Friday, March 9, 2018

अहिलेसम्म कति वटा कम्पनीले बाँडे लाभांश, कसको बाँकी ? (तथ्यांकसहित)

Dividend
सोभित थपलिया 
काठमाडौं : गत आर्थिक वर्षको कमाईबाट सूचीकृत कम्पनीहरुले धमाधम लगानीकर्ताको खातामा लाभांश पठाइरहेका छन् । अहिलेसम्म नेप्सेमा सूचीकृत ५५ भन्दा बढी  कम्पनीले लगानीकर्तालाई बोनस तथा नगद लाभांश वितरण गरेका छन् । यसरी साधारण सभा सम्पन्न गरी लगानीकर्ताको खातामा लाभांश जम्मा गरिदिनेमा वाणिज्य बैंकहरु, विकास बैंक, वित्तीय संस्था, इन्सुरेन्स, जलविद्युत र होटललगायत समूहका कम्पनीहरु रहेका छन् ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले चुक्ता पुँजी वृद्धि गर्ने अन्तिम हतियारको रुपमा बोनस सेयरलाई अपनाए । यसकारण पनि धेरै जासो बैंक तथा वित्तीय संस्थाले यसपटक समयमै साधारण सभा गरी लगानीकर्तालाई बोनस बाँडेका छन् । हुन त कतिपय बैंकहरुले लाभांश घोषणा गर्न अझै पनि बाँकी नै रहेको अवस्था पनि छ । यसैगरी, इन्सुरेन्स कम्पनीहरुलाई पनि चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता भएकाले कतिपयले बोनस वितरण गरिसकेको अवस्था छ ।


राष्ट्र बकैंले वाणिज्य बैंकहरुलाई ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकलाई २.५ अर्ब, वित्तीय संस्थालाई ८० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको हो । सामान्यतया, आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारण सभा गरिसक्नुपर्ने प्रावधान भए पनि कतिपय कम्पनीको सभा अझै हुन सकेको छैन । साधारण सभाबाट पारित भएपछि मात्र लाभांश वितरण गरिने भएकाले जति छिटो सभा भयो त्यति नै छिटो लगानीकर्तालाई पनि लाभ मिल्छ । यो अवधिमा स्टान्र्डर्ड चार्टर्ड बैंकले १००५ बोनस सेयर दिने प्रस्ताव पारित गरिसकेको छ ।

बैंकले पुस २६ गते बसेको साधारण सभाबाट यो प्रस्ताव पारित गरेको हो । यस्तै, माहुली लघुवित्तले ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव मंसिर ९ गतेको साधारण सभाले पारित गरेको छ । एभरेष्ट बैंकको ३३५ बोनस र १.७४५ तथा नबिल बैंकले ३०५ बोनस सेयर र १८५ नगद लाभांश दिइसकेको छ । छिमेक लघुवित्त विकास बैंकले १९.८९५ बोनस दिँदा २५.११ प्रतिशत नगद लाभांश दिएको छ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस १० ५ दिँदा १६.३२ ५ नगद लाभांश दिएको छ । स्वाबलम्बन विकास बैंकले २०५ बोनस र ११. ५७८९ ५ नगद लाभांश दिएको हो । बोनस सँगै आकर्षक नगद लाभांश दिनेमा बैंक भन्दा विकास बैंक, माइक्रोफाइनान्स कम्पनीहरु अगाडि देखिएका छन् । समता माइक्रोफाइनान्सले बोनस २०५ दिँदा ११.५८ ५ नगद लाभाशं दिएको छ । यता, हिमालयन डिस्टिलरीले बोनस सेयर नदिए पनि २१.०५ प्रतिशत नगद लाभांश दिएको छ ।

अहिलेसम्म करिब ५५ वटा कम्पनीले मात्र लाभांश वितरण गर्ने निर्णय गरेकामा कतिपयले साधारण सभाबाट प्रस्ताव पारित गरेर वितरण गरिसकेका छन् भने केहीले वितरण गर्न बाँकी रहेको देखिन्छ । लाभांश वितरण गर्न बाँकी रहेका मध्येमा केही वाणिज्य बैंकहरु पनि परेका छन् । समयमै साधारण सभा नगरी लाभांश वितरणमा ढिलाई हुँदा लगानीकर्ताहरु भने मारमा पर्दै आएका छन् ।

No comments:

Post a Comment