्नु हुने नै छ । तर जहाँसम्म हुन्छ, पाइएका श्रोतबाट बजेटका अंकहरू रुजु गरिएका छन् ।

२, २००७ सालको आर्थिक स्थितिः( २००७ सालको कूल आम्दानी २९०,८१,००० ९दुई करोड नब्बे लाख एकासी हजार रुपैयाँ० खर्च २४६,२७,००० ९दुई करोड छयालिस लाख सत्ताइस हजार० र बचत ४३,९४,००० ९त्रिचालीस लाख चौरानब्बे हजार० देखिन्छ । गत सालको सशक्त आन्दोलन र गडबडीले गर्दा के–कति बचत दाखिला हुनसक्यो, यकिन हुनसकेको छैन् । तर एकाउन्टेन्ट जनरलद्वारा हिसाब खडा गराउने कोसिस भइरहेछ ।

३, २००८ सालको बजेट इस्टिमेटः( मैले ३ प्रकारको विवरण तयार गरेको छु ।

९क० सामान्य आम्दानी र खर्चको विवरण,
९ख० विशेष आम्दानी र त्यसको बाँडफाँडको विवरण,
९ग० आम्दानी र खर्चको संकलित विवरण ।

सामान्य आम्दानी र खर्चको विवरणः( २००८ को सामान्य आम्दानी रु। ३,०५,१६,००० ९तीन करोड पाँच लाख सोह्र हजार रुपैयाँ० आर्जन गरिएको हुनाले पोहोरको भन्दा रु। १४,३५,००० ९चौध लाख पैँतिस हजार रुपैयाँ० बढी आम्दानी हुने उमेद गरिएको छ । २००७ सालमा मालपोतबाट रु। १,१९,१६,००० ९एक करोड उन्नाइस लाख सोह्र हजार रुपैैयाँ० उठ्ती भएकोमा यो साल रु। ९४,०५,००० ९चौरानब्बे लाख पाँच हजार० उठ्ती हुने अनुमान गरिएको छ । यस साल मालपोत घट्नाको कारण निम्न लिखित हुन् ।

९क० सर्वप्रथम कृषक वर्गलाई सहायता दिने र समयमै मालपोत उठ्ती भन्ने मनसायले रुपैयाँमा दुई आना मालपोत मिनाहा दिने मन्त्रिमण्डलको निर्णय,

९ख० २७,२४,००० ९सत्ताइस लाख चौबिस हजार० उठ्ती भइरहेको विघटी प्रथाको खारेजी,

९ग० सशक्त आन्दोलन र त्यसबाट भएको अव्यवस्था,

९घ० ठाउँ–ठाउँमा सुख्खा लाग्नु, र

९ङ० अन्तरिम सरकार खडा भएपछि पनि शासन व्यवस्थाको राम्रो निधो नलाग्नु । मालपोतबाट हुने उपलब्धी घट्ने गए तापनि अरु कुनै–कुनै रकमहरुको आम्दानी बढ्ने अन्दाज गरिएको छ । मुख्य आम्दानी वृद्धिहरू यी हुन् ।

९क० चुरोटको र विराटनगर तथा फालेलुङमा बजार अड्डाको महसुल दर बढेकाले धन्सार रकममा रु ७,३२,००० ९सात लाख बत्तिस हजार०

९ख० लकडीबाट रु। २२,१२,००० ९बाइस लाख बाह्र हजार० धान, सन, आलु, तेलहन, इत्यादिमा निकासी कर बढाउँदा हुने अन्जामी आम्दानी रु। २५,००,००० ९पच्चीस लाख० । खर्चतर्फ २००७ सालमा भन्दा यस साल रु। २,७८,३४,००० ९दुई करोड अठहत्तर लाख चौँतीस हजार० बढ्ने अनुमान गरिएको छ ।

मुख्य अन्जामी वृद्धिहरू यी हुन्ः

श्री ५ तर्फ रु। ५,८४,००० ९पाँच लाख चौरासी हजार०

मन्त्रीगण र नेपाल सरकार सचिवालयतर्फ रु। ३२,४०,००० ९बत्तिस लाख चालिस हजार०

निजामती कर्मारीहरुको तलब वृद्धि तर्फ रुं। २०,००,००० ९बिस लाख०

राष्ट्र सेनातर्फ रु। २७,१२,००० ९सत्ताइस लाख बाह्र हजार०

पुलिसको पुनर्गठन र रक्षादलतर्फ रु। ३८,३०,००० ९अड्तिस लाख तीस हजार०

शान्ति र अनुशासन स्थापनातर्फ रु। ७०,००० ९सत्तरी हजार०

निर्वाचनतर्फ रु। ३,२३,००० ९तीन लाख तेइस हजार०

जनगणनातर्फ रु। २,३२,००० ९दुई लाख बत्तिस हजार०

स्वास्थ्यतर्फ रु। ३,००,००० ९तीन लाख०

शिक्षातर्फ रु। ५,५६,००० ९पाँच लाख छप्पन्न हजार०

स्थानीय स्वायत्त शासनतर्फ रु। २,००,००० ९दुई लाख०

बाटो निर्माणतर्फ रु। २५,१३,००० ९पच्चिसलाख तेह्र हजार०

सिंचाइँ योजनातर्फ रु। १०,००,००० ९दस लाख०

रोपवेतर्फ रु। ७,५८,००० ९सात लाख अन्ठाउन्न हजार०

बिजुलीतर्फ रु। ५,०१,००० ९पाँच लाख एक हजार०

टेलिफोन, आकाशवाणी र हुलाकतर्फ रु। ११,१३,००० ९एघार लाख तेह्र हजार०

हवाई अड्डातर्फ रु। ७,२५,००० ९सात लाख पच्चिस हजार०

निजामती कर्मचारीहरूलाई खर्च सहायतातर्फ रु। १९,५०,००० ९उन्नाइस लाख पचास हजार०

घरेलु इलमतर्फ रु। २,००,००० ९दुई लाख०

कृषि योजनातर्फ रु। २,००,००० ९दुई लाख०

वैदेशिक दूतावासतर्फ रु। ४,३१,००० ९चार लाख एकतिस हजार० बनाउनेतर्फ रु। ४,४१,००० ९चार लाख एकचालिस हजार०

जिल्ला प्रशासनतर्फ रु। ३,६७,००० ९तीन लाख सत्तसठ्ठी हजार० र तकावी कर्जातर्फ रु। १५,००,००० ९पन्ध्र लाख ।०

४, विशेष आम्दानी र त्यसको बाँडफाँडको विवरणः –

यो विवरणमा मैले विशेष ऋब्एक्ष्त्ी शब्दको प्रयोग अर्थशास्त्रीय तवरबाट गरेको छैन । यो विवरणको मुख्य उद्देश्य सामान्य आम्दानी अतिरिक्त अरु आम्दानी र मौज्दातहरू देखाउनु तथा सामान्य आम्दानी खर्च भिन्न विशेष आम्दानी र त्यसको बाँडफाँड देखाउनु हो । अर्को अघिल्लो सरकारले छोडेको धन सामान्य खर्चको निम्ति उपयोग नगरी अखण्ड राख्नु हो । राणा सरकारले छोडेको भण्डारखाल मूल ढुकुटी र मुलुकीखाना नोट विभागमा रहेको सुनचाँदी, पुरानो मोहर कम्पनी र नेपाली तथा विदेशी नोट र नेपाल बैंकको शेयरमा लगानी गरिएको समेत गरी जम्मा रु। ७,९०,४६,२५८ ९सात करोड नब्बे लाख छयालिस हजार दुई सय अन्ठाउन्न० मौज्दात छ ।

अघि मुद्रा चलनमा ल्याउँदा समर्थन गर्न उचित पद्धति थिएन । भारतीय मुद्रा र नेपाली मुद्राको सटही दरलाई स्थिर राख्नेतर्फ पनि राम्ररी ध्यान दिइएको थिएन । जसरी भए पनि उठ्ती उठाउने र खर्च किफायत गर्न नीति थियो र बजेटको समस्या केही थिएन । तर प्रजातान्त्रिक सरकार खडा भएकोले हामीहरूले अनेक समस्याहरूको सामना गर्नु परेको छ ।

यिनमा कुनै ता पुरानो शासन व्यवस्थाका देन हुन् । यसकारण मैले उपरोक्त मौज्दातबाट पाँच करोडको “मुद्रा समर्थ कोष” दुई करोडको विनिमय व्यवस्था र एक करोडको बजेट व्यवस्था कोष गरी तीन प्रकारका नयाँ जगेडा कोषहरू खडा गरेर मैले साविकको मौज्दातलाई अखण्ड राखेको मात्र होइन मुलुकको आर्थिक स्थितिको खँदिलो जग हालेको ठान्दछु ।

यी जगेडा कोषहरूमा थप रु। २,५०,००,००० ९दुई करोड पचास लाख० को एक विकास कोष पनि छ । यो भारतीय ९ब्रिटिश० सरकारले दोस्रो विश्वयुद्ध बाद साल बसाली दिने भएको रु। १०,००,००० ९दस लाख० को बदलामा एकमुष्ट लिइएको रकम हो । यस बाहेक रोपवे, बिजुली र रेलतर्फको गरी जम्मा रु। २२,००,००० ९बाइस लाख० को क्षतिपूरक कोष पनि छ । यो कोषको केही अंश नयाँ यन्त्र र सरसामानहरू खरिद गर्न र पुरानो जीर्णोद्धार गर्न काममा खर्चगर्न विचार गरेको छु ।

माथि उल्लेख गरिएका कोषहरू बाहेक तोकिएका काममा खर्च गर्न राखिएको जम्मा रु। ८१,००,००० ९एकासी लाख० का अरु फुटकर मौज्दाताहरू पनि छन् । यी मध्ये कुनै गुठी किसिमका छन् । फेरि विभिन्न मील र कलकारखानाहरूमा फुटकर सरकारी लगानीहरू पनि छन् । दूर्भाग्यवश कुनै–कुनै लगानी गर्दा राम्रो विचार नपुर्‍याएको हुँदा कुनै–कुनैको लगत कुर्नु पर्ला जस्तो छ । जे भए पनि यी रकमहरू खर्च निम्ति प्रयाप्त छैनन् ।

५, उपाय र साधन

प्रस्तुत बजेटमा २००८ सालको आम्दानी रु। ३०,५१,६०० ९तीस लाख सोह्र हजार छ सय० खर्च रु। ५,२५,००० ९पाँच लाख पच्चिस हजार० नपुग देखिन्छ । यो नपुग मध्ये रु। ५१,५९,००० ९एकाउन्न लाख उन्साठी हजार० उत्पादक ९एचयमगअतष्खभ० विकासका योजनातर्फ नयाँ यन्त्र खरिद र पुरानो जीर्णोद्धारतर्फ र पछि असुल हुने तकानी कर्जातर्फाई छ ।

क्षतिपूरक कोषबाट रु। १२,५९,००० ९बाह्र लाख उन्साठी हजार० विकास कोषबाट रु। २४,००,००० ९चौबिस लाख० र बजेट व्यवस्था कोषबाट रु। १५,००,००० ९पन्ध्र लाख० र तकानी कर्जा झिकी यो रु। ५१,५९,००० ९एकाउन्न लाख उन्साठी हजार० को नपुग पूरा गर्न विचार गरेको छु । रु। १,६८,४६,००० ९एक करोड अठ्सठ्ठि लाख छियालिस हजार० को बाँकी नपुग सामान्य आम्दानीबाट पुर्याउने अभिभारा रहेकोले फुटकर मौज्दात मध्येका कुनै–कुनै मौज्दातहरू जम्मा रु। ३६,४९,००० ९छयालिस लाख उन्पचास हजार० हुन आउँछ ।

हाल मुलुकीखाना र विभिन्न जिल्लाका मालहरूमा गरी जम्मा रु। २५,७९,००० ९पच्चिस लाख उनासी हजार० मौजदात छ । यी दुई रकमहरू जोड्दा रु। ६२,२८,००० ९बैसठ्ठी लाख अठ्ठाइस हजार० पुग्दछ । अब रु १,०६,१८,००० ९एक करोड छ लाख अठार हजार० नपुग हुन आउँछ । साल तलामीलाई तीन महिनामात्र छ । यस अवधिभित्र विभिन्न कामको निम्ति बजेट निकासा गरिएका रकमहरू सबै खर्चहोला जस्तो नदेखिनाले यो नपुग पुर्‍याउन कुनै खास प्रबन्ध गर्न पर्न देखिँदैन । आम्दानी बढाउने नयाँ साधनहरूको पछि उल्लेख गर्नेछु । त्यसबाट पनि आम्दानी बढ्नगई नपुग कम हुनेछ ।

६, प्रस्तुत बजेटबाट सामान्य खर्च ज्यादै बढेको देख्नु हुनेछ । दुई उपायले यो सोचनीय स्थिति सुधार्न सकिन्छ ।

९१० खर्च घटाएर

९२० आम्दानी बढाएर बजेट निकासा गरिएका कुनै रकमहरू पटके किसिमका छन् । हामीहरूले शासन प्रवन्धमा आमूल परिवर्तन गर्न र विभिन्न विभागमा काम गरिरहेका कर्मारीहरूको समस्यामा सकेसम्म किफायत गर्न विचार गरेका छौं । तर जनताको जीवनस्तर बढाउने र अनेक सुविधाहरू पु¥याउने नेपाली काङ्ग्रेसको दृढ नीति भएकोले अहिलेसम्म उपेक्षा गरिएका शिक्षा, सार्वजनिक स्वास्थ्य इत्यादि सामाजिक व्यवस्था उपर भविष्यमा अवश्यमेव खर्च बढ्ने छ ।

यसै साल शिक्षातर्फ सयकडा ५० र सार्वजनिक स्वास्थ्यतर्फ सयकडा ३८ खर्च बढेकोमा साबिकमा भर्दा धेरै प्रगति दर्साउनेछ । हाम्रो मुलुकमा विकासको प्रशस्त गुर्जायस छ ।

मन्त्रिमण्डलमा स्वीकार भएको आर्थिक कार्यक्रमले विकासको रेखा देखाउँछ । यस मुलुकमा सर्वप्रथम यातायातको सुप्रबन्ध नै अत्यावश्यक छ । यसका निमित्त हामीले प्रशस्त खर्च गर्नु पर्दा । आउँदो केही साललाई टेलिफोन, आकाशवाणी, हुलाकको सुव्यवस्था र बाटो तथा हवाई अड्डाहरूको निर्माणमा प्रचुर परिमाण खर्च गर्नुपर्ने देख्तछु ।

कुनै कुनै उत्पादक विकासको योजनाहरू पनि छन् । यिनका निमित्त हाम्रै मुलुकमा सार्वजनिक कर्जा ९उठाउन वा विदेशबाट सापटी लिन मनासिबै छ । घरेलु इलम तथा लघु र मध्यम किसिमका उद्योगहरूकोे पनि ठूला गुन्जाइस छ । तर यिनको निमित्त पूंजीको आवश्यक छ । यस मुलुकको आम्दानी पनि प्रशस्त बढाउन सकिन्छ भन्ने मलाई लाग्दछ । मालपोत हाम्रो सामान्य आम्दानीको मुख्य मुहान हो ।

तर २५, ३० वर्षयता भूमि व्यवस्थातर्फ कुनै ठोस कारबाही भएको छैन । मालपोत तहसिल गर्न प्रणालीमा पनि अनेक त्रुटीहरू छन् ।

विर्ता खारेजी र मालपोत तहसिल गर्न प्रणालीमा सुधारबाट तथा बढी जग्गा आवादी गरी खर्च तथा व्यावसायिक बाली लगाएमा यो रकमको आम्दानी बढ्ने छ । भारतसँगको व्यापारिक सन्धिअनुसार हाम्रो भन्सार महसुलको दरबन्दीमा संशोधन गरी भारतीय भन्सार महसुलसँग मिल्दो पार्न भएको छ । अन्तः शुल्कको दर पनि बढाउनु पर्ने भएको छ ।

निकासीको हकमा धन, सन, आलु, तेलहन र मसाले बालीमा महसुल बढाई सकेका छौँ । सरोकारवाला मन्त्रालयहरूसँग सल्लाह गरी यस रकमको आम्दानी झन् बढाउने बारे अध्ययन गर्दछौँ । कुनै कुनै चीजहरूमा नाम मात्रको पैठारी महशुल लाउने विचार पनि हुँदैछ । जग्गा जमिनदारीबाट आयर्तामा समेत लाग्ने आयकरको योजना तयार हुँदैछ ।

तर आउँदो २, ३ वर्षसम्म यसबाट धेरै आम्दानी हुने सम्भावना छैन । हाललाई यो आम्दानी बढाउने भन्दा आयकरलाई परिचित गराउने किसिमको कर हुनेछ । केही वर्षाद यसको पूर्ण विकास भएपछि यो हामो तार, टेलिफोन र हुलाक महसुल ज्यादै नै थोरै हुनाले तिनको दर बढाउने गुन्जायस पनि छ ।

आकाशवाणीको विकासबाट समेत यस रकमको आम्दानी बढ्ने छ । मैले रेडियोहरूमा पनि साल बसाली लाइसेन्स दस्तुर लगाउने विचार गरेको छु । रेल, ट्रली र रोपको वर्तमान भाडा बारे अध्ययन हुँदैछ र मनासिव देखिएमा तिनको दर बढाइने छ । घरपिच्छे पानी कर लगाउनेसमेत विचार गरिदैछ ।

सवारी कर पनि बढाउने सोच्दैछु । वन व्यवस्था राम्रोसँग सुधार्न प्रबन्ध हुँदैछ र यसबाट पनि साविकको भन्दा आम्दानी निकै बढ्ला भन्ने आशा छ । शिक्षातर्फ मुलुकभर निःशुल्क प्राथमिक शिक्षा दिने र भविष्यमा माध्यमिक, उच्चकक्षा तथा कलेजका छात्रहरूबाट शुल्क लिने प्रस्ताव छ । शिकारमा लाइसेन्स दस्तुर हात हतियारको लाइसेन्स दस्तुर बढाउनाले पनि आम्दानी बढ्ने छ । मैले प्रजातन्त्र र्मारक हुलाकी टिकट छाप्ने प्रस्ताव पनि गरेको छु । यसबाट पनि केही आम्दानी हुनेछ ।

अन्त्यमा म राष्ट्रिय सञ्चय योजना चालु गर्न प्रस्ताव गर्दै यो योजनाअनुसार निम्न लिखित ब्याज पाउने गरी रु १०, २५, १००, १०००, ५००० र २५००० सम्म प्रमाणपत्रहरू निकालिने छन् । एक वर्षपछि भुक्तानी लिने भए आयकर मुक्त ३, ५, ब्याज दुई वर्षपछि भुक्तानी लिने भए आयकर मुक्त ३।५५, ब्याज ३ वर्षपछि भुक्तानी लिने भए आयकर मुक्त ४।५, ५, ब्याज पाँच वर्षपछि भुक्तानी लिनेभए आयकर मुक्त ५ ५, ब्याज ।

यस अवसरमा म सर्वसाधारणलाई सुनाउन चाहन्छु । सरकारले श्री माननीय प्रधानमन्त्रीज्यूको सभापतित्वमा एउटा योजना र विकास समिति राख्ने निर्णय गरेको छ । त्यसमा सरकारी कर्मचारीहरू र गैरसरकारी व्यक्तिहरू पनि रहने छन् । यो समिति विभिन्न मन्त्रालयहरूबाट आएका आयोजनाहरूको मिलन गरेर तिनको अग्राधिकार बारे सिफारिस गर्न मात्र नभई सामान्य नीति र आगामी तीन देखि पाँच वर्षमा कार्यक्रमको सुझाव दिने छ ।

७, जुनसुकै देशको पनि आर्थिक अवस्था राम्रो राख्न आम्दानीको उठ्ती र खर्च अर्थ मन्त्रालयको पूर्ण नियन्त्रण रहनु अत्यावश्यक छ । कुमारी चोक आदि हिसाब राख्ने र जाँच्ने अड्डाहरूको पुनर्गठन हुन लागेको छ । मुलुकी खाना, तीन साँचा र मालहरूमा र्याहा श्रेर्ता राख्ने तरिकामा सुधार गर्नर स्थानीय हिसाब जाँच अड्डा खडा गरी सुरुमै आर्थिक अनियमितता पत्ता लगाई तुरुन्तै त्यसलाई सच्याउने उचित कारबाही गराउनका निमित्त अकाउण्टेण्ट जनरलको नियुक्ति भइसकेको छ ।

अडिटर जनरलले पनि सरकारी आम्दानी खर्च ठीक–ठीक भएको छ छैन हेर्ने छन् । मन्त्रिमण्डलबाट स्वीकृत आर्थिक नियमले विभिन्न अधिकारीहरूलाई निकै नै आर्थिक अख्तियारी सुम्पेको छ । जो हाम्रो मुलुकको निमित्त अभूतपूर्व कुरा हो । यो अख्तियारी भन्दा बढी जुनसुकै अधिकारी वा मन्त्रालयसमेतले मन्त्रिमण्डल अथवा अर्थ मन्त्रालयको स्वीकृति नलिई कुनै किसिमको खर्च गर्न पाउने छैन ।

देशको आर्थिक स्थितिलाई बलियो पार्नयो नियम सख्त तवरसँग चालु गराउन सरकार कटिबद्ध छ । यसका निमित्त म मेरा सहकारीहरूको मात्र हैन, मुलुकभरका सरकारी कर्मारीहरूको पूरा र हार्दिक सहयोग पाउने आशा राख्दछु । मन्त्रिमण्डलबाट योजनाहरूको विस्तृत विवरण तयार भइसकेपछि मन्त्रिमण्डल अथवा अर्थ मन्त्रालय जसको लिनुपर्ने हुन्छ त्यसको स्वीकृति प्राप्त भएपछि मात्र प्रस्तुत बजेट इस्टिमेटमा निकासा गरिएका रकमहरू खर्चगर्न पाउने निर्णय भएको छ ।

राष्ट्र धन खर्च गर्दा सकेसम्म विचार पुर्‍याउने सरकारको नीति छ । यस्तै होस भर्नाको निमित्त मन्त्रिमण्डलको अर्थ समितिले प्रत्येक महत्वपूर्ण योजनालाई एक–एक केलाएर हेरी अग्राधिकारको निर्णय गर्न छ । प्रस्तुत बजेटको एक विशेषता यो छ कि बजेटमा निकासा गरिएका रकमहरू कार्यानुकुल बजेटमा बाँडिने छन् ।

खर्चको निकासा दिँदा कामको रेखदेख पुर्‍याउनु र सञ्चालन गर्न नभईनहुने मूल अड्डाहरूको खर्च बाहेक अरु खास योजनाहरुको निमित्त मात्र कार्यानुकूल खर्च निकासा हुनेछ । यस तरिकाबाट सालवसाली कर्मचारीहरू बढाउँदा हुने अपव्यय रोकिई खर्चमा पूरा नियन्त्रण रहने र योजनाहरू पनि चाँडो कार्या्न्वित हुने आशा गरिन्छ ।

८, केही महिना अघि मन्त्रिमण्डलले राज्य ब्याङ्क खोल्ने निर्णय गरेको र हाम्रो सरकारको निमन्त्रणामा भारतको रिजर्भ ब्याङ्कका श्री रामनाथ र श्रीपाई काठमाडौँ आए । उनीहरूसँग हामीहरूले मन्त्रिमण्डलको निर्णयलाई चाँडो कार्यान्वयन गर्न उक्त तरिका र मुद्रा सटही तथा कर्जा र बजेट इत्यादिसँग सम्बन्धित अनेक विषयहरूमा छलफल ग¥यौँ । सरकारले चाँडै नै उपरोक्त राज्य ब्याङ्क खोल्ने आशा गरेको छ र भारतीय मुद्रा तथा नेपाली मुद्राको सटही दरमा भइरहने अतिशय घटीबढीलाई नियन्त्रणमा राख्ने दृढ निश्चय गरेको यो ब्याङ्कले सरकारी मौज्दात राख्ने र अरु काम पनि लिने छ ।

सर–सल्लाहका निमित्त श्री रामनाथ र श्रीपाईलाई पठाइ दिएकोमा म भारत सरकारको कृतज्ञ छु । श्री रामनाथलाई वहाँको बहुमूल्य सुझावका निमित्त धन्यवाद दिन्छु । राष्ट्रको आर्थिक स्थिति ब्याङ्कसम्बन्धी कार्यबाही सुव्यवस्थित गर्नमा राज्य बैंकको स्थापना अर्को महत्वपूर्ण कदम हो ।

९, हामीले सामना गर्न पर्न विघ्नवाधाहरू धेरै छन् । ती मध्ये एउटा त आधुनिक शासन बुझेका र विविध विभागहरूको काममा तालिम पाएका कर्मचारीहरूको अभाव हो । हामीसँग विभिन्न कामहरूका निमित्त चाहिने उच्च कोटिका विशेषज्ञ र व्यवसायिक निपूर्णता प्राप्त मानिस पनि चाहिए जति छैनन् । यसकारण हामीले भारत तथा अन्य देशमा तालिम पाएका मानिसहरू पु¥याउने प्रयत्न गरेका छौँ र र्वायन्ट फोर प्रोग्राम कोलोम्बो इत्यादि विभिन्न अन्तर्रा्ष्ट्रिय सहायता योजनाहरूबाट सकेसम्म फाइदा उठाउन खोजिरहेका छौँ । राष्ट्रको नव निर्माण गर्न पर्न भएकोले हामीलाई उकालो परेको छ । अतः आफ्ना जनताले उचित शिक्षा र तालिम पाएका मानिसहरूको अन्य मुलुकबाट सहायता माग्नु आवश्यक छ । अरु देशहरूले पनि त्यस्तै किसिमबाट खाँचो टारेका हुनाले तालिमी मानिसहरूको सहायता माग्नु हामीले लाज मान्नु पर्न कारण छैन । अर्को समस्या भौतिक साधनहरूको छ ।

यद्यपि हाम्रो मुलुकमा सबै किसिमका खनिज र तिनबाट ठूलो लाभ उठाउन सकिने प्रशस्त गुर्जायस छ । तथापि हामीलाई कलपूर्जा सरसामान र अरु आवश्यकीय चिजबिजका निमित्त अरु देशको भर पर्नु परेको छ । दोस्रो समस्या पैसाको छ । मैले आम्दानी बढाउने विभिन्न उपायहरूको सुझाव राखेको छु र जनता राष्ट्रिय सञ्चय योजनालाई उदारतासित अपनाउने छ भन्ने आशा गर्दछु ।

तर हाम्रो विकास योजनाहरूको लागि हामीले पूँजीको तत्काल आवश्यक छ । यसका निमित्त आफूसँग पर्याप्त साधनहरू नहुनाले बाहिरबाट सापट लिनु पर्ने छ । हालै हाम्रा माननीय प्रधानमन्त्री र अरु केही मन्त्रीहरू भारतका प्रधानमन्त्री र उहाँका अधिकारी वर्गंग दुवै देश सम्बन्धित विभिन्न विषयमा छलफल गर्न दिल्ली जानु भएको तपाईंहरूलाई विदितै छ ।

हामीले त्यहा पूरा सहानुभूति र पैसा सर–सामान तथा विशेषज्ञहरूको रुपमा ठोस सहायता पाउने आश्वासन पाएको तपाईहरूलाई सुनाउन पाउँंदा मलाई खुशी लागेको छ । अब हामीलाई चाहिने वास्तविक सहायताको विस्तृत विवरण तयार गर्न काममा हामी लागेका छौँ र चाँडै नै भारत सरकारसित यसबारे कुरा मिलाउने आशा गछौं । यो आर्थिक सहायताको आश्वासनका साथै भारतले कुनै बन्धन राखेको छैन भन्ने कुरा म यहाँ स्पष्ट गर्न चाहन्छु ।

आर्थिक र विशेष सहायता लिँदा कुनै किसिमले पनि हाम्रो स्वतन्त्रता र मुलुकको प्रभुसत्ता ९क्यखभचभष्नलतथ० सरकारले मञ्जुर गर्ने छैन । यो सरकारको दृढ सिद्धान्त छ । हामीलाई खाँचो परेको बखतमा सहायता दिन अग्रसर भएको भारत सरकारलाई धन्यबाद दिँदा तपाईंहरू सबै मसँग सहमत हुनुहुनेछ भन्ने आशा गर्छु । अब सरकारको आर्थिक नीति बारे म केही भन्न चाहन्छु । जनताको जीवनस्तर उठाउनु र प्रजाको सांस्कृतिक तथा सामाजिक जीवन बेहत्तर पार्न सरकारको उद्देश्य छ ।

यो लक्ष्य पुर्‍याउन सामाजिक, सांस्कृतिक, आर्थिक र शासन व्यवस्थासम्बन्धी सारा कार्यक्षेत्रलाई ढाक्ने विचार पूर्व सम्पूर्ण कार्यक्ररम मिलान गरिएको एक योजना सरकारले तयार गर्नेछ । अमिल्दो र मनपर्दो कार्यहुन दिने छैन । हाम्रो कार्यक्रम कुनै वादको आर्थिक विचारबाट प्रभावित नभई विलकुल थोरै समयमा र्यादामा र्यादा फाइदा दिने वास्तविक नीतिको आधारमा रचिने छ । गम्भीरतापूर्वक विचार गरेर सरकारले मिश्रीत आर्थिक प्रणाली अपनाउने नीति लिएको छ । कुनै व्यक्ति वा वर्गबाट अर्काको शोषण रोक्ने साराका निमित्त समान अवसर प्रदान गर्न र धनको न्यायसङ्गत वितरण गर्न सरकारको निर्धा्रित नीति छ तापनि निजी उपयोग र व्यापारका निम्तिसमेत प्रशस्त गुर्जायस रहनेछ । भई रहेको सम्पतिलाई बराबरीमा पु¥याई वितरण गर्न भन्दा बढ्ता मुलुकका साधनहरूको विकास गरेर सम्पति बढाउनमा नै आर्थिक समृद्धि रहन्छ भन्ने मान्दछु ।

तर मुलुकको सम्पति बढाउँदा धनी र गरिबका बीचको अन्तरलाई झन् बढ्ने नदिई क्रमशः साँघुरो पार्दै ल्याउनु पर्छ दीन–हीनमाथि विशेष दृष्टि पु¥याउनु पर्छ सुरुमा एकैपल्ट धेरै काममा हात हाल्नु भन्दा साना–साना काम थाल्नु बढी राम्रो हुन्छ । हाम्रो मुलुकको अहिलेको अहिलेको खास अवस्थामा ग्रामीण क्षेत्रमा घरेलु र साना–तिना उपयोगहरूको विकास गरेर तिनलाई ठूलो उपयोगसित सम्बन्धित गर्न सरकारको नीति छ । हामीहरू थोरै सहरमा मात्र अनेकौँ उपयोगहरूलाई केन्द्रित हुन नदिई तिनीहरूलाई सकेसम्म सर्व्र छरेर राख्ने कोशिस गर्ने छौँ ।

१०, माथिको छोटकरी निरीक्षणबाट हाम्रो आर्थिक स्थिति खदिलो छ र नयाँ पद्धतिमा पुनर्गठित हुन लागेको शासन प्रबन्धमा निकै सुधार हुँदै गएको छ भन्ने स्पष्ट देखिन्छ । हामीले तलबका नयाँ शर्तहरू निकाल्न लागेका छौँ । अब हाम्रो निजामती नोकरीले राम्रो जीवनवृत्तिको निश्चिर्ताका साथै उचित कदर पाउने छ । काठमाडौँ आउने मूलबाटो बनाउने योजना पूरा हुन आँटेको छ र चाँडै नै निर्माण कार्य सुरु गरिने आशा छ ।

गौचरको विमान अवतरण भूमि अरु हवाई अड्डाहरुमा जस्तै पक्का गराइन लागेको छ र विराटनगर, पोखरा इत्यादि अवतरण भूमि तयार भइ सकेको छ । केही विकास योजनाहरूका काम पनि थालिएका छन् र घरेलु उपयोग, सिंचाई तथा भूमि व्यवस्था र कृषिमा विशेष जोड दिइएको छ ।

आम्दानीको माया मारेर पनि हामीले कृषक वर्गलाई प्रशस्त सहायता दिइसकेका छौँ । विर्ता र बेठ बेगार प्रथाको खारेजीबाट कृषकहरूलाई आफूले कमोद गरेका जग्गाहरू उपर भोगाधिकार प्रदान गर्न भएबाट कृषकहरूको अवस्था अझ बेहत्तर हुनेछ । कृषि, सुधार कमिशन पनि खडा गरिएको छ । जनसंख्या लिने र मतदाताको नामावली तयार गर्न बन्दोवस्त पनि करिब–करिब सिद्धिन लागेको छ । आउँदो सालको आधाआधीमा चुनाव होला भन्ने आशा गरिएको छ । जनताले वाक स्वतन्त्रता, सङ्घ स्वतन्त्रता, इच्छाअनुसारको पेशा लिने अधिकार इत्यादि मौलिक हक पाइसकेका छन् । स्वतन्त्र कार्यालय स्थापना गर्न र अन्तरिम विधान अनुकूल ऐन सङ्ग्रह र संशोधन गर्न काम पनि सुरु भइसकेको छ ।

एक किसिमले सबै कामको सिर्जना नै गर्न पर्ने भएता पनि अन्तरिम सरकारले धेरै क्षेत्रहरूमा शिलान्यास गरिसकेको छ । तर अझै गर्न धेरै नै बाँकी छ । राष्ट्र निर्माण हुने सजिलो काम होइन । नवीन नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक स्तर बढाई अरु उन्नतशील राष्ट्रहरुको दाँजोमा पु¥र्याउन केही समय लाग्नु कुनै अनौठो कुरा होइन । यस्तो महान कार्यसम्पादनको निमित्त प्राकृतिक साधन, जन र धन मात्र होइन कि धैर्य उत्साह र सरकार र जनतामा परस्पर पूर्ण सहयोग हुनु पनि अवश्यक छ । यही उद्धेस्यानुसार सल्लाहकार समिति चाँडै नै बस्ने भएको छ । तर म यहाँ तपाईहरुको ध्यान एक बहुतै आवश्यकीय कुराप्रति आकर्षित गर्न चाहन्छु । कुनै देश वा राष्ट्र पनि शान्ति र अनुशासन वेगर उन्नति पथ बढ्न सक्दैन ।

यहि माघ ८ गते बुधबार रातिको जस्तो आतङ्की प्रतिक्रिया र अवसरवादीहरूको अवैध कुचेष्टाले देशको प्रगतिमा बाधा दिन्छ । त्यसैले म हाम्रो मातृभूमिको हरेक व्यक्ति र वर्गसँग जोडसाथ अनुरोध गर्दछु कि शान्ति र अनुशासन कायम गर्नमा सबैले सरकारलाई सहयोग दिने यो एक प्राथमिक स्थिति देशमा कायम भएमा हामीहरू उन्नति र समृद्धिको मार्गमा प्रतिदिन लम्कदै जाने छौँ भन्ने कुरामा मलाई रत्तिभर शङ्का छैन ।

जय नेपाल
https://clickmandu.com/2020/05/120465.html

यसरी बन्छ बजेट !

काठमाडौं । बजेट आगामी वर्षका लागि सरकारले आय र व्ययको अनुमानित विवरणको दस्तावेज हो । यसमा आम्दानी कति गर्ने र त्यसका आधारमा खर्च कति गर्ने भन्ने अनुमानित विवरण प्रस्तुत गरिन्छ ।

बजेटको एउटा चक्र पनि हो । बजेटको लक्ष्य तथा उद्देश्यहरु निर्धारण गरेर, पुराना सूचनाहरु विश्लेषण गरेर बजेटको तयारी शुरु हुन्छ ।

अहिले बजेट हरेक वर्ष जेठ १५ गते संघीय संसदमा पेश गर्ने प्रचलन छ । औपचारिक रुपमा बजेट निर्माणको तयारी हरेक वर्षको कात्तिकबाट नै शुरु हुने भनेपनि व्यवहारिक रुपमा त्यसो हुन सकेको छैन ।

बजेट निर्माणको काम सामान्यतया माघपछि नै बढी जोडतोडका साथ हुने गरेको थियो । तर यो वर्ष विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसको कारण आगामी आर्थिक वर्षको बजेटको लागि प्रभावकारी रुपमा सरोकारवाला निकायसँग छलफल हुन सकेको सकेन ।

तसर्थ आगामी आर्थिक वर्षको बजेटका लागि कतिपय सरोकारवाला निकायले वेवनारमार्फत् सुझाव दिएका छन भने कतिले लिखित राय दिएका छन् ।

कोरोना भाइरसको कारण अन्तर मन्त्रालय छलफल, योजना आयोगले अन्य निकायसँग हुने छलफल पनि प्रभावकारी रुपमा हुन सकेको छैन । चालु आवको बजेट पनि पूर्ण र प्रभावकारी रुपमा छलफल बिना नै आउन लागेको छ ।

विगत २ आर्थिक वर्षदेखि संघीय संरचनाअनुसार बजेट निर्माण भइरहेको छ । पहिलो केन्द्रीय सरकारले बजेट ल्याएपछि प्रदेश सरकारले र प्रदेश सरकारले ल्याएपछि संघले बजेट ल्याउने गरेका छन् ।

अर्थमन्त्रालयले बजेट निर्माण गर्दै गर्दा जनताका मौलिक हकलाई पनि प्रथमिकतामा राख्नुपर्छ । संघीय गणतन्त्र नेपालको संविधानमा ३२ वटा मौलिक हक तथा अधिकारहरु छन् ।

ती अधिकारलाई सुनिश्चित गर्दै देश विकास गर्ने, उद्योग धन्दा फस्टाउने, स्वदेशमा नै रोजगारी निर्माण गर्ने खालको बजेट आवश्यक ठानिन्छ । बजेटलाई संसदमा प्रस्तुत गरेपछि त्यसलाई संसदले स्वीकृत गर्छ । बजेट निर्माण गर्दा अर्थमन्त्रालय, राष्ट्रिय योजना आयोग, वित्त आयोग,सम्बन्धित मन्त्रालयहरुको सहभागिता रहने गर्दछ ।

बजेट निर्माण गर्दै गर्दा आर्थिक कार्यविधि ऐन २०५५, आर्थिक कार्यविधी नियमावली २०६४, स्थानीय तहको सवालमा आर्थिक कार्यविधि सम्वन्धि नियमावली २०६४ मा रहेर काम गर्नुपर्दछ ।

बजेट निर्माण गर्दा विभिन्न विधि प्रक्रिया भने पूरा गर्नैपर्ने हुन्छ । अर्थमन्त्रालयले बनाउने भन्दैमा मन्त्रीले सिधै संघीय संसदमा पेश गर्ने भने होइन । बजेट निर्माणदेखि संसदमा पेश हुने अवधिसम्मको आफ्नो छुट्टै विधि र प्रक्रिया हुन्छ, त्यसअनुसार अघि बढनुपर्ने हुन्छ ।

बजेट निर्माणको पूवार्धमा राष्ट्रिय योजना आयोगले विभिन्न योजनाको विषयमा जानकारी गराउने, कुन आयोजनालाई कसरी, कति स्थान दिने भन्ने योजना पेश गर्छ ।

बजेट निर्माण गर्दा संकलन तर्जुमा फारम संकलन, टेबुलेशन तथा अध्ययन, बजेटको नीतिगत र कार्यक्रममाथिको राष्ट्रिय योजना आयोगका अधिकारीहरुसँग छलफल, मन्त्रालयमा बजेटका लागि आय तथा खर्चका विषयमा छलफल, आर्थिक सर्भेक्षणको तयारी हुने गर्दछ ।

यस्तै बजेटका लागि बैदेशिक प्राविधिक सहायता, बजेट सुझाव संकलन पनि हुने गर्दछ । सरोकारवाला निकायले विभिन्न माध्यमबाट सुझाव दिने काम गर्दछन् ।

बजेट ल्याउनको लागि व्यवस्थापिका संसदमा पूर्व बजेट प्रस्तुतीको तयारी गरिन्छ र मन्त्रालयको लक्ष्य तथा प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ । त्यससँगै विभिन्न संस्थानको प्रगति विवरणको अन्तिम मस्यौदा तयार पारिन्छ ।

यस्तै राजस्व परामर्श समितिको प्रतिवेदन अध्ययन गरिन्छ भने वैदेशिक सहायता संलग्न आयोजनाको अध्ययन गरिन्छ । यस्तै मन्त्रालयले आर्थिक सर्भेक्षण तयार पार्ने काम पनि गरिन्छ । व्यय अनुमान र शीर्षकगत खर्च अनुमानको मस्यौदा पनि तयारी पारिन्छ यसैगरी व्यय अनुमानको प्रारम्भिक मस्यौदा तयारी, त्रिवर्षीय खर्चको आंकलन गरिन्छ ।

मन्त्रालयले आर्थिक विधेयकहरूको अनुसूचीको मस्यौदा तयार पार्नुका साथै वैदेशिक सहायता संलग्न आयोजनाहरूको स्रोतपुस्तिका तयार पर्ने, बजेट वक्तव्यको प्रारम्भिक मस्यौदा तयार पार्ने, संस्थानको प्रगति विवरण सार्वजनिक गर्ने, आर्थिक सर्भेक्षण सार्वजनिक गर्ने काम गरिन्छ ।

विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक, आर्थिक विधेयक र पेश्की खर्च विधेयक पनि यहि समयमा तयार गरिन्छ ।

राजस्व अनुमान कार्यक्रम महाशाखालाई उपलब्ध गराउने काम गरिन्छ । मन्त्रालयले राष्ट्रपतिलाई बजेटको बारेमा जानकारी गराएपछि बजेटले अन्तिम रुप पाउन थाल्नेछ । पछि पुनः बजेटको बारेमा राष्ट्रपतिलाई ब्रिफिङ गरिन्छ ।

साथै उक्त बजेटको विषयमा राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषदलाई पनि ब्रिफिङ गर्नुपर्छ । मन्त्रिपरिषदबाट अनुमोदन भएपछि संघीय संसदमा बजेट वक्तव्य प्रस्तुत गरिन्छ । उक्त बजेट संसदबाट पारित भएपछि साउन १ गतेबाट उक्त बजेट कार्यान्वयनमा आउनेछ ।
https://clickmandu.com/2020/05/120466.html

कुन मन्त्रीको जिल्लामा कति बजेट ? (सूचिसहित)

सोभित थपलिया
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका) लाई २ खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७का लागि स्थानीय तहलाई उक्त बजेट विनियोजन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको जिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ ।

त्यस्तै, सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित र कानून मन्त्री भानुभक्त ढकालको जिल्ला मोरङले ५ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ पाएको छ भने गृहमन्त्री रामबहादुर थापा बादलको जिल्ला चितवनले ३ अर्ब ५१ करडा ५३ लाख रुपैयाँ पाएको छ ।

त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबको जिल्ला सप्तरीले ४ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ बजेट पाएको छ ।

त्यसैगरी, उर्जामन्त्री वर्षमान पुनको जिल्ला रोल्पाले २ अर्ब २४ करोड ६२ लाख रुपैयाँ पाएको छ भने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको जिल्ला गुल्मीले ३ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ ।

सञ्चार मन्त्री गोकुल बाँस्कोटाको जिल्ला काभ्रेपलाञ्चोकले ३ अर्ब ५८ करोड २ लाख रुपैयाँ पाएको छ भने वनमन्त्री शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पाएको छ ।

खानेपानीमन्त्री बिना मगरको जिल्ला कञ्चनपुरले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ पाएको छ भने उद्योगमन्त्री मातृका यादबको जिल्ला धनुसाले ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ पाएको छ ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला डढेलधुराले १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।


कुन मन्त्रीको जिल्लामा कति बजेट ?

नाम मन्त्रालय                         जिल्ला                                         बजेट
केपी शर्मा ओली प्रधानमन्त्री र पर्यटन झापा            ५ अर्ब १५ करोड ५९ लाख
ईश्वर पोखरेल उपप्रधान तथा रक्षा काठमाडौं ५ अर्ब ६० करोड ५० लाख
उपेन्द्र यादव उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या सप्तरी ४ अर्ब ६३ करोड ३३ लाख
रामबहादुर थापा गृह चितवन ३ अर्ब ५१ करोड ५३ लाख
प्रदीपकुमार ज्ञवाली परराष्ट्र गुल्मी ३ अर्ब १६ करोड ९९ लाख
गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि महोत्तरी ४ अर्ब १४ करोड २५ लाख
बर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाई रोल्पा २ अर्ब २४ करोड ६२ लाख
रघुबीर महासेठ भौतिक पूर्वाधार तथा यातायात धनुषा ४ अर्ब ८२ करोड ६६ लाख
गोकर्ण विष्ट श्रम तथा रोजगार गुल्मी ३ अर्ब १६ करोड ९९ लाख
लालबाबु पण्डित सामान्य प्रशासन मोरङ ५ अर्ब ६१ करोड ६९ लाख
मातृकाप्रसाद यादव उद्योग, वाणिज्य तथा आपूर्ति धनुषा ४ अर्ब ८२ करोड ६६ लाख
चक्रपाणी खनाल कृषि तथा पशुपंक्षी विकास कपिलबस्तु ३ अर्ब ६४ करोड २२ लाख
थममाया थापा महिला तथा बालबालिका म्याग्दी १ अर्ब ४२ करोड ६९ लाख
शक्तिबहादुर वस्नेत वन तथा वातावरण जाजरकोट १ अर्ब ८२ करोड १ लाख
युवराज खतिवडा अर्थ झापा ५ अर्ब १५ करोड ५९ लाख
मोहम्मद इश्तियाक राई सहरी विकास बाँके २ अर्ब ९० करोड ११ लाख
जगतबहादुर विक युवा तथा खेलकुद कास्की २ अर्ब ८६ करोड ६ लाख
गोकुलवाँस्कोटा सञ्चार तथा सूचना प्रविधि काभ्रे ३ अर्ब ५८ करोड २ लाख
बिना मगर खानेपानी कञ्चनपुर २ अर्ब ७४ करोड ५३ लाख
पदमाकुमारी अर्याल भूमि व्यवस्था तथा सहकारी स्याङजा ३ अर्ब १७ करोड ४६ लाख
धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्यन डोल्पा १ अर्ब २२ करोड ३५ लाख
रामकुमारी चौधरी कृषि तथा पशुपंक्षी विकास सुनसरी ४ अर्ब ३८ करोड ७९ लाख
डा।सुरेन्द्रकुमार यादव स्वास्थ्य तथा जनसंख्या महोत्तरी ४ अर्ब १४ करोड २५ लाख

Tuesday, May 12, 2020

कृषक बनेका पूर्वमन्त्रीको अनुभवस् अनुदानमा घुस माग्छन्, अब नेताको पछि नलागी खेती गरौं

कसैको गाली खानु पर्दैन, निन्द्रा लाग्न औषधि खानुपर्दैन, करोडौंमा किन्न नपाइने निन्द्रा पाइन्छ

सोभित थपलिया
जीवनको अधिकांश समय राजनीतिमा लागेका उनी यतिबेला कृषि क्रान्तिको बाटो समातेका छन् । रुकुम जिल्लाको तत्कालिन मुरु गाविस-१ धौलावाङका लोकेन्द्र विष्ट मगरको नेपाली राजनीतिमा धेरै ठूलो योगदान छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका विष्टले जेलनेल भोग्दै उनी सशस्त्रद्वन्द्वका समयमा भूमिगत जीवन पनि बिताए । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उनी माओवादी पार्टीमा केन्द्रीय सदस्य हुँदै २ पटक मन्त्रीसमेत भए ।

राजनीनिमा लागेर मन्त्रीसम्म भइसकेका उनी केही समयअघि आफ्नै गाउँ फर्किए र कृषिमा लागे । मध्यम आय हुने कृषक परिवारमा पिता हस्तराम विष्ट र माता पुतला विष्टको सन्तानकारुपमा जन्मेका उनीको पुर्ख्यौली पेशा पनि कृषि नै थियो ।

बिस्ट झलनाथ खनाल प्रधानमन्त्रीहुँदा १३ दिन स्वास्थ्यमन्त्री र डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री भए ।

राजनीति छाडेपछि शुरुमा उनले काभ्रेको भकुण्डेबेसीमा ४३ रोपनी जग्गा लिएर यो खेती गरे । त्यसपछि काठमाडौंको साँखुमा १४ रोपनी जग्गा लिएर काम गरे ।

उनले पर्यटनमन्त्री हुँदा दाङ र रुकुमको एयरपोर्ट कालोपत्रे गराएका थिए । उनी अन्तरिम व्यवस्थापिका सांसद पनि हुन् । विष्टले २०३५र०३६ सालमा झन्डै १४ बर्षको उमेर छँदै विद्यार्थी कालमै मसालबाट विद्यार्थी राजनीति शुरु गर्दै विद्यार्थी आन्दोलनकै क्रममा दाङको घोराहीवाट ०४३ सालमा ६ महिना जेल परेका थिए ।

शान्ति प्रक्रियामा आएपछि केही न केही काम गरेर म गुजारा गर्दै आएका उनले शुरुमा ब्ल्याक राइस भनिने कालो धानको खेती गरे ।

भकुण्डेबेसीमा आफूलाई र पार्टीलाई पनि काम लाग्ने भनेर ४ बिघा जमिन भाडामा लिएर खेती गरेको थिए । कालोधान, खुमलचार धान, कालो भटमासलगायत ३र४ वटा बाली पनि लगाए । यसमा उनी सन्तुष्ट हुने गरी सफल पनि भए ।

बिष्ट अहिले दाङको बिजौरीमा ३ बिघा बढी जग्गामा रसिलो र स्वादिलो सिउँडी प्रजातिको ड्रागन फ्रुटको खेती गरिरहेका छन् । ८० लाखभन्दा बढी लगानी भएको बिष्टको ड्रागन फ्रुटको बगान छ । उनी विस्टसँग कृषि कर्म, सम्भावना र वर्तमान अवस्थाबारे क्लिकमाण्डूका लागि सोभित थपलियाले कुराकानी गरेका छन् ।

उनले आफ्नो कृषि अनुभव यसरी खुलाए

हामी ३ जना मिलेर ड्रागन फलको खेती गरेका छौं । यो ३ बिघा ६ कठ्ठा जग्गामा गरेका छौं । ड्रागन फल पोषण तत्व र विभिन्न रोग विरुद्व लड्नका लागि उपयोगी फल हो ।

एकातिर स्वास्थ्यका हिसाबले राम्रो र अर्कोतर्फ बजार पनि राम्रो भएकाले हामीले यो खेती शुरु गरेका हौं ।

हामीकहाँ कृषि पेशालाई हेयको दृष्टिले हेरिन्छ । कृषि कर्ममा लागेकाहरु पनि यसलाई मुख्य आम्दानीको स्रोत मान्ने गरेको पाइँदैन । कृषिमै अथाह सम्भावना भएकाले विभिन्न कारणले मानिसहरु कृषिमा त्यत्ति आकर्षित भएको पाइँदैन ।

बरु जग्गा बाँझो राखेर जागिर गर्न स्वदेश र विदेशबाट विभिन्न ठाउँमा जाने तर कृषिलाई मुख्य पेशा नमान्नेहरुको संख्या ठूलो छ । त्यसैले ठूलो जनसंख्या कृषिमा आश्रित भए पनि अहिले आयात गर्नुपर्ने अवस्था छ ।

तर कृषकले नै काम गरेनन भने हामीले के खाने त रु त्यसैले कृषक नै सबैभन्दा ठूला दाता हुन् भन्ने हिसाबले बुझ्नु पर्छ ।

कृषि कर्मलाई श्रम संस्कृतिको रुपमा बुझ्नु पर्छ । श्रम गर्दा गर्व मान्नु पर्छ । अपमान भयो भनेर सोच्नु हुँदैन । सरकारले कृषि पेशालाई आधुनिक, कृषिलाई फलित बनाउनका लागि, कृषि पेशा अर्थतन्त्रको मेरुदण्ड हो भनेर बुझ्न आवश्यक छ ।

कृषिलाई हर तरहले नयाँ प्रक्रियाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाएर यसैबाट नेपाल र नेपालीको भलो हुने गरी बजेट छुट्याउने, योजना बनाउने काम सरकारले गर्न आवश्यक छ ।

असजिलो अनुदान

सरकारले अहिले दिएको अनुदानको मोडल परिमार्जन गर्नुपर्छ । अनुदान दिँदा हुने भ्रष्टाचारको मोडल बन्द गर्नुपर्छ । अनुदानको नाममा पार्टीका, नेताका आसेपासेले पेट पाल्ने काम मात्रै भयो । वास्तविक किसानले पाएनन । त्यसैले यसमा भ्रष्टाचार बढ्यो । झोलामा फाइले बोकेर मन्त्रालयका कोठा(कोठामा चाहर्ने, मन्त्रीको पहुँचमा पुग्नेले मात्रै अनुदान पाए । अनुदान खेतबारीमा काम गर्नेले पाएनन् ।

त्यसैले अहिले हामी अनुदान माग्न पनि गएका छैनौ । फेरि हामीलाई अनुदान सकेसम्म दिँदैनन् । दिइहाले भने पनि घुस माग्छन् । घुस मागे भने घुस्सा लिन मनलाग्छ । त्यही भएर अनुदान माग्न गएका छैनौं ।

अनुदान वास्तविक किसानले पाउन निकै गाह्रो छ । यसलाई हटाएर सस्तो ब्याजदरमा ऋण दिने व्यवस्था गर्नुपर्छ । यसले गर्दा अनुदानको दुरुपयोग हुँदैन । ऋण दिँदा बाङ्गा टिंगा सर्त पनि राख्नु भएन । बिनाधितो ऋण दिनुपने व्यवस्था गनुपर्छ । त्यसो भन्दैमा पनि बिना मापदण्ड दिनु हुँदैन । मापदण्ड बनाएर मागे अनुसार ऋण दिनुपर्छ ।

अहिले यति जमिन भएकालाई दिने यतिलाई नदिने भन्ने मोडल छ । त्यो हुनसक्दैन । गरिब किसानले १ कठ्ठा, आधा कठ्ठामा पनि कृषि पेशा गर्न पाउँछ ।

मैले पनि यहाँ कृषिका हाकिम साबलाई मैले ड्रग्यान फलकोण खेती गरेको छु, मैले केही सहुलियत पाउन सक्छु कि सक्दिन भनेको उहाँले त्यो विषयमा हाम्रो बजेट छैन भन्नु भयो ।

यो नयाँ चीज भएकाले तपाईहरुलाई थाहा नहुनसक्छ भनेर मैले भने । अनी मैले कागती र एभोकाडो विषयमा के छ नी भनेर सोधेको, उहाँले ३० कठ्ठाभन्दा कममा खेती गर्नेलाई दिन सकिँदैन भन्नुभयो । सबै मान्छेले ३० कठ्ठामा कृषि गर्न सक्छ भन्ने हुँदैन । अहिले प्लटिङ गर्नेको बिगबिगी छ, ३० कठ्ठा जमिन पाउन गाह्रो छ ।

किसानलाई खोइ तालिम ?

सरकारले किसानको लागि तालिमको व्यवस्था गरेको छैन । उनीहरुलाई आवश्यक औजार, बीउ, मल सर्वसुलभ ढंगले उपलब्ध गराउन आवश्यक छ । राष्ट्रिय अन्तर्राष्ट्रिय बजारको आवश्यक छ ।

कृषकले उत्पादन गर्छन, त्यो उत्पादन बिक्री नभएर कुहेर जाने, डोजर लगाउनुपर्ने, दुध बाटोमा पोख्नु पर्ने बाध्याता छ ।

सरकारले बजार व्यवस्थापन गर्न नसक्दा यो सबै भएको हो । अब कृषिमा यान्त्रिकीकरणको कुरा आउँछ । मान्छेले मात्रै श्रम गर्दा धेरै महंगो पर्न जान्छ । कृषिमा यन्त्र उपकरणको प्रयोग भएको खण्डमा सस्तो पर्छ । यी कुराको व्यवस्थापन गर्न सकेको खण्डमा कृषक माथि उठन सक्छनु ।

नेपालका ३ खाले किसान

अहिले नेपालमा ३ खाले किसान छन् । जसमा धनि किसान, अर्को मध्यम किसान र गरिब किसान छन् । सरकारको ध्यान गरिब किसानमा हुन आवश्यक छ । मध्यम किसानलाई पनि नदिने भन्ने होइन । तर बढी गरिब किसान बढी भएकाले हाम्रो ध्यान त्यहाँ हुन आवश्यक छ । यो भयो भने मात्रै गरिब किसानको उत्थान हुने छ ।

सरकार कहाँ हरायो रु कृषि मन्त्री कता हराउनु भयो ?

अहिले आम जनताको गुनासो भने सरकार कहाँ हरायो भन्ने गुनासो छ । धेरै कृषकसँग कुरा हुन्छ । उहाँहरु सरकार कता हरायो, कृषिमन्त्री कता हराउनु भयो रु भन्नुहुन्छ । धेरै किसानसँग भेटमा, फोनमा कुरा गर्दा, सामाजिक सन्जालमा कुरा गर्दा उहाँहरुको चासो मन्त्री कता हराउनु भयो भन्ने नै रहेको छ ।

म मन्त्रीज्यूलाई त्यति धेरै नजिकबाट चिन्दिन । हाम्रो कुराकानी पनि भएको छैन । घनश्याम जी राम्रो अध्ययन गर्ने, माक्सबादीको अध्येयता हुनुहुन्छ । अहिले झण्डै दुई तिहाइ प्रांप्त सरकारको कृषिमन्त्री हुनुभएको छ ।

यो बेला उहाँले कृषिलाई कति बुझ्नु भएको छ रु उहाँ अहिले कता हराउनु भयो । खोइ केही कुरा आएको छैन । लकडाउनको समयमा किसान कसरी उत्पादनमा जोडिने, उनीहरुले उत्पादन गरेका वस्तुको बजारिकरण कसरी गर्ने, उनीहरुको जीविकोपार्जन कसरी भएको छ रु यस्तो महामारीको समयमा कृषिप्रधान देशमा राज्यको नीति के हो रु त्यो कुरा उहाँले ल्याउने हो । त्यो नआएपछि धेरै किसान रुष्ट देखिएका छन् । यता पनि मन्त्री ज्यूले ध्यान दिन आवश्यक छ ।

लकडाउन, कृषि र स्थानीय सरकार

यतिबेला स्थानीय सरकारले घरघरमा गएर कति बेरोजगार छन् भनेर उनीहरुको तथ्याङक संकलन गर्नुपर्छ । कुन घरमा, कुन टोलमा कति वडामा कति बेरोजागर छन, उनीहरु सबैलाई अब रोजगारी दिनुपर्छ ।

अब हरेक घरका मान्छेले पनि एकजनाले कमाउने बाँकीले त्यही कमाइ खाएर बस्ने परिवाटीको अन्त्य हुनैपर्छ । सहरमा लकडाउन भएपछि धेरै मानिस गाँउमा गएका छन् । अहिले गाँउमा गएर मोबाइल खेलाउने, घुमेर बस्ने प्रचलन धेरैको छ ।

उनीहरुलाई अब गाँउमा नै रोजगारी दिनुपर्छ । कोरोना कोरोना भनेर हल्ला गरेर मात्रै बस्ने होइन । सामाजिक दुरी कायम गरेर खेतबारीमा निस्कनै पर्छ । मौका यही हो ।

यसको लागि स्थानीय सरकारले सूचि तयार पारेर कृषि उत्पादन, कृषिजन्य उद्योग, कृषि कर्ममा लाग्छ आवश्यक छ । अब हामीले पारिवारिक कृषिमा बढी जोन दिने समय हो ।

यसका लागि घरका सबै मानिस कृषिमा सहभागी हुनुपर्छ । अब बजारमुखी अर्थतन्त्रलाई दुरुत्साहन गरेर खाएर बाँकी रहेको बजार लैजाने खालको नीति अबलम्बन गर्न आवश्यक छ । विश्वका ९० प्रतिशतभन्दाबढी मुलुक पारिवारिक खेतीमा छन् । त्यहीकारण पनि उनीहरुको अर्थतन्त्र मजबुत भएको छ ।

अब सामुदायिक कृषिमा पनि जान आवश्यक छ । समूदाय मिलेर प्रति ऐलानी जग्गा खोजेर वा भाडामा लिएर समूदाय मिलेर खेती गरेको खण्डमा युवाले रोजगारी पाउने छन् । अब व्यवसायीक कृषिमा पनि लाग्नुपर्छ । यो एकल वा संयुक्त रुपमा गर्न सकिन्छ । यसले धेरै ज्ञान पनि दिन्छ फाइदा पनि हुन्छ । अब सबै युवालाई कृषिमा लगाउन आवश्यक छ । यो भयो भने हामीलाई महामारीले भोकभोकै मर्नुपर्ने बाताबरण बनाउँदैन । यसको लागि राज्यले नै नीति बनाउन आवश्यक छ ।

कृषिमा उद्यमशिलता

यसका लागि मानिसलाई तालिमको आवश्यक छ । कसैलाई कृषिमा, कसैलाई उद्योगमा, कसैलाई विद्युतमा तालिम दिन आवश्यक छ । योभन्दा बाहेक अन्य विषय पनि हुनसक्छन् । त्यसका लागि राज्यको नीति चाहिन्छ । जनताले पनि त्यही अनुसार योजना बनाएर काम गर्नुपर्छ । व्यक्तिले पनि कति समयको लागि हो, ३ महिना, ६ महिना, १ वर्ष, २ वर्ष, ५ वर्ष, १० वर्ष कतिको हो त्यो अनुसार योजना र बजेट बनाउनुपर्छ । त्यही अनुसार काम गर्नुपर्छ ।

बजारिकरण र बिचौलीया

बिचौलीया प्रवृतिलाई रोक्न सहकारी मोडलमा जान आवश्यक छ । सहकारीमा सबैका लागि एक र एकका लागि सबै भन्ने सिद्दान्त छ । त्यो अनुसार गएको खण्डमा बिचौलियाले खान पाउँदैनन । बचत तथा ऋण सहकारीमा जम्मा भएको पैसा उत्पादनमा लगाउनु पर्छ । त्यसले धेरै वस्तु उत्पादन गर्न सकिन्छ ।

उपभोक्ता सहकारीका सदस्यले गरेको उत्पादनको बजारिकरण सहज हुन्छ । वित्तीय, उत्पादन र उपभोक्ता सहकारीको अवधारणाबाट अघि बढेको खण्डमा बिचौलिया संजाल तोडन सकिन्छ । अरुले बनाएको नेटवर्क जोडनु पर्छ । त्यसको लागि समस्या छैन ।

मेरो अनुभव र चार ‘ट’

मैले शुरुमा कालो धानको खेती गरेँ । उत्पादन भएजति सबै मैले इन्टरनेटका माध्यमबाट बिक्री गरेँ । हामीले फेसबुकमा राख्यौ र त्यसैको माध्यमबाट बिक्री गर्यौ । त्यो हुँदा हामीले पसल खोल्नु परेन, बिक्री सेन्टर पनि चाहिएन । हामी बोकेर हिँड्न पनि परेन । हामीले चार वटा ‘ट’ मोडलमा अघि बढन सक्छौ ।

१० पेटः हामीले उत्पादन गरेपछि आफै खान्छौ । त्यसलाई पेट भनौ । पेट पनि हाम्रो बजार हो ।

२ भेटः दोस्रो बजार भनेको भेट नै हो । जहाँ(जहाँ जसजसलाई भेट्नु हुन्छ, त्यहाँ कुरा गर्नुहोस । नबोली जति नै राम्रो उत्पादन भएपनि बिक्दैन ।

३० गेटः तेस्रो भनेको गेट हो । गेटबाट बाहिर आएपछि तपाईले जतिपनि बजार पाउन सक्नुहुन्छ ।

४० नेटः नेट भनेको तपाईको लागि विश्व बजार हो । त्यसले तपाईको उत्पादनलाई विश्व बजारमा पुर्याउन मद्दत गर्छ । यति भयोे भने उत्पादनले बजार पाउन समस्या छैन । पहिला उत्पादन गर्नुपर्यो । वस्तु भए बजार हुन्छ । वस्तु नै भएन भने बजार पनि हुँदैन । उत्पादन नै नभएपछि बजार पाइँदैन । यसले गर्दा हामीले घर, टोल, जिल्ला, देशहुँदै विदेशमा पनि बजार पाउन समस्या हुँदैन ।

किसानको माग र राज्यको कान

जनताको माग राज्यले सुन्ने हो भने जनता राज्य ९सरकार०मा जाने होइन, जनताकहाँ राज्य आउनुपर्छ । अब जनता सरकारकोमा होइन सरकार जनतामा आउनु पर्यो । सरकारको जनताकोमा आए पनि जनताको समस्या बुझिन्छ ।

जनता सरकारकोमा गयो भने सरकारको गुलामी मात्रै भइन्छ । जनताको समय खेर जान्छ । सरकार अल्छी हुन्छ । सरकारले अंश मात्रै देख्छ समग्र देख्दैन । सरकारले रुख देख्छ जंगल देख्दैन ।

अँध्यारो कोठाको नीति

नीति निर्माण गर्दा जनतालाई सहभागी गराउनुपर्छ । अध्यारो कोठामा बसेर खासखुस गरेर बनाएको नीतिले आत्मगत भइन्छ । वस्तुगत भइँदैन । राज्यले आफ्नो कुरा जनतालाई सहजै दिनसक्ने व्यवस्था चाहियो ।

राज्यले कृषिको ऐतिहासिक पृष्ठभूमि अध्ययन गरेर अहिलेको परिस्थिती बुझ्न सक्नुपर्छ । त्यसले हामी कहाँ छौं रु र, कस्तो नीति बनाउने भन्ने थाहा हुन्छ । अनी प्रविधिलाई जोड्न आवश्यक छ । यतिबेला हामीले धेरै उत्पादन गरेर अर्ग्यानिक खानु छ ।

त्यसको लागि विषादीमा पनि ध्यान दिन आवश्यक छ । हामीले जैविक विषादी बनाउ सक्छौं । त्यसको लागि आयात गर्नुपर्दैैन । मानौ तरकारीमा लागेमा दुधको पाकेटमा रयलपयल रहेको हुन्छ ।

त्यसमा पोकाभरी पानी हाल्नुहोस र त्यो हल्लाएर २र३ दिन छर्किए हुन्छ । यसमा गाईको गहुँत, नीमको पात, तितेपानी, खरानीले कति काम गर्छ भन्नेमा अनुसन्धान गरौं । यसमा राज्यको ध्यान जानु आवश्यक छ ।

मन्त्रीलाई सुझाव

यो बेलामा राज्य संवेदनशिल हुुनुपर्छ । जनताको समस्या सुन्नुपर्यो । देशमा रहेका र विदेशबाट आएका जनताको तथ्याङक सकंलन गर्नुपर्छ । उनीहरुले जे(जे गर्नसक्छ त्यसको लागि स्थानीय सरकारले योजनासहित काम दिनुपर्छ ।

प्रदेश र स्थानीय सरकारलाई केन्द्रले नै कोही पनि बेरोजगार नरहुन भनेर जिम्मा दिनुपर्छ । त्यसका लागि बजेट पनि दिनुपर्छ । त्यो बजेट चुहिनु भएन । चाहिनेले पाउनु पर्यो । यो बाली उठाउने र नयाँ बाली लगाउने समय हो ।

यो बेला धेरै मानिस धेरै ठाँउमा थुनिएका छन् । उनीहरुलाई सामाजिक दुरी, स्वास्थ्यलाई ध्यान दिएर आफ्नो ठाँउमा पठाएर काम लगाउन कृषिमन्त्री र मन्त्रालयले ध्यान दिनुपर्यो ।

गुप्तवास बसेका मन्त्री र आगामी बजेट

आगामी आर्थिक वर्षको बजेट पनि सामान्य मात्रै नभई छलाङ मार्ने खालको हुनुपर्छ । यो बजेट आधारभूत वर्गकहाँ पुग्नुपर्छ । त्यही अनुसार नीति कार्यक्रम र बजेट चाहिन्छ । त्यसका लागि कृषि मन्त्रालय र मन्त्री गुप्तबास बसेर भएन ।

उनीहरु बाहिर आउनु पर्छ र तयारीमा लाग्नुपर्छ । यसको लागि वैज्ञानिक संयन्त्र बनाउन आवश्यक छ । यसमा वस्तुवादी ढंगले लाग्नुपर्छ । जसले आन्तरिक रोजगारी बढाउन पनि सक्नुपर्छ ।

सिंहदरबारको भाषण र खेतबारीको माटो

सरकार र स्थानीय जनताबीचको दुरी जति लामो र गहिरो रह्यो त्यही कुराले हामी धेरै पछि पर्यौ । हिजो हामी लामो समय मन्त्रालयमा रहेर काम गर्न पाइएन । २र४ महिनामा नै हटेका थियौ ।

आफू रहेको मन्त्रालयमा कति शाखा महाशाखा छन् तिनका हाकिम समेत चिन्न नपाई मन्त्रालय छोडनु परेको हो । त्यो बेला त्यहाँको सबैकुरा जान्न पाइएन । हामी जति समय सरकारमा रह्यौ त्यो समयमा काम गर्न सकेनौ ।

त्यो बेलामा आंशिक काम गर्यौ तर गर्नुपर्ने जति गरेनौ । त्यसमा कर्मचारी सञ्जाल, हाम्रो सोचको दायरा पनि रहेको छ । ती सबैले गर्दा गर्न चाहेको काम गर्न सकिएन । मीठै भाषण गरियो । यस्तो हुनुपर्छ भनेर भनियो तर यथार्थमा भएन ।

त्यो नहुनु भनेको सिंहदरबार जनताभन्दा धेरै टाढा थियो । जनताको पहुँच सिंहदरबारमा थिएन । हिजोको सिंहदरबारको काम कारबाही र अहिलेको खेतबारीको भोगाइबीचको अनुभव हेर्दा अहिले फरक छ ।

म हिँजो किसानको छोरा हो । खेतिपाती गरेकै हो । परिस्थिती र आवश्यकताले गर्दा राजीनिमा गइयो । मन्त्री भइयो र फेरि कृषिमा नै आइयो । यसकारण भनेको राजीनित परिस्थिती, जिम्मेवारी पनि छ ।

हिजो त्यहाँ आवश्यकता थियो त्यहाँ गइयो । अब यता आवश्यक परेर यता आइयो । अब राजनीतिलाई मागिखाने भाँडो, जीविकोपार्जन गर्ने भाँडो, ठेक्कापट्टा जस्तो नबनाई राजनीतिलाई आवधिक, निशर्त, निशुल्क र समाजसेवा हो भन्ने बुझेपछि राजनीति छोडियो । अब क्रान्ति गर्ने क्षेत्र भनेको कृषिमा हो । राजनीतिक क्रान्ति पूरा भएको छैन । कुनै दिन होला । अहिले हामी आर्थिक, सामाजिक क्रान्तिमा लागेका छौं अन्य पनि रहेका छन् । योजनताको चाहना हो ।

अहिले जनताले कुर्सीमा मात्रै किन धेरै लागेका होलान रु नेताको पनि ग्वारग्वारर्ती किन मानिस लागेका होलान रु नेतृत्वलाई मात्रै किन पछ्याएको होलान भन्ने जनताको भावना रहेछ । अहिले धेरैले मानिसले फोहोरी खेलबाट राम्रो काममा आउनु भएछ भन्दा मलाई धेरै खुसी लाग्छ ।

नराम्रो ठाँउमा म रहेनछु भन्ने लाग्छ । आत्मनिर्भर अर्थतन्त्रका लागि लाखौ इँटाले बन्ने समृद्धिको घरमा म सानो इटाको टुक्रो हो । त्यो इटाको पनि केही न केही भूमिका होला भन्ने लागेको छ ।

विभिन्न पार्टीमा रहेका नेता कार्यकार्तालाई मेरो सुझाव छ की, राजनीतिलाई आजीवन रुपमा ठेक्कापाट्टा, कमाइ खाने भाँडो बनाउनु भन्दा पनि अब आउनुहोस गाँउमा जीवन बिताऔं ।

कुटो कोदाले खेलाऔं । माटोसँग माया परिती लगाऔं । मोटोसँग माया पिरती लगायो भने वास्तविक मान्छे भइन्छ ।

धर्तीमाताबाट शक्ति लिनुपर्छ । धर्तीमै लडौं । माटोसँग साइनो साटौं । खेतबारीमा पसिना बगाएर स्वस्थ भएर बाँचौ । यहाँ कसैको गाली खानु पर्दैन । निन्द्रा लाग्न औषधि खानुपर्दैन । करोडौंमा किन्न नपाइने निन्द्रा यहाँ नै लाग्छ । अब कति समय नेताको पछि लाग्नुहुन्छ, आउनहोस् साथी आफ्नै गाउँमा मिलेर काम गरौं ।
https://clickmandu.com/2020/05/118034.html

संसदलाई बैंकर्स संघको ब्रिफिङः बुझेका गभर्नरबाट संसारमै नभएको निर्देशन आउनु गलत

सोभित थपलिया
काठमाडौं । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले २ प्रतिशत ब्याज घटाउनु भनेर दिएको निर्देशन गलत भएको बताए ।

संघीय संसदको अर्थ समितिले कोरोनापछि बैंकिङ क्षेत्रमा परेको असरको विषयमा आयोजित छलफलमा यस्तो विश्वमा नै नभएको व्यवस्था राष्ट्र बैंकले गरेको बताए । अहिले राष्ट्र बैंकले २ प्रतिशत ब्याजदर घटाउ भन्ने निर्देशन आएको छ ।

‘यस्तो निर्देशन विश्वका कुनै पनि केन्द्रिय बैंकले दिँदैनन्, त्यो चीज गलत भयो,’ अध्यक्ष दाहालले भने ।

संसारभरका कुनै पनि केन्द्रिय बैंकले नभनेको कुरा राष्ट्र बैंकले भनेकोले यसलाई हटाउन राष्ट्र बैंकलाई आग्रह गरेको बताए ।

उनले भने,( ‘राष्ट्र बैंकले २ प्रतिशत राहत दिनुपर्छ भन्नु गलत छ । हामीले कमाउनु पर्छ, अरुले कमाउनु हुँदैन भन्ने पक्षमा हामी छैनौं । हामीभन्दा बढी कमाउनेलाई राहत नै हामीले दिने होइन । नोक्सानमा भएकालाई राहत दिने हो । संसारको कुनै पनि केन्द्रिय बैंकले यसरी ब्याज घटाउनु भनेर निर्देशन दिएको हामीले पढ्दा पनि पाएका छैनौं । यो स्पेनिश फ्लुपछि आएको हो कि भनौं भने अन्य मुलुकमा पनि यस्तो व्यवस्था रहेनछ ।’

अहिले धेरै नै बैंकिङ क्षेत्र बुझेको गभर्नर आएकाले यो व्यवस्था हट्नेमा आशावादी रहेको बताए । बैंकहरु धेरै नाफा कमाउने भन्दा पनि आफुपनि बाँचौं अरुलाईपनि बचाऔं भन्ने मान्यतामा रहेको जानकारी गराए ।

हामीले नोक्सानमा भएकालाई बेसरेटमा र ठूला उद्योग व्यवसायीलाई बेसरेटमा १ प्रतिशत थपेर दिने पनि लिखित जानकारी गराएको बताए ।

ग्राहकलाई कम ब्याजदरमा ऋण दिन इच्छुक भएपनि राहत त आहत हुनेले मात्रै पाउनु पर्ने उनको तर्क छ । राम्रो प्रतिफल पाउनेलाई राहत दिन नहुने उनको तर्क छ ।

अहिलेको अवस्थामा बेसरेटमा कर्जा दिँदा पनि नोक्सान हुने बताए । लोनलस प्रोभिजन र १५ प्रतिशत खर्च नजोडिएको कारण घाटा हुने बताए ।

बैंकिङ क्षेत्रले राष्ट्र बैंकलाई कोरोनाका कारण असर परेको उद्योगलाई बेसरेटमा कर्जा दिने जानकारी गराएको बताए । १ करोड भन्दा कम ऋण लिने ऋणीहरुलाई ३ महिनामात्रै नभएर लामो समयको लागि बेस रेटमा नै ऋण दिनुपर्ने बताए । साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेको बताए ।



बैंकर्स संघमा भएको छलफलका क्रममा साना र ठूलालाई वर्गिकरण गर्न राष्ट्र बैंकलाई सूझाव दिएको उनको भनाइ छ ।

अहिले व्यवसायीहरुले ५ प्रतिशतमा झार्नुपर्छ भनेपनि सरकारले अनुदान दिए हुने नभए सम्भावना नहरेको उनले बताए ।

सरकाले अनुदान दिनको लागि पनि सरकारसँग कति रकम छ भन्नेमा पनि छलफल आवश्यक रहेको उनको भनाइ छ ।

बैंकिङ क्षेत्र नाफामुखी भएको र बैंकले धेरै नाफा कमायो भनेपनि अहिले बैंकले १०० रुपैयाँ लगानी गरेर १५ रुपैयाँ मात्रै कमाउने उनको भनाइ छ ।

उनले भने ‘कुनै बैंकले ६र७ रुपैयाँ पनि होला । कुनैको २७र २८ पनि होला । तर ३० रुपैयाँ बढी कमाउने कुनै बैंक छैनन् । औषतमा १५ प्रतिशत छ ।’

७ वर्षअघि बैंकको औषत आम्दानी १०० रुपैयाँमा २५ रुपैयाँ आम्दानी भएपनि अहिले १५ रुपैयाँमा झरेको उनको दाबी छ ।

अहिले गाउँमा बैंक पुगेकोले त्यहाँ बीमालगायतका संस्था पठाउनुको सट्टा बैंक नै पठाउन सकेको खण्डमा धेरै लाभ हुने बताए ।

अहिले १ करोडको व्यवसाय गर्ने भन्दा बैंकमा लगानी गर्ने थोरै रहेको उनको दाबी छ । १० जना ठुला लगानीकर्ता रहेपनि धेरै चाँही साना लगानीकर्ता नै रहेको उनको तर्क छ । अहिले वित्तीय विवतरण हेर्दा बैंककोभन्दा व्यवसायीको बढी नाफा रहेको दाहालको तर्क छ । उनले भने ‘हाम्रो खर्च बढी छ, सिईओको, कर्मचारीको तलब सार्वजनिक हुन्छ । बैंकको कण्टअफ अपरेशसन बढी रहेको छ ।’

अहिले बैंककोभन्दा राष्ट्र बैंकका कर्मचारीको तलब ३ गुणा बढी रहेको छ । यसको अध्ययन भइरहेको र त्यो रिपोर्ट सिएले सर्टिफाइड गरेपछि सार्वजनिक गर्ने बताए ।

उनले बैंकको अहिले वितरणयोग्य नाफा घटेको भन्दै बैंक बचेको खण्डमा मात्रै समग्र अर्थतन्त्र पनि बच्ने बताए ।

अहिले बैंकको ब्याज तिर्न सक्नेले पनि नियामकले असार मसान्तसम्म तिरे हुन्छ भनेपनि ऋण तिर्न आनाकानी गरेको बताए ।
राष्ट्र बैंकले विदेशबाट ऋण लिन पाउने व्यवस्था गरेपनि ब्याजमा लाग्ने १५ प्रतिशत ब्याज कर लगाएको भन्दै उक्त ब्याजकर नलगाउन आग्रह गरेको बताए । अहिले बैंकहरुले रिनुअल शुल्क पनि नलिने जानकारी गराए ।

उनले बजेटमा हामीले के चाहियो भन्ने कुनै माग नभएको र बैंकिङ क्षेत्रले के गर्न सक्छौं भनेर सोधी रहेको बताए ।
https://clickmandu.com/2020/05/118935.html