Friday, July 23, 2021

कला क्षेत्रले नचिनेपछि व्यवसायी बन्न खोज्दा कोरोनाले निम्त्याएको बज्रपात

कलाकार कामेश्वर चौरासिया


सरहरू अति भाग्यमानी है,

सयको माल सात सय

बेर छैन हो अब त करोडपति बन्नलाई

यो सर्ट कटले पुर्‍याउँछ ठाउँमा हो याद राख्नुहोस् मैलै भनेको

सरहरूको एउटै अन्तिम इच्छा होला है अब त

यो नाकाबन्दी कहिल्यै नखुलोस् भनेर है

यो डाइलग नेपाली चलचित्र लुट(२ मा कलाकार कामेश्वर चौरासीयाको हो ।


चलचित्रमा उहाँले भनेको जस्तै दुई नम्बरी गर्नेहरुलाई यस्तो सङ्कट कमाउने अवसर बन्ने गर्दथ्यो । विगत डेढ वर्ष यता सुरु भएको कोरोना महामारीका कारण विश्वभरका मानिसलाई हैरानी बनाएको छ । लुट २ भने जस्तो अहिले सायदै मानिसलाई होला कमाउने रहर अनि लकडाउन नखुलोस् भनेर ।


अहिले सबै नेपाली पनि कोरोना कहिले हट्ला र व्यापार व्यवसाय सहज बन्ला दैनिकी सहज होला भनेर बसेका छन् । यो बिचमा धेरले आफ्नो व्यापार व्यवसाय नै छोड्न बाध्य भएका छन् । त्यही बाध्यतामा निकै पायोनियर कलाकार कामेश्वर चौरासीया पर्नुभयो ।

भनेजस्तो, राम्रो कथावस्तु भएको चलचित्र नपाएर हैरान हुनु भएको उहाँले आफ्नै लगानीमा २०७६ साल साउनताका शान्तिनगर स्थित बाग्मती किनारमा ‘स्वाद’ म देशी या कामेश्वर चौरासिया माछाः वालाः होटल खोल्नु भयो ।


होटल खोलेको १० महिना पुग्न पनि पाएन, कोरोनाले लखेट्यो, त्यो पनि अब त्यही ठाउँमा सम्भवतः नफर्कने गरी । हुन त कोरोनाले आफ्नो व्यवसाय छोडेर चौरासीया जस्ता धेरैले राजधानी छोड्नु परेको छ । त्यस्ता धेरै नेपालको बिचमा उहाँ पर्नुभयो । उहाँलाई चलचित्रको साथै होटल पनि निकै रुचिको विषय थियो र अझै पनि छ । नेपालमा पनि कोरोना महामारी बढेपछि २०७६ चैत ११ गतेबाट सरकारले लकडाउन सुरु गर्‍यो । त्यसपछि उहाँको होटल गरेर कमाइ गर्ने योजना केवल योजनामा नै सीमित बन्यो ।


करिब डेढ लाख लगानी गरेर खोलेको होटल ९ महिना पछि एकाएक छोडेर हिडुन पर्‍यो, त्यो पनि सहर नै छोडेर । लामो समय चलचित्र नभएको, त्यही मौकामा खोलेको होटल पनि एकाएक छोड्नु पर्दा मन त दुख्ने नै भयो । होटल खुलेको केही समयमा नै निकै चर्चा सुरु भयो । बिस्तारै बिस्तारै चर्चा चुलिएसँगै व्यापार पनि निकै बढ्न थाल्यो । होटेलमा खाजा खान आउनको पनि निकै भिड लाग्न थालेको थियो । गोजीमा पैसा पनि हुन थाल्यो । लामो समयदेखिको अभावको जीवनबाट बिस्तारै बाहिर निस्कँदा, सबैको माया पाउँदा मन यसै पनि पुलकित त हुने नै भयो । बलियो बन्दै गएको गोजी, फैलँदो व्यापार कोरोनाले गर्दा अघिल्लो वर्षको चैत ११ गतेबाट सबै बन्द नै भयो । कोरोना बढ्यो । एकाएक, त्यसपछि होटेलको ढोका खुलेन ।


चौरासीयाको होटल क्षेत्रको दीर्घकालीन योजना तत्कालको लागि स्थगन भयो । उहाँलाई र उहाँको योजनालाई कोरोनाले धोका दियो । यस्तो धोका चौरासीयाले ६ वर्ष अघिको भूकम्पमा पनि भोग्नु भएको थियो । २०७२ साल वैशाख ११ गते शुक्रवार चलचित्र रेसम फिलिलि प्रदर्शनमा आयो । १२ गते बिहानको सो मात्रै चल्यो । त्यसपछि चलचित्र चल्न सकेन । पहिलो सो नै निकै हिट भयो । सबैले मन पराएका थिए, उक्त चलचित्र । त्यसपछि लामो समय भूकम्पले निकै तहस नहस बनायो ।


कोरोनाले राम्रोसँग चल्न थालेको होटेल पूर्ण रूपमा बन्द गरिदियो । कोरोनाका कारण होटल बन्द हुँदा चौरासीया मात्रै बेरोजगार भएनन्, अन्य ७ जनाले पनि बेरोजगार हुनुपर्‍यो, एकै ठाउँबाट एकै साथ । हुन त कोरोनाले विश्वभर लाखौँ लाख मानिसको अवस्था उस्तै रहेको छ । चौरासीयाले युरोप, अमेरिका गएर थ्री डी ९डेन्जर, डट्रि र डिफिकल्ट० काम गर्ने चाहनु भएन । नेपालमा नै काम गर्नुभयो । उहाँले मात्रै काम गर्नु भएन की अन्य ७ जनालाई रोजगारी पनि दिनुभयो ।


कलाकारका कस्ता दिन


कलाकार भनेपछि शान छ, फ्यान लाखौँ छन्, पैसा कति धेरै कमाएको होला रु यस्तै यस्तै खाले प्रश्न हरेक नेपालीको मनमा आउनु सामान्य हो । तर कलाकारहरू निर्माताबाट कति ठगिएका छन् कति हेपिएका छन्, कति पेलिएका छन् त्यो कुरा आम मानिसले थाहा पाएका हुँदैनन् र चासो पनि दिँदैनन् । यस्तो कुरा आम मानिसको चासोको विषय नबन्न पनि सक्छ ।


आम दर्शकले विश्वास गर्न नसक्ने कयौँ त्यस्ता समय, बाध्यता, विवशताको बिचमा रुमलिनु परेको छ । त्यो बेलामा उहाँले धेरै निर्मातालाई नजिकबाट चिन्नु मात्रै भएन, कलाकारले पनि परिश्रम गर्ने हो भने देशमा नै आम्दानी गर्न सकिन्छ, तर त्यसको लागि लाज मान्ने होइन, काम गर्नुपर्छ भनेर सिक्नुभयो । थोरै मानिसलाई भए नि रोजगारी दिन सकिन्छ भनेर सिक्नुभयो ।


कलाकार भएर आफ्नो स्टारडम मेनटेन गर्न समस्या, चलचित्रमा सोचे अनुसार प्रगति हुन नसक्नुले नै उहाँमा नयाँ कामको योजना बन्यो । त्यो बेला चलचित्र नचलेर निर्माता डुब्दा चौरासियाको मन आफूले चलचित्र नपाउँदा वा आफूले भने अनुसार पैसा नपाउँदाको भन्दा बढी दुख्ने गरेको थियो । तर त्यो बेला उहाँको मन दुखेको देख्ने कोही पनि भएनन्, बरु दुखेको मन दुखाउनेको यो सहरमा कमी थिएन । सायद अझै छैन ।


आफ्नै नाम बेचेर निर्माता फसाउँदा दुखेको मन


अरूले मेरो नाम लिएर निर्माता भेट्न जाने, कुरा गर्ने र उहाँहरूकै अगाडि मलाई फोन गरेर पनि निर्मातालाई डुबाएको पनि थाहा पाउनुभयो त्यो बेला आफ्नो मन निकै दुखेको सुनाउनु भयो । यस्तो कुरा पछि झनै थाहा पाए । धेरैले निर्मातासँग कुरा गर्ने, मलाई फोन गर्ने गर्दा रहेछन् । फोन गरेर भाइ यो चलचित्र गर्दै छौँ है भनेपछि हुन्छ भन्नै पर्‍यो ।


कतिपय चलचित्रमा मलाई हिरो राख्छु भनेर कुरा भएको हुँदो रहेछ । पछि निर्माताले फोन गर्नुभयो की हामीले यसरी काम गर्ने भनेका थियौ भनेर । पछि कसरी यस्तो भयो भनेर बुझ्दा कतिपय निर्माताहरुले तपाईँको नाममा म ठगिए भनेर भन्नुभयो । त्यो बेला धेरै मन दुख्यो । म सँग कुरा नै नगरी म माथि लगानी भएको रहेछ ।


न मैले काम गरेर पैसा पाए, न निर्माताले पैसा कमाउन पाए । निर्माता उल्टै डुब्दा मन निकै भारी हुँदो रहेछ । यो सबै थाहा भएपछि यसको सिस्टम परिवर्तन हुन समय लाग्छ । त्यो भन्दा बरु आफ्नो मनले चाहेको व्यापारमा नै जाँदा राम्रो हुन्छ भनेर मैले होटेलमा हात हालेको हो, लामो श्वास तान्दै चौरासीयाले भन्नुभयो ‘त्यो पनि कोरोनाले सक्यो ।’


थ्री डिको बेवास्ता, अरूलाई ऊर्जा दिने प्रण  


चलचित्रमा काम गर्दा गर्दै पनि बाहिर केही काम गर्नुपर्छ भन्ने लागिरहेको थियो । मैले बनाएको माछा सबै साथीहरूले मिठो बनाउँछस् भनेर भन्ने गर्नुहुन्थ्यो । अनि मैले उपयुक्त लागेर रेस्टुरेन्ट खोले ।  मेरो चाहना होटेल खोल्नु पैसा कमाउनु मात्रै थिएन की अमेरिका, अस्ट्रेलिया, जापान, युरोपका विभिन्न देशमा गएर थ्री डी (डेन्जर, डट्रि र डिफिकल्ट) काम गर्नु भन्दा देशमा नै कैही गरौँ ।


स्वदेशमा नै केही राम्रो काम गरेर र केही पैसा कमाऊ, मैले काम गरेको देखेर अरू युवा उत्साहित होउन्, देशमा नै केही गरुन् भन्ने चाहना थियो । साथीहरूसँग बस्दा पनि यस्ता कुरा हुने गरेको थियो । मलाई देखेर धेरै मानिसमा नयाँ ऊर्जा आएको पनि देखेको छु ।


डेढ लाख लगानी, सुरुमा ५० हजार ठगियो 


होटेल खोल्दा डेढ लाख रुपैयाँ लगानी गर्नु भएका चौरासीयालाई फर्निचर बनाउने भएर एक जना ठगले ५० हजार रुपैयाँ ठगेको उहाँले सम्झनुभयो । निगालोको फर्निचर बनाउन खोजेको बाँसले बनाएर केही ठाउँमा निगालोले बानेर ५० हजार लिएर हिँडेको उहाँको गुनासो छ । होटेल सञ्चालनमा आउनु भन्दा पहिला नै उहाँ त्यही होटेलको नाममा ठगिनु भएको हो । उहाँले होटेल खोल्नु भन्दा अगाडि नै ५० हजारमा ठगिए पनि पछि ७ जनालाई रोजगारी दिनु भएको थियो ।


राहदानी च्यातिएको साँझ 


होटेल हो विभिन्न खाले मानिस खाजा आउने गर्दथे । त्यसमा पनि नाम चलेको कलाकारले खोलेको होटेलमा मानिसको भिड नलाग्ने त कुरा नै भएन । तर एक दिन साँझ सदैको भन्दा निकै फरक खालको दृश्य देखियो । एक साँझ विराटनगर तिरका सायद राजवंशी केटाहरू होलान् । ४ जना आएका थिए । रोजगारीको लागि विदेश जान राहदानी बनाउन आएका उनीहरूले राहदानी बनाइ सकेका रहेछन् । काम सकेर होटेलमा बसेका उनीहरूले आफ्नो भिडियो हेरेको र साँझ ७ बजेको हाराहारीमा उनीहरू आफ्नो होटेलमा आएको उहाँको भनाइ छ ।


होटेलमा आएर खाजा आएपछि आफूसँग बोल्न आएको र ४ जनामध्ये १ जना निकै भावुक भएर कुरा गर्न थाले । कुरा गर्दै जाँदा सबैले भर्खरै बनाएको राहदानी पनि देखाए । एक जनाले रोजगारीको लागि विदेश जान लागेको, त्यहाँ गएर गर्ने दुःखको बारेमा पनि निकै कुरायो । अरूको लहै लहैमा लागेर मात्रै आफू विदेशमा जाने लागेको र विदेशमा गएर काम गर्न सकिँदैन भन्ने पनि थाहा छ भनेर निकै भावुक रूपमा कुरा गरे । विदेशमा भोग्नु परेको दुःखको बारेमा सुनाइरहेको बेला मैले पनि विदेशमा गएर काम गर्नु भन्दा नेपालमा नै केही गर्ने हो भने धेरै सम्भावना रहेको बताए ।


मैले त्यसो भनेपछि दाइले मेरो आँखा खोलिदिनु भयो अब म विदेश जान्न, जे गर्छु आफ्नै गाउँमा गएर काम गर्छु, दाइले मेरो आँखा खोलिदिनु भयो भन्यो । त्यो बेला मलाई निकै अनौठो लाग्यो र म भावुक पनि भए । त्यो भाइले आफ्नो राहदानी च्याती नै दिए । त्यस दिनको घटनालाई निकै भावुक हुँदै सम्झेका चौरास याले त्यसपछि ती व्यक्तिसँग सम्पर्क नभएको बताउनुभयो । त्यो दिन जुन भावका साथ राहदानी च्यातेको थियो त्यो अनुसार उसले वीर गन्जमा नै गएर केही काम सरूँ गरेको चौरासीयताको आङ्कलन छ । होटेल खोलेपछि भेटेका करिब ५ हजार मानिसमध्ये ती व्यक्तिको झझल्को चौरासीयताको मानसपटलमा अहिले पनि घुमी रहेको छ ।


चौरासीयताको आइडिया र ब्रान्ड लिनेको होड 


चौरासीको होटेलमा खाजा खान र उहाँलाई हेर्न मात्रै मानिस आउन जाने गरेका थिएनन् । त्यो बेला उहाँको व्यापारिक रणनीतिलाई ब्रान्डसङ गर्ने, व्यवसायको आकार बढाउने, लगानी बढाउने, स्थानान्तरण गर्ने समेत आएका थिए । कुरा नभएको पनि होइन । दैनिक रूपमा बढ्दै गएको व्यापार, खाजा खान आउने देखी सबैको मायाले हौसिएका चौरासी या एक समय व्यापार बाहेक अन्यत्र धेरै समय सोच्न भ्याउने अवस्थामा हुनुहुन्न थियो ।


लगानीकर्ता समेत फेला परेकाले लकडाउन हुनुभन्दा अगाडि नयाँ ठाउँमा होटेल लिने भनेर ठाउँ समेत खोज्न थालिसकेको थियो । बानेश्वरको भित्री क्षेत्रमा खाली जग्गा खोज्ने भनेर सुरु नै भइसकेको थियो । त्यो बेला लगानीकर्ता मात्रै होइन की कानूनविद समेत आएर कुरा भएको चौरासीको भनाई छ । त्यसमा चौरासीयताको ब्रान्डलाई बढवा गर्दै लैजाने र लगानी पनि त्यसै अनुसार गर्ने तयारी रहेको थियो । विडम्बना त्यही बेलामा लकडाउन भयो । लकडाउनले गर्दा बाग्मती किनारामा भएको होटेल पनि छोडेर हिँडनुपर्यो ।

http://arthatantra.com/2021/05/17/90078/?fbclid=IwAR3RdLNp4yfali-5jCZMrGp_8KUMcJMmka7D2qgn811lT9yuDQTLDvhf0FE