Saturday, July 25, 2020

कानून विपरीत हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः धितोपत्र बोर्डले छानविन थाल्यो

सोभित थपलिया
काठमाडौं । हिमालयन डिस्टिलरीकी पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले कानून विपरीत सेयर बिक्री गरेकोबारे नेपाल धितोपत्र बोर्डले छानविन शुरु गरेको छ ।

श्रेष्ठले कानून वितरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि यसबारेमा बोर्डले छानविन प्रक्रिया अघि बढाएको हो ।

‘उक्त कारोबारको विषयमा धितोपत्र बोर्डको ध्यानाकर्षण भएको छ, धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले क्लिकमाण्डूसँग भने ‘यो विषयमा बोर्डले छानविन शुरु गरिसकेको छ ।’

बोर्डको छानविनमा दोषी देखिए कानूनअनुसार कारबाही हुने ढुंगानाले बताए ।

‘कुन कुन पक्षको गल्ती भएको छ भनेर छानविन गरेपछि देखिन्छ र दोषीलाई कारबाही हुन्छ,’ उनले भने ।

रहिसाले आफू हिमालय डिस्टिलरीको सञ्चालकबाट राजीनामा दिएको साढे ६ महिना नबित्दै एकैदिन ठूलो परिमाणमा सेयर बिक्री गरेकी थिइन् ।

उनले आफूसँग भएको सेयरमध्ये २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा सेयर बिक्री गरेकी थिइन् ।

उनले उक्त रकमको सेयर कारोबार गर्दा नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली९ २०७३, धितोपत्र कारोबार सञ्चालन विनियमावली र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका९२०७४ मा भएको व्यवस्था विपरित सेयर बिक्री गरेको तथ्थसहित क्लिकमाण्डूले समाचार सम्प्रेषण गरेको थियो ।

सूचिकृत संठगित संस्थाको सञ्चाल रहेको व्यक्तिले १ वर्षसम्म आफुसँग भएको सेयर बिक्री गर्न पाइँदैन ।

श्रेष्ठले २०७६ भदौ २५ गते राजीनामा दिएर २०७६ वैशाख ६ गते आफूसँग भएको २ लाख १३ हजार १८३ कित्ता सेयर एकै दिन २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँको सेयर एकैदिन बिक्री गरिन । जुन कानून विपरीत छ । रहिशाले सेयर बिक्री गर्दा कानून मिचिएपछि बोर्डले छानविन थालेको हो ।

https://clickmandu.com/2020/07/125049.html

हिमालयन डिस्टिलरीको सेयर बिक्री प्रकरणः सेबोनले नेप्सेसँग डाटा माग्यो, रिपोर्ट अन्तिम चरणमा

सम्पत्ति शुद्धिकरण विभागले पनि अनुसन्धान गर्दै

सोभित थपलिया

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेप्सेसँग हिमालयन डिस्टिलरीको पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहसहित तीन पुस्ताले गरेको सेयर कारोबारको विवरण माग गरेको छ ।

कानूनविपरीत सेयर बिक्री गरेको पाइएपछि बोर्डले छानविनका लागि भन्दै नेप्सेसँग एक वर्षको कारोबार विवरण मागेको हो ।

बोर्डले मागेको सम्पूर्ण विवरण नेप्सेले पठाइसकेको छ ।

बोर्डले नेप्सेसँग रहिशाको श्रीमान राजबहादुर साह, ससुरा विजयकुमार साह तथा सासुका साथै उनका बुबा–आमाको नाममा भएको सेयरको विवरण माग गरेको हो ।

उक्त विवतरण नेप्सेले बोर्डमा पठाएसँगै अनुसन्धानलाई थप बल पुगेको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले क्लिकमाण्डूलाई बताए ।

यति मोटो रकममा सेयर बिक्री गरेको रकम कहाँ लगियो ? भनेर सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पनि अनुसन्धान शुरु गर्ने जानकारी दिएको छ ।

डिस्टिलरीको पूर्वसञ्चालक रहिशाले धितोपत्र किनबेच सम्बन्धि विद्यमान कानूनी व्यवस्थाविपरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि सेबोनले आवश्यक विवरण नेप्सेसँग माग गरेर अनुसन्धान शुरु गरेको अध्यक्ष ढुंगानाले बताए ।

‘रहिशा श्रेष्ठ साहको त्यसदिन (चैत ६ गते) भएको कारोबार नियम संगत देखिएन, नियमसंगत नभएको पाइएपछि हामीले यो गम्भीर विषय भएको निष्कर्श निकाल्दै झट्टै अनुसन्धान थाल्यौं,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘अनुसन्धान प्रतिवेदन अन्तिम चरणमा छ ।’

बोर्डले कारोबारको प्रकृति कस्तो छ ? त्यहाँका सञ्चालकले पद छोडेको १ वर्षपछि सेयर बिक्री गर्नुपर्नेमा अगाडि नै बिक्री किन गरियो ? भन्नेमा अनुसन्धान केन्द्रित रहेको उनले जानकारी दिए ।

‘अनुसन्धान प्रतिवेदन चाँडै आउँदैछ,’ ढुंगानाले भने ।

डिस्टिलरीको पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले धितोपत्र किनबेच सम्बन्धि विद्यमान कानूनी व्यवस्थाविपरीत सेयर बिक्री गरेको तथ्यसहित क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि यसबारेमा बोर्डले छानविन थालेको हो ।

‘रहिशाले कानून मिचेर सेयर बिक्री गरेको भनेर क्लिकमाण्डूमा समाचार पनि आयो । र, बोर्डमा उजुरी पनि परेको थियो,’ ढुंगानाले भने, ‘त्यसपछि हामीले अनुसन्धान गरेका हौं ।’

रहिशाले सञ्चालकबाट हटेको १ वर्ष नपुग्दै गत चैत ६ गते हिमालयन डिस्टिलरीको २ लाख १३ हजार १ सय ८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा बिक्री गरेकी थिइन् । जुन कारोबार कानूनसंगत थिएन ।

यति मोटो रकममा सेयर बिक्री गरेको रकम कहाँ लगियो ? भनेर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान शुरु गर्ने जानकारी दिएको छ ।

https://clickmandu.com/2020/07/125535.html?fbclid=IwAR3vAYdN19iOr6UFItsDYzUTxUFdY6N0ymw9XpXitj8vVDi4JNStOtsux6Q

नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)

सोभित थपलिया
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको नेपालको एकमात्र मदिरा उत्पादक कम्पनी हो हिमालयन डिस्टिलरी । जसको बहुमत सेयर स्वामित्व विजयकुमार साहको परिवारको नाममा छ । साह परिवारलाई नेपालको ‘मदिरा किङ्ग’का रुपमा पनि लिइन्छ ।

हिमालय डिस्टिलरी जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीअन्तर्गतको कम्पनी हो । जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीले आन्तरिक मदिराका चर्चित ब्राण्ड रुस्लान भोड्कालगायतका १८ वटा ब्राण्डका मदिरा उत्पादन गर्छ । कम्पनीले उत्पादन गर्ने मदिराको बजार हिस्सा निकै ठूलो छ ।

विजयकुमारका छोरा हुन् राजबहादुर साह । जो कम्पनीका प्रबन्ध निर्देशकसमेत छन् । प्रबन्ध निर्देशक साहकी श्रीमति हुन् रहिशा श्रेष्ठ साह । रहिशा कम्पनीकी पूर्वसञ्चालक समेत हुन् ।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार श्रेष्ठले बोर्डको नियमावली, विनियमावली र निर्देशन मिचेर सेयर कारोबार गरेको पाइएमा बोर्डले धितोपत्र सम्बन्धी ऐन–२०६३ को दफा १०१ को ५ र ७ बमोजिम कारबाही हुने बताए ।

मदिरा उद्योगमा पायोनियर मानिएको साह परिवारले नियम विपरीत सेयर बिक्री गरेको तथ्य फेला परेको छ । क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार कम्पनीका संस्थापक विजयकुमारकी बुहारी तथा राजबहादुरकी श्रीमति पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले धितोपत्र किनबेच सम्बन्धि विद्यमान कानूनी व्यवस्थाविपरीत सेयर बिक्री गरेको पाइएको हो ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली– २०७३ अनुसार कम्पनीको सञ्चालकबाट राजीनामा दिएको १ वर्षसम्म सेयर बिक्री गर्न पाइँदैन । तर रहिशाले सञ्चालकबाट राजीनामा दिएको साढे ६ महिनामै ठूलो परिमाणको सेयर बिक्री गरेको पाइएको छ ।

यस्तो छ नियमावलीमा व्यवस्था

‘धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को परिच्छेद(९ को ३८ ‘क’ मा रहेको धितोपत्र बिक्री गर्न नपाइने भन्ने व्यवस्थाको ‘क’ मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।’

त्यत्तिमात्रै होइन, धितोपत्र बोर्डको विनियमावलीमा भएको अर्को व्यवस्था समेत उल्लंघन गरी सेयर बिक्री गरेको पाइएको छ । धितोपत्र कारोबार विनियमावलीमा सञ्चालक रहेको व्यक्तिले चुक्तापुँजीको १ प्रतिशत वा ५ करोड रुपैयाँमध्ये जुन बढी हुन्छ सो बमोजिमको कारोबार बुझाउने स्पष्टसँग उल्लेख छ ।

तर रहिशाले भने चुक्ता पुँजीको ३।६९ प्रतिशत अर्थात् २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँ बराबरको सेयर बिक्री गरेकी छन् । यसरी हेर्दा श्रेष्ठले एकैपटक सेयर बिक्री गर्दा ३ वटा कानून मिचेको देखिन्छ । नेप्सेको कमजोरीको फाइदा उठाउँदै साह परिवारले नियम विपरीत सेयर बिक्री गरेको देखिन्छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा भएको व्यवस्था

‘ब्लक कारोवार’ भन्नाले सम्बन्धित सूचीकृत संगठित संस्थाको चुक्ता पूँजीको एक प्रतिशत वा पाँच करोड रुपैयाँमध्ये जुन बढी हुन्छ सो बमोजिमको कारोबार बुझाउँछ ।


यसरी झुक्याइयो नेप्सेलाई

रहिशा श्रेष्ठले कानून विपरीत बिक्री त देखिन्छ नै कम्पनीले समेत नेपाल स्टक एक्सचेञ्जलाई झुक्याएको छ । भदौ ३० गते कम्पनीले नेप्सेलाई पठाएको पत्रमा २०७६ भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको उल्लेख छ ।

तर कम्पनीको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदनमा ‘२०७६ भदौ २९ गते बसेको सञ्चालक समितिले निज रहिशा साह श्रेष्ठको राजीनामा स्वीकृत भएको व्यहोरा जानकारी गराउँदछौं’ भन्ने उल्लेख छ । उक्त प्रतिवेदनमा रहिशा लेखा परीक्षण समितिको सदस्य रहेको उल्लेख छ ।

भदौमा राजीनामा, चैतमै सेयर बिक्री 

हिमालयन डिस्टिलरी लिमिटेडकी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने श्रेष्ठले व्यक्तिगत कारण देखाइ २०७६ भदौ १८ गते राजीनामा दिइन् । उनको राजीनामा भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्यो । कम्पनीले भदौ ३० गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गरायो ।

बोर्डको नियमावलीमा भएको व्यवस्थाअनुसार श्रेष्ठले १ वर्ष अर्थात् २०७७ भदौ २५ गतेसम्म आफ्नो नाममा रहेको कुनै पनि सेयर बिक्री गर्न पाउँदिनन् । तर उनले बोर्डको नियमावलीको वास्तै नगरी आफ्नो नाममा भएको २ लाख १३ हजार १८३ कित्ता सेयर बिक्री गरिन । जुन विनियमावलीको ३८ ‘क’ को विपरीत छ ।

यसबारेमा प्रतिक्रिया लिनका लागि जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीका कार्यकारी निर्देशक शसिन जोशीलाई सम्पर्क गर्दा आफूलाई यसबारेमा जानकारी रहेको र बुझेर जानकारी गराउने बताए ।

श्रेष्ठले २०७६ चैत ६ गते ब्रोकर नम्बर ५३ बाट २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा सेयर बिक्री गरेको पाइएको छ । नेपाल स्टक एक्सचेन्जमा हिमालयन डिस्टिलरीको ५७ लाख ८४ हजार ६८३ कित्ता सेयर सूचिकृत छ । उनले बिक्री गरेको सूचिकृत सेयरको ३।६९ प्रतिशत हो । जुन विनियमावलीले गरेको व्यवस्था विपरीतको कारोबार हो ।

श्रेष्ठले बिक्री गरेको सेयर हेर्दा ५ करोड रुपैयाँभन्दा बढीको हुनुहुँदैन भनेपनि २७ करोडको सेयर एकैदिन बिक्री भएको छ । यस्तै चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी हुन नहुने आधारलाई हेर्दा कम्पनीको चुक्ता पुँजी ५७ करोड ८४ लाख ६८ हजार ३ सय रुपैयाँ छ । यसको १ प्रतिशत मात्रै सेयर बिक्री गर्न पाउने हो भने पनि ५७ लाख ८४ हजार ६८३ को मात्रै सेयर बिक्री गर्न पाइने थियो । त्यो पनि सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएको १ वर्षपछि ।

यतिमात्रै होइन श्रेष्ठले सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका(२०७४ मा भएको व्यवस्थालाई पनि उल्लंघन गरेकी छिन् ।

उक्त निर्देशिकाको बुँदा नम्बर १४ मा संस्थाको हित विपरीत कार्य गर्न नहुने भन्ने व्यवस्थाको २ मा ‘सञ्चालक आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न हुनु हुँदैन’ भन्ने व्यवस्था छ । साथै १४ को ६ मा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एकवर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरिद बिक्री गर्न पाउने छैन’ भन्ने प्रष्ट उल्लेख गरिएको छ । श्रेष्ठले यो निर्देशिकामा भएको व्यवस्था पनि उल्लंघन गरेकी छिन् ।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार श्रेष्ठले बोर्डको नियमावली, विनियमावली र निर्देशन मिचेर सेयर कारोबार गरेको पाइएमा बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को ५ र ७ बमोजिम कारबाही हुने बताए ।

यसबारेमा प्रतिक्रिया लिनका लागि जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीका कार्यकारी निर्देशक शसिन जोशीलाई सम्पर्क गर्दा आफूलाई यसबारेमा जानकारी नभएको र बुझेर जानकारी गराउने बताए ।

हिमालय डिस्टिलरी नेपालको मदिरा उद्योगमा प्रख्यात नाम हो । सन् १९६९ मा विजयकुमार साहले शुरु गरेको कम्पनी अन्तर्गत विभिन्न कम्पनी छन् । जसबाट १८ वटा विभिन्न ब्राण्डका मदिरा उत्पादन हुन्छ । कम्पनीका देशभर २ सय वटा डिलर र ४ वटा गोदाम घर छन् ।
https://clickmandu.com/2020/07/124888.html?fbclid=IwAR2mmoDJyLrcs0pI_QAQnqMTcLnLrOmbYw1k0b8doFAmSjyMsqh-0VKSGDA

Saturday, July 11, 2020

एटीएम ह्याक प्रकरणः नेप्सका सीइओलाई प्रहरीले बयानका लागि बोलायो

सोभित थपलिया 
काठमाडौं । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको नक्कली भिसा कार्ड प्रयोग गरेर साढे ३ करोड चोरी गरेको घटना थप पेचिलो बन्दै गएको छ । गत शनिबार चिनियाँ लुटेराहरुलाई पक्राउ गरेको प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानकै क्रममा नेप्सले प्रहरीलाई सहयोग नगरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले नेप्सका सीइओ प्रविण क्षेत्रीलाई बोलाएको छ ।
‘हामीले हिँजो (मंगलबार) पनि नेप्सका सीइओलाई बयानका लागि बोलाएका थियौं, उहाँ आउनु भएन र आज (बुधबार) बयानका लागि बोलाएका छौं,’ महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले क्लिकमाण्डूसँग भने, ‘आफ्नो सिस्टम ह्याक गरेर लुटेराहरुले रकम लुट्दा पनि नेप्सले अहिलेसम्म प्रहरीलाई खरब गरेको छैन । र, प्रहरी अनुसन्धानमा सहयोग गरेको छैन । त्यसैले हामीले सीइओलाई बोलाएर बयान लिन लागेका हौं ।’

डेढ दर्जन बैंकको इलेक्ट्रोनिक पेमेन्ट सिस्टमको जिम्मा लिएर बसेको नेप्स यो घटनाको बढी जिम्मेवार हुनुपर्ने डीएसपी बोगटीको भनाइ छ ।

‘बैंकको पैसा चोरी भएको भए पनि नेप्सको प्रणाली प्रयोग गरेर चोरीएको छ,’ उनले भने, ‘त्यसैले यो घटनामा नेप्सले जिम्मेवारी लिँदै सक्रियतापूर्वक प्रहरी अनुसन्धानलाई सहयोग गर्नुपर्नेमा उ प्रहरीको सम्पर्कमा समेत आएको छैन । किन प्रहरी सम्पर्कमा नआएको भनेर बयान लिन्छौं ।’

नेप्सका सीइओ क्षेत्रीले आफू साँझ ४र५ बजेतिर प्रहरीकहाँ जाने जानकारी दिए ।

‘होबिन्द्रजीले हिँजैदेखि बोलाइरहनु भएको थियो, प्रतिवेदन लेख्ने काममा राष्ट्र बैंकमै छु,’ उनले भने, ‘आज पनि भन्नुभएको छ । साँझ ४र५ बजेतिर जान्छु ।’

नेप्सको सिस्टममा ह्याकरले मालवेर भाइरस पठाएर आक्रमण गरी नेपालबाट १ करोड ७६ लाख र भारतबाट १ करोड ५ लाख भारु निकालेको थियो । नेपालमा ७०० पटक र भारतमा १००० पटक भिसा कार्ड घोटेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले दरबारमार्गस्थित नविल बैंकको एटीएम बुथबाट एक जना चिनियाँ ह्याकरलाई रकम चोरी गर्दागर्दै पक्राउ गरेको थियो भने ४ जनालाई हात्तिसारस्थित माया मनोर होटलको लिफ्टबाट पक्राउ गरेको थियो । अर्का एक जना चिनियाँ ह्याकरलाई आइतबार राति भाग्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

चिनियाँ ह्याकरको पैसा साट्ने ३ जना मनि चेञ्जरका सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नविल बैंक र प्रभु बैंकका कर्मचारीको चलाखीपूर्ण सक्रियाताका कारण प्रहरीले ह्याकरलाई पक्राउ गर्न सफल भएको थियो ।

प्रभु बैंकका सीसीओ दिनेश थकालीले डीएसपी होबिन्द्र बोगटीलाई घटनाको जानकारी गराएका थिए । जानकारी पाउनेवित्तिकै प्रहरीले तत्कालै एक्सन लिँदा ह्याकरहरु पक्राउ पर्न सफल भएका हुन् । ह्याकरहरुको साथबाट १ करोड २६ लाख नेपाली र बाँकी विदेशी मुद्रा गरी १ करोड ८० लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

नेप्सले भने घटना भएको ५ दिनपछि विज्ञप्ती जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमनकारी निकाय आदीसँग समन्वय गरी अनुसन्धान गरिरहेका छौं ।’

कम्पनीले हाल केही समयका लागि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएमरपीओएस मेसिनमा मात्रै चल्ने भएकाले सोही अनुसार प्रयोग गर्न अनुरोध समेत गरेको छ ।

राष्ट्र बैंकको निर्देशन पछि नेप्सले मंगलबार फरेन्सिक टेस्टका लागि सिंगापूरको भेरी जोन कम्पनीका प्राविधिकलाई काठमाडौं बोलाएको छ । उक्त कम्पनीका २ जना प्राविधिक बुधबार साँझसम्म काठमाडौं आइपुग्ने नेप्सका सीइओ प्रविण क्षेत्रीले जानकारी दिए ।

https://clickmandu.com/2019/09/93718.html

Monday, July 6, 2020

जीवन बीमा कम्पनीको अर्बौं रकम बैंकको मुद्दति निक्षेपमा, कुन कम्पनीको कति ?

काठमाडौं । सञ्चालनमा रहेको १७ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासमा २ खर्ब ११ अर्ब ७७ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छन् । यी जीवन बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप, ऋणपत्र, सेयर लगायतका शीर्षकमा लगानी गरेका हुन् ।

बीमा समितिले उपलब्ध गराएको चालु आवको पहिलो त्रैमासको जीवन बीमा कम्पनीको लगानी विवरणअनुसार सबैभन्दा बढी बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गरेको छन् । समितिले उपलब्ध गराएको लगानीको विवरणमा रिलायन्स लाइफ इन्सोरेन्स र युनियन लाइफ इन्सोरेन्सको विवरण समावेश भएको छैन् ।

क्बलष्mब द्यबलप एचष्यचष्तथ एबकक क्ष्लत्रगष्चथऋष्तष्शभल षिभ क्ष्लकगचबलअभ
बीमा समितिले बीमकको गतवर्ष बीमा कम्पनीलाई लगानीको दायरा फराकिलो बनाउँदै ‘लगानी निर्देशिका २०७५’ जारी गरिसकेको छ । यो निर्देशिका जारी गर्नुअघि बीमा कम्पनीले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा मात्र लगानी गर्न पाउने व्यवस्था थियो ।

लगानी निर्देशिका जारी भएपछि बीमा कम्पनीहरुले समितिले तोकिदिएको दायरामा रहेर कृषि, पर्यटन, जलस्रोत, घरजग्गा, पूर्वाधार, नागरिक लगानी कोष, तथा म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्ने व्यवस्था समितिले गरिसकेको छ ।

समितिले जारी गरेको निर्देशिकामा घरजग्गा व्यवसायमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’,‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा कुल टेक्निकल रिजर्भको २० प्रतिशत, डिभेञ्चरमा २० प्रतिशत, कृषि, पर्यटन र जलस्रोत वा ऋणपत्रमा २० प्रतिशत, नागरिक लगानी कोष र म्यूचुअल फण्डमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ । साथै साधारण सेयरमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था निर्देशिकामा छ ।

जसअनुसार जीवन बीमा कम्पनीले चालु आवको पहिलो ३ महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मुद्दति निक्षेपलाई नै आफ्नो लगानीको प्रमुख क्षेत्र बनाएका छन् ।

जीवन बीमा कम्पनीले २० लाख रुपैयाँदेखि ५९ अर्ब रुपैयाँसम्म लगानी गरेका छन् । जसमा सबैभन्दा बढी ५९ अर्ब रुपैयाँ लगानी गर्ने नेपाल लाइफ इन्सोरेन्स र सबैभन्दा कम २८ लाख रुपैयाँ लगानी गर्ने सिटिजन्स लाइफ इन्सोरेन्स छन् ।

असोज मसान्तसम्म ६ वटा जीवन बीमा कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । जसमा लाइफ इन्सोरेन्स कर्पोरेसनको ४५ अर्ब रुपैयाँ, नेशनल २८ अर्ब, राष्ट्रिय बीमा संस्थान २१ अर्ब एशियन लाइफ १६ अर्ब र प्राइम लाइफको ११ अर्ब रुपैयाँ बढी लगानी रहेको छ ।

अबौं लगानी गरेका यी जीवन बीमा कम्पनीले सबैभन्दा बढी बैंक र फाइनान्सको मुद्दति निक्षेपमा, ऋणपत्र र सेयरमा लगानी गरेका छन् ।

समितिका अनुसार २०७६ असोज मसान्तसम्ममा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ५९ अर्ब ४५ करोड ५४ लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानीको हिस्मामध्ये सबैभन्दा बढी वाणिज्य बैंकहरुको मुद्दतीमा कुल लगानीको ८०। ९ प्रतिशत अर्थात् ४७ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ र विकास बैंकको मुद्दती निक्षेपमा ९।०५ प्रतिशत अर्थात् ५ अर्ब ३७ करोड ८८ लाख रुपैयाँ लगानी रहेको छ ।

कम्पनीले धितोपत्र बजारमा सूचिकृत पब्लिक सेयरमा ७।२५ प्रतिशत अर्थात् ४ अर्ब ३० करोड ८३ लाख रुपैयाँ र ‘क’, ‘ख’ र ‘ग’ वर्गको वैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ९साधारण सेयरमा परिणत नहुने ० र ऋणपत्रमा २।७५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ५४ लाख रुपैयाँ लगानी छ ।

यस्तै उक्त अवधिमा कम्पनीले लगानी निर्देशिका २०७५ ले व्यवस्था गरेपछि पर्यटन÷ होटलमा ४६ लाख ४६ हजार रुपैयाँ, जलस्रोतमा ६ करोड ६९ लाख ९९ हजार रुपैयाँ र पूर्वाधार बैंकमार्फत् अन्य पूर्वाधारका क्षेत्रमा १ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको ४५ अर्ब ९६ करोड ८० लाख रुपैयाँमध्ये वाणिज्य बैंकको मुद्दतीमा ८६।२८ प्रतिशत अर्थात् ३९ अर्ब ६६ करोड रुपैयाँ, विकास बैंक मुद्दतीमा २।७२ प्रतिशत अर्थात् १ अर्ब २५ करोड रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दतीमा ०।३३ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै कम्पनीले असोज मसान्तसम्म गरेको लगानीमा २ अर्ब १७ करोड ४० लाख रुपैयाँ धितोपत्र बजारको पब्लिक कम्पनीका सेयरमा, ‘क’, ‘ख’ र ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर ९साधारण सेयरमा परिणत नहुने० र ऋणपत्रमा २ अर्ब २६ करोड २६ लाख रुपैयाँ र म्युचअल फण्ड वा नागरिक लगानी कोषका योजनामा १९ करोड ५० लाख रुपैयाँ लगानी गरेको हो ।

सबैभन्दा बढी लगानी गर्ने सूचीको तेस्रो नम्बरमा रहेको नेशनल लाइफको २८ अर्ब ९ करोड ६० लाख रुपैयाँमध्ये वाणिज्य बैंकको मुद्दतीमा ७४।७० प्रतिशत अर्थात् २० अर्ब ९८ करोड ८५ लाख रुपैयाँ, विकास बैंक मुद्दतीमा २।८५ प्रतिशत अर्थात् ८० करोड २० लाख रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दतीमा ०।१५ प्रतिशत अर्थात् ४ करोड २५ लाख रुपैयाँ लगानी छ ।

यस्तै, कम्पनीले नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको वचतपत्र वा ऋणपत्र, नेपाल सरकारको जमानत प्राप्त वचतपत्र वा ऋणपत्र १ अर्ब ८६ करोड ९५ लाख रुपैयाँ, पूर्वाधार बैंक ५ करोड रुपैयाँ, घरजग्गा व्यवसाय ३६ करोड २४ लाख रुपैयाँ, धितोपत्र विनियम बजारमा सूचिकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा १ अर्ब ३ करोड ५९ लाख रुपैयाँ, डिवेञ्चरमा ३ अर्ब ८२ करोड ५० लाख रुपैयाँ, म्युचअल फण्ड वा नागरिक लगानी कोषका योजनामा १५ करोड ३२ लाख रुपैयाँ र अन्य क्षेत्रहरुमा ६४ करोड ९३ लाख रुपैयाँ लगानी गरेको हो ।

राष्ट्रिय बीमा संस्थानको असोज मसान्तसम्मको २१ अर्ब ९७ करोड ९० लाख रुपैयाँ कुल लगानीमध्ये वाणिज्य बैंकको मुद्दतीमा ११ अर्ब ३१ करोड रुपैयाँ, विकास बैंकमा २ अर्ब ८० करोड रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा २० करोड रुपैयाँ छ ।

यस्तै बीमा सस्थानले बचतपत्र वा ऋणपत्र ४२ करोड, डिवेञ्चरमा १ अर्ब ६८ करोड ३१ लाख रुपैयाँ, हाइड्रो पावर कम्पनीका सेयरमा १ अर्ब ३७ करोड ७८ लाख रुपैयाँ, अन्य विभिन्न संघ सस्थाका सेयरहरुमा ७० करोड ३५ लाख रुपैयाँ र अपर तामाकोसी हाइड्रो पावर प्रोजेक्टका लागि ३ अर्ब १४ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसैगरी एसियनको १६ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ लगानीमध्ये वाणिज्य बैंकको मुद्दतीमा ६२।७८ प्रतिशत अर्थात् १० अर्ब ५९ करोड ४५ लाख रुपैयाँ, विकास बैंक मुद्दतीमा १४।०१ प्रतिशत अर्थात् २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ र फाइनान्स कम्पनीको मुद्दतीमा ०।२७ प्रतिशत अर्थात् ४ करोड ५० लाख रुपैयाँ लगानी छ ।

साथै कम्पनीले पब्लिक लिमिटेड कम्पनीको सेयरमा ७।२४ प्रतिशत अर्थात् १ अर्ब २२ करोड १९ लाख रुपैयाँ, म्युचअल फण्ड वा नागरिक लगानी कोषका योजनामा ७ करोड १० लाख रुपैयाँ, पूर्वाधार विकास बैंकमा ३३ करोड २५ लाख र नेपाल रि(इन्स्योरेन्समा ७ करोड १८ लाख रुपैयाँ लगानी गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म गरेको ११ अर्ब ३१ करोड ८० लाख रुपैयाँमध्ये बाणिज्य बैंकको मुद्दती निक्षेप कुल लगानीको ७५।०७ प्रतिशत अर्थात् ८ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ, विकास बैंकको मुद्दती निक्षेप २।३९ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ र वित्त कम्पनीको मुद्दती निक्षेप ०।०९ प्रतिशत अर्थात् १ करोड रुपैयाँ लगानी गरेको छ ।

साथै कम्पनीले सामूहिक लगानी योजना तथा विभिन्न फण्डमा १२ करोड ७७ लाख रुपैयाँ, पब्लिक कम्पनीको वण्डरडिवेन्चरमा १ अर्ब १५ करोड ९९ लाख रुपैयाँ, पब्लिक कम्पनीको साधारण सेयरमा ९३ करोड १४ लाख रुपैयाँ, उत्पादनशिल तथा राष्ट्रिय महत्वका क्षेत्रमा २० करोड ५५ लाख रुपैयाँ र कल डिपोजिटमा ११ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।

५ वर्षमा जीवन बीमा कम्पनीले बीमितलाई दिने बोनस कतिले बढ्यो, कसको कति ?

सोभित थपलिया

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले बीमितलाई बोनस दिइरहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको बोनस दरका आधारमा बीमितले आफूले कुनमा बीमा गर्ने भनेर छान्न पनि सक्ने देखिएको छ ।

बीमा गर्दा जोखिमको न्यूनिकरणको पक्षलाई प्राथमिकताका साथ हेरिन्छ । साथै त्यसबाट आउने बोनस दरलाई पनि बीमितले ध्यान दिने गरेका हुन्छन् । बीमा गर्नुको अर्को पाटोको रुपमा बचत गर्ने बानीको बिकासको रुपमा पनि हेरिने गरेको छ । बीमा गर्दा बार्षिक, अर्धबार्षिक वा त्रैमासिक रुपमा पनि आफ्नो आय आर्जन अनुसारको बचत गर्ने बानीको विकास हुने जानकारहरु बताउँछन् ।

क्बलष्mब द्यबलप एचष्यचष्तथ एबकक क्ष्लत्रगष्चथऋष्तष्शभल षिभ क्ष्लकगचबलअभ
हामीले ६ वटा जीवन बीमा कम्पनीले आर्थिक वर्ष ५ वटा आर्थिक वर्षमा बीमितलाई दिएको लाभांशको तथ्याङक हेरेका छौं ।

गुँरास लाइफ इन्स्योरेन्स

गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७०/०७१ को तुलनामा आव २०७४/७५ मा आईपुग्दा बोनस दरलाई बढाएको छ । आव २०७०र७१ विभिन्न योजनामा ४० देखि ७५ रुपैयाँ बोनस दिएको थियो ।

सावधिक जीवन बीमामा प्रति हजार ४० देखि ७५, अग्रिम भुक्तानी जीवन बीमामा ४३ देखि ४७, जीवन श्री ९सावधिक÷आजीवन० जीवन बीमामा ४० देखि ७५ र आन्तरिक बोनसदरमा ४० देखि ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै आव २०७१र७२ मा गुराँसले बीमितलाई दिने बोनस दर घटाएको थियो । सावधिक जीवन बीमामा प्रति हजार ३५ देखि ७०, अग्रिम भुक्तानी जीवन बीमामा ३८ देखि ४२, जीवन श्री ९सावधिकरआजीवन० जीवन बीमामा ३२ देखि ६७ र अन्तरिक बोनसदरमा ३२ देखि ७० रुपैयाँ बोनस दिएको थियो ।

यस्तै आव २०७२र०७३ मा सावधिक जीवन बीमामा प्रति हजार ४१ देखि ७६, अग्रिम भुक्तानी जीवन बीमामा २९ देखि ३४, जीवन श्री ९सावधिकरआजीवन० जीवन बीमामा ४१ देखि ७६ र अन्तरिक बोनसदरमा २९ देखि ७७ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७३र०७४ मा सावधिक जीवन बीमामा प्रति हजार ३९ देखि ७४, अग्रिम भुक्तानी जीवन बीमामा ३७ देखि ४७, जीवन श्री ९सावधिक÷आजीवन० जीवन बीमामा ४१ देखि ७६ रुपैयाँ बोनस दिने जनाएको थियो । यता आव २०७४र७५ मा इन्स्योरेन्सले बीमितहरुलाई प्रतिहजार न्यूनतम ५१ देखि अधिकतम ८७ रुपैयाँसम्म बोनस दिएको थियो । गुराँसले २५ वर्ष वा सो भन्दा माथिको बीमा योजनालाई ८७ रुपैयाँसम्म बोनस दिएको छ । आव २०७४र७५ मा सबै भन्दा बढी बोनस दिने जीवन बीमा कम्पनी यो नै हो ।

सावधिक जीवन बीमालेखमा १४ वर्षसम्म ५१, १५ देखि १९ वर्षसम्म ५६, २० देखि २४ वर्ष ६१ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८६ रुपैयाँ बोनस दिने भएको छ ।

सावधिक तथा आवीवन बीमालेखमा १४ वर्षसम्म ५२, १५ देखि १९ वर्षसम्म ५७, २० देखि २४ वर्षसम्म ६१ र २५ वर्ष वा सो भन्दा माथिको लागि ८७ रुपैयाँ बोनस दिने र अग्रीम भुक्तानी सावधिक जीवन बीमालेखमा १४ वर्षसम्म ४७, १५ देखि १९ वर्षसम्म ५२, २० देखि २४ वर्ष ५७ रुपैयाँ बोनस घोषणा गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)

लाइफ इन्स्योरेन्स कर्पोरेशनले आव २०७०र७१ मा बीमितहरुलाई दिने लाभांश ६१ देखि ७५ रुपैयाँसम्म दिएको छ । ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट जीवन आनन्द योजना नामक पोलिसी लिनेलाई ६१, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ६५, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६१, २० वर्षको लागि ६२ र २५ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षको लागि ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७१र७२ मा सबैभन्दा बढी ७५ रुपैयाँ बोनस दिएको थियो । इन्डोमेन्ट ९जीवन आनन्द० बीमा योजनामा ५ देखि १९ वर्षसम्मको लागि ६१ रुपैयाँ, २० देखि २४ वर्षसम्म ६५ र २५ वर्ष भन्दा माथीको बीमा पोलिसिमा ७५ रुपैयाँ बोनस दिएको थियो ।

मनी ब्याक तर्फ १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षसम्मको पोलिसीमा ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७२र७३ मा ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट ९जीवन आनन्द० योजना नामक पोलिसी लिनेलाई ६१, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ६५, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६१, २० वर्षको लागि ६२ र २५ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षको लागि ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७३र७४ मा ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट ९जीवन आनन्द० योजना नामक पोलिसी लिनेलाई ६१, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ६५, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ७५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६१, २० वर्षको लागि ६२ र २५ वर्षसम्मको लागि ६३ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६१, १५ वर्षको लागि ६३ र २० वर्षको लागि ७२ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७४र७५ मा ५ देखि १९ वर्षसम्मको इन्डोमेन्ट ९जीवन आनन्द० योजना नामक पोलिसी लिनेलाई ६६, त्यही योजना २० देखि २४ वर्षसम्मको लागि ७०, २५ वर्ष भन्दा बढी अवधिको लागि सोही योजना लिनेलाई ८० रुपैयाँ बोनस दिएको थियो ।

यस्तै मनीब्याक योजनामा १५ वर्षको लागि ६६, २० वर्षको लागि ६७ र २५ वर्षसम्मको लागि ६८ रुपैयाँ बोनस दिएको छ । यता जीवन बीमा तरंग पोलिसिमा १० वर्षको लागि ६६, १५ वर्षको लागि ६८ र २० वर्षको लागि ७७ रुपैयाँ बोनस दिएको थियो । अन्य आवको तुलनामा यो वर्ष एनआईसीले बढी बोनस दिएको छ ।

नेशनल लाइफ इन्स्योरेन्स

नेशनल लाइफ इन्स्योरेन्सले आव २०७०र७१ देखि आव २०७४र७५ सम्म ८० रुपैयाँ बोनसमा सिमित गरेको छ । आव २०७०र७१ मा इन्स्योरेन्सको विभिन्न पोलिसीमा प्रति हजार ६१ देखि ८० रुपैयाँ रहेको थियो । आव २०७१र०७२ मा यो यसैले निरन्तरता पाएको थियो ।

यस्तै आव २०७२र०७३ मा सावधिक जीवन बीमा योजना अन्तर्गत ५ देखि १५ वर्षसम्मको पोलीसिमा ६१, १६ देखि २० वर्षको ६१, २१ देखि २५ वर्षको ६२ र २६ वर्ष वा सो भन्दा बढीको पोलिसीमा ८० रुपैयाँ बोनस दिएको छ । यता अग्रिम भु्क्तानी सावधिक बीमा योजनामा १५ वर्षको लागि ६०, २० वर्ष ६१ र २५ वर्षको लागि ६१ रुपैयाँ बोनस दिएको छ ।

आव २०७३र७४ मा सावधिक जीवन बीमा योजना अन्तर्गत ५ देखि १५ वर्षसम्मको पोलीसिमा ६१, १६ देखि २० वर्षको ६१, २१ देखि २५ वर्षको ६२ र २६ वर्ष वा सो भन्दा बढीको पोलिसीमा ८० रुपैयाँ बोनस दिएको छ । यता अग्रिम भु्क्तानी सावधिक बीमा योजनामा १५ वर्षको लागि ६०, २० वर्ष ६१ र २५ वर्षको लागि ६१ रुपैयाँ बोनस दिएको छ ।

आव २०७४र०७५ मा सावधिक जीवन बीमालेखमा ५ देखि १९ वर्षको प्रिमीयममा न्यूनतम प्रति हजारमा ६६ रुपैयाँ, २० देखि २४ वर्ष ७० र २५ वा सो भन्दा माथी ८० ण्रुपैयाँसम्म बोसन दिने जनाएको छ ।

यस्तै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत १५ वर्ष ६६, २० मा ६७, २५ मा ६८ रुपैयाँ बोनस रहेको छ ।

सावधिक तथा आजिवन बीमालेखमा ५ देखि १९ वर्षको पोलिसीमा ६६, २० देखि २४ वर्षमा ७० र २५ वा सो भन्दा बढी अवधिको लागि ८० रुपैयाँ बोनस रहेको छ । जीवन तरंग बीमालेखमा १० वर्षको ६६, १५ वर्षको लागि ६८ र २० वर्षको लागि ७७ रुपैयाँ बोनस रहेको छ ।

प्राइम लाइफ इन्स्योरेन्स

प्राइम लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७०र७१ मा बीमितहरुलाई ३२ देखि ६६ रुपैयाँसम्म बोनस दिएको थियो । जसमा सावधिक जीवन बीमामा ९ वर्षसम्म ३२, १० देखि १४ वर्षसम्म ३३, १५ देखि १९ वर्षसम्म ३६, २० देखि २४ वर्षसम्म ४४ र २५ वर्ष वा सोभन्दा माथीको लागि ५३ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै रुपान्तरित सावधि जीवन बीमामा ९ वर्षसम्म ३३, १० देखि १४ वर्षसम्म ३८, १५ देखि १९ वर्षसम्म ४३, २० देखि २४ वर्षसम्म ४९ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६६ रुपैयाँ बोनस दिएको थियो । यता अग्रिम भुक्तानी जीवन बीमामा १५ देखि १९ वर्षसम्म ४२, २० देखि २४ वर्षसम्म ५५० र २५ वर्ष वा सोभन्दा माथीको लागि ६३ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७१र७२ मा बीमितहरुलाई दिने बोनस बढाएको थियो । इन्स्योरेन्सले ३५ देखि ७० रुपैयाँसम्म बोनस दिएको थियो । जसमा सावधिक जीवन बीमामा ९ वर्षसम्म ३५, १० देखि १४ वर्षसम्म ३६, १५ देखि १९ वर्षसम्म ३९, २० देखि २४ वर्षसम्म ४७ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै रुपान्तरित सावधिक जीवन बीमामा ९ वर्षसम्म ३५, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५१ र २५ वर्ष वा सोभन्दा माथीको लागि ७० रुपैयाँ बोनस दिएको थियो ।

यता अग्रिम भुक्तानी जीवन बीमामा १५ देखि १९ वर्षसम्म ४३, २० देखि २४ वर्षसम्म ५१ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आव २०७२र७३ मा भने बीमितलाई दिने बोनसमा कम भएको छ । यो वर्ष सबै भन्दा कम ३२ र सबैभन्दा बढी ६८ रुपैयाँ रहेको छ ।

सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३२, १० देखि १४ वर्षसम्म ३३, १५ देखि १९ वर्षसम्म ३६, २० देखि २४ वर्षसम्म ४४ र २५ वर्ष वा सोभन्दा माथीको लागि ५९ रुपैयाँ बोनस दिएको थियो । यता रुपान्तरित सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३३, १० देखि १४ वर्षसम्म ३८, १५ देखि १९ वर्षसम्म ४३, २० देखि २४ वर्षसम्म ४९ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६८ रुपैयाँ बोनस दिएको थियो । अग्रिम भुक्तानी जीवन बीमा योजनामा १५ देखि १९ वर्षसम्म ४२, २० देखि २४ वर्षसम्म ५० र २५ वर्ष वा सोभन्दा माथीको पोलिसीमा ६३ रुपैयाँ बोनस दिएको थियो ।

प्राइमले आर्थिक वर्ष २०७३र७४ मा भने बीमितलाई दिने बोनस बढाएको छ । न्यूनतम ३५ देखि ७५ प्रतिशत पुर्याएको छ । सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३५, १० देखि १४ वर्षसम्म ३३, १५ देखि १९ वर्षसम्म ३९, २० देखि २४ वर्षसम्म ४७ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६५ रुपैयाँ बोनस दिएको थियो ।

यस्तै रुपान्तरित सावधिक जीवन बीमा योजनामा ९ वर्षसम्म ३६, १० देखि १४ वर्षसम्म ४१, १५ देखि १९ वर्षसम्म ४६, २० देखि २४ वर्षसम्म ५२ र २५ वर्ष वा सोभन्दा माथीको लागि ७५ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी जीवन बीमा योजनामा  १० देखि १४ वर्षसम्म ३७, १५ देखि १९ वर्षसम्म ४४, २० देखि २४ वर्षसम्म ५२ र २५ वर्ष वा सोभन्दा माथीको लागि ६५ रुपैयाँ बोनस दिएको थियो ।

सूर्या लाइफ इन्स्योरेन्स

सूर्या लाइफ इन्स्योरेन्सले आज २०७०र७१ को लाभांश दर सार्वजनिक गरेको छैन । यता आव २०७१÷०७२ मा भने न्यूनतम प्रति हजारमा २५ रुपैयाँ देखि अधिकतम ५६ रुपैयाँसम्म बोनस दिने भएको छ ।

इन्स्योरेन्सले सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा २५, १० देखि १४ वर्षसम्म २९, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ४३, २५ देखि २९ वर्षसम्म ४९ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ५६ रुपैयाँ बोनस दिएको थियो ।

सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा २५, १० देखि १४ वर्षसम्म २९, १५ देखि १९ वर्षसम्म ३५, २० देखि २४ वर्षसम्म ४३, २५ देखि २९ वर्षसम्म ४९ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ५६ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ३१, १५ देखि १९ वर्षसम्म ३१ र २० देखि २४ वर्षसम्म ४१ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७२र०७३ मा इन्स्योरेन्सले बोनसलाई बढाएर ३५ देखि ७० रुपैयाँसम्म बोनस दिएको थियो । सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३५, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५, २५ देखि २९ वर्षसम्म ६० र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७० रुपैयाँ बोनस दिएको थियो ।

सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३५, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५, २५ देखि २९ वर्षसम्म ६० र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७० रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ४२, १५ देखि १९ वर्षसम्म ४२, २० देखि २४ वर्षसम्म ५२ र २५ देखि २९ वर्षसम्म ६० रुपैयाँ बोनस दिएको थियो ।

आव २०७३र७४ मा इन्स्योरेन्सले बोनसलाई पुनः बढाएर ३८ देखि ७३ रुपैयाँसम्म बोनस दिएको थियो । सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो ।

सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ४५, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५ र २५ देखि २९ वर्षसम्म ६३ रुपैयाँ बोनस दिएको थियो ।

आव २०७४र०७५ मा इन्स्योरेन्सले बोनसलाई गत आवकोलाई नै निरन्तरता दिएको छ । जसमा ३८ देखि ७३ रुपैयाँ रहेको थियो । सावधिक जीवन बीमा योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो ।

यता सावधिक तथा आजीवन योजनामा ५ देखि ९ वर्षसम्मको पोलिसीमा ३८, १० देखि १४ वर्षसम्म ४३, १५ देखि १९ वर्षसम्म ४८, २० देखि २४ वर्षसम्म ५८, २५ देखि २९ वर्षसम्म ६३ र ३० वर्ष वा सोभन्दा माथीको पोलिसीमा ७३ रुपैयाँ बोनस दिएको थियो भने अग्रिम भुक्तानी पोलिसीमा १० देखि १४ वर्षसम्म ४५, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५५ र २५ देखि २९ वर्षसम्म ६३ रुपैयाँ बोनस दिएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७०र०७१ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

अग्रिम भुक्तानी योजनामा १० वर्षसम्मको लागि ६५, १५ वर्षसम्म ६५, २० वर्षसम्म ६५ रुपैयाँ बोनस दिएको थियो । जीवन सम्बृद्धि बीमा योजनामा १५ वर्षको ६२ र २० वर्षको पोलिसीमा ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७१र०७२ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

अग्रिम भुक्तानी योजनामा १० वर्षसम्मको लागि ६५, १५ वर्षसम्म ६५, २० वर्षसम्म ६५ रुपैयाँ बोनस दिएको थियो । १५ वर्षको जीवन सम्बृद्धि योजनामा ६२ र २० वर्षको जीवन सम्बृद्धि योजनामा ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७२र०७३ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमा योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा सबै बीमा योजनामा ६५ रुपैयाँ बोनस दिएको थियो । यता जीवन सम्बृद्धि बीमा योजना अन्तर्गत १५ वर्षको लागि ६२ र २० वर्षको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७३र७४ मा बीमितलाई न्यूनतम ६५ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्ष ६५, २१ देखि २५ वर्ष ७२ र २५ वर्ष भन्दा माथीकोमा ८२ रुपैयाँ बोनस दिएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनाका सबै बीमा योजनामा ६५ रुपैयाँ बोनस दिएको थियो । यता जीवन सम्बृद्धि बीमा योजना अन्तर्गत १५ वर्षको लागि ६२ र २० वर्षको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।

नेपाल लाइफले इन्स्योरेन्सले आर्थिक वर्ष २०७४र७५ मा बीमितलाई न्यूनतम ६२ रुपैयाँ देखि ८२ रुपैयाँसम्म बोनस दिएको छ । सावधिक जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्षको लागि ६५, २१ देखि २५ वर्ष ७२, २५ वर्ष देखि माथीको योजनामा ८२ रुपैयाँ बोनस दिएको छ ।

सावधिक तथा आजीवन जीवन बीमालेख योजनामा ५ देखि १५ वर्षसम्म ६५, १६ देखि २० वर्ष ६५, २१ देखि २५ वर्ष ७२ र २५ वर्ष भन्दा माथीकोमा ८२ रुपैयाँ बोनस दिएको छ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनाका सबै बीमा योजनामा ६५ रुपैयाँ बोनस दिएको थियो भने जीवन सम्बृद्धि ९अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख० बीमा योजना अन्तर्गत १५ वर्षको लागि ६२ र २० वर्षको लागि ६४ रुपैयाँ बोनस दिएको थियो ।