Tuesday, September 22, 2020

नेप्सेको टिएमएस असफल भएपछि पुँजी बजारको काम गर्न ‘क्याप टेक’ नामक कम्पनी आउँदै


सोभित थपलिया 

काठमाडौं । पुँजी बजारसम्बन्धी काम गर्न नयाँ आँइटी कम्पनी खुल्ने भएको छ । ब्रोकर, आइटी कम्पनी, बैंक र आइटी क्षेत्रके व्यक्तिको सहभागीतामा ‘क्याप टेक नेपाल’ नामक नयाँ कम्पनी खुल्ने भएको हो ।


नेप्सेले सञ्चालन गरेको सेयर बजारको अहिलेको अनलाइ कारोबार प्रणालीमा विभिन्न समस्या आएपछि त्यसको विकल्पका रुपमा नयाँ कम्पनी खोल्न लागिएको हो ।


अनलाइन प्रणाली र ट्रेड म्यानेजमेन्ट सिस्टम  ९टीएमएस०मा समय समयमा गम्भीर खालका समस्या देखिएपछि धितोपत्र बोर्डले पनि विभिन्न अपजस खेप्नु परेपछि अलीलाई नयाँ कम्पनी ल्याउन अनुमति दिने तयारीमा बोर्ड पुगेको छ ।


स्रोतका अनुसार त्यसका लागि अधिकांश काम पूरा भइसकेको छ । लकडाउनको समयमा बजार बन्द हुँदा नै यसको तयारी शुरु गरिएको थियो ।


बोर्डले अर्थसमितिले गठन गरेको उपसमितिलाई सुझाव पठाँउदा टेक्निकल इन्फ्रास्टक्चर सफ्टवयर कम्प्युटर बलियो हुनुपर्ने सुझाव दिएको थियो ।


नयाँ कम्पनीमा ब्रोकरहरुको ५५ प्रतिशत, रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डनको सिटी टेक नाम गरेको टेक्नोलोजी कम्पनीको २० प्रतिशत, बैंकहरुको २० प्रतिशत र आइटी विज्ञको ५ प्रतिशत स्वामित्व रहने छ ।


उक्त कम्पनीले पुँजीबजारसँग सम्बन्धित आईटीको सबै सिस्टमको काम गर्नुका साथै फण्डसँग सम्बन्धित च्यानलिङको काम पनि गर्ने छ ।


स्रोतका अनुसार उक्त कम्पनीले टि प्लस जिरो, क्लियरिङको काम गर्ने तयारीका साथ उक्त कम्पनी दर्ता हुन लागेको हो । यसै साता कम्पनी दर्ताको प्रक्रिया अघि बढ्नेछ ।


हाललाई कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ छ भने पछि २५ करोड रुपैयाँ बनाउने योजना रहेको छ ।


ब्रोकरहरु भने टिएमएसको प्रणालीलाई हेरेर यो कम्पनीतिर आकर्षित भएका हुन् । उनीहरुले टिएमएस लिँदा प्रतिब्रोकर डेढ करोडको हाराहारीमा खर्च गर्नुपर्छ, सबैको ७० देखि ७५ करोडसम्म लाग्ने भएपछि नयाँ कम्पनीले डाटादेखि सबै काम गरिदियो भने आफैं टिएमएस लिनुभन्दा उक्त कम्पनीमा जानु प्रभावकारी हुने ठानेका छन् ।


यता धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले नेप्सेको अनलाइन प्रणालीमा हस्तक्षेप गर्नुका बिकल्प नभएको बताए ।


बोर्डले नेप्सेलाई केही समय यता टि प्लस जिरोमा जान धेरै दबाब दिएको बुझिएको छ । नेप्सेले यो काम तत्काल सम्भव छैन भनेपछि सिडिएससीलाई सहायक कम्पनी खोलेर उक्त काम गर्न भनेको थियो ।


तर, सिडिएससीले कम्पनीले खोलेर लगानीकर्तामा नपुग्ने भन्दै आफूले त्यो काम नगर्ने बताएको थियो । सिडिएससीले पनि नमानेपछि बोर्डले कुनै निजी कम्पनी आउँछ भनिरहेको थियो ।


यता धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७र०७८ को लागि ल्याएको नीति तथा कार्यक्रममा ‘धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि प्लस २ मा आधारित हुने तथा नेप्सेको कारोबार व्यवस्थापन प्रणाली ९टिएमएस०लाई प्रभावकारी बनाउने व्यवस्था मिलाउने’ भन्ने उल्लेख गरिएको छ ।


https://clickmandu.com/2020/09/131409.html

Sunday, September 20, 2020

बैंकलाई ब्रोकर लाइसेन्समा चलखेलः किन १२ प्रश्नको जवाफ खोज्दैन धितोपत्र बोर्ड ?


सोभित थपलिया 

काठमाडौं । बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विषय निकै पेचिलो बन्दै गएको छ ।


आम लगानीकर्ताले बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने माग राख्दै आएको भएपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।


नेपाल धितोपत्र बोर्डको अघिल्लो नेतृत्वलाई बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सबैभन्दा हतारो थियो भने अहिलेको नेतृत्वले आलटाल गरिरहेको छ ।


त्यतिमात्रै कहाँ हो र रु बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयलाई लिएर ब्रोकरहरुबीचमा समेत विवाद देखिएको छ ।


सञ्चानलमा रहेका ५० ब्रोकरमा आधाभन्दा बढी बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन नहुने पक्षमा छन् भने आधाभन्दा कमले मात्रै बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएर प्रतिस्पर्धीका रुपमा जानुपर्ने पक्षमा उभिएका छन् ।


सञ्चालनमा रहेका मध्ये ३० भन्दा बढी ब्रोकर बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन नहुने पक्षमा छन् ।


उनीहरु ब्रोकरको काम ब्रोकरले नै गर्न पाउनुपर्छ भनेर लागेका छन् । बाँकीले भने बजार प्रतिस्पर्धी हुनुपर्ने, बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिनुपर्ने र सबै मिलेर बजारलाई चलायमान बनाउनु पर्ने र सबैको पहुँचमा पुर्याउनु पर्ने पक्षमा देखिएका छन् ।


संघीय संसद, प्रतिनिधिसभा, अर्थसमितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गत वर्ष साउन अन्तिममा पुँजी बजार र मुद्रा बजारको अध्ययन गर्न उपसमिति गठन गरेको थियो ।


उपसमितिले केही समयअघि प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनमा बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न दिन विभिन्न १२ वटा प्रश्नको जवाफ खोजिनुपर्ने पर्ने उल्लेख छ ।




उपसमितिको प्रतिवेदनमा ती १२ प्रश्नको जवाफ खोजेर ‘लगानीकर्ताहरुको लगानी सुरक्षित हुने र पूँजी बजारको वर्तमान अवस्थामा वृद्धि र विस्तार हुने वातावरण सिर्जना भए लाइसेन्सका लागि वाधा नपर्ने बताएको थियो ।


यस्तै, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेप्से लगायतका निकायहरुले आवश्यक तयारी गरी वाणिज्य बंैकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल व्यवसायी अनुमतिपत्र दिने निर्णय गर्न उचित देखिन्छ’ भनेर प्रतिवेदनमा लेखिएको छ ।


यी प्रश्नको जवाफ खोज्ने जिम्मा बोर्डलाई दिइएको छ । किनभने धितोपत्र बोर्ड भनेको सेयर बजारको नियामक निकाय हो ।तर बोर्डले १२ प्रश्नको जवाफ खोज्न आलटाल गरिरहेको छ ।


यता दर्जनभन्दा बढी बैंकले सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्ने अनुमतिको पर्खाइमा छन् । उनीहरुमा कहिले अनुमति पाउने भन्ने अन्योलता बढेको छ ।


ब्रोकरबीच मनमुटाव

यही कारणले ब्रोकरबीच भने मनमुटावसमेत शुरु भएको छ ।


स्रोतकाअनुसार केही ब्रोकरहरु यतिबेला बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स रोक्न आर्थिक चलखेलमा समेत लागेका छन् ।


एसोशिएसनका केही अधिकारी बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनबाट रोक्न पैसा उठाउन लागेको ब्रोकरहरुले नै आरोप लगाएका छन् ।


ओभरड्राफ्टको हतियार


अधिकांश ब्रोकरहरुको ग्लोवल आइएमई बैंकमा ओभरड्राफट ऋण छ । उक्त बैंकबाट ओभरड्राफ्ट लिन र नविकरण गर्नका लागि ब्रोकर एसोशिएसनको सिफारिसपत्र आवश्यक पर्छ ।


ब्रोकर एसोशिएसनका पदाधिकारीले यही सिफारिसपत्रलाई पैसा उठाउने हतियार बनाएका छन् । ब्रोकर लाइसेन्स रोक्न स्रोत र साधन सहयोग गर्नेलाई समयमै सिफारिसपत्र दिने र नगर्नेलाई सिफारिस पत्र दिन नमानेको एक पूराना ब्रोकरले क्लिकमाण्डूलाई जानकारी दिए ।


ग्लोबल आइएमईमा ब्रोकर एसोशिएसनको सिफारिस चाहिने भएपछि केही ब्रोकर ऋणका लागि प्रभु बैंक पुगेका छन् ।


विवाद बढेपछि भने एसोशिएसनका पदाधिकरीहरु हच्किएका छन् । यही हतियार प्रयोग गरेर अढाई करोड रुपैयाँको हाराहारीमा रकम संकलन भएको स्रोतको दाबी छ । तर, त्यो कहाँ खर्च भयो वा खर्च भएको छैन भन्ने जानकारी कसैलाई पनि दिइएको छैन ।


स्रोतका अनुुसार केही समय यता बोर्डको नेतृत्वले संसदीय उपसमितिको प्रतिवेदनले औल्याएका प्रश्नको जवाफ खोज्नुको सट्टा बैंकका सहायक कम्पनीलाई ब्रोकरको अनुमति दिने काम तत्कालका लागि ‘स्टप’ भनेको छ ।


स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले एसोशिएसनले बैंकलाई दिने भनिएको ब्रोकर लाइसेन्सका बारेमा आफूहरुले सार्वजनिक रुपमा जे जस्तो सुझाव दिएको त्यो भन्दा बढी केही पनि नगरेको बताए ।


‘कुनै साथीहरु औपचारिक, अनौपचारिकरुपमा आफ्नो व्यवसायको लबिङमा लाग्नु उहाँको अधिकारको कुरा हो, त्यसमा हाम्रो भूमिका केही पनि हुँदैन र छैन पनि,’ रानाभाटले क्लिकमाण्डूसँग भने ।

अहिले ब्रोकरहरुमाथि पैसा उठायो भनेर कपोकल्पित आरोप लगाइएको उनको भनाइ छ ।


‘बाहिर पैसा उठाइयो भन्नु स्वभाविक हो, म त्यसलाई अस्वभाविकरुपमा लिन्न’ उनले भने, ‘तर, यस्ता हल्लाका पछि नलाग्न सबैलाई अनुरोध गर्छु ।’


एसोशिएसनले नविकरण नभएको मात्रै पैसा उठाउने र अरु कुनै पनि विषयमा पैसा नउठाएको बताए । एसोसिएसनका कोषाध्यक्षले ब्रोकरको सदस्यता नविकरण भएको छ कि छैन भनेर हेर्ने मात्रै गरेको उनको भनाइ छ ।


कूल २५ हजार रुपैयाँ तिरेर नविकरण गर्ने कुनै ब्रोकरको पनि सिफारिस नरोकेको उनको दाबी छ । नविकरणका लागि ग्लोबल आइएमइ बैंकले संघको सिफारिस खोजेको तर प्रभु बैंकले सिफारिस नखोजेको उनले जानकारी दिए ।


अहिले एसोशिसनका कारण कुनै ब्रोकरको काम रोकियो भने त्यसको जिम्मा आफू लिने र अरु कुराको जिम्मा लिन नसक्ने उनको तर्क छ ।


बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनका लागि ब्रोकरले नदिने भन्दैमा नदिने, दिने भन्दैमा दिने भन्ने कुरा नभएको र त्यो नियामकको कुरा भएको उनले बताए ।


‘जुन बेला सिस्टम नै थिएन, त्यो बेला बैंकलाई दिँदा हुन्छ भनिएको हो, अहिले बैंकलाई नभएर बैंकको सहायक कम्पनी त्यसमा पनि अहिले भएको सहायक कम्पनीलाई होइन, कुनै नयाँ कम्पनी खोलेर दिने भन्ने कुरा आयो’, रानाभाटले भने ‘यसरी कुनै पनि हालतमा बजारको विस्तार हुँदैन, अनलाइन आएको छ, यसलाई सरलिकृत गर्नका लागि अनलाइन मोडलमा जाँदा हुन्छ । हाम्रो आग्रह पनि यही हो ।’


स्रोतका अनुुसार केही समय यता बोर्डको नेतृत्वले संसदीय उपसमितिको प्रतिवेदनले औल्याएका प्रश्नको जवाफ खोज्नुको सट्टा बैंकका सहायक कम्पनीलाई ब्रोकरको अनुमति दिने काम तत्कालका लागि ‘स्टप’ भनेको छ ।