Thursday, March 29, 2018

सदाबहार 'ढाका टोपी मैलो धुने बैनी घर गई...'

काठमाडौं १५, चैत्र । कमेडी गायक कुमार न्यौपानेको निकै चर्चीत गीत ‘ढाका टोपी मैलो धुने बैनी घर गई... अझै पनि उस्तै चर्चामा रहेको छ । यो गीत सुन्नका लागि कुनै मौसम कुरेर बस्नुपर्दैन । निकै पुरानो गीत अहिले पनि सदाबहार छ । गीत दोहोरी भएपनि निकै कमेडी रहेको छ । 

ढाको टोपी मैलो बोलको गीतमा कुमार न्यौपाने र शोभा न्यौपानेको स्वर रहेको छ । टिपीकल गाउँले शैलीको शब्द रहेको गीतको म्यूजिक भिडीयो पनि सोहि प्रकारको रहेको छ । कुमार न्यौपाने लगायतका कलाकारहरूको अभिनय रहेको म्यूजिक भिडियोको प्रडक्सन शम्सेर श्रेष्ठले गरेका छन् । 

गीतको रचना पनि स्वयम कुमार न्यौपाने कै रहेको छ भने संगीत रोशन बान्तवाको रहेको छ । गीतको भिडियोको अनन्तराज बज्राचार्यले निर्देशन गरेका छन भने जीवनाथ सुवेदीले छायांकन गरेका छन् । भिडीयोको सम्पादन सुनिल श्रेष्ठले गरेका हुन् ।  गीतमा युवावतीको प्रेमलाई पनि समेटिएको छ । भिडीयोको निकै आकर्षणमा टिपीकल गाउँले शब्द, पुरानाे शैलीकाे क्यासेट समेत प्रयाेग भएकाे छ । जसले गीतलाइ जिवन्तता दिएकाे छ ।

Tuesday, March 20, 2018

नेपाली पैसा

सोभित थपलिया 
काठमाडौं । तपाईले कुनै कम्पनीमा इनिसियल पब्लिक अफरिङ (अाईपीअाे) वा फर्दर पब्लिक अफरिङ (एफपीओ) भर्नु भएको छ ? तपाईसँग सेयर छ, भएको सेयर मध्ये कुन कम्पनीले हकप्रद दिँदैछ, कुनले बोनस दियो, कुनले नगद लाभांश दिने घोषणा गर्यो भन्ने भन्ने थाहा पाउनु सक्नु भएको छैन ? यदि छैन भने त्यसका लागि उपयोगी बन्नसक्न नेपाली पैसा एप । सेयर सम्बन्धि सबै जिज्ञासा मेटनका लागि नेपाली पैसा नामक नेपाली एप रहेको छ ।

तपाई सेयर लगानीकर्ता हुनुहुन्छ भने यो एप तपाईका लागि नभइ नहुन सक्छ, किनभने, तपाईले एकै ठाँउमा बसेर सेयर सम्बन्धि समाचार पढन पाउनु हुनेछ । आफ्नो पोर्टफोलियो थाहा पाउन सक्नुहुनेछ । तपाइलाई चाहिएको दिनको इन्डेक्स थाहा पाउन सक्नु्हुन्छ । त्यति मात्र नभएर आफुलाई चाहेको दिनको चाहेको समयको सेयर मूल्य पनि थाहा पाउन सक्नुहुन्छ ।

यो एपको प्रयोगले धेरै कमाउने कम्पनीको बारेमा पनि जानकारी पाउनु सक्नुहुन्छ । त्यति मात्र नभएर लगानीकर्ताका लागि लगानीको अवसरको बारेमा पनि यो एपले जानकारी दिने काम गर्छ । तपाईले एपबाट नेपालका कति धितोपत्र दलाल कम्पनी रहेका छन् भन्ने कुराको पनि जानकारी लिन सकिने छ । त्यसका लागि तपाईले मोबाइलमा नेपाली पैसा एप डाउनलोड भने गर्नै पर्छ । यसलाई प्रयोगमा ल्याउन सीधै गुगलको प्ले स्टोरमा गएर डाउनलोड गर्न सकिन्छ । मोबाइल प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली पैसा एप ल्याइएको हो । यसलाई अहिले गुगल प्लेस्टोरमा राखिसकिएको छ ।

यो एप इन्सटल गरेर मात्र हुँदैन । यसका सबै फिचर उपभोग गर्ने हो भने बार्षिक रुपमा १००० रुपैयाँ तिर्नूपर्छ । यो एस सबै सेयर लगानीकर्ताहरुको हितमा रहेको छ ।  यो एप सोर्स कोडले निर्माण गरेको हो । यो एप अहिले एन्ड्रोइड भर्सन र आईफोन मोबाइलका लागि निर्माण भएको छ । 

एप प्रयोग गर्ने बिधी 

यो एप मोबाइलमा डाउनलोड गर्न धेरै समस्या पर्दैन । तपाईले प्रयोग गर्ने  मोबाइलमा रहेको गुगल प्ले स्टोरमा गएर -Nepalipaisa) सर्च गरेर डाउनलोड गर्न सकिन्छ ।



           Rating:✰✰✰✰

Friday, March 9, 2018

मादलको ताल !


कलाको सम्मान !


अहिलेसम्म कति वटा कम्पनीले बाँडे लाभांश, कसको बाँकी ? (तथ्यांकसहित)

Dividend
सोभित थपलिया 
काठमाडौं : गत आर्थिक वर्षको कमाईबाट सूचीकृत कम्पनीहरुले धमाधम लगानीकर्ताको खातामा लाभांश पठाइरहेका छन् । अहिलेसम्म नेप्सेमा सूचीकृत ५५ भन्दा बढी  कम्पनीले लगानीकर्तालाई बोनस तथा नगद लाभांश वितरण गरेका छन् । यसरी साधारण सभा सम्पन्न गरी लगानीकर्ताको खातामा लाभांश जम्मा गरिदिनेमा वाणिज्य बैंकहरु, विकास बैंक, वित्तीय संस्था, इन्सुरेन्स, जलविद्युत र होटललगायत समूहका कम्पनीहरु रहेका छन् ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी वृद्धि गर्ने अन्तिम हतियारको रुपमा बोनस सेयरलाई अपनाए । यसकारण पनि धेरै जासो बैंक तथा वित्तीय संस्थाले यसपटक समयमै साधारण सभा गरी लगानीकर्तालाई बोनस बाँडेका छन् । हुन त कतिपय बैंकहरुले लाभांश घोषणा गर्न अझै पनि बाँकी नै रहेको अवस्था पनि छ । यसैगरी, इन्सुरेन्स कम्पनीहरुलाई पनि चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता भएकाले कतिपयले बोनस वितरण गरिसकेको अवस्था छ ।


राष्ट्र बकैंले वाणिज्य बैंकहरुलाई ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकलाई २.५ अर्ब, वित्तीय संस्थालाई ८० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । सामान्यतया, आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि कतिपय कम्पनीको सभा अझै हुन सकेको छैन । साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण गरिने भएकाले जति छिटो सभा भयो त्यति नै छिटो लगानीकर्तालाई पनि लाभ मिल्छ । यो अवधिमा स्टान्र्डर्ड चार्टर्ड बैंकले १००५ बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ ।

बैंकले पुस २६ गते बसेको साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । यस्तै, माहुली लघुवित्तले ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव मंसिर ९ गतेको साधारण सभाले पारित गरेको छ । एभरेष्ट बैंकको ३३५ बोनस र १.७४५ तथा नबिल बैंकले ३०५ बोनस सेयर र १८५ नगद लाभांश दिइसकेको छ । छिमेक लघुवित्त विकास बैंकले १९.८९५ बोनस दिँदा २५.११ प्रतिशत नगद लाभांश दिएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस १० ५ दिँदा १६.३२ ५ नगद लाभांश दिएको छ । स्वाबलम्बन विकास बैंकले २०५ बोनस र ११. ५७८९ ५ नगद लाभांश दिएको हो । बोनस सँगै आकर्षक नगद लाभांश दिनेमा बैंक भन्दा विकास बैंक, माइक्रोफाइनान्स कम्पनीहरु अगाडि देखिएका छन् । समता माइक्रोफाइनान्सले बोनस २०५ दिँदा ११.५८ ५ नगद लाभाशं दिएको छ । यता, हिमालयन डिस्टिलरीले बोनस सेयर नदिए पनि २१.०५ प्रतिशत नगद लाभांश दिएको छ ।

अहिलेसम्म करिब ५५ वटा कम्पनीले मात्र लाभांश वितरण गर्ने निर्णय गरेकामा कतिपयले साधारण सभाबाट प्रस्ताव पारित गरेर वितरण गरिसकेका छन् भने केहीले वितरण गर्न बाँकी रहेको देखिन्छ । लाभांश वितरण गर्न बाँकी रहेका मध्येमा केही वाणिज्य बैंकहरु पनि परेका छन् । समयमै साधारण सभा नगरी लाभांश वितरणमा ढिलाई हुँदा लगानीकर्ताहरु भने मारमा पर्दै आएका छन् ।

माथिल्लो तामाकोशीको २ अर्ब ६४ करोड रुपैयाँको आइपीओ खुल्दैछ, के–के चाहिन्छ सेयर भर्न ?

सोभित थपलिया 
काठमाडौं : दोलखामा जिल्लामा निर्माणाधीन ४५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओमा आवेदन दिनका लागि स्थानीयबासीलाई डिम्याट नम्बर अनिवार्य नगरिने भएको छ । तर सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको आइपीओ भर्न डिम्याट खाता अनिवार्य हुनेछ ।

 दोलखा जिल्लाबाहेक अन्य जिल्लाका सर्वसाधारण आवेदकको भने अनिवार्यरुपमा डिम्याट खाता हुनुपर्नेछ । उनीहरुले सी–आस्वामार्फत सेयर भर्न सीआरएन नम्बर पनि चाहिनेछ । सीआरएन नम्बर लिएर मेरो सेयरमार्फत घरमै बसेर वा आफ्नो खाता भएको बैंकमा गएर सेयर भर्न पाउने दुवै प्रकारका सुविधा उपलब्ध हुनेछ ।


तर दोलखाका स्थानीयका लागि भने डिम्याट खाता अनिवार्य नगरिएको नेपाल धितोपत्र बोर्डका सह–प्रवक्ता निरञ्जय घिमिरेले बताए । उनले भने, ‘स्थानीयका लागि अहिले डिम्याट नम्बर अनिवार्य गरिएको छैन, तर त्यो सेयरपछि बिक्री गर्नका लागि भने डिम्याट नम्बर अनिवार्य हुनेछ ।’


यस आधारमा स्थानीयले अहिले पुरानै शैलीमा सेयरमा आवेदन दिनसक्ने उनको भनाई छ । नाम, ठेगाना, हस्ताक्षर सहित तीन पुस्ते भर्नुपर्नेछ । नागरिकता र फोटो भने आवश्यक पर्नेछ । स्थानीय बासिन्दा सबैले डिम्याट खाता खोल्न अप्ठेरो हुने भएकाले उनीहरुको हकमा सहज व्यवस्था गरिएको नियामक धितोपत्र बोर्डको भनाई छ । 

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले चैत महिनामा २ करोड ६४ लाख ७५ कित्ता सेयर जारी गर्ने तयारीमा रहेको छ । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको हो ।

आइपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र बोडसँग अनुमति पनि मागिसकेको छ । आयोजनाका अनुसार दोलखाबासीलाई १०५ अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर दिइने छ । यो सेयर स्थानीयका लागि ‘क’ र ‘ख’ वर्गमा वर्गीकरण गरेर वितरण गरिनेछ ।

आयोजनाका अतिप्रभावितलाई ‘क’ वर्ग र प्रभावितलाई ‘ख’ वर्गमा विभाजन गरिएको हो । तामाकोशीले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने संस्थाका कर्मचारीहरुका लागि २ अर्ब ५४ करोड बराबरको सेयर बिक्री गरिसकेको छ ।