Friday, March 9, 2018

माथिल्लो तामाकोशीको २ अर्ब ६४ करोड रुपैयाँको आइपीओ खुल्दैछ, के–के चाहिन्छ सेयर भर्न ?

सोभित थपलिया 
काठमाडौं : दोलखामा जिल्लामा निर्माणाधीन ४५६ मेगावाट क्षेमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको आइपीओमा आवेदन दिनका लागि स्थानीयबासीलाई डिम्याट नम्बर अनिवार्य नगरिने भएको छ । तर सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको आइपीओ भर्न डिम्याट खाता अनिवार्य हुनेछ ।

 दोलखा जिल्लाबाहेक अन्य जिल्लाका सर्वसाधारण आवेदकको भने अनिवार्यरुपमा डिम्याट खाता हुनुपर्नेछ । उनीहरुले सी–आस्वामार्फत सेयर भर्न सीआरएन नम्बर पनि चाहिनेछ । सीआरएन नम्बर लिएर मेरो सेयरमार्फत घरमै बसेर वा आफ्नो खाता भएको बैंकमा गएर सेयर भर्न पाउने दुवै प्रकारका सुविधा उपलब्ध हुनेछ ।


तर दोलखाका स्थानीयका लागि भने डिम्याट खाता अनिवार्य नगरिएको नेपाल धितोपत्र बोर्डका सह–प्रवक्ता निरञ्जय घिमिरेले बताए । उनले भने, ‘स्थानीयका लागि अहिले डिम्याट नम्बर अनिवार्य गरिएको छैन, तर त्यो सेयरपछि बिक्री गर्नका लागि भने डिम्याट नम्बर अनिवार्य हुनेछ ।’


यस आधारमा स्थानीयले अहिले पुरानै शैलीमा सेयरमा आवेदन दिनसक्ने उनको भनाई छ । नाम, ठेगाना, हस्ताक्षर सहित तीन पुस्ते भर्नुपर्नेछ । नागरिकता र फोटो भने आवश्यक पर्नेछ । स्थानीय बासिन्दा सबैले डिम्याट खाता खोल्न अप्ठेरो हुने भएकाले उनीहरुको हकमा सहज व्यवस्था गरिएको नियामक धितोपत्र बोर्डको भनाई छ । 

माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले चैत महिनामा २ करोड ६४ लाख ७५ कित्ता सेयर जारी गर्ने तयारीमा रहेको छ । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासी र सर्वसाधारणलाई गरी २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न लागेको हो ।

आइपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र बोडसँग अनुमति पनि मागिसकेको छ । आयोजनाका अनुसार दोलखाबासीलाई १०५ अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता सेयर दिइने छ । यो सेयर स्थानीयका लागि ‘क’ र ‘ख’ वर्गमा वर्गीकरण गरेर वितरण गरिनेछ ।

आयोजनाका अतिप्रभावितलाई ‘क’ वर्ग र प्रभावितलाई ‘ख’ वर्गमा विभाजन गरिएको हो । तामाकोशीले यसअघि नै कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरण र आयोजनामा कार्यरत कर्मचारी, ऋण लगानी गर्ने संस्थाका कर्मचारीहरुका लागि २ अर्ब ५४ करोड बराबरको सेयर बिक्री गरिसकेको छ । 

No comments:

Post a Comment