Tuesday, December 31, 2019

सेयर बजार बढ्नुपर्छ तर धेरै ठूलो छलाङ मार्नु पनि राम्रो होइनः सेबोन अध्यक्ष ढुंगाना

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर अवकास पाएका भिष्मराज ढुंगाना धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त भएका छन् । लामो समयदेखि ओरालो लागेको सेयर बजार ढुंगाना अध्यक्ष बनेर आएपछि बढ्न पनि थालेको छ । 

राष्ट्र बैंकजस्तो बलियो नियामक निकायमा बसेर काम गरेका ढुंगानाले नियामक निकाय पूर्णरुपमा बन्न नसकेको धितोपत्र बोर्डलाई कसरी अगाडि बढाउने योजना बनाएका छन ? यो विषयमा क्लिकमाण्डूका लागि सोभित थपलियाले ढुंगानासँग गरेको कुराकानी

धितोपत्र बोर्डमा तपाई अध्यक्ष भएर आएपछि बजारमा सुधार देखियो, बजारले तपाईलाई नै कुरेको हो र ?

अहिले सबैको मनोबल बढ्न थालेको जस्तो देखिएको छ । लगानीकर्तामा मनोबल खस्केको अवस्थाबाट सुधार आएको हो कि जस्तो देखिएको छ ।

धितोपत्र बजारमा पूर्वाधार बढाउने कस्तो योजना छन् तपाईसँग ?

पुँजी बजारमा स्थायीत्वको अवस्था कमजोर छ । बजार बढनुपर्छ । धेरै छलाङ मार्नु पनि राम्रो होइन । लगानीकर्तालाई धितोपत्र बजारमा लगानी गर्दा हामी सुरक्षित हुन्छौं भनेर अनुभूती हुने अवस्था हामीले सिर्जना गर्नुपर्ने बेला भएको छ ।

पछिल्लो समयमा धेरै कम्पनीको सेयर मूल्य १ सयभन्दा कम छ, १० कित्ता अनिवार्य गरेको छ, यसले समस्या हुँदैन ? 

१० कित्ता अनिवार्य गर्नैपर्छ भन्ने होइन । अहिले जलविद्युतमा लगानी गर्ने लगानीकर्तालाई पछिल्लो समयमा विद्युत् नियमन आयोग, धितोपत्र बोर्डलगायत सम्बद्ध निकाय बसेर यो समस्या समाधान गर्नुछ ।

केही समस्या छन् । परियोजना, परियोजना डेभलपर्ससँग पनि समस्या छन् । यसका निष्काशनको प्रक्रियामा पनि केही समस्या छन् । त्यसलाई आगामी दिनमा हामी समाधान गर्छौ ।

१० कित्तामा पुनरावलोकन हुनसक्छ भन्न खोज्नु भएको हो ?

कुनै समयमा न्यूनतम १० कित्ता किन्नै पर्ने व्यवस्था थियो । कुनै समय त्यो ५० कित्ता भयो । यो तलमाथि भइरहन्छ । बजारमा हाम्रो, लगानीकर्ताको आवश्यकता कस्तो हुन्छ भन्ने कुरा समयले नै निर्धारण गर्छ । यो परिवर्तन हुन पनि सक्छ वा भोलि नै बन्दहुन्छ वा परिवर्तन हुन्छ भन्ने अवस्थामा छैन ।

बजारको दायरा बढाउनका लागि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा आएको छ नी ?

बैंकका सहायक कम्पनीलाई बैंकरको लाइसेन्स दिनका लागि पूर्वाधार पनि तयार भएका छन् । राष्ट्र बैंकले पनि बैंकलाई छुट्टै सहायक कम्पनी खोलेर कारोबार गर्न सहमति दिएको छ । तर यो विषय बीचको समयमा निकै बिवादित बन्यो ।

बैंकहरु हामी काम गर्न तयार छौं भन्छन् । अन्य निकायहरु बैंकलाई दिन हुँदैन भन्दै आएका छन् । अहिले २ पक्षमा कुरो मिलेको छैन । यो समयमा राम्रोसँग अध्ययन गर्नुपर्छ । यसले मुलकको हितमा हुन्छ भने दिनुपर्छ होइन भने दिनुहुँदैन । यो अध्ययनको विषय हो । यसको अध्ययन पूरा नभएसम्म यसै हो भनेर भन्न सकिने अवस्था छैन ।

लामो समयदेखि नयाँ स्टकको विषय उचालिँदै आएको छ । देशको अर्थतन्त्रलाई हेर्दा दोस्रो स्टक आवश्यक छ की छैन ?

दोस्रो स्टक एक्सचेञ्जको परिकल्पना बजारले गरेको छ । हाम्रोमा स्टक नै नभएर समस्या भएको होइन । भएको संस्थाको कार्यसम्पादन स्थिती, त्यहाँको प्राविधिक विषयलगायतका सन्दर्भमा केही कमजोरी छ की भन्ने चर्चा बजारमा छ ।

त्यसमा २ वटा पाटा छन् । पहिलो भनेको नयाँ स्टक ल्याएर उनीबीचमा प्रतिस्पर्धा गराउने भन्ने र दोस्रो भनेको भएको संस्थाको क्षमता अभिवृद्धि गराउने, प्रविधिक विषयमा कसरी बलियो बनाउने भन्ने विषय छ । विश्वको प्रवृति हेर्दा स्टकहरु मर्ज भएका उदाहरण पनि छन् । कतैकतै एकभन्दा बढी पनि छन् । हामीले कमोडिटी बजारको पनि विकास गर्न आवश्यक छ । त्यसका लागि पनि अध्ययन आवश्यक छ ।

लामो समयदेखि बुक बिल्डिङको कुरा उठिरहेको छ । यो काम कसरी अघि बढ्छ ?

सेयरको मूल्यलाई मार्केट बेस प्राइसिङ बनाउने मोडालिटी हो । बुक बिल्डिङ सिस्टम ल्याउनको लागि हाम्रा नियमावलीमा त्यो व्यवस्था छैन । हामीले अहिले नियमावली संशोधनका लागि लगिसकेका छौं । त्यो आएपनि शुरु गर्ने भनेर हाम्रो नीति तथा कार्यक्रममा राखेको छ ।

नयाँ कम्पनीहरुले फण्ड जुटाउन समस्या भयो भनिरहेका छन् । अन्य मुलुकमा हेर्दा प्रि–आईपीओ ल्याउने प्रचलन छ । यो विषयमा केही सोच्नु भएको छ ?

यो सेयर बजारको आवश्यकता हो । त्यही भएर हामीले विशिष्टिकृत लगानी कोषको योजना ल्याएको हो । यसमा इक्विटी फण्ड, भेञ्चर क्यापिटल र हेज फण्ड मोडालिटी राखेका छौं । गर्न चाहनले बोर्डमा आवेदन दिन सक्नेछन् । यसरी आएको खण्डमा प्रि–आईपीओ फण्डिङ गर्ने, रिसोर्सको ब्रिजिङ गर्ने काम यसले दिन्छ । यसलाई पनि आगामी दिनमा अगाडि बढाउने छौं ।

५० करोड रुपैयाँभन्दा बढी पुँजी भएका उत्पादनमुलक कम्पनीलाई पुँजी बजारमा ल्याउने विषय उठेको थियो । प्रक्रिया कहाँ पुग्यो ?

यसका लागि केही प्रक्रिया हामीले पूरा गर्नुपर्ने छ । यसका लागि रियल सेक्टरका कम्पनीलाई पुँजी बजारमा ल्याउनका लागि उनीहरुको सेयरको मूल्य दिनुपर्छ । अहिलेको व्यवस्थाले त्यत्ति सहज छैन । यसले उनीहरु आउनेवाला छैनन् । त्यसका लागि बुक बिल्डिङ प्रक्रिया जुन मार्केट बेस प्राइसिङ तय गर्ने मोडालिटी हो । त्यसको कानूनी संरचनाको काम अन्तिम चरणमा पुगेको छ । यसमा केही थ्रेस होल्डका कम्पनी आउनुपर्ने भनिएको छ । ती कम्पनीलाई पनि यसरी आउनु, यस्तो संरचना तयार भएको छ, तपाईहरुलाई यस्तो यस्तो फाइदा हुन्छ भनेर जानकारी गराउन आवश्यक छ ।

समय–समयमा सेयर बजारका कालोधनको कुरा उठने गरेको छ, यसलाई कसरी समाधान गर्न सकिएला ?

कालो धन छ की छैन ? कोसँग छ ? वा छैन भन्ने, भएको खण्डमा कारबाही गर्ने छुट्टै निकाय छ । त्यो विषयमा हामीले तिमीले यत्ति कालो धन ल्यायौं भनेर भन्न मिल्दैन । बजारका लगानीकर्ताहरुले जसरी काम गरेका छन् उनीहरुले पारदर्शी भएर काम गरेका छन् । कर तिरेका छन् । आम्दानी स्रोत राम्रो छ । आपराधिक क्रियाकलाबाट आर्जन गरेको पैसा सेयर बजारमा भित्रिएको छैन भन्ने विषयमा विश्वस्त हुने हो । यसका लागि केवाईसीको व्यवस्था गरिएको छ । हामीले त्यो हेरेर कारोबार गर्ने गरेका छौं ।

गैरआवासीय नेपालीलाई सेयर बजारमा भित्र्याउने विषयले पनि अझै पूर्णता पाउन सकेको छैन, अब कति समय लाग्ला ?

गैर आवासीय नेपालीमा पनि नेपाली नागरिकता भएको तर विदेशमा ६ महिनाभन्दा बढी बसेको गैर आवासीय नेपाली हो भने अर्को भनेको नेपालको नागरिकता छैन ऊ विदेशी नागरिक भएको छ भने ऊ नेपाली मूलको एनआरएनए हुन्छ ।

उनीहरुलाई बजारमा प्रवेश गराउने छुट्टाछुट्टै मोडालिटी हुन्छ । नेपाली नागरिकता भएको नेपाली नै हो । अनलाइन पूर्णरुपमा चलेपछि आवश्यक प्रावधान पूरा गरेर अनलाइनबाट अमेरिकामा नै बसेर नेपालको सेयर किनबेच गर्न सक्छ । अहिलेको कानूनले त्यसमा असर गर्दैन । नेपाली नागरिकता नभएकालाई विदेशी सहर चिन्नुपर्छ । त्यसका लागि कानूनी संरचना परिवर्तन गर्नुपर्छ । विदेशी विनिमय ऐन पनि सरकारसमक्ष पुगिसकेको छ । कानून पूरा भएपछि काम शुरु हुन्छ ।

नेपालमा अनलाइन आएपछि बजारमा सकारात्मक परिणाम आउन थालेको छ । त्यसैले अनलाइन आएको हो । नेपालको पुँजी बजारमा यसले राम्रो प्रभाव छोडछ । विश्वभर रहेका लगानीकर्तालाई एकै ठाँउमा ल्याउने काम गर्नेछ ।

सेयरको कारोबार देशका विभिन्न भागबाट शुरु भएको छ, त्यसका लागि यसको बारेमा ज्ञान चाहिएला, बोर्डले वित्तीय साक्षरतामा कत्तिको ध्यान दिने छ ?

सेयर बजारमा लगानी गर्नु लगानीकर्ताको आफ्नो निर्णय हो । आफ्नो पैसा कहाँ लगानी गर्ने रु कतिमा किन्ने ? कतिमा बेच्ने  ?  भन्नेमा स्वतन्त्र हुन्छ । बजारका कारोबार गर्दा धेरै विषयमा ध्यान दिन आवश्यक छ । जानकारी नभइ कारोबार गरेको खण्डमा समस्या हुन्छ । नेपालमा पुँजी बजार सम्बन्धी साक्षरताको अभाव छ । आगामी दिनमा यो बढाउन आवश्यक छ । जसले लगानीकर्तालाई दीर्घकालीन लगानी गर्न सहजहोस् ।

यो नियामक निकाय हो, समयमा आफ्नो विवरण नबुझाउने कम्पनीको कमी छैन, यसलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

बोर्डले आफ्नो जिम्मेवारीको काम पूरा गर्नैपर्छ । नियमनकारी निकाय कडा हुनुपर्छ भएन भने बजारमा अनुशासन हुँदैन । कम्पनीहरुले कुन समयमा के गर्ने भनेर प्रष्ट व्यवस्था नै गरेको छ । ऐनभन्दा माथी कोही पनि हुँदैन । कतिपय कुरा विविध कारणले गर्दा नमिलेका हुन्छन । त्यस विषयमा पनि ध्यान दिनुपर्छ । कमजोरी चाहेर भएको हो वा नचाहेर भएको हो भन्नेमा पनि ध्यान दिन आवश्यक छ ।

स्टक डिल्लरको विषय अझैँ टुंगोमा पुग्न सकेको छैन, कहिले टुंगोमा पुग्छ ?

लगानीकर्ताको चाहना धेरै हुन्छन् । उनीहरुको चाहना एकैपटक पूरा नहुन सक्छ । काम गर्दै जाँदा समय लाग्न सक्छ । यो पनि चाँडै नै निर्णयमा पुग्ने छ । अनलाइन आएको छ । तर पनि अहिलेसम्म डिम्याट नम्बर, बैंक खातामा अनलाइन सिस्टम जोडिन सकेको छैन । यो काम विस्तारै हुँदै जानेछ ।

कमोडिटी एक्सचेञ्जलाई लाइसेन्स कहिले दिनुहुन्छ ?

कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिनका लागि आवेदन खुलेको थियो । त्यसमा ५ वटाको आवेदन परेको छ । त्यसमा पनि २ वटाको मूल्यांकन भइसकेको छ । प्र्राप्त भएको निवेदनबाट कसलाई दिन सकिन्छ त्यसको अध्ययन गरेर हामी चाँडै नै निर्णयमा पुग्छौं ।

यसको नियमन र सुपरीवेक्षणलाई कसरी भरपर्दो बनाउने ?

हामीले लाइसेन्स दिएर नियमन र सुपरीवेक्षणको दायरामा ल्याउनुपर्छ । उनीहरुलाई नियमन कसरी गर्ने भन्ने ठूलो विषय होइन । उनीहरुले काम गर्न थालेपछि जसरी सुपरीवेक्षण हुने हो । सर्वसाधारणको हितमा काम हुने हो । त्यो भएर नै छाड्छ । काम गर्न लाग्दा ऐनको कुनै बुँदालाई समातेर काम गर्न सकिन्छ ।

कानूनले नचिने पनि केही कमोडिटीहरुले कारोबार गरिरहेका छन् भनिन्छ, एक्सन लिनुहुन्छ कि लिनुहुन्न ?

उनीहरु नियमनको दायराभित्र, कानूनको परिधिभित्र हामीलाई समावेश गरियोस् भनेर आएका छन् । हामीले त्यसलाई चाँडै टुंग्याउनु पर्छ । हामीले टुंगो लगाएपछि पनि त्यसरी सञ्चालनमा आएको खण्डमा कारबाही गरिन्छ । अहिले कारबाही गर्छौभन्दा त्यो औचित्यपूर्ण हुँदैन । कानूनले कम्पनी नचिनेको होइन उसको कारोबारलाई नचिनेको हो । कारोबार कसरी गर्ने भन्ने ऐन बनेको छ । हामीले गर्नुपर्ने काम बाँकी नै रहेकाले अहिले नै कारबाही गर्ने अवस्थामा हामी पनि छैनौं ।

धितोपत्र बोर्ड कहिलेसम्म भाडामा नै बसिरहन्छ ?

अहिले धितोपत्र बोर्ड निकै कठिन अवस्थामा छ । स्टाफ कलेजको भवनमा छ । यो भवन आफूलाई चाहियो भनेर सूचना निकालिसकेको छ । हामीले बहालका लागि सूचना निकालिसकेका छौं । तत्कालका लागि काम गर्ने राम्रो वातावरण बनाउन उपयुक्त स्थानमा जानैपर्छ । यो भनेको पुँजी बजार नियमन गर्ने निकाय हो । यसका लागि दीर्घकालीन रुपमा सोच्नुपर्छ । आफ्नै जग्गा, आफ्नै घर आवश्यक छ । यसका लागि सरकारसँग समन्वय गर्छौ । हामी त्यसमा लागी परेका छौं ।

Sunday, July 21, 2019

नागरिक लगानी कोषले कहिलेदेखि शुरु गर्छ ‘स्टक डिलर’को काम ?

सोभित थपलिया
काठमाडौं । नागरिक लगानी कोषले ल्याउन लागेको स्टक डिलरको काम यतिबेला ‘पर्ख र हेर’को अवस्थामा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले म्यूचुअल फण्डहरुले पनि स्टक डिलरको काम गर्न सक्ने व्यवस्था गरेकोले कोषले यो कामलाई कसरी अघि लैजाने भन्ने अन्योलतामा नै रहेकोले पर्ख र हेरकै अवस्थामा राखिएको छ ।

कोषका कार्यकारी निर्देशक रमन नेपालका अनुसार अब डिलर सञ्चालन गर्नको लागि अब निकै अध्ययन नगरी नहुने र बिना अध्ययन थाल्दा कर्मचारीको खर्च मात्रै हुनेछ ।

उनले भने ‘हामीले अहिले हतारमा फण्डको रिक्स हुने गरी काम गर्नु हुँदैन, तै पनि हामीले सम्भाव्यता अध्ययन गरिरहेका छौं ।’

पहिले कोषजस्तै संस्थासँग गएर काम गर्ने योजना भएपनि अहिले अरुले पनि डिलरको काम गर्ने भएकाले आफू मातहतका निकायबाट कारोेबार गर्ने हो की भन्ने सोच पनि बनेको नेपालको भनाइ छ ।

उनले भने ‘हामीले हामी जस्तै संस्थाहरुसँग मिलेर काम गर्ने हो की भनेर छलफल गरेको हौं तर अब भने हाम्रो सोच परिवर्तन भएर आफू मातहतका निकायबाट कारोबार गर्ने योजना पनि बनाएका छौं ।’

उनका अनुसार अहिले पनि कोषले सेयर खरीद गरिहेको छ । बजारमा सेयर सस्तो भएको समयमा सेयर किन्ने क्रम जारी रहेको नेपालको भनाइ छ ।

उनले भने, ‘अहिलेसम्म कोषले किनेको सेयरबाट नाफा भइरहेको छ । अहिले हामीले सानो डिल गरेका छौं, भविश्यमा ठूलो डिल पनि गर्न सकिन्छ ।’

‘सेयर किन्दा अन्य लगानीकर्ता र कोषमा केही फरक हुन्छ’ नेपालले भने, ‘हामी बजारका कारोबारीसँग सतर्क भएर कारोबार गर्नुपर्छ, कारोबार गर्न नीतिले निर्देशित गर्ने भएकोले फण्डको सुरक्षामा निकै ध्यान दिनुपर्छ ।’

नागरिक लगानी कोष ऐन २०४७ संशोधनको क्रममा रहेकाले उक्त ऐन संशोधन भएपछि के गर्ने वा नगर्ने रु कतिसम्म गर्ने रु भन्ने उल्लेख भएर आएपछि मात्रै काम गर्न सजिलो हुने भएकाले ऐनको पर्खाइमा रहेको उनको भनाइ छ ।

कोषले डिलरको काम गर्ने हो भने सहायक कम्पनी खोल्नुपर्छ ।

करिब १० महिना अघि धितोपत्र बोर्डले कोषलाई डिलरको काम गर्नको लागि सहायक कम्पनी खोल्न निर्देशन दिएको थियो ।

बोर्डले उक्त निर्देशन दिएपनि यतिबेला कोष नै ‘पर्ख र हेर’को अवस्थामा पुगेपछि यो कामले पूर्णता पाउने वा नपाउने भन्नेमा अन्योलता देखिएको छ ।

यता नेप्सेले भने आफू डिलरको काम गर्न तयारी अवस्थामा रहेको जनाएको छ । नेप्सेका अधिकारीका अनुसार अनलाइन प्रणालीमा डिलरको काम गर्न सक्ने व्यवस्था छ ।

कोष पर्ख र हेरको अवस्थामा रहेपछि अहिले अन्य केही कम्पनीहरुसँग छलफल गरेर कम्पनी दर्ताको काम रोकिएको छ ।

आर्थिक वर्ष २०७२र०७३ को बजेटमा नागरिक लगानी कोषलाई मार्केट मेकरको रुपमा बजारमा परिचालन गर्ने भनेपछि धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीको नेतृत्वमा कार्यदल बनेको थियो ।

उक्त कार्यदलले कोषलाई कसरी काम गर्न दिने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बनाएर बोर्डका अध्यक्षलाई बुझाइ सकेको छ ।

प्रतिवेदनमा यसको कार्यान्वयनका लागि कोष र नेप्सेले आवश्यक तयारी गर्दै जाने उल्लेख छ ।
यता कोष अन्य संस्थासँग सहकार्य गरे अघि बढने भन्दा पनि आफू मातहतबाटै सेयर किनबेच गर्ने सोच बनाउने भनेपछि अन्य कम्पनीसँग छलफल गर्ने विषयमा अन्योलता थपिएको छ ।

तर यसअघि नै कोषले डिलरका लागि भन्दै प्रबन्धपत्र र नियमावली समेत तयार पारिसकेको थियो ।

सेयर बजार घटिरहेको समयमा डिलरले केही हदसम्म बजार सन्तुलनमा ल्याउन सहयोग पुग्ने लगानीकर्ताहरुको भनाइ छ ।

बजारमा कोषका साथै कर्मचारी सञ्चयकोष, नेपाल दुरसञ्चार कम्पनी, बीमा संस्थानको संयुक्त लगानीमा स्टक डिलर सञ्चालन हुने चर्चा कायमै छ ।
https://clickmandu.com/2019/07/88458.html

पुँजीकरण बढी हुने ठूला १० कम्पनीबाट चिलिमे र राष्ट्रिय बीमा कम्पनी बाहिरिए, एनआईसी र एनएमबि भित्रिए

काठमाडौं । पुँजीकरण बढी भएका १० कम्पनीबाट चिलिमे हाईड्रोपावर कम्पनी र राष्ट्रिय बीमा कम्पनी बाहिरीएका छन् भने एनआईसी एसिया बैंक र एनएमबि बैंक भित्रिएका छन् ।

अघिल्लो वर्ष बजार पुँजीकरणको पहिलो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी पहिलो नम्बरमा रहेको थियो भने यो वर्ष पनि नेपाल दूरसञ्चार कम्पनी नै अग्रस्थानमा रहेको छ । गत वर्ष दूरसञ्चार कम्पनीको बजार पुँजीकरण १ खर्ब ८ अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको अन्तिमसम्ममा दूरसञ्चारको बजार पुँजीकरण १ खर्ब ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा यो वर्ष दूरसञ्चार कम्पनीको बजार पुँजीकरण ४।०४ प्रतिशतले घटेको छ ।

यस्तै दोस्रो स्थानमा नबिल बैंक रहेको छ । नबिल बैंकको बजार पुँजीकरण पनि गत वर्ष ७४ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो । यो वर्षको असार मसान्तमा ७२ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा २।७७ प्रतिशतले घटेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको पनि बजाुर पुँजीकरण १।२१ प्रतिशतले घट्दा स्टयान्र्डर चार्टर्ड बैंकको भने सबै भन्दा बढी १०।७० प्रतिशतले घटेको छ ।

तर एभरेष्ट बैंकको भने बजार पुँजीकरण ०।४५ प्रतिशतले बढेको छ भने हिमालन बैंकको पनि ४।९३ प्रतिशतले बढेको छ । सबै भन्दा बढी बजार पुँजीकरण हुने १० कम्पनी मध्ये ६ नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफको बजार पुँजीकरण ६।७७ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्ष भन्दा बजार पुँजीकरणमा १ स्थान तल झरेको नेपाल एसबीआई बैंकको पनि १।३२ प्रतिशतले घटेको छ । चिलिमे हाईड्रोपावर र राष्ट्रिय बीमा कम्पनी ९ र १० नम्बरबाट हटेपछि ८ नम्बरमा एनआईसी एसिया बैंक र १० नम्बरमा एनएमबी बैंक बढी पुँजीकरण हुने कम्पनीको रुपमा थपिएका छन्
https://clickmandu.com/2019/07/88936.html

बीमा समितिलाई प्रश्नः लाइसेन्स दिएका नयाँ कम्पनी तंग्रिन नपाउँदै किन चाहियो मर्जर ?

सोभित थपलिया
काठमाडौं । बीमा समितिको अध्यक्षमा नियुक्ति भएपछि चिरञ्जीबी चापागाईंले नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिए । लामो समयदेखि रोकेर राखिएको नयाँ बीमा कम्पनीलाई अध्यक्ष चापागाईंले फटाफट लाइसेन्स दिएका हुन् ।

त्यो बेला अध्यक्ष चापागाईंलाई आर्थिक प्रलोभनमा परेर नयाँ कम्पनीलाई लाइसेन्स दिएको आरोप समेत लाग्यो ।

तर, उनले बीमा कम्पनीको बजार बढाउनका लागि प्रतिस्पर्धा होस् भनेर लाइसेसन्स दिएको तर्क गरे । नयाँ कम्पनीहरु आए । बीमा क्षेत्र भाइब्रेन्ट पनि भयो । रोजगारीको ठूलो अवसर खुल्लो । आपसी प्रतिस्पर्धाले लामो समयदेखि ७ प्रतिशत जनतामा रहेको बीमाको पहुँच १७र१८ प्रतिशतमा पुग्यो ।

यो रिजल्ट हेरेपछि पैसा खाएर नयाँ कम्पनीलाई लाइसेन्स दिएको भनेर आरोप लगायनेहरु नै भन्न थाले कि बीमा समितिले ठीकै गरेको रहेछ ।

नयाँ बीमा कम्पनीहरु बिजनेशका हिसाबले सस्टेन भइसकेका छैनन् । भर्खर तंग्रिदै छन् ।

तर, नयाँ कम्पनीलाई लाइसेन्स दिने बीमा समितिका उनै अध्यक्ष चापागाईंले बीमा कम्पनीहरुबीच मर्जर गराउने नीति ल्याएका छन् । स्वतस्फूर्त मर्ज नभए फोर्स मर्जर गर्नेसम्मका अभिव्यक्ति दिन थालेका छन् ।

एक भेटमा अध्यक्ष चापागाईंले क्लिकमाण्डूसँग भनेका थिए( ‘कम्पनीहरुको संख्या कति राख्ने भन्ने अधिकार नियामकको हो, लाइसेन्स किन दियौं र मर्जर किन गराउँदै छौं भनेर आलोचना गर्न बेकार हो ।’

उनले फेरि थपे( ‘हिँजो संख्या बढाउनु थियो, त्यसैले नयाँलाई लाइसेन्स दियौं, आज ठूला कम्पनीहरुको आवश्यकता देख्यौं, अनि मर्जरको नीति ल्याएका हौं ।’

तर, अहिले बीमा समितिको नेतृत्वलाई सरोकारवालाहरुले प्रश्न गर्न थालेका छन् कि( ‘आज मर्जरमा लगेर संख्या घटाउनु थियो भने हिँजो किन नयाँ कम्पनीलाई लाइसेन्स दिएर संख्या बढाएको त रु अधिकार छ भन्दैमा नियामकले चाहीँ जे गरे पनि हुन्छ रु’

हिँजोका दिनमा यति ठूलो संख्यामा बीमा कम्पनीहरुको संख्या बजारले धान्दैन भन्ने जान्दा जान्दै पनि कुनै अमूम कम्पनीलाई लाइसेन्सद दिने ध्याउन्नमा बीमा समितिको नेतृत्वले नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो भन्ने आरोपलाई बीमा समितिका पछिल्ला गतिविधिले त्यो आरोप सत्य हो कि भन्ने संका गर्ने प्रसस्तै ठाउँहरु दिएको छ ।

राजधानीमा बुधबार भएको बीमा सम्बन्धी एक कार्यक्रममा सरोकारवालाहरुले यस्तै प्रश्न गरे । बीमा कम्पनीको मर्जर, आवश्यकता र चुनौति विषायक अन्तक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईंले कुनैबेला नयाँ कम्पनीलाई लाइसेन्स दिनु आवश्यक भएजस्तै अहिले बीमा कम्पनीहरुको मर्जर आवश्यक भएको बताएपछि सरोकारवालाहरुले उनलाई यस्ता प्रश्न गरेका हुन् ।

कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मनोहर दास मुलले एक पटक पनि छलफल नगरी बीमालाई मर्जरमा लैजान नहुने बताए ।

‘बीमा छलफल नै फोर्स मर्जरको कुरा आएको छ, हामी यसमा सहमत हुन सक्दैनौं,’ मुलले भने, ‘निजी क्षेत्रलाई कुनै पनि निकायले धेरै दबाब दिन हुँदैन ।’

उनले थपे, ‘लाईसेन्स दिनुअघि पनि कुनै अध्ययन गरिएने र अहिले मर्जरको समयमा पनि कुनै अध्ययन गरिएको छैन । यो दुखद कुरा हो ।’
मर्जरमा जान चाहनेलाई छोडिदिनु पर्ने तर दबाब नै दिएर मर्जरमा जान नहुने उनको भनाई थियो ।

कार्यक्रममा पुष्पदास श्रेष्ठले एक वर्षअघि धेरै संख्या थप्ने अनि अहिले तिनै कम्पनीलाई मर्जरमा लैजानु पर्ने आवश्यकताको बारेमा जानकारी गराउन आग्रह गरे ।

‘एक वर्षअघि संख्या थप्न नयाँ कम्पनीलाई लाइसेन्स दिने अनि अहिले आएर संख्या घटाउन मर्जरको कुरा गर्ने रु’ श्रेष्ठले प्रश्न गरे ।

बीमा क्षेत्रमा धेरै प्रतिस्पर्धा भएको हो भने समितिले प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाई छ ।

‘अनुगमन गर्ने संस्था अलि कमजोर भएको अनुभव भइरहेको छ, अनुगमन गर्ने संस्था र अनुगमन गर्न आउनेको क्षमता र दक्षता विकास गर्न आवश्यक देखिन्छ,’ उनले भने ।

अहिले बीमा कम्पनीहरुले एनएफआरएस प्रणालीका कारण पुँजी पुग्न नसकेको भन्ने गुनासो आए पनि आफू त्यो मान्न तयार नभएको बीमा समितिका अध्यक्ष चापागाईंले बताए ।

‘हामीले यो कुरा सबै बीमा कम्पनीहरुलाई पहिले नै जानकारी गराएका थियौं,’ चापागाईंले भने ।

कार्यक्रममा बीमा विज्ञ रविन्द्र घिमिरेले बीमा कम्पनीहरुको पुँजी नपुगेको कारण पनि मर्जरको चर्चा भएको भन्दै रातारात पुुँजी पुर्याए भने त्यो अवस्थामा के गर्ने रु भन्दै प्रश्न उठाए ।

अहिले बीमा क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत ९सिइओ० अभाव भएको कारण देखाउँदै मर्जरको चर्चा चलेको बताए ।

उनले भने ‘बीमा क्षेत्रमा सिइओ छैनन् भनेर भनिन्छ, तर कतिपय व्यक्तिलाई मैले अब तपाई कुन कम्पनीमा जानुहुन्छ भनेर सोध्दा सबैले आफ्ना र चिनेको मान्छृे मात्र लैजान्छन्, हामीलाई खै कसले स्थान दिन्छ र भन्ने गर्नु भएको छ ।’

बीमा क्षेत्रमा आफ्ना मान्छेमात्र सिइओमा राख्ने अनि मान्छे पुगेन भन्ने गरिएको छ, यसमा बीमा समितिको भूमिका के हुने भन्ने महत्वपूर्ण सवाल रहेको उनको भनाई छ ।

कार्यक्रममा उनले बीमा कम्पनीहरु मर्जरमा जाँदा घाटा भने नलाग्ने धारणा राखे ।

‘मर्जर भएको खण्डमा दुई फरक संस्थाका कर्मचारीबीच मन मिल्नुपर्छ ’ उनले भने ‘मन नमिलेको खण्डमा कम्पनी नै डामाडोल हुने अवस्थामा पुग्छ ।’

नेपालमा बीमा कम्पनीहरु मर्जरमा जाने हल्ला चलेपनि कति कम्पनी चाहिने हो भन्ने आधार नरहेको उनको भनाई छ ।

‘संस्था मर्जरमा जाने हो भने कति संस्था आवश्यक छ, त्यो कसरी थाहा पाउने, जनसंख्याको आधारमा हेर्ने हो की जीडीपीलाई आधार मान्ने हो त्यसमा क्लियर हुनु आवश्यक छ,’ उनले भने ।

उनले अहिले भएको बीमा कम्पनीको संख्या खासै धेरै नभएको उनको तर्क छ । सरकारले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेर १०० प्रतिशत बीमा आवश्यक छ भन्यो भने अहिलेका कम्पनी नै अपुग हुने उनको तर्क छ । विज्ञ घिमिरेका अनुसार अहिले एक बीमा कम्पनीले औसतामा १५ लाख नेपालीलाई सेवा दिइरहेको बताए ।

बीमा कम्पनीहरु मर्ज हुनको लागि समितिले विशेष छुट दिने भनेपनि मर्जर भएपनि कम्पनीहरु डुबेको खण्डमा जवाफदेही को हुने भन्ने विषय निकै पेचिलो रहेको उनको तर्क छ ।

विदेशमा बीमाले बैंक चलाउँछन्, नेपालमा बैंकले बीमा चलाउने गरेको धारणा राखे । उनले विदेशमा बीमालाई धेरैले विश्वास गर्ने र नेपालमा बीमा भन्दा पनि बैंकलाई बढी विश्वास गर्ने गरेको उल्लेख गरे ।

अब नेपालमा पनि बीमाको दिर्घकालीन विकास गर्ने कामलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे । नेपालमा अहिले पनि बीमा व्यवसाय नाबालक नै रहेको अवस्थामा बिहे गर्न नहुने उनको तर्क छ ।

‘नाबालकको बिबाह गरेपछि के हुन्छ रु’ उनले प्रश्न गरे ।

कार्यक्रममा पुर्वअर्थसचिव विमल वाग्लेले बीमा कम्पनीहरु मर्जरमा जान हतार गर्न नहुुने बताए । अहिले बीमा व्यवसाय सानो भएपनि बिस्तारै बढ्दै जाने उनको भनाई छ ।

अहिले हतार गरेर मर्जरमा जान दिनु भन्दा पनि केही समय बीमा कम्पनीका खेल खेल्न दिने र त्यो खेल हेरेर मात्र मर्जरमा जान दिनुपर्ने उनले बताए ।

‘अहिले मर्जरमा जान चाहनेलाई ढोका खोलौं, आउनेलाई स्वागत गरौं,’ उनले भने ।

एनएफआरएसले अधिकाशं बीमा कम्पनीले साधारणसभा गर्न सकेनन्, यो वर्ष सेयरधनी हिस्सै

सोभित थपलिया
काठमाडौं । नेपालमा रहेका जीवन तथा निर्जीबन बीमा कम्पनी मध्ये अहिलेसम्म ३ वटा जीवन बीमा कम्पनीले मात्र साधारण सभा सम्पन्न गरेका छन् ।

साधारण सभा सम्पन्न गर्ने बीमा कम्पनीमा नेपाल लाइफ र सानिमा लाइफ इन्स्योरेन्स रहेका छन् । यस्तै ३ वटा बीमा कम्पनीले साधारण सभा गर्नको लागि बीमा समितिबाट अनुमति पाइसकेका छन् । १९ जीवन बीमा कम्पनीमा १४ वटाको भने अझै पनि आर्थिक वर्ष २०७४र७५को वित्तीय विवरण अझै पनि बीमा समितिमा बुझाउन सकेका छैनन् ।

यता सञ्चालनमा रहेको २० वटा निर्जीबन बीमा कम्पनीहरु मध्ये ८ वटा कम्पनीले साधारण सभाको लागि समितिबाट अनुमति पाएका छन् । बीमा समितिका अनुसार ६ वटा निर्जीबन बीमा कम्पनीले वित्तीय विवरण पेश गरेका छन् । ती कम्पनीहरुको विवरण अध्ययन भइरहेको बीमा समितिले जनाएको छ । तर ६ वटा कम्पनीले वित्तीय विवरण पेश गरेका छैनन् ।

जीवन तथा निर्जीबन बीमा कम्पनीसहित २० वटाले बीमा कम्पनीले बीमा समितिमा विवरण अझै बुझाएका छैनन् । समितिका अनुसार बीमा समितिका केही कम्पनीले जेठमा नै र केही कम्पनीले भने असारमा वित्तिय विवरण बुझाएका छन् ।

अधिकांशले असारमा वित्तीय विवरण बुझाएको समितिले जनाएको छ । समितिमा विवरण नबुझाउनेमा १४ वटा त जीवन बीमा कम्पनी नै रहेका छन् । यता विवरण पेश नगर्ने निर्जीबन बीमा कम्पनीमा ६ वटा रहेका छन् ।

बीमा कम्पनीहरुले सामान्यतथा आर्थिक वर्ष सकिएको ६ महिना भित्रमा साधारण सभा गरिसक्नु पर्ने हो तर एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण समयमा नै बुझाउन नसक्दा समयमा नै साधारण सभा गर्न नसकेका हुन् ।

बीमा कम्पनीहरुले पुरानो शैली र एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण बुझाउनु पर्ने भएकोले असारमसान्तसम्म साधारण सभा गर्नुपर्छ । बीमा समितिमा विवरण बुझाएको ६० दिनभित्र साधारण सभा सम्पन्न गरिसक्नु पर्ने समितिले जनाएको छ ।
https://clickmandu.com/2019/07/88122.html

घातक रोगमा उपचारमा बीमा गराउन बीमा कम्पनीबीच प्रतिस्पर्धा

सोभित थपलिया
काठमाडौं । पछिल्लो समयमा बीमा कम्पनीहरुले जीवन बीमा गर्दा घातक रोगको बीमा गराउने लाभ दिन थालेका छन् ।

नेपालमा कायम रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमा लाइफ इन्स्योरेस कर्पोरेशन नेपाल र बीमा संस्थाले बीमा गर्नेहरुलाई यो लाभ दिएका छैनन् भने बाँकी सबै जीवन बीमा कम्पनीहरुले सुविधा दिन थालेका छन् ।

बीमा कम्पनीहरुको यो नयाँ बीमा योजना नभएर बीमा योजनाभित्रको लाभ हो । यो लाभ अन्तर्गत विभिन्न रोगहरुको बीमा हुने गरेको छ ।

यो लाभ १८ वर्षदेखि माथिकाले लिन पाउने छन् भने यसलाई स्वेच्छिक रुपमा लिन सकिने छ । तर यसको लागि उमेरअनुसार तिर्ने प्रिमियममा फरक पर्ने बीमा कम्पनीहरुले जनाएका छन् ।

यतिबेला सबै बीमा कम्पनीहरुले बीमा लेख खरीद गर्ने कसलै पनि बीमितले आर्थिक अभावमा मृत्युवरण र उपचार खर्च बापत बरबार समाप्त हुने जोखिमको अन्त्य हुने विश्वसका साथ यो लाभको योजना सुरु गरेको जनाएका छन् ।

घातक रोगका लागि ५० लाखसम्मको बीमा हुँदै आएको छ ।

घातक रोगहरुमा कडा प्रकृतिको क्यान्सर, ओपन चेस्ट सिएबिजि, कडा प्रकृतिको पहिलो हृदयघात, निरन्तर डायलासिसको आवश्यकता पर्ने गरी भएको मृगौला विफलता ९किड्नी फेलर०, बोन म्यारो प्रत्यारोपण, स्थायी लक्षणको रुपमा देखिएको मष्तिष्क घात, स्थायी रुपले भएको हातखुट्टाको पक्षघात, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरुको मर्मतका लागि हुने गरेको छ ।

साथै अन्तिम चरणको कलेजो रोग, बोल्ने क्षमता गुमेमा, मेजर बर्न ९पोलेको०, विशेष कडा प्रकृतिको कोमा, ५० वर्ष उमेर अघिको अल्जाइमर्स, ५० वषए उमेर अघि सम्मको पर्किन्सन्स, बहिरोपना, निरन्तर लक्षणसहितको मल्टिपल स्क्लेरोसिस, बेनाइन ब्रेन ट्युमर जस्ता रोगहरु रहेका छन् ।

अन्य देशमा लामो समयदेखि यो लाभ सुरु भएपनि नेपालमा भने नयाँ हो छ । यो नयाँ लाभ भएपछि सबै बीमितहरु यो लाभ लिने पाउने वा नपाउने भन्ने विषयमा चर्चा पनि सुरु भएको छ ।

बीमा समितिका एक अधिकारीका अनुसार अब बिमीतहरु पहिला भन्दा निकै जानकार रहेकाले उनीहरुले नै आफूले कुन–कुन लाभ पाउने हो भन्ने चासो राख्ने गरेका छन् ।

अधिकारीले भने, ‘अब बीमा कम्पनीहरुले बीमा गराउँदा लाभ दिन्छु भन्ने पछि विभिन्न बाहना बाजी गर्ने समय छैन, बीमित निकै सचेत बनिसकेका छन् ।’

बीमामा अपराधिक मानसिकता, परिवारका सदस्यको हत्या गर्न बीमा गराउने प्रवृत्ति बढ्यो

सोभित थपलिया 
काठमाडौं । पोखरा पर्यटनका लागि निकै चर्चित ठाउँ हो । प्रकृतिको उपहार जस्तै लाग्ने पोखरा पर्यटकीय दृष्टिले जति चर्चित छ त्यसमा त्यहाँको मौसम र भौगोलिक बनावटले पनि उत्तिकै साथ दिएको छ ।

राजधानी र अन्य ठाउँका मानिससँग विदेशीका लागि पनि पोखरा नगइ नहुने शहर जस्तै हो । सधै आफ्नो रुपको बयानमा अनेकन उपमा जोडिएर आउने पोखरा यस पटक भने नराम्रो समाचारमा सञ्चारमाध्यममा छायो ।

पोखराको एउटा घटनाले पोखरा मात्र नभएर समग्र बीमा क्षेत्रलाई नै त्रसित बनाएको छ । बीमा क्षेत्रमा हुने कमै अप्रत्यासित घटनाको अध्ययन गर्ने हो भने विश्वस्तरिय अध्ययनको विषय पनि बनेको छ ।

र त्यो घटना हो कास्की जिल्लाको पोखरास्थित चिप्लेढुङगाको । चिप्लेढुङगामा मोबाइल व्यवसाय गर्दै आएका रमेश नेपालीले बीमाको रकमका लागि श्रीमतीको हत्या गरे ।

सुरुमा उनले श्रीमतीको नाममा १ करोड रुपैयाँको बीमा गरे, त्यो एक करोड रुपैयाँ लिन पनि श्रीमतीको हत्या नै गरे । उनको योजना भने बीमाको रकम १ करोड रुपैयाँ लिने र अर्को घरजम गर्ने रहेछ ।

तर नेपालीको सपना पूरा हुन सकेन । नेपालीले गत फागुन २९ गते श्रीमतीको युनियन लाइफ इन्स्योरेन्समा एक करोडको बीमा गरे । श्रीमती लक्ष्मी नेपालीको बीमा गरेपछि उनी मरेको खण्डमा बीमा बापतको रकम आउँछ र त्यो रकमले प्रेमिकासँग घरजम गर्ने उनको योजना थियो ।

अपराधिक मानसिकताले बुनिएको त्यो घटनाले साकार त पाएन तर यसले बीमा क्षेत्रमा भने डरलाग्दो भविष्यबारे एकपटक सोच्न बाध्य बनायो ।

श्रीमतीको मृत्यु भएपछि प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान गर्यो । श्रीमतीको हत्या प्रेमिकासँग मिलेर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेपालीले आफ्नी श्रीमतीको बीमा युनियन लाइफ इन्स्योरेन्सको पोखरास्थित शाखा कार्यालयबाट लमजुङ बेसीशहरका अविनाश श्रेष्ठमार्फत गरेका थिए ।

श्रेष्ठले रमेश नेपालीको नाममा १७ लाख र उनको श्रीमती लक्ष्मी नेपालीको नाममा एक करोड रुपैयाँको बीमा गराएका थिए । बीमा गरेपछि उनीहरुले पहिलो प्रिमियम पाँच लाख रुपैयाँ तिरी सकेका थिए ।

पोखराको घटना जस्तै अपराधिक प्रकृतिको घटना हालै रौतहटमामा पनि देखियो । जहाँ बाबुले बीमा बापतको पैसा लिनका लागि ४ वर्षीय छोरीको हत्या गरे ।

रौतहट मौलापुर–६ निवासी ३९ बर्षिय राम किशोर राय यादवले ४ वर्षे छोरीको बीमा गरेर उक्त बीमा रकम दाबी गर्न हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
यी दुई बीमा क्षेत्रका लागि अप्रत्यासित घटना थिए । बीमाको रकमका लागि पहाड र तराईका यी दुई प्रतिनिधी घटनालाई केलाउने हो भने यो निकै गम्भीर देखिन्छ । बीमाको पैसा असुल्न अपराधिक मानसिकता हावी हुनु सामाजिक सुरक्षाका दृष्टिले निकै गम्भीर विषय हो ।

यी दुई घटनापछि अहिले बीमा क्षेत्रमा नेपाली उखान जस्तो ‘बुढी मरी भन्दा पनि काल पल्केला भन्ने डर भयो’ भन्ने जस्तै भएको छ ।

बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पौडेलले बीमा गर्दा सबैको आयस्रोत हेर्नुपर्ने, कस्तो मान्छेले बीमा गर्न लागेको छ त्यो पनि राम्रोसँग जान्नुपर्ने बताउँछन् ।
बीमा गर्ने बाहनामा आयस्रोत नभएकाले पनि बीमा गरेको खण्डमा यस्ता घटना घट्न सक्ने उनको बुझाइ छ । त्यसैले कम्पनीहरुले सकेसम्म मानसिकता पहिल्याउनु जरुरी रहेको उनको भनाइ छ ।

यता युनियन लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० मनोजलाल कर्ण यस्ता घटनाबाट सबै सचेत हुनु आवश्यक रहेको बताउँछन् ।

पछिल्लो समयमा भएका यी घटनामा दाबी भुक्तानी गरेको खण्डमा आगामी दिनमा अपराध बढने भएकाले कुनै पनि घटनाले दाबी भुक्तानी नपाउने उनको तर्क छ ।
उनले भने ‘यस्ता घटनामा दाबी भुक्तानी गर्दा पैसा पाइने रहेछ भनेर झन बिकृती फैलन सक्छ, त्यसैले हामी चनाखो हुनुपर्छ ।’

कर्ण पोलिसी बढेसँगै यस्ता घटना पनि बढन सक्ने बताउँछन् । तर यस्ता घटना आएपछि चुपचाप बस्न नहुने र यस्ता घटना हुन नदिन अभिकर्तालाई पनि सोही अनुसार दक्ष बनाउन आवश्यक रहेको बताउँछन् ।’

कर्मचारी अफिसमा हुने तर अभिकर्ता सबै बीमितको घरमा नै हुने भएकाले सबैले अभिकर्तालाई सचेत बनाउन सकेको खण्डमा आगामी दिनमा यस्ता घटना कम हुँदै जाने कर्णको भनाइ छ ।

आफू आबद्ध रहेको इन्स्योरेन्सले अहिलेसम्म बीमा गर्दा बीमितले प्रिमियम तिर्न सक्छ की सक्दैन रु उसको आर्थिक अवस्था कस्तो छ भनेर अध्ययन गरेर मात्रै बीमा गर्ने गरेको उनले दाबी गरे ।
https://clickmandu.com/2019/07/89306.html

राष्ट्र बैंकको नजरमा कुन बैंकमा कति जोखिम, कसलाई कति क्यापिटल चार्ज लगायो (सूचिसहित)

काठमाडौं । जोखिम बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई मर्जर तथा एक्विजिसनमा जान तीब्र दबाब दिएको छ । बैंकहरु एग्रेसिभ हुँदा जोखिम बढेको राष्ट्र बैंकको निष्कर्श छ ।

‘राष्ट्र बैंकको अन साइड र अफ साइड इन्स्पेक्सन्सले बैंकहरुमा जोखिम बढेको देखियो, हामीले बासल(३ को नियमअनुसार बैंकहरुलाई विभिन्न शीर्षकमा क्यापिटल चार्ज लगाएका छौं,’ राष्ट्र बैंकको सुपरिभिजनका एक निर्देशकले क्लिकमाण्डूसँग भने, ‘बैंकहरुमा जोखिम बढेपछि वित्तीय क्षेत्र संकटमा नपरोस् भनेर मर्जरमा जान दबाब दिनु परेको हो ।’

जोखिमका विषयमा राष्ट्र बैंकले विभिन्न ११ शीर्षकमा बैंकहरुलाई क्यापिटल चार्ज लगाउन सक्छ । यसरी राष्ट्र बैंकले लगाएको क्यापिटल चार्ज बैंकहरुले पुँजीकोष अनुपात गणना गर्दा जोड्नुपर्छ । यसरी जोड्दा बैंकहरुको पुँजी अनुपातमा नकरात्मक असर गर्छ ।

यी १३ बैंकलाई मर्जरमा जान तीब्र दबाब, कुन कुन हुन् ती रु ९सूचिसहित०



बासल(३ लागू भएपछि बैंकहरुले वित्तीय विवरण प्रकाशित गरेरसँगै बासेल डिस्कोलजर पनि सार्वजनिक गर्नुपर्ने हुन्छ । उक्त बासल डिस्कोलजरमा राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अनसाइट र अफसाइट अध्ययन गरेर जोखिम व्यवस्था गर्न दिएको निर्देशनअनुसार जोखिमको व्यवस्था गरेको रिपोर्ट पनि उल्लेख गर्नुपर्ने हुन्छ ।

हामीले यो रिपोर्ट बैंकहरुले चैत मसान्तसम्मको प्रकाशित गरेको बासल डिस्कोलजरबाट तथ्यांकले लिएर तयार पारेका हौं ।

बैंकहरुको बासल डिस्कोलजर हेर्दा आधा दर्जन बढी बैंकले निकै बढी जोखिम लिएको देखिन्छ ।

जोखिम न्यूनिकरण गर्न बिग मर्जरः गभर्नर

राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीबी नेपालले बैंकहरुमा जोखिम बढेको भन्दै जोखिम न्यूनिकरणका लागि बिग मर्जर गराउने नीति लिनुपरेको बताउँदै आएका छन् ।

थोरै पुँजी कारण सानो जोखिम आउँदा नै बैंकहरुले ठूलो समस्यामा पर्नसक्ने भन्दै ०७२ साउन ५ गतेको मौद्रिक नीतिमार्फत गभर्नर डा। नेपालले वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ४ गुणाले बढाएर ८ अर्ब रुपैयाँ पुर्याउने नीतिगत व्यवस्था गरेका थिए । अहिले सबै बैंकले तोकिएको चुक्ता पुँजी पुर्याइसकेका छन् । यद्यपि बैंकहरुको जोखिम भने घट्न सकेको छैन ।

‘जोखिम न्यूनिकरण गर्दै नेपाली बैंकहरु बलियो भएर विकसित देशहरुमा शाखा स्थापना गरी कारोबार गर्न सक्ने हैसियतमा पुगुन भनेर बिग मर्जर गराउन खोजिएको हो,’ केही दिनअघिको एक सार्वजानिक कार्यक्रममा गभर्नर डा। नेपालले भनेका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सबैभन्दा कम जोखिम

राष्ट्र बैंकको सुपरिभिज विभागका अनुसार नेपालमा सञ्चालित २८ वटा वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्डले सबैभन्दा कम जोखिम लिएर काम गरेको छ । राष्ट्र बैंकले चार्टर्डलाई सञ्चालन जोखिममा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

स्मरण रहोस्, स्ट्यान्डर्ड चार्टर्ड बैंक संसारकै केही उत्कृष्ट बैंकहरुमध्ये एक हो ।

बैंकहरुले पैसाको व्यवसाय गर्छन् । त्यसकारण यो व्यवसाय अरु व्यवसायभन्दा बढी संवेदनशील हुन्छ । जसकारण बैंकहरुले जोखिम व्यवस्थापनमा बढी ध्यान दिनुपर्ने हुन्छ ।

बैंक डुब्यो भने आम सर्वसाधारणको निक्षेप पनि डुब्ने खतरा भएकाले संसारभर नै बैंकिङका नियमहरु निकै कडा हुन्छन् ।

माछापुच्छ्रे, एभरेष्ट र एसबिआईमा पनि कम जोखिम

स्ट्यान्डर्ड चार्टर्ड बैंकपछि कम जोखिम लिएर काम गर्ने बैंकको सूचिमा छन्, माछापुच्छ्रे, एभरेष्ट र नेपाल एसबिआई बैंक । राष्ट्र बैंकले यी ३ वटा बैंकलाई सञ्चालन जोखिम र व्यवस्थापन जोखिममा २र२ प्रतिशतले क्यापिटल चार्ज लगाएको छ ।

नविल, इन्भेष्टमेन्ट, एनआइसी एशिया, लक्ष्मी, मेगा र बिओकेमा बराबर जोखिम

चार्टर्ड, माछापुच्छ्रे, एभरेष्ट र एसबिआइपछि राष्ट्र बैंकको नजरमा नविल, इन्भेष्टमेन्ट, एनआइसी एशिया, लक्ष्मी, बैंक अफ काठमाण्डू, मेगा बैंक कम जोखिम लिएर काम गर्ने बैंक हुन् ।

राष्ट्र बैंकले नविल बैंकलाई सञ्चालन जोखिममा ३ प्रतिशत र व्यवस्थापन जोखिममा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ भने इन्भेष्टमेन्ट बैंकलाई सञ्चालन जोखिममा ३ प्रतिशत र व्यवस्थापन जोखिममा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, एनआइसी एशिया बैंकलाई सञ्चालन जोखिममा ३ प्रतिशत र व्यवस्थापन जोखिममा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ । पछिल्लो समय एग्रेसिभ भएर अघि बढेको एनआइसी एशियाले जोखिम व्यवस्थापनमा पनि अहिलेसम्म राम्रो पफर्मेन्स गरेको राष्ट्र बैंकले लगाएको चार्ज प्रष्ट हुन्छ ।

त्यस्तै, लक्ष्मी बैंकलाई सञ्चालन जोखिममा २ प्रतिशत र व्यवस्थापन जोखिममा ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ, भने बैंक अफ काठमाण्डू र मेगा बैंकलाई सञ्चालन जोखिममा ३ र व्यवस्थापन जोखिममा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

सानिमा र प्रभुमा पनि बराबर जोखिम

त्यसैगरी, सानिमा र प्रभु बैंकलाई सञ्चालन र व्यवस्थापन जोखिममा राष्ट्र बैंकले ३र३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ भने सिटिजन्स बैंकलाई सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

जति कम जोखिम, उति राम्रो संस्था

‘राष्ट्र बैंकले विभिन्न किसिमका जोखिममा लगाएको क्यापिटल चार्ज ४र५ प्रतिशत हुनु भनेको राम्रो हो अर्थात् एकदमै कम जोखिम छ भनिएको हो तर त्योभन्दा बढी जोखिम हुनु भनेको राम्रो होइन अर्थात निकै बढी जोखिम छ भनिएको हो,’ एक बैंकरले भने, ‘बढी जोखिम लिने बैंकलाई थप बिजनेश गर्न कठिन हुन्छ । थप बिजनेश गर्न नसकेपछि नाफा बढाउन सकिँदैन । अनि नाफा बढाउन नसकेपछि लगानीकर्तालाई दिने प्रतिफल पनि बढ्दैन ।’

कुमारी र सिद्धार्थमा बराबर जोखिम

त्यस्तै, कुमारी बैंकलाई राष्ट्र बैंकले सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।
सिद्धार्थ बैंकलाई राष्ट्र बैंकले सञ्चालन जोखिममाा ४ प्रतिशत र व्यवस्थापन जोखिममा ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

एनएमबि र सनराइज बैंकको ३ शीर्षकमा जोखिम

एनएमबि बैंकलाई भने राष्ट्र बैंकले ३ शीर्षकमा क्यापिटल चार्ज लगाएको छ । एनएमबिलाई सञ्चालन जोखिममा ३ प्रतिशत, व्यवस्थापन जोखिममा २ प्रतिशत र मार्केट डिसिप्लेन डिस्कोलजरमा २ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, सनराइजलाई पनि ३ शीर्षकमै क्यापिटल चार्ज लगाएको छ । सनराइजलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन जोखिममा १ प्रतिशत, सञ्चालन जोखिममा ३ प्रतिशत र व्यवस्थापन जोखिममा २ प्रतिशत चार्ज लगाएको हो ।

हिमालयन र एनबीले बराबर जोखिम लिए

हिमालयन बैंक र नेपाल बंगलादेश बैंकलाई राष्ट्र बैंकले सञ्चालन जोखिममा ५ प्रतिशत र व्यवस्थापन जोखिममा ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

सरकारी बैंकमा पनि जोखिम उस्तै

त्यसैगरी, पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा ४ प्रतिशत चार्ज लगाइएको छ भने सरकारी लगानीको कृषि विकास बैंकलाई ३ शीर्षकमा क्यापिटल चार्ज लगाइएको छ । कृषि विकास बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन जोखिममा १ प्रतिशत, सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

नेपाल बैंकलाई पनि राष्ट्र बैंकले ३ शीर्षकमा क्यापिटल चार्ज लगाएको छ । नेपाल बैंकलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन जोखिममा १ प्रतिशत, सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा २ प्रतिशत चार्ज लगाएको छ ।

ग्लोबल र सेञ्चुरीमा बराबरले पनि जोखिम लिए

त्यस्तै, सेञ्चुरी बैंकलाई पनि राष्ट्र बैंकले ३ शीर्षकमा क्यापिटल चार्ज लगाएको छ । सेञ्चुरीलाई सम्पत्ति तथा दायित्व व्यवस्थापन जोखिममा १ प्रतिशत, सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा ४ प्रतिशत चार्ज लगाएको छ ।

त्यस्तै ग्लोबल बैंकलाई पनि राष्ट्र बैंकले ३ शीर्षकमा ३र३ प्रतिशतका दरले क्यापिटल चार्ज लगाएको छ । ग्लोबललाई सञ्चालन जोखिममा ३ प्रतिशत, व्यवस्थापन जोखिममा ३ प्रतिशत र मार्केट डिसिप्लेन डिस्कोलजर रिस्कमा ३ प्रतिशत चार्ज लगाएको छ ।

प्राइम, सिभिल, जनता र एनसीसी बैंकले बढी जोखिम लिए

त्यसैगरी, प्राइम बैंकलाई पनि राष्ट्र बैंकले ३ शीर्षकमै क्यापिटल चार्ज लगाएको छ । प्राइमलाई खुद तरल सम्पत्ति जोखिममा ३ प्रतिशत, सञ्चालन जोखिममा ४ प्रतिशत र व्यवस्थापन जोखिममा ३ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

त्यसैगरी, सिभिल बैंकलाई पनि राष्ट्र बैंकले ३ शीर्षकमै क्यापिटल चार्ज लगाएको छ । सिभिललाई सम्पत्ति तथा दायित्व व्यवस्थापन जोखिममा १ प्रतिशत, सञ्चालन जोखिममा ५ प्रतिशत र व्यवस्थापन जोखिममा ४ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।

जनता बैंकलाई राष्ट्र बैंकले ३ शीर्षकमा क्यापिटल चार्ज लगाएको छ । जनतालाई सञ्चालन जोखिममा ४ प्रतिशत, व्यवस्थापन जोखिममा ३ प्रतिशत र मार्केट डिसिप्लेन डिस्कोलजर जोखिममा ३ प्रतिशत चार्ज लगाएको हो ।

त्यसैगरी, एनसीसी बैंकलाई राष्ट्र बैंकले सञ्चालन जोखिममा ५ प्रतिशत र व्यवस्थापन जोखिममा ५ प्रतिशत क्यापिटल चार्ज लगाएको छ ।
https://clickmandu.com/2019/07/89228.html?fbclid=IwAR35p1585bxVAIMUNq5Ym1ZMfqucvCJ2ekm3eS0P9VGuGvuBjeFlp-JzBlo

कुन कम्पनीमा बीमा गर्दा कति बोनस पाइन्छ (सूचिसहित)

सोभित थपलिया 
काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी मध्ये १३ वटा बीमा कम्पनीको बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले सार्वजानिक गरेको बोनस दरका आधारमा तपाईंले बीमा गर्दा कम्पनी छान्न सक्नुहुने छ ।

बीमा गर्नुको पहिलो उद्देश्य जोखिमको न्यूनिकरण हो भने दोस्रो त्यसबाट आउने रिटर्न वा बोनस दर हो ।

१३ वटा कम्पनीहरुले आर्थिक वर्ष २०७४र७५ का लागि बोनस दर सार्वजनिक गरेका हुन् । बोनस दर सार्वजनिक गर्ने बीमा कम्पनीहरुमा नेपाल लाइफ, सूर्या, लाइफ इन्स्योरेन्स कर्पोरेशन, मेट, प्रभु, सन नेपाल, आइएमई लाइफ, ज्योति लाइफ, रिलायन्स, सानिमा, सिटिजन्स, गुँरास र नेशनल लाइफ इन्स्योरेन्स कमपनी रहेका छन् ।

बोनस दर सार्वजनिक गरेका कम्पनीमध्ये केहीले अधिकांशले बीमितहरुलाई प्रतिहजार ८७ रुपैयाँसम्म बोनस दर दिने भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफले बीमा अवधि अनुसार न्यूनतम ६५ रुपैयाँ देखि अधिकत्तम ८२ रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

नेपाल लाइफले २१ देखि २५ वर्ष सम्म बीमा योजनाका लागि ७२ रुपैयाँ र बीमा अवधि २५ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि ८२ रुपैयाँ बोनस दिने जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले बीमा अवधि अनुसार न्यूनतम प्रति हजारमा ३८ रुपैयाँ देखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दिने भएको छ ।
सूर्याले २५ देखि २९ वर्षलाई ६३ रुपैयाँ र ३० वर्ष वा सो भन्दा माथि भएका बीमा योजनामा ७३ रुपैयाँ बोनस दिने जनाएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन

यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनले बीमा अवधि अनुसार न्यूनतम प्रति हजारमा ६६ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोसन दिने जनाएको छ । २५ वर्ष वा सो भन्दा माथि भएका बीमा योजनामा ८० रुपैयाँ बोनस दिने जनाएको छ ।

मेट लाइफ

मेट लाइफ इन्स्योरेन्सले पनि बीमा अवधि अनुसार बोेनस दर सार्वजनिक गरेको छ । जसमा बीमितलाई प्रति हजारमा ५० देखि ८५ रुपैयाँसम बोनस पाउने छन् । मेट लाइफले २१ वर्ष वा सो भन्दा माथि भएका बीमा योजनामा ८५ रुपैयाँसम्म बोनस दिने जनाएको छ । बढी बोनस दिने बीमा कम्पनीमा दोस्रो स्थानमा मेट लाइफ रहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स

प्रभु लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम ३० देखि अधिकत्तम ७० रुपैयाँ बोनस दिने छ । २५ बर्ष वा सो भन्दा माथि बीमा अवधि भएका बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दिने छ ।

सन नेपाल लाइफ

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार न्यूनतम २० देखि अधिकतम ७० रुपैयाँ बोनस दिने जनाएको छ । इन्स्योरेन्सले २५ वर्ष वा सो भन्दा माथि बीमा अवधि भएमा बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्युनतम २५ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । आइएमईले २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधि भएका बीमा योजनाको लागि ७० रुपैयाँ बोनस दिन बीमा समितिबाट अनुमति पाइसकेको छ ।

ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । ज्योतीले २५ वर्ष वा सो भन्दा माथिको बीमा अवधि भएका बीमा योजनामा लागि ७० रुपैयाँ बोनस दिने जनाएको छ । २० देखि २४ वर्ष अवधि भएका बीमा योजनामा ५५ रुपैयाँ बोनस दिन बीमा समितिबाट अनुमति लिएको छ ।

रिलायन्स लाइफ इन्स्योरेन्स

रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ३५ देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको हो । यसको लागि नियामक निकाय बीमा समितिबाट पनि अनुमति लिइसकेको छ ।

रिलायन्सले २५ वर्ष वा सो भन्दा माथिको बीमा योजनामा ७० रुपैयाँसम्म बोनस दिने भएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स

सानिमा लाइफ इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ३५ देखि ६५ रुपैयाँसम्म बोनस दिने भएको छ । इन्स्योरेन्सले २५ वर्ष वा सोभन्दा माथिको बीमा योजनामा ४० रुपैयाँसम्म बोनस दिन बीमा समितिबाट अनुमति पाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुलाई नयाँ बोनस दिन बीमा समितिबाट स्वीकृति लिएको छ । सिटिजनले प्रतिहजार न्यूनतम ४० देखि अधिकतम ७० रुपैयाँसम्म बोनस दिने जनाएको छ । सिटिजनले ३० वा सो भन्दा माथिको बीमा योजनालाई ७० रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

गुराँस लाइफ इन्स्योरेक्स

गुराँस लाइफ इन्स्योरेक्स कम्पनीले बीमितहरुलाई दिने बोनस दर सार्वजनिक गरेको छ । गुराँसले प्रतिहजार न्यूनतम ५१ देखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दिने जनाएको छ । बोनस दर सार्वजनिक गरेका १३ वटा बीमा कम्पनी मध्ये सबै भन्दा बढी बोनस दिनेमा गुँरास नै रहेको छ । गुराँसले २५ वर्ष वा सो भन्दा माथिको बीमा योजनालाई ८७ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेक्स कम्पनीले बीमितहरुलाई दिने बोनस दर सार्वजनिक गरेको छ । नेशनलले प्रतिहजार न्यूनतम ६३ देखि अधिकतम ८२ रुपैयाँसम्म बोनस दिने जनाएको छ । बोनस दर सार्वजनिक गरेका १३ वटा बीमा कम्पनी यो पनि धेरै बोनस दिनेमध्येमा नै रहेको छ ।

नेशनलले २६ वर्ष वा सो भन्दा माथिको बीमा योजनालाई ८२ रुपैयाँसम्म बोनस दिने जनाएको छ । अरु कम्पनीहरुको पनि बोनस दर आउने क्रममा रहेको बीमा समितिले जनाएको छ ।
https://clickmandu.com/2019/07/89133.html?fbclid=IwAR1aZicBQ9D5N-Z-v7ojcIMQ6QRoAjMWwVYXkK4PLBO8Htlf8jlJQUDOHu0

काठमाडौं महानगरपालिकाले बजेटमा भएको त्रुटी सच्याउने, आकार नै परिवर्तन हुन सक्ने

सोभित थपलिया 
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि विनियोजन गरेको बजेटमा त्रुटी नै त्रुटी भएपछि त्यस्ता त्रुटी सच्याउने भएको छ ।

महानगरपालिकाले असार १० गते आगामी आवको लागि प्रस्तुत गरेको बजेटमा गम्भिर त्रुटी पाएको र उक्त त्रुटी सच्याउने प्रवक्ता इश्वरमान डंगोलले बताए ।


‘बजेटमा गम्भिर त्रुटी भएको रहेछ, त्यो त्रुटि सच्याउने, अंकमा पनि त्रुटी भएको रहेछ, त्यो पनि हामी सुधार्छौ,’ डंगोलले बताए ।

बजेटमा यति गम्भिर त्रुटी कसरी भयो भन्ने प्रश्नमा उनले भने ‘हैन, अब जे नहुनु भयो, हामीले यसलाई निकै गम्भिरताका साथ लिएका र्छौै, १० गते प्रस्तुत गरेको बजेटको १८ गतेदेखि छलफल हुन्छ, छलफलका क्रममा सबै सच्चिन्छ ।’

१८ गतेबाट हुने छलफलमा देखिएको त्रुटी सच्चिने र बजेटको आकार समेत परिवर्तन हुन सक्ने उनको भनाई छ । महानगरपालिकाले आगामी आवको लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले आगामी आव २०७६–७७ का लागि विनियोजन गरेको बजेटमा चालु आवको विनियोजित १३ अर्ब २ करोड १२ लाख ३७ हजारको तुलनामा आगामी आवको लागि १९ प्रतिशतले बढी रहेको उल्लेख छ ।

तर १९ प्रतिशतले बढाउँदा १५ अर्ब ४९ करोड ५२ लाख ७२ हजार ३० रुपैयाँ हुन्छ । महानगरले सार्वजनिक गरेको बजेटभन्दा १९ प्रतिशतले वृद्धि गरी हुन आउने रकम १ करोड १७ लाख ३९ हजार ९७० रुपैयाँले पुग्दैन ।

यस्तै महानगरपालिकाले १ सय प्रतिशत होइन १०१ प्रतिशत बजेट ल्याएको छ । आर्थिक विकासको लागि ४ प्रतिशत छुट्याइएको छ ।

सामाजिक विकास अन्तर्गत २४ प्रतिशत, पूर्वाधार विकास अन्तर्गत ३९ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत ४ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन अन्तर्गत २३ प्रतिशत र जग्गा विकासको लागि बिनियोजित बजेटमध्ये ७ प्रतिशत रहेको छ ।

यो सबै जोड्दा महानगरपालिकाको बजेट प्रतिशतका हिसाबले हेर्दा १०१ प्रतिशत पुग्छ । यसर्थ विनियोजित बजेटमा १ प्रतिशत बजेट थपिदाँ १५ करोड ७० लाख ७० हजार १२० रुपैयाँ बढी हुनुपर्ने हो ।

महानगरले ल्याएको बजेटलाई प्रतिशतमा हेर्ने हो भने यो १५ अर्ब ५० करोड ७० लाख १२ हजार होइन १५ अर्ब ६६ करोड २० लाख ८२ हजार १२० रुपैयाँ हुन आँउछ ।

यस्तै महानगरपालिकाले आगामी आवको लागि ल्याएको बजेटमा व्यय र आय पनि मिलेको छैन । महानगरले व्यय र आयलाई १०० प्रतिशत रहेको जनाएपनि वास्तवमा भने ९९.९९ प्रतिशत मात्रै रहेको छ ।

दुवै शीर्षकमा ०।०१ प्रतिशत अपुग छ । यो भनेको विनियोजित बजेटको १५ लाख ५० हजार ७०१ रुपैयाँको फरक हो ।

मेयर विद्यासुन्दरले ल्याएको बजेटमा त्रुटी नै त्रुटी !

सोभित थपलिया 
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६–७७ का लागि बिनियोजन गरेको बजेटमा त्रुटि नै त्रुटि भेटिएको छ । राष्ट्रिय सभा गृह काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निर्धारित समय भन्दा डेढ घन्टापछि भए पनि निकै तामझामका साथ मंगलबार बजेट बिनियोजन गरिन् ।

त्रुटी–१

खड्कीले आगामी आवका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिन् ।
उनले बजेट भाषण गर्ने क्रममा चालु आवको बिनियोजित १३ अर्ब २ करोड १२ लाख ३७ हजारको तुलनामा आगामी आवको लागि १९ प्रतिशतले बढी बजेट भएको बताइन ।

तर यो त्रुटीपूर्ण छ । किनभने गत वर्षको विनियोजित बजेटमा १९ प्रतिशतले बढाउँदा १५ अर्ब ४९ करोड ५२ लाख ७२ हजार ३० रुपैयाँ हुन्छ । महानगरले सार्वजनिक गरेको बजेटभन्दा १९ प्रतिशतले वृद्धि गरी हुन आउने रकम १ करोड १७ लाख ३९ हजार ९७० रुपैयाँले पुग्दैन ।

त्रुटी–२

यतिमात्र होइन काठमाडौं महानगरपालिकाले १ सय प्रतिशत होइन १०१ प्रतिशत बजेट ल्याएको देखिएको छ । जुन कुरा सुन्ने जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर अचम्म मान्नुपर्दैन, यो सत्य हो ।

कसरी हो भने योजना कार्यक्रम तथा बजेटमा आर्थिक विकासको लागि उद्योग तथा वाणिज्य, कृषि, पर्यटन, वित्तीय क्षेत्र र सहकारीको लागि कुल बिनियोजित बजेटको ४ प्रतिशत छुट्याइएको छ ।
त्यस्तै, सामाजिक विकास अन्तर्गत खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृती प्रबद्र्धका लागि बिनियोजित बजेटमध्ये २४ प्रतिशत रकम छ ।

पूर्वाधार विकास अन्तर्गत उर्जा, भवन तथा सहकारी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारको क्षेत्रमा विनियोजित बजेटमध्ये ३९ प्रतिशत रकम छ ।

महानगरले वातावरण तथा विपद व्यवस्थापन अन्तर्गत वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोर मैला व्यवस्थापन, ल्याण्डफिल साइटको व्यवस्थापन वन तथा भू–संरक्षण, वारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका क्षेत्रलाई बिनियोजित बजेटको ४ प्रतिशत रकम बिनियोजन गरेको छ ।

त्यस्तै, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन अन्तर्गत नागरिक वडापत्र, मानव संसाधन विकास, सूचना प्रविधि, सुरक्षा व्यवस्थापन, सेवा प्रवाह, राजश्व परिचालन, पुँजीगत सम्पतिको सञ्चालन र सम्भार खर्च आन्तरिक ऋणको ब्याज आदिको लागि बिनियोजित बजेटको २३ प्रतिशत र जग्गा विकासको लागि बिनियोजित बजेटमध्ये ७ प्रतिशत रहेको छ ।

यो सबै जोड्दा महानगरपालिकाको बजेट प्रतिशतका हिसाबले हेर्दा १०१ प्रतिशत पुग्छ ।
यसर्थ बिनियोजित बजेटमा १ प्रतिशत बजेट थपिदाँ १५ करोड ७० लाख ७० हजार १२० रुपैयाँ बढी हुनुपर्ने हो ।

महानगरले ल्याएको बजेटलाई प्रतिशतमा हेर्ने हो भने यो १५ अर्ब ५० करोड ७० लाख १२ हजार होइन १५ अर्ब ६६ करोड २० लाख ८२ हजार १२० रुपैयाँ हुन आँउछ ।

त्रुटी–३

महानगरपालिकाले आगामी आवको लागि ल्याएको बजेटमा व्यय र आय पनि मिलेको छैन । महानगरले व्यय र आयलाई १०० प्र्रतिशत रहेको जनाएपनि वास्तवमा भने ९९।९९ प्रतिशत मात्रै रहेको छ । दुवै शीर्षकमा ०.०१ प्रतिशत अपुग छ । यो भनेको विनियोजित बजेटको १५ लाख ५० हजार ७०१ रुपैयाँको फरक हो ।

व्ययतर्फ पुँजीगत सम्पत्ति खर्च १०।८० प्रतिशत, तलब पारिश्रमिक, सुविधा खर्च ९।८१ प्रतिशत, कार्यालय सञ्चालन खर्च ४।१३ प्रतिशत, पूर्वाधार सुधार तथा अन्य विकास खर्च ५१।७४ प्रतिशत र नेपाल सशर्त अनुदानबाट पूँजीगत खर्च २३।५१ प्रतिशत उल्लेख गरिएको छ । यो सबै जोडदा ९९।९९ प्रतिशत हुन्छ, १०० प्रतिशत पुग्दैन ।

यतिमात्रै हैन आयतर्फ पनि ९९।९९ प्रतिशत मात्रै छ । आफ्नै स्रोतबाट आय ५२।३२ प्रतिशत, अन्य स्रोतबाट आय २९।२९ प्रतिशत, विभिन्न स्रोतबाट पूर्ति गरिने बजेट १८।३८ सहित महानगरले १०० प्रतिशत भनेको छ । तर यो सबै जोडने हो भने ९९।९९ प्रतिशत मात्र हुन आउँछ ।

महानगरपालिकाले बिनियोजन गरेको बजेटमध्ये यहाँ व्यय र आयतर्फ ९९।९९ प्रतिशत मात्रै हुन्छ । यसर्थ बिनियोजित बजेटमा १५ लाख ५० हजार ७०१ रुपैयाँ अपुग हुन्छ ।
https://clickmandu.com/2019/06/86940.html?fbclid=IwAR1s4h3SHjcIBYKkaiNMyF2yLXvp4za-bCVINSh7CQvs1sDjZhxKeAgWzys

अपत्यारिलो ब्याजदरमा ५ अर्ब ऋण दिन्छु भन्ने कम्पनीको कार्यालय पुग्दा जे देखियो‘

सोभित थपलिया
काठमाडौं । कान्तिपुर दैनिकमा बुधबार छापिएको १० सीसीको सानो श्यामश्वेत विज्ञापनले हामीलाई तान्यो । विज्ञापनमा ६ प्रतिशतको सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ५ अर्ब रुपैयाँसम्म ऋण दिने उल्लेख गरिएको थियो ।

सम्पर्कका लागि विज्ञापनको पुच्छारमा २ वटा मोबाइल नम्बर, इमेल र वेवसाइटको ठेगाना राखिएको थियो । तर राजधानीको कुन ठाउँमा कार्यालय छ उल्लेख गरिएको थिएन । त्यही विज्ञापनलाई लिएर हामीले बुधबार साँझपख क्लिकमाण्डूले एउटा समाचार प्रकाशित गर्यो ।

त्यही समाचारका आधारमा फलोअप गर्दै हामी बिहीबार बिहान कार्यालय खुल्ने समयमा वेवसाइटमा राखिएको ठेगाना खोज्दै थापाथलीस्थित ट्रेड टावर पुग्यौ । ट्रेड टावरको ग्राउण्ड फ्लोर भनेर लेखिएको ठेगानामा हामीले कँही कतै कार्यालयको बोर्ड देखेनौं ।

ग्राउण्ड फ्लोरको चारैतिर खोज्दा कार्यालयको बोर्ड नदेखेपछि हामीले विज्ञापनमा दिइएको नम्बरमा फोन गर्यौ र सोध्यौ तपाईहरुको कार्यालय कहाँ छ ? जवाफ आयो, ‘हामी अहिले मिटिङमा व्यस्त छौं भेट्न सक्दैनौ, केही समय पर्खनुहोस ।’

हामीले त्यस्तो जवाफ पाएपछि भन्यौ, ‘हामी यही आइपुगेका छौं, बरु कार्यालय कता पर्छ त्यही गएर कुरिबस्छौं ।’
यति भनेपछि अघिल्लो दिन सविना सुब्बा नाम बताउने ती महिलाले रेगस नामको कार्यालयभित्र आफूहरुको कार्यालय रहेको जानकारी दिइन् ।

फोन राखिसकेपछि हामी रेगसको कार्यालयमा पुग्यौ । हामीले आफ्नो परिचय दिँदै ६ प्रतिशत दरमा ५ अर्ब रुपैयाँसम्म ऋण दिने कम्पनी मार्केट पर्स ग्लोवलका बारेमा सोध्यौं । रिसेप्सनमा बसेका २ जना महिला र १ जना पुरुषले अहिले कार्यालयमा कोही पनि नभएको र आफ्नो सन्देश छाडेर जान आग्रह गरे ।

हामीले थप जान्ने इच्छा राखेपछि उनीहरुले त्यसबारेमा कुनै पनि जानकारी दिन नमिल्ने भन्दै अनकनाए ।

भने, ‘हामीले धेरै जानकारी दिन मिल्दैन, मार्केट पर्स ग्लोवल नयाँ कम्पनी हो, कार्यालयमा खासै कोही पनि आउनुहुन्न ।’ हामीले सोध्यौ, ‘कार्यालयको बोर्ड त कहीँ देखिन्न नि ?’

‘रेगसले विभिन्न कम्पनीहरुलाई भाडामा कार्यालय उपलब्ध गराउँछ, एक प्रकारले यो होटल जस्तै हो जहाँ तपाई केही समय शुल्क तिरेर बस्नु हुन्छ । उक्त कम्पनीले पनि हाम्रो कार्यालयमा भाडामा लिएर स्थापना गरेको छ’ ती महिलाले जवाफ फर्काइन् । मार्केट पर्स ग्लोवल कम्पनी भारतीय कम्पनी भएको र नेपालमा केही दिनयता मात्रै आएको भन्दै सीमित जानकारी दिइन् ।

हामीले सोध्यौ, ‘कार्यालय दर्ता भएको छ त रु कि तपाईहरुको कम्पनीबाट कारोबार गर्न मिल्छ ?’ कार्यालय दर्ता नभए पनि आफूहरुले प्यान नम्बर उपलब्ध गराउने समेत खुलाइन् ।

रेगसको मुख्य ढोकाको दायाँपट्टी त्यहाँभित्र कार्यालय रहेका झण्डै १६ वटा कम्पनीको नाम बोर्डमा राखिएको छ । तर मार्केट पर्स ग्लोवल कम्पनीको नाम भने छैन् । त्यहाँबाट फर्कने क्रममा हामीले फेरि ती सविना सुब्बालाई फोन लगायौ ।

उनले अहिले अपोइन्टमेन्ट नलिएकाले तत्काल भेट्न असम्भव भएको भन्दै पहिलेको भन्दा फरक जवाफ फर्काइन र सोधिन ‘बरु भन्नुहोस  तपाइलाई कति ऋण चाहिने हो ?

हामीले ऋण चाहिने होइन, भेट्न आएको हो भनि उत्तर फर्काउँदा उनले भनिन्, ‘समय मिलाउन निकै गाह्रो छ, ठूलो मात्रामा ऋण चाहिएको हो भने छिट्टै समय मिलाउन भने सक्छु । यति भनेर हामी त्यहाँबाट नभेटी फर्कन बाध्य भयौं । पैसाको कारोबार गर्दा त्यसको नियमन र प्रत्यक्ष सरोकार राख्ने निकाय हो राष्ट्र बैंक ।

तर, कान्तिपुरमा त्यस्तो विज्ञापन छापिएपछि राष्ट्रमा खैलाबैला बुधबार नै मच्चिएको थियो । राष्ट्र बैंकमा दर्ता नभएको कम्पनीले यसरी ऋण दिने भन्दै विज्ञापन गरेपछि राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त कम्पनीले गैरकानूनी कारोबारका लागि सूचना निकालेको भन्दै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले यस्तो प्रलोभनमा नफस्न आग्रह गरे ।

‘कान्तिपुरमा उक्त कम्पनीको विज्ञापन देखेपछि हाम्रो गंभीर ध्यानाकर्षण भएको छ, सरकारी निकायबाट लाइसेन्स नपाएको उक्त कम्पनीको उद्देश्य ठगी गर्ने हो,’ प्रवक्ता निरौलाले भने, ‘कोही पनि प्रलोभनमा परेर नफस्नु होला, राष्ट्र बैंकले आवश्यक छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउँदैछ ।’

प्रवक्ता निरौलाका अनुसार राष्ट्र बैंकले उक्त सूचना गैरकानूनी भएको भन्दै सूचना जारी गरेर सर्वसाधारणलाई जानकारी दिने तयारी गरिरहेको छ ।

‘हामी आजभोलि नै सूचना जारी गरेर सर्वसाधारणलाई जानकारी गराउँछौं,’ उनले भने, ‘र, उक्त कम्पनमाथि छानविन गरी कारबाही प्रक्रिया अघि बढाउँछौं ।’
https://clickmandu.com/2019/06/86484.html?fbclid=IwAR0z6QZ-N8Ej2QJ5cz0lfjKBOH6fl9cxELJoetX8JMqeLitlybwiwMlrVss

बजेटमा दोलखालाई केन्द्र सरकारको उपेक्षा, एउटा मात्रै विकास आयोजनामा बजेट

सोभित थपलिया 
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटले दोलखा जिल्लालाई उपेक्षा गरेको देखिएको छ । ३ नम्बर प्रदेशमा रहेको उक्त जिल्लाको लागि संघबाट हुने कार्यक्रम अन्तर्गत ग्रामिण सडक सञ्जाल सुधार आयोजनाको नाममा जिल्लाको नयाँपुल–पवटी–डाडाखर्क सडक सुधारको लागि मात्रै बजेट परेको छ ।

उक्त ग्रामिण सडक १२।०८३ किलोमिटर मात्रै छ । संघबाट अन्य कुनै पनि क्षेत्रमा बजेट बिनियोजन भएको छैन । यस्तै प्रदेशबाट सञ्चालन गरिने कार्यक्रम तथा आयोजना मध्ये दोलखा जिल्लाको लागि ४ वटा योजना रहेका छन् । जसमा स्थानीयस्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार परियोजना कार्यक्रम अन्तर्गत अन्धेरी खोला पुल, पवटी(दोरम्बा सडक ९दोलखा० सडक पुल निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

यस्तै स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुधार परियोजना कार्यक्रम अन्तर्गत सोरुङ खोला पुल, सिङ्टी–साङबा सडक ९सडक पुल० यस्तै यार्सा खोला मुल गौडा पुल मैनापोखरी बगर मिर्गे मजुवा सडक, चर्नावती खोला पुल निर्माणमा बजेट बिनियोजन भएको छ ।

आगामी आबको बजेटमा स्थानीय तहहरुमा सञ्चालन गरिने कार्यक्रम अन्तर्गत ग्रामिण पुननिर्माण तथा पुनस्र्थापना आयोजना अन्तर्गत ८ वटा झोलुङेपुल निर्माणको लागि बजेट बिनियोजन भएको छ ।
जिरी नगरपालिकाको सिउरानी दोभान–४, यारशा फेदी, पाटिटार आहाले(१मा झोलुङेपुलको लागि बजेट बिनियोजन भएको छ ।

यस्तै भिमेश्वर नगरपालिकामा रहेको बोखरा ९आसीपोतागं०मा, कालिन्चोक गाउँपालिका मने खोला, डोर्पा(टार, दारेपटार(चोक्ते, सिल्ढ्ङ्गा खोला(भुमे घाट ट्रसमा झोलुङेपुलका लागि बजेट बिनियोजन भएको छ ।

यस्तै गौरीशंकर गाँउपालिकामा रहेको दोपाटारमा, तामाकोशी गाउँपालीकामा भोटेखोरिया, मालुखोला, आहालेमा झोलुङेपुल निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

जिल्लामा रहेको वैतेश्वर गाउँपालिकामा रहेको खानी खोला थुम्की पहिरेभिर, गोपी खोला काँडे खोला दोभान, दोलखेघाट, बुस्ती मर्मत झोलुङेपुल निर्माणका लागि बजेट बिनियोजन भएको छ ।

विगु गाउँपालिकामा पर्ने लिते पानी, ओरागं खोला पधेली झोलुङेपुल निर्माण र शैलुङ गाउँपालीकामा पर्ने महाविर घट्टे खोला, सशिम पटाले ट्रस, पसल खोला दोभान, भुरुङ्गा, झोर खोला दोभानमा झोलुङेपुल निर्माणको लागि बजेट बिनियोजन भएको छ ।

उक्त बजेट आगामी आवमा संघ प्रदेश एंव स्थानीय तहबाट संचालन हुने वार्षिक विकास कार्यक्रमको लागि सशर्त अनुदान हो । दोलखा जिल्लामा ग्रामीण पहुँच कार्यक्रम, स्थानीयस्तरका सडकपुल तथा सामुदायिक पहुँच सुुधार परियोजना अन्तर्गन दोलखामा कुनै पनि कार्यक्रम परेको छैन ।
https://clickmandu.com/2019/06/85861.html

Tuesday, June 11, 2019

कुन मन्त्रीको जिल्लामा कति बजेट ? (सूचिसहित)

सोभित थपलिया
काठमाडौं । केपी ओली नेतृत्वको सरकारले स्थानीय तह (गाउँपालिका, नगरपालिका र महानगरपालिका)लाई २ खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७६७७का लागि स्थानीय तहलाई उक्त बजेट विनियोजन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री युवराज खतिवडाको जिल्ला झापाले ५ अर्ब १५ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ ।

त्यस्तै, सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित र कानून मन्त्री भानुभक्त ढकालको जिल्ला मोरङले ५ अर्ब ६१ करोड ६९ लाख रुपैयाँ पाएको छ भने गृहमन्त्री रामबहादुर थापा बादलको जिल्ला चितवनले ३ अर्ब ५१ करडा ५३ लाख रुपैयाँ पाएको छ ।

त्यस्तै, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादबको जिल्ला सप्तरीले ४ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ बजेट पाएको छ ।

त्यसैगरी, उर्जामन्त्री वर्षमान पुनको जिल्ला रोल्पाले २ अर्ब २४ करोड ६२ लाख रुपैयाँ पाएको छ भने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको जिल्ला गुल्मीले ३ अर्ब १६ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ ।

सञ्चार मन्त्री गोकुल बाँस्कोटाको जिल्ला काभ्रेपलाञ्चोकले ३ अर्ब ५८ करोड २ लाख रुपैयाँ पाएको छ भने वनमन्त्री शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटले १ अर्ब ८२ करोड १ लाख रुपैयाँ पाएको छ ।

खानेपानीमन्त्री बिना मगरको जिल्ला कञ्चनपुरले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ पाएको छ भने उद्योगमन्त्री मातृका यादबको जिल्ला धनुसाले ४ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ पाएको छ ।

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जिल्ला डढेलधुराले १ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ मात्रै बजेट पाएको छ ।


बहसः सेयरमा महिला आरक्षण ठिक कि बेठिक ?

सोभित थपलिया
काठमाडौंं । अर्थमन्त्री डा. युवराज खतिवडाले धितोपत्र बोर्डको २७ औं वार्षिकोत्वसमा आयोजित कार्यक्रममा सेयर बजारमा महिलालाई आरक्षण दिने विषयले निकै चर्चा पाएको छ ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले पुँजीगत लाभकर ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको बताउँदै यसले बजारमा देखिएका अन्यौलहरु हटेको भन्दै अब सेयर बजारमा महिलाको सहभागिता बढाउनुपर्ने बताए ।

मन्त्रीले भने ‘हामीले घरजग्गा रजिष्ट्रेशनमा छुट दिएर हेर्यौ । त्यो कोशिस गर्दा छुटको अनुपात २५ प्रतिशत पुगेको छ । सहरी घरजग्गामा महिलाहरुको स्वामित्व ८ प्रतिशतबाट २८ प्रतिशत पुगेको छ ।’

सेयर बजारमा महिलाहरु स्वामित्व लगानी बढाउन के गर्नुपर्छ ? धितोपत्र बोर्डले अलिकति गृहकार्य गरोस । पुँजीगत लाभकर कम गर्ने पनि हुनसक्छ । यो वर्षमा मिलेन ।

अब विस्तारै जमिनको महत्व काम र वित्तीय उपकरणको महत्व बढी हुँदैजाँदाखेरी भोलिका दिनमा सेयर स्वामित्व बढाउन जरुरी छ । अहिले १० कित्ता सेयर आइपिओमा बाँड्ने कुरा छ । यसमा महिलालाई केही आरक्षण गर्न सकिने उनले बताए ।


मन्त्रीको उक्त भनाइपछि लगानीकर्ताका विज्ञ तथा सामान्य लगानीकर्ताहरु पनि निकै उत्साहित देखिएका छन् । यसले गर्दा महिला मात्र नभएर आगामी पुस्ता पनि यो क्षेत्रमा आउन उत्साह मिल्ने सेयर बजार विज्ञ अनलराज भट्टराईको बुझाइ छ ।

भट्टराई भन्छन, ‘व्यवसायिक जागरण ल्याउन महिलालाई माथि ल्याउनैपर्छ । महिलाई चुलो चौकोमा मात्र सीमित गर्नु हुँदैन, महिलालाई यो विषयमा जानकारी गरायो भने त्यो परिवारका बालबालिकाले पनि सेयर बजारको बारेमा बुझ्छन र आगामी दिनमा उनीहरुले पनि बजारमा प्रवेश गर्न सक्छन ।’

केही व्यक्तिले महिलालाई आरक्षण दिँदा उसको नाममा मात्रै बढी सेयर किनबेच हुने सम्भावना बढने र फाइदा लिनेहरुको जमात बढ्छ भनेर तर्क गरेपनि त्यसले दीर्घकालिन रुपमा पार्ने प्रभावलाई सँगै लैजानुपर्ने भट्टराईको तर्क छ ।

अहिले कर्मचारीको लागि, लगानी गर्ने संस्थाका कर्मचारीलगायतलाई दिएजस्तै गरी आरक्षण गरेर महिलालाई सहभागी गराउन सक्ने भट्टराईको भनाइ छ ।

उनले भने, ‘यसो भन्दैमा सबैलाई आरक्षण दिनैपर्छ भन्ने होइन, यसमा असीमित महिलाई ल्याउनुभन्दा विशेष व्यवस्था गर्न सकिन्छ, यसमा एक वर्षमा ५ वा १० लाखमा कर छुट पनि दिएर महिलालाई ल्याउन सकिन्छ ।’

यता सेयर लगानीकर्ता संघकी अध्यक्ष संरक्षणा चौधरीले पनि मन्त्री खतिवडाको अभिव्यक्ति निकै स्वागतयोग्य भएको बताइन ।

यो माग लामो समयदेखि लगानीकर्ताहरुले उठाउँदै आएको अध्यक्ष चौधरीको भनाइ छ । यसले महिलामा जागरण बढाउने र सेयर बजारको बारेमा सिक्नलाई पनि धेरै नै महत्वपूर्ण हुने बताइन् । चौधरीका अनुसार आरक्षणका साथै यस बारेमा सबै महिलालाई जानकारी आवश्यक चाहिन्छ । उनी भन्छिन, ‘सेयर बजारको विषयमा सबै महिलाले जान्ने, जनचेतना फैलने खालको वाताबरण पनि अहिले आवश्यक छ ।’

यस्तै लगानीकर्ता सिर्जना सुवेदी पनि सेयर बजारमा महिलालगानीकर्ता भित्रन आवश्यक रहेको बताउँछिन । जति नै अध्ययन गरेपनि, अध्ययनशिल भएपनि अहिले धेरै नै महिला चुलो चौकोमा बस्न बाध्य छन र उनीहरुले सेयर बजारमा ल्याउनको लागि आरक्षण आवश्यक रहेको सुवेदीको भनाइ छ ।

शनिबार आयोजित कार्यक्रममा मन्त्री खतिवडाले साधारण सेयर ९आईपीओ०मा आरक्षण दिने भनेका थिए । साधारण सेयरमा मात्र आरक्षण दिनुको कुनै तुक नहुने सुवेदीले बताइन । ‘छुट नै दिने हो भने पूँजीगत लाभकरमा दिनुपर्छ’ उनले भनिन्, ‘ लाभकर छुट दिने हो भने भने चाँही महिलालाई आकर्षण गर्न धेरै नै सहयोग पुग्ने छ ।’

यता अर्की सेयर लगानीकर्ता दुर्गा तिवारी भने आरक्षण दिने सवालमा उति सारो सकारात्मक भने छैनन् ।

तिवारीको बिचारमा महिला लगानीकर्तालाई आरक्षण भन्दा पनि सेयर बजार बारे जनचेतना आवश्यक छ । आरक्षणले केही समय राम्रो भएपनि दीर्घकालीन रुपमा यसले राम्रो प्रतिफल नदिने तिवारीको तर्क छ ।

‘महिला लगानीकर्तालाई त आरक्षण दिनु भन्दा पनि उनीहरुलाई बजारसम्म आउने वातावरण चाहिन्छ’ तिवारी भन्छिन, ‘अहिलेसम्म कति गृहिणी आएको छन् हेर्नुपर्छ, उनीहरु कसरी आएका छन, त्यो पनि हेर्नुपर्छ र आउनेवाला कस्ता छन त्यो पनि अध्ययन गर्नुपर्छ । महिलालाई ल्याउने नै हो भने आरक्षण होइन पहिला तालिम दिनुपर्छ ।’

अहिले बुक बिल्डिङको कुरा चलिरहेको समयमा साधारण सेयरमा आरक्षण दिनु, नदिनुको कुनै पनि अर्थ नहुने उनले बताइन ।

यतिबेला सबै निकायले लगानीकर्ताहरुलाई लगानी गर्ने वातावरण बनाउन आवश्यक रहेको तिवारीको बुझाइ छ ।

‘यतिबेला लगानी गर्ने वातावरण बनाउन आवश्यक छ । त्यसको लागि नीतिमा सुधार हुनेपर्यो त्यो भएको खण्डमा पुँजीगत लाभकरमा पनि आरक्षण दिनु नदिनुमा तात्विक अर्थ हुँदैन’ उनले भनिन् ।

नियमनकारी निकायले पछिल्लो समयमा राम्रो काम गरिरहेको र यसलाई अझै प्रभावकारी रुपमा अघि बढाउनु पर्ने तिवारीको बुझाइ छ ।

सेयर बजारलाई अनुत्पादन क्षेत्र हो भनेर विवादमा तानिएका अर्थमन्त्री डा। खतिवडाले आगामी आवको बजेटमार्फत पुँजीगत लाभकरको दर व्यक्तिगत लगानीकर्ताको लागि ७।५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेका छन् । यसअघि ७।५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

गत वर्षको बजेटमा सरकारले ५ प्रतिशतको पुँजीगत लाभकरलाई बढाएर ७.५ प्रतिशत पु¥याएको थियो । अहिले पुनः ५ प्रतिशत हुँदा लगानीकर्ता थप हर्षित बनेका छन् । यस्तै बजेटले गैरआवासीय नेपालीहरु ९एनआरएन०लाई पुँजी बजारमा आउने बाटो खोलेको छ ।

बजेटमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रूपमा प्रकाशन गर्ने, सामूहिक लगानी कोष, सेयर अभौतीकरण र सीडीएससीलगायतको कार्य थप व्यवस्थित विषय बजेटमा रहेका छन् ।

निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर (प्यान)सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आबद्ध गराउने, सेयर कारोबारको पुँजीगत लाभकर गणना औसत लागत विधिबाट गरिनेजस्ता विषयलाई बजेटले समेटेको छ ।

यसले गर्दा मन्त्रीलाई लगानीकर्तामैत्री हेर्ने दृष्टिकोणमा फरक देखिएको छ । तर शनिबार धितोपत्र बोर्डको कार्यक्रममा महिलालाई आरक्षण दिने मन्त्रीको धारणामा लगानीकर्ताहरुको दुई खालको मत देखिएको छ ।
https://clickmandu.com/2019/06/85429.html

पुँजी बजारप्रति यसरी ‘यु टर्न’ भए अर्थमन्त्री खतिवडा, अब खरेलले अबरोध गर्न सक्दैनन्


सोभित थपलिया

काठमाडौं । पुँजी बजारप्रति पटक(पटक नकरात्मक अभिव्यक्ति दिएका कारण लगानीकर्ताहरुले अर्थमन्त्री डा। युवराज खतिवडालाई पुँजी बजार विरोधी व्यक्ति ठान्छन् ।

खतिवडा अर्थमन्त्री भएको १५ महिना भयो । अर्थमन्त्रीको कार्यभार समलेलगत्तै खतिवडाले पुँजी बजार र रियल स्टेट अनुत्पादन क्षेत्र हो भन्ने अभिव्यक्ति दिएपछि उनी निकै विवादमा तानिए ।

खतिवडाको त्यो अभिव्यक्तिले सेयर बजारमा निकै ठूलो असर गर्यो ।

पुँजी बजारका विषयमा माग राख्न मन्त्रालय पुगेका लगानीकर्ताहरुलाई अर्थमन्त्री खतिवडाले ‘मैले लगानीकर्तालाई समय दिने होइन,’ भन्दै झपारेको भिडियो निकै भाइरल भएको थियो ।

अर्थमन्त्री बारम्बार नकरात्मक भएपछि लगानीकर्ताहरुले शान्तिपूर्ण आन्दोलन गरे । त्यति गर्दा पनि अर्थमन्त्री खतिवडा सकरात्मक भएनन् र लगानीकर्ताहरु आमरण अनसनसम्मको अवस्थामा पुग्नु पर्यो ।

तर अहिले एकाएक मन्त्री खतिवडा ‘यू टर्न’ भएका छन् ।

पहिला सेयरको ‘स’ शब्द पनि सुन्न नचाहने खतिवडाले आगामी आर्थिक वर्षको बजेटमा लगानीकर्तालाई बम्पर उपहार दिएका छन् । उनको यो उपहारसँगै मन्त्री सेयर बजारको विषयमा यूटर्न भएको समेत चर्चा लगानीकर्तामा सुरु भएको छ ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकरको दर व्यक्तिगत लगानीकर्ताको लागि ७।५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेका छन् । यसअघि ७।५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था थियो ।

गत वर्षको बजेटमा सरकारले ५ प्रतिशतको पुँजीगत लाभकरलाई बढाएर ७।५ प्रतिशत पुर्याएको थियो । अहिले पुनः ५ प्रतिशत हुँदा लगानीकर्ता थप हर्षित बनेका छन् । यस्तै बजेटले गैरआवासीय नेपालीहरु ९एनआरएन०लाई पुँजी बजारमा आउने बाटो खोलेको छ ।

बजेटमा धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको संस्थागत सुधार, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषको वित्तीय विवरण एकीकृत रूपमा प्रकाशन गर्ने, सामूहिक लगानी कोष, सेयर अभौतिकरण र सीडीएससीलगायतको कार्य थप व्यवस्थित गर्ने जस्ता महत्वपूण विषय उल्लेख छन् ।

निश्चित रकमभन्दा बढी कारोबार गर्ने लगानीकर्ताको स्थायी लेखा नम्बर ९प्यान० सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आबद्ध गराउने, सेयर कारोबारको पुँजीगत लाभकर गणना औसत लागत विधिबाट गरिनेजस्ता विषयलाई बजेटले समेटेको छ ।

अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गरेका यी विषयहरु लगानीकर्ताले वर्षौंदेखि उठाउँदै आएका थिए । अहिले लगानीकर्ताका माग धेरै हदसम्म पूरा भएका छन् ।

मन्त्री खतिवडा एकाएक यसरी युटर्न हुँदा लगानीकर्ताहरु खुसी भएका मात्रै छैनन् । अनुदार अर्थमन्त्री कसरी यति उदार भए भनेर आश्चर्यसमेत परेका छन् ।

‘पहिला अर्थमन्त्री खतिवडालाई आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर हुँदाको धङधङी बाँकी नै थियो, त्यसैले गर्दा सुरुमा नै सेयर बजार र रियल स्टेट क्षेत्र अनुत्पादन हो भनेर बोल्नु भयो, त्यसपछि अहिले विस्तार उहाँ वास्तविकता बुझ्दै हुनुहुन्छ,’ एक लगानीकर्ताले क्लिकमाण्डूसँग भने ।

खतिवडा मन्त्री भएलगत्तै भेटन खोज्दा उनका सहयोगीले पटक(पटक अवरोध सिर्जना गरेको लगानीकर्ताहरु बताउँछन् ।

‘सेयर बजारको विषयमा अर्थमन्त्रीले बोले लगत्तै बजार अस्थिर देखियो । उहाँको आलोचना पनि भयो, आलोचना धेरै भएपछि हामीले भेटन खोज्यौं तर उहाँको निजी सचिवालयमा कार्यरत नेपाल राष्ट्र बैंकका निर्देशक सहयोगी डा। रामशरण खरेलले भेट्न जान नै दिएनन्,’ अर्का एक लगानीकर्ताले भने, ‘खरेलले भेट्न नदिएपछि मन्त्रीज्यूले हाम्रो पीरमर्का बुझ्नु भएन । र, पुँजी बजारप्रति नकरात्मक हुनुभयो ।’

यो बजेटमा जे आएको छ, त्यो बसै आन्दोलनको परिणाम भएको उनले बताए ।

मन्त्रीको भनाईलाई लिएर बजारमा निकै उतार चढाव पनि आयो । नेप्सले ल्याएको अनलाइनमा पनि समस्या भयो । त्यही समयमा लगानीकर्ताले पटकपटक मन्त्रीलाई भेटन खोजे तर खरेलले रोकेको रोक्यै गरे ।

त्यसपछि लगानीकर्ताहरु मंसिर अन्तिमबाट आमरण अनसन बस्न थाले । आक्रोशित लगानीकर्ताले अर्थमन्त्रीको राजिनामासमेत माग गरे ।

लगानीकर्ताहरु सेयर बजार बढाउनु पर्छ भनेर भन्दा पनि यो क्षेत्रमा देखिएको समस्या दीर्घकालिनरुपमा सुधार होस्, अनलाइन प्रणालीलाई व्यवस्थित बनाउन भन्दै सुरुमा दबाब दिएको तर्क गर्छन ।

‘मन्त्रीज्यूले हाम्रो माग सम्बोधन गर्न चाहनु भएको थियो भने उहाँले भनेको भरमा समस्या समाधान हुने थियो तर हामीले के माग राखेका छौं । र, त्यो माग समाधान गर्दा के होला र नगर्दा के होला भनेर उहाँले थाहा नै पाउन सक्नुभएन । किनकी खरेलजीले हामीलाई मन्त्री भेट्नै दिनुभएन,’ ती लगानीकर्ताले सुनाए ।

स्मरण रहोस् निजी सचिवालयमा कार्यरत खरेल अर्थमन्त्री खतिवडाका छोरीज्वाईं हुन् । राष्ट्र बैंकमा पटकपटक फाइल बढुवा भएका खरेल ३६औं नम्बरमा रहेर पनि १६ जनाको बढुवा हुँदा निर्देशकमा बढुवा भएका व्यत्ति हुन् । अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयको गोल्ड मेडलिस्ट भएपछि खरेललाई सीधै राष्ट्र बैंक भर्ना गरिएको थियो ।

‘खरेलजीसँग हामीले मन्त्रीज्यूलाई भेट्न समय मिलाई दिनु भनेर धेरै आग्रह गर्यौ । तर पछि बुझ्दा थाहा भयो, उहाँले नै मन्त्रीलाई हामीले भेट्न खोजेको विषयमा जानकारीसमेत गराउनु भएको रहेनछ, मन्त्रीलाई नैं हामीले भेट्न खोजेको थाहा नभएपछि उहाँले भेट्न दिनु भएन भनेर रिसाउने ठाँउपनि छैन,’ ती लगानीकर्ताले सुनाए ।

त्यो बेलामा खरेलले लगानीकर्ताले गरेको आन्दोलनलाई सामान्य रुपमा लिएको र केही दिनका लागि हुने आन्दोलनको बारेमा मन्त्रीलाई जानकारी गराउनु आवश्यक ठानेनन् । र, पछिको परिणामको विषयमा दीर्घकालिन दृष्टिकोण नराख्नाले अहिले आएर लगानीकर्ताहरुको अपेक्षाभन्दा बढी बजेटले व्यवस्था गरेको लगानीकर्ताको तर्क छ ।

लगानीकर्ताका अनुसार पहिला नै खरेलले मन्त्री डा। खतिवडालाई भेटने समय दिएको भए पुस पहिलो साता राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गर्ने सम्मको परिस्थिति आउने नै थिएन ।

जब खरेलले मन्त्री खतिवडालाई भेट्न दिएनन् । तब लगानीकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न समय लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

‘हामीले प्रधानमन्त्री ओलीलाई भेट्न समय लिएका थियौं, हामी त्यहाँ पुगेपछि प्रधामन्त्रीका राजनीति सल्लाहकार विष्णु रिमाललाई भेट्ने विषयमा जानकारी गरायौं, उहाँले हामी प्रधानमन्त्रीलाई भेट्न आएको भनेर खरेललाई जानकारी गराउँदै हाम्रो मागको बारेमा खरेललाई सोध्नुभयो । खरेलले सबै माग पुरा भयो भनेर रिमाललाई भनेपछि प्रधानमन्त्रीलाई भेट्न नै दिइएन, त्यसपछि हामी हाम्रो माग दर्ता गराएर फर्कयौं,’ एक लगानीकर्ताले सुनाए ।

यो कुरा ०७५ चैतको हो ।

सेयर बजार डिप्रेसनमा परेपछि यसमा प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण भयो । र, अर्थमन्त्री माग सम्बोधन गर्न तयार देखिए ।

‘त्यसको प्रतिफल अहिले बजेटमा पायौं, मन्त्री आवश्यकता भन्दा धेरै नै लचक देखिनु भएको छ,’ ती लगानीकर्ताले सुनाए, ‘मन्त्रीको निजी सचिवालयका मान्छे असल भएनन भन् सरोकारवालो के कस्तो हदसम्म दुःख पाउँछन् भन्ने हामीले भोगेका छौं ।’

लगानीकर्ता थप्छन्( ‘पढेको मान्छे भएर पनि खरेलजीको एटिच्यूड नै खराब रहेछ, ज्वाईं भएर मात्रै अर्थमन्त्रीज्यूले काँध हालेर बोक्नुभएको रहेछ ।’
https://clickmandu.com/2019/06/85609.html

Monday, April 29, 2019

नियम मिचेर सेबोन अध्यक्ष रेवतबहादुरले हस्तक्षेप गरेपछि नेप्सेलाई काम गर्नै समस्या

सोभित थपलिया
काठमाडौं । नियामक नेपाल धितोपत्र बोर्ड र त्यसका अध्यक्ष रेवतबहादुर कार्कीले एकपछि अर्को हस्तक्षेप गर्न थालेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई काम गर्न समस्या भएको छ ।

सेयर बजारको सुधारका लागि भन्दै धितोपत्र बोर्डले क्षेत्राधिकार मिच्न थालेपछि नेप्सेलाई काम गर्न समस्या भएको हो । अन्य निकायले गरेको कामको जस पनि आफैंले लिने बोर्डका अध्यक्ष कार्कीको प्रवृत्तिका कारण नेप्से समस्यामा परेको हो ।

सेयर बजारमा आफुले उल्लेख्य काम गरेको भनेर देखाउनका लागि कार्कीले अन्य निकायले गर्ने काममा पनि सीधै हस्तक्षेप गर्न थालेका छन् । त्यसको पछिल्लो उदाहरण हो पुस दोस्रो साता बोर्डले नेप्सेलाई दिएको निर्देशन ।

बोर्डले पुँजी बजारको विकासका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै नेप्सेलाई निर्देशन दिएको थियो ।

बोर्डले नेप्सेलाई दिएको ५ वटा निर्देशनमध्ये दोस्रो बुँदामा, ‘नेप्से सूचकांकमा लाग्ने गरेको सर्किट ब्रेकर प्रणालीलाई समसामयिक बनाउन आवश्यक देखिएको सन्दर्भमा अन्तराष्ट्रिय अभ्यासको समेत मध्यनजर गरी बजार प्रभावित पार्ने प्रवृतिलाई निरुत्साहित गर्न नेप्से सूचकांक बढ्दा र घट्दा सर्किट ब्रेक लाग्ने अवस्थालाई समयसामयिक बनाउ अन्तर्राष्ट्रिय अभ्यास समेतको अध्ययन गरी कार्यान्वयनका लागि बोर्डमा पेश गर्ने’ भनिएको छ ।

कसरी भयो हस्तक्षेप ?

धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५ को सर्किट ब्रेकर सम्बन्धमा भनिएको छ कि ‘निरन्तर कारोबार सुरु हुँदा कामय रहेको नेप्से परिसूचक देहाय बमोजिम घटबढ भएमा देहाय बमोजिम कारोबारमा सर्किट ब्रेकर लगाइनेछ ।
(क) निरन्तर कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से परिसूचक ३ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि । 
(ख) निरन्तर कारोबार सुरु भएको २ घण्ट भित्र नेप्से परिसूचक ४ प्रतिशतले घटी वा बढी भएमा ३० मिनेट । 
(ग) निरन्तर कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा सो पशचात त्यस दिनको कारोबार बन्द गर्ने ।
२. कुनै संगठित संस्थाको प्रारम्भिक कारोबार सत्रमा कायम भएको धितोपत्रको मूल्यमा १० प्रतिशतले घटी वा बढी हुने गरी सो दिन कारोबार हुने छैन ।

३. उपविनियम १ को २ मा उल्लिखित सर्किट ब्रेकर सम्बन्धी व्यवस्थामा बोर्डलाई जानकारी दिई नेप्सेले समय समयमा हेरफेर गर्न सक्नेछ’ भनेर प्रष्ट लेखिएको छ ।

यसको अर्थ सर्किट ब्रेक सम्बन्धी व्यवस्था हेरफेर गर्नको लागि बोर्डलाई सामान्य जानकारी गराए पुग्छ । तर अहिले बोर्डले आफ्नो क्षेत्राधिकार नाघेर नेप्सेलाई नियम विपरीत निर्देशन दिएको हो ।

नेप्सेका एक अधिकारीले बोर्डले क्षेत्राधिकार मिचेर निर्देशन दिएको र त्यो निर्देशन नेप्सेले बाध्य भएर मान्नु परेको बताए ।

‘बोर्डले भनेको नमान्दा हाम्रो निर्देशन नमान्ने, सेयर बजारको नियामक निकाय आफु हो भनेर विभिन्न समस्या सिर्जना गर्ने गरेको छ, मान्दा हामीले जानकारी गराएमात्र पुग्नेमा बोर्डबाट यो गर्नु भनेर निर्देशन आउने गरेको छ, गर्नैै नपर्ने काम पनि गर्नु परेको छ,’ नेप्सेका एक अधिकारीले क्लिकमाण्डूसँग भने ।

ती अधिकारीका अनुसार बोर्डले विनियमावली मिचेर नेप्सेलाई समस्या पार्नुको साथै अध्यक्ष कार्कीको कार्यकाल सकिने बेलामा मैले यो गरेँ, त्यो गरे भनेर देखाउन यस्ता खालका निर्देशन आएको हो ।

बोर्डले पुस दोस्रो साता निर्देशन दिएपछि नेप्सेका उपप्रबन्धक निरन्जन फुयालको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले सिर्कट ब्रेकका साथै उपत्यका बाहिर कुन–कुन ठाँउमा ब्रोकर कार्यालय खोल्ने लगायतका विषयमा अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ ।

स्रोतका अनुसार उक्त प्रतिवेदन सर्किटको समयलाई अहिलेको भन्दा दोब्बर बनाउन प्रस्ताव गरिएको छ ।

अहिले भएको ३, ४ र ५ प्रतिशतलाई बढाएर क्रमशः ६, ८ र १० प्रतिशतको हाराहारीमा पुर्याउनु सादर्भिक हुने प्रतिवेदनमा समावेश गरिएको छ ।

उक्त प्रतिवेदन नेप्सेको सञ्चाल समितिमा पेश भएपछि सञ्चालक समितिले बोर्डमा पठाउने छ । बोर्डले अध्ययन गरेपनि कार्यान्वयनको चरणमा जानेछ ।

यता नेप्सेका केही अधिकारीका अनुसार २०६४ देखि सर्किट शुरु भएको र अहिलेसम्म ५०र६० पटक मात्र सर्किट लागेको छ । यो अहिले खासै प्रभावकारी देखिएको छैन ।

यस्तै उक्त अध्ययन समितिले प्रदेशिक संरचना अनुसार ब्रोकरको शाखा विस्तार गर्नुपर्ने र त्यसका लागि शाखा खोल्ने ठाँउको जनसंख्या, जीडीपी, व्यापार व्यवसाय लगायतलाई हेर्नुपर्ने उल्लेख गरेको बताइएको छ ।

यो हेर्दा प्रत्येक जिल्लामा ब्रोकरको शाखा जान सक्ने सम्भावना भने न्यून रहेको देखाएको छ । प्रतिवेदनमा सेयर बजारको विकासका लागि बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, स्टक डिल्लर समयमा नै ल्याउनु पर्ने लगायतका विषय समावेश भएका छन् ।

बोर्डले नेप्सेलाई उपत्यका बाहिर कति ब्रोकरलाई लाईसेन्स दिन सकिन्छ भनेर अध्ययन गर्न निर्देशन दिएर नियम विपरीत १४र१५ वटा ब्रोकरलाई शाखा विस्तार गर्न अनुमति दिएको बताइएको छ ।

ब्रोकर शाखा विस्तार गर्न नेप्सेको सिफारिसमा बोर्डले दिनुपर्ने भएपनि यतिबेला नेप्सेको सिफारिस बिना नै बोर्ड आफैले अनुमति दिइरहेको छ ।

अहिले नेप्सेको सिफारिस बिना नै शाखा विस्तारमा अनुमति दिने र भोलि कुनै समस्या परेको खण्डमा नेप्से के हेरेर बसेको छ भन्दै नेप्सेलाई पत्र काटेर आफ्नो शक्ति देखाउने बोर्डका अध्यक्ष कार्कीको नियत रहेको नेप्सेका अधिकारीहरु बताउँछन् ।
https://clickmandu.com/2019/03/76747.html?fbclid=IwAR3ahG9lkmrRO0jkOzoyXXZAxUMzy4oxVy__4FpDl-YUvqnS5KK-Fy0zyQs

अब सहकारी संस्थाहरुले ऋणीसँग चर्को ब्याज असूल्न नपाउने, सरकारले तोक्यो ६% को स्प्रेड


सोभित थपलिया 
काठमाडौं । अब सहकारी संस्थाहरुले ऋणीबाट चर्को ब्याज असूल्न नपाउने भएका छन् । ऋणीबाट चर्को ब्याज उठाउँदै आएका सहकारीहरुले अब त्यसो गर्न नपाउने भएका हुन् ।

सरकारले सहकारी नियमावली(२०७५मा सन्दर्भ ब्याजदर अर्थात् कर्जामा लिने र निक्षेपमा दिने ब्याज बीचको अन्तर (स्प्रेड दर) तोक्ने व्यवस्था गरेको छ ।

नियमावलीमा ‘बचतमा भारित औसत ब्याजदरभन्दा सामान्यतया बढी‚ ऋणमा भारित औसत ब्याजदरभन्दा सामान्यतया घटी‚ बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी’ हुनुपर्ने व्यवस्था रहेको छ ।

यस नियम बमोजिम सन्दर्भ ब्याजदर निर्धारण गर्दा बचत तथा ऋणको किसिम एवम् प्रयोजन हेरी शहरी तथा ग्रामीण क्षेत्रका लागि छुट्टाछुट्टै दर कायम गर्न सकिने व्यवस्था गरेको नियमावलीमा उल्लेख छ ।

अहिले सहकारीले संस्थाहरुले ९र१० प्रतिशतसम्म स्प्रेड राखेर ब्याज असूल गर्दै आएका थिए ।

सहकारी ऐन(२०७४ को दफा ५१ मा सन्दर्भ ब्याजदर तोक्ने व्यवस्था गरिएको छ । ऐनको सोही दफालाई आधार मानेर सहकारी नियमावली तयार पारिएको हो ।

नियमावलीमा बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत सङ्घमा आबद्ध संस्था वा संघहरूको औसत ब्याजदर‚ सहकारी बैङ्कहरूको औसत ब्याजदर‚ बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम इजाजतप्राप्त ‘क’ वर्गको बैंकहरूको औसत ब्याजदर निर्धारण गर्ने प्रस्ताव गरेको छ ।

नियमावलीमा निर्धारण भएको सन्दर्भ ब्याजदर आवश्यकता अनुसार पुनरावलोकन गर्नुपर्ने उल्लेख पनि छ ।

सन्दर्भ ब्याजदर निर्धारण गरिएको जानकारी मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्कमा पठाउनुका साथै कुनै एक राष्ट्रिय दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ व्यवस्था ऐनमा रहेको छ ।

राष्ट्रिय सहकारी महासङ्घ तथा केन्द्रीय विषयगत सहकारी सङ्घहरूले सन्दर्भ ब्याजदर निर्धारणको जानकारी आफ्ना सदस्यहरूलाई गराउनुका साथै पालनाको अवस्थाको समेत अनुगमन गर्नु पर्नेछ व्यवस्था छ ।

बजेट माग्दै जनप्रतिनिधिहरु अर्थ मन्त्रालय पुग्ने कस्तो संघीयता ?

सोभित थपलिया 
काठमाडौं । विहीबार दिउसो १ बजे । स्थान अर्थ मन्त्रालय ।

एक कर्मचारी अर्थ मन्त्रालयबाट बाहिर निस्किए । उनी अर्थसँगै जोडिएको उर्जा मन्त्रालयतर्फ अघि बढ्दै थिए ।

स्कुटरबाट ओर्लिएर एक महिलाले ‘सर पख्नुस्, पख्नुस्’ भनिन् ।

ती कर्मचारीले हत्तपत्त नमस्कार माननीयज्यू भने ।

ती माननीयले नमस्कार फर्काउनसमेत भ्याइनन् ।

‘अस्ति मैले भनेको थिएँ नि, मेरो जिल्लाका २ वटा खोलाको आयोजना त जसरी भएपनि पार्दिनु पर्यो,’ ती माननीयले भनिन् ।
‘हुन्छ हजुर म पहल गरिरहेको छु,’ कर्मचारीले जवाफ फर्काए ।

‘ती आयोजना नपरे त मलाई समस्या हुन्छ,’ माननीयले भनिन् ।

नमस्कार गर्दै कर्मचारी मन्त्रालयभित्र पसे ।

ती माननीयको जिल्ला हो महोत्तरी । उनी महोत्तरीका दुई वटा खोलामा सिँचाइका योजना पार्न धेरैपटक मन्त्रालय धाइसकेको कर्मचारीहरु बताउँछन् ।

क्लिकमाण्डूले रिपोर्टिङका क्रममा बिहीबार दिउँसो अर्थ मन्त्रालयमा देखिएको यो दृश्य त प्रतिनिधि घटना मात्रै हो ।

आजभोलि दैनिक दर्जन बढी जनप्रतिनिधिहरु यसरी नै बजेट माग्दै अर्थ मन्त्रालय आउने गरेको कर्मचारीहरु बताउँछन् ।

यतिबेला अर्थ मन्त्रालयल आगामी आर्थिक वर्ष २०७६र७७ का लागि १५ खर्ब रुपैयाँको बजेट निर्माणमा जुटेको छ ।

मन्त्रालयले ढोका थुनेर बजेट बनाइरहेको छ । यसरी नै योजना माग्न आउनेहरुको भीड नियन्त्रण गर्न अर्थ मन्त्रालयको बजेट महाशाखामा सम्बन्धीत कर्मचारीलाई बाहेक अरुलाई अनुमतिबिना प्रवेस निषेध गरिएको छ ।

हरेक वर्ष बजेट बनाउने बेलामा अर्थ मन्त्रालयले मूल ढोका थुन्छ । र, बजेट महाशाखामा अनुमतिबिना प्रवेस गर्न दिइँदैन ।
पछाडिपटिको ढोकाबाट मात्रै अर्थ मन्त्रालय पस्न पाइन्छ । त्यहाँ पनि सुरक्षाकर्मी खटाइएको छ ।

कडा सुरक्षाको प्रतिरोध छिचोल्दै जनप्रतिनिधिहरु बजेट माग्न पुग्ने गरेका छन् ।

अघिल्ला वर्षहरु जस्तो अहिले जनप्रतिनिधिहरुको भिडभाड भने छैन । मुलुक संघीयतामा गइसकेकाले स्थानीय आयोजनाहरुमा स्थानीयस्तरले नै आफ्नो बजेट आफैं बनाउँछन् ।

संघीयताको मूल मर्म नै स्थानीय स्तरका आयोजनाहरु स्थानीय स्तरबाटै बजेट विनियोजन गरेर बनाउने भन्ने हो । तर पनि किन जनप्रतिनिधिहरु अर्थ मन्त्रालयमै धाउँछन् ?

‘आफै आएर अनुहार नै देखाएर कुरा गर्न पाएपछि बजेट पर्छ भन्ने उहाँहरुको विश्वास छ,’ एक कर्मचारीले भने ।

यता राष्ट्रिय योजना आयोगमा पनि आफ्नो निर्वाचन क्षेत्रको योजना पार्न जनप्रतिनिधिहरुको भिड नै लाग्ने गरेको छ । आगामी आर्थिक वर्षको बजेट निर्माण भइरहेको समयमा उनीहरुले आफ्नो ठाँउमा बजेट पारिदिन दैनिक आउने गरेको आयोगका एक कर्मचारीले बताए ।

‘स्थानीय सरकारले बजेट विनियोजन गर्ने खालको आयोजना लिएर जनप्रतिनिधि आयोगमा आउने गरेका छन्,’ ती कर्मचारीले भने, ‘केही जनप्रतिनिधिहरुले पाटी, पौवादेखि मन्दिर, गुम्बा बनाउनेसम्मको योजना ल्याउने गरेका छन् ।’

यस्ता आयोजना स्थानीय सरकारले नै हेर्ने हो केन्द्रिय सरकारले हेर्दैन भन्दा पनि जनप्रतिनिधिहरुले भन्दिनुपर्यो भन्दै दबाब दिने गरेको कर्मचारीहरुको गुनासो छ ।

रेवतबहादुर कार्की र निरज गिरी ‘भ्रष्ट’ भन्दै धितोपत्र बोर्डमै नाराबाजी (भिडियोसहित)

धितोपत्र बोर्डमा पाँच घन्टा, लगानीकर्ताको १५ सय खर्च

सोभित थपलिया 
काठमाडौं । सेयर लगानीकर्ता दबाब समूहले फागुन २७ गते धितोपत्र बोर्ड विरुद्व ८ दिने आन्दोलनको घोषणा गरेको थियो । उनीहरुको आन्दोलन चैत ९ गतेदेखि १६ गतेसम्मको थियो ।

बिडम्बना उनीहरुको अन्दोलन सकिने अन्तिम दिन र अघिल्लो दिन सरकारले काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ ।
आन्दोलनरत लगानीकर्ताहरुलाई लगानी सम्मेलनको विरोधीको रुपमा पनि चित्रित गरिएको छ । तर उनीहरुले नै त्यसलाई अस्विकार गर्दै आएका छन् ।

उनीहरुको आन्दोलनको कार्यक्रममध्ये अर्थमन्त्री डा। युवराज खतिवडालाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नेदेखि धितोपत्र बोर्ड, नेप्सेका अध्यक्ष लगायत अधिकारीहरुको घर–कार्यालय घेर्ने र लगानी सम्मेलनमा आउने विदेशी पाहुनाहरुसँग छलफल गर्नेसम्म रहेको थियो ।


जसअन्तगर्त आन्दोलनको दोस्रो दिन कार्यक्रम सेडुलमा नभएको कार्यक्रम दबाब समूहले गर्यो, त्यो भनेको धितोपत्र बोर्डमा लगाएको तालाबन्दी हो । उनीहरुको कार्यक्रम तालिका अनुसार आज धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गर्ने भनिएको थियो ।

लगानीकर्ताहरुले भ्रष्टाचारी कर्मचारी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी मुर्दाबाद, रेवतबहादुर कार्की राजीनामा दे, निरज गिरी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी देश छोड भन्दै चर्को नाराबाजी गरे ।

बोर्डमा तालाबन्दी गर्ने कार्यक्रम १३ गतेमात्रै थियो । उनीहरुले १३ गतेको कार्यक्रम आजै सारेर बिहान ८ बजे नै बोर्डमा ताला लगाए । उनीहरुले आइतबार ताल लगाउने कार्यक्रमको जानकारी न धितोपत्र बोर्डलाई थियो, न त प्रहरी प्रशासनलाई नै । जानकारीबिना दबाब समूहले सबैलाई ‘सरप्राइज’ दियो । ८ बजे नै ताला लाग्यो । १० बजे कार्यालयमा बोर्डका कर्मचारी पुग्दा ताला लागिसकेको थियो ।

ताला लागेपछि ३ घन्टा उनीहरु बोर्ड परिसरमा रहेको चउरमा बढ्दो गर्मीलाई चुनौति दिँदै रुखको शितल छहारीमा बसिरहे । त्यो क्रममा केही माथिल्लो तहका कर्मचारी तनाबमा देखिएका थिए भने अन्य कर्मचारी भने रुखको छहारीमा बस्दै सेल्फी खिची रहेका थिए । अझ भनौं त्यहाँ निकै मज्जाले फोटो सेसन चलिरहेको थियो । बोर्डका कर्मचारीले धित मरुन्जेल फोटो खिचे । केही कर्मचारीले त बदाम समेत किनेर ल्याउन भ्याएछन् ।


चउरमा, रुखको शितल छहारीमा बसेर फोटो खिच्दै, बदाम खाँदै, निकै मज्जाको दृश्य थियो त्यो । त्यो बेलासम्म लगानीकर्ताहरु उभिएर मात्र आन्दोलन सम्भव नहुने भन्दै कसरी अघि बढ्ने भन्ने छलफलमा रहेका थिए ।

झण्डै साढे ११ बजेको हाराहारीमा एक लगानीकर्ताले जुक्ति निकाले त्यो थियो, त्रिपाल किनर ल्याउने र बोर्डको मुख्य प्रवेशद्वारमा ओछ्याएर बस्ने ।

गत मंसिरमा पाल टाँगेर, पाल नै ओछ्याएर रिलेअनसन हुँदै आमरण अनसन बसेका उनीहरुलाई यो जुक्ति खियाउनु खासै नयाँ कुरा भने होइन । तत्कालै उनीहरुले ८ सय रुपैयाँ तिरेर नयाँ पाल पनि ल्याएर बोर्डको मुख्य प्रवेशद्वारमा धर्ना बसे ।

अध्यक्ष डा। रेवत बहादुर कार्की बोर्डमा ताला लगाएको थाहा पाएपछि कार्यलयमा आउँदै आएनन् सीधै अर्थ मन्त्रालयतिर हानिए ।

उनीहरु धर्नामा बसिरहँदा बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेल भने निकै तनाबमा थिए । बोर्डका कार्यकारी निर्देशक निरज गिरी बार्षिक रुपमा पाउने बिदा अन्तर्गत छुट्टिमा रहेका थिए भने, अध्यक्ष डा। रेवत बहादुर कार्की बोर्डमा ताला लगाएको थाहा पाएपछि कार्यलयमा आउँदै आएनन् सीधै अर्थ मन्त्रालयतिर हानिए ।

अब त्यहाँको बाताबरण मिलाउने जिम्मेवारी पौडेलको काँधमा आयो, बिडम्बना, त्यो जिम्मेवारी उनले सहजै बहन गर्न भने सकेनन् ।


लगानीकर्ताहरुलाई उनले पटक–पटक बार्तामा आउन आग्रह गर्दा पनि लगानीकर्ता मान्दै मानेनन् । उनीहरुले अब कुनै पनि वार्ता बोर्डसँग नहुने र सीधै अर्थमन्त्री वा प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने अडान कसे ।

उनीहरुले सरकारले ५८ बुँदा मध्ये बोर्डको भागमा परेको काम गर्न भनेर निर्देशन दिँदा सरकारकै निर्देशन नमान्ने निकायसँग वार्ता गर्नुको कुनै औचित्य नभएको भन्दै वार्तामा बस्न मानेनन् । उनीहरुले अन्तिम सम्मपनि बोर्डसँग कुनै पनि वार्ता नगर्ने गर्नै बरु अर्थमन्त्रालयको एक जना, आन्तरिक राजश्व विभागको एक जना र बोर्डको एकजनासहित ३ जनासँग दबाब समूहको तर्फबाट ३ जना बसेर वार्ता गर्न तयार भए ।

प्रहरीले लगानीकर्ताहरुलाई सामान्य लछार पछार गरेर ताला तोडेको थियो ।

लगानीकर्ताहरुले यस्तो प्रस्ताव गरिरहँदा बोर्डका कार्यकारी निर्देशक पौडेलले राजश्व विभाग, मन्त्रालयका अधिकारी वार्तामा आउने ग्यारेन्टी आफुले दिन नसक्ने भन्दै आफुले मात्रै वार्ता गर्ने र त्यसको लागि पहिला ताला खोल्न पटक–पटक आग्रह गरे । तर लगानीकर्ताहरुले उनको प्रस्ताव मान्न तयार भएनन् ।

उच्च सुरक्षा सतर्कता

सेयर बजारमा १५ लाख लगानीकर्ता छन् भनिए पनि लगानीकर्ताको हकहितको लागि भन्दै गरिएको तालाबन्दीमा करिब ३० जना मात्रै लगानीकर्ता थिए । तर प्रहरी भने त्यो भन्दा निकै बढी थिए ।

बोर्डमा सुरक्षाको थ्रेट देखेर जिल्ला प्रशासन कार्यालय ९जिप्रका०ले धितोपत्र बोर्डलाई एउटा पत्र पठायो । लगानीकर्ताहरुको विरोधस्वरुप आन्दोलन चली रहेको समयमा जिप्रकाले पत्र पठायो । कार्यालयमा ताला लागेपनि रुखको छहारीमा बसेका कर्मचारीहरुले पत्र बुझे, जसको चलान नम्बर ३७८७ हो । जिप्रकाले त्यही समयमा ललितपुर प्रहरीलाई पनि पत्र पठाएको थियो ।

बोर्डसँग युद्ध सुरु भएको बताउने लगानीकर्ताहरुले आगामी दिनमा सचेत भएर बाँकी आन्दोलनका कार्यक्रमतर्फ लाग्नुपर्ने निश्कर्ष निकालेका छन् ।

पत्र आएको थाहा पाएपछि केही लगानीकर्ता भने अब प्रहरीले धरपकड गर्ने र सबैलाई लगेर थुन्ने भयो भन्ने चिन्तामा परिसकेका थिए ।

उक्त पत्र पाएपछि २ जना इन्सपेक्टरको कमान्डमा दुई भ्यान प्रहरी बोर्डमा आए । त्यति गर्दा पनि स्थिति असामान्य बनेपछि ललितपुरका डिएसपी एआर बोहराको नेतृत्वमा थप प्रहरी आए । रमाइलो प्रसंग के छ भने नेपाल प्रहरीले मात्र कुनै ठाँउमा शान्ति सुरक्षा कायम गर्न नसकेको खण्डमा शसस्त्र प्रहरी आउने गर्दछ । बोर्डमा भने असईको नेतृत्वमा ७ जना शसस्त्र प्रहरी पनि आएका थिए । बोर्डमा ४ गाडी सुरक्षा निकायका अधिकारीहरु तैनाथ रहे । त्यसपछि लगानीकर्ताहरु निरास बन्दै गए ।

डिएसपी आएपछि उनले बोर्डका कार्यकारी निर्देशक पौडेलसहित लगानीकर्तासँग चउरमै छलफल गरे । डिएसपीले सरकारी कार्यालयमा तालाबन्दी गर्न नपाउने र कार्यालय खोल्न दबाब समूहलाई आग्रह गरे ।

लगानीकर्ताहरुले कुनै पनि हालतमा ताला नखोल्ने र आफ्ना ३२ बुँदे माग पुरा भएपछि मात्रै ताला खोल्ने अडान कसे । वार्ताको सन्दर्भमा अर्थमन्त्रालय, आन्तरिक राजश्व विभाग र बोर्डका पदाधिकारीसँग मात्रै वार्ता गर्ने अडान लिए ।

जब प्रहरीले ताला तोड्यो‘

लगानीकर्ताहरुले धर्ना छोड्न नमानेपछि प्रहरीले अन्त्यमा सामान्य बल प्रयोग गरेर ताला फोड्यो । दबाब समूहले सात सय रुपैयाँ खर्च गरेर ताला र साङलो ल्याएका थिए । त्यो प्रहरीले एकै पटकमा तोडिदियो । त्यो समयमा प्रहरीले लगानीकर्ताहरुलाई सामान्य लछार पछार गरेर ताला तोडेको थियो ।

एक लगानीकर्ता भने भुईमा लडीबुडी पनि गरिरहेका थिए । प्रहरीले ताला फोडेपछि भित्र थुनिएका बोर्डको कर्मचारी यूनियनका अध्यक्ष समेत रहेका राजबहादुर जिसी बाहिर निस्किए । यसपछि ३ घन्टा शितल छहारीमा बसेका कर्मचारी प्रहरीको सुरक्षा घेराबीच कार्यालमा प्रवेश गरे ।
प्रहरी र लगानीकर्ताबीच रस्साकस्सी भइरहँदा नेप्सेका एक कर्मचारी टुप्लुक्क पुगेका थिए । उनी केही समय बसेर फर्किइहाले ।

अध्यक्ष कार्की र कार्यकारी निर्देशक गिरीको राजीनामा मागियो

प्रहरीको उच्च सतर्कताबीच कर्मचारीहरु १ बजेपछि कार्यालयमा प्रवेश गरे, त्यो समयमा लगानीकर्ताहरु भ्रष्टाचारी कार्यालयमा छिरे भन्दै विरोध स्वरुप हाँसेर ताली बजाउँदै पुनः नाराबाजीमा लागे ।

उनीहरुले भ्रष्टाचारी कर्मचारी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी मुर्दाबाद, रेवतबहादुर कार्की राजीनामा दे, निरज गिरी राजीनामा दे, भ्रष्टाचारी कर्मचारी देश छोड भन्दै चर्को नाराबाजी गरे ।

त्यसपछि दबाद समूहले वक्तव्य जारी गर्ने तयारी गरिरहेका थिए । हरी ढकाल, गोपाल स्वामी लगायत केही दबाब समूहका व्यक्तिहरु बाहिर निस्केका थिए, उनीहरुलाई प्रहरीले भित्र प्रवेश गर्न नदिएपछि केही हुन सकेन ।

भित्र भएका सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले आफ्ना माग पुरा नभएसम्म आन्दोलन कायमै राख्ने प्रतिकृया जनाए, आगामी दिनमा कस्तो आन्दोलन हुने भन्ने रणनीति बनाएर अघि बढने बताए ।

राज्य नै आन्दोलनको पछि लागेपछि आफ्नो केही नलाग्ने आन्दोलनकारीहरु निष्कर्षमा पुगेका छन् । बोर्डसँग युद्ध सुरु भएको बताउने लगानीकर्ताहरुले आगामी दिनमा सचेत भएर बाँकी आन्दोलनका कार्यक्रमतर्फ लाग्नुपर्ने निश्कर्ष निकालेका छन् ।

उनीहरुले धितोपत्र बोर्डमा खर्चेको चार घन्टामा कुनै उपलब्धि नभएन । तर ताला चाबीमा ७ सय र त्रिपालमा ८ सयसहित १५ सय रुपैयाँमात्र खर्च भयो ।

उनीहरुले त्यो तालाचाबी र त्रिपाल भने लिएर आएका छन् । प्रहरीले त्यो लैजान खोजेपनि आफैंले लिएको आएका छन् ।