Thursday, August 27, 2020

लकडाउनमा जीवन बीमा कम्पनीको बीमा शुल्क बढ्यो, नेपाल लाइफ पहिलो हुँदा युनियनको टक्कर


काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत वर्ष १९।१८ प्रतिशतले प्रथम बीमा शुल्क आर्जन बढाएका छन् । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले बीमा समितिमा पठाएको विवरणअनुसार गत आर्थिक वर्ष २०७६र०७७ मा ३४ अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।


नवीकरण गरेर भने ५७ अर्ब ९७ करोड रुपैयाँ गर्न बीमा कम्पनी सफल हुँदा गत वर्ष कुल ९२ अर्ब ४५ करोड रुपैयँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।


आर्थिक वर्ष २०७५र०७६ मा २८ अर्ब ९३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । नविकरण भएको शुल्क जोड्दा त्यस वर्ष जीवन बीमा कम्पनीले ८५ अर्ब २ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा शुल्क आर्जनका आधारमा यो वर्ष पनि नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेपाल लाइफले गत आवमा १० अर्ब १६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको थियो भने १८ अर्ब ४ करोड रुपैयाँको बीमा शुल्क नविकरण गरेको छ ।


दोस्रोमा लाइफ इन्स्योरेन्स कम्पनी नेपाल ९एलआईसी० छ ।


एलआईसीले ४ अर्ब १६ करोड रुपैयाँको प्रथम बीमा शुल्क र ११ अर्ब १५ करोड रुपैयाँको नविकरण शुल्क आर्जन गरेको छ ।


नयाँ आएका जीवन बीमा कम्पनीमा यूनियन लाइफ सबैभन्दा अगाडि छ ।


प्रथम बीमा शुल्क आर्जनमा यूनियन तेस्रो स्थानमा छ । यूनियनले पुराना ६ वटा कम्पनीलाई प्रथम बीमा शुल्क आर्जनमा जितेको छ । यूनियनले गत आवमा २ अर्ब ८६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।  नविकरण भने १ अर्ब ७९ करोड रहेको छ ।


लकडाउन खुलेपछि बीमा कम्पनीहरुले असारमा आक्रमक ढंगको ब्यापार गरेको ताथ्याङकले देखाएको छ । असार महिनामा मात्रै ११ अर्ब ६५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने १२ अर्ब ९० करोड रुपैयाँको नविकरण गरेका छन् ।




एक वर्षमा भएको प्रथम बीमा शुल्कमा ३३।७८ प्रतिशत बीमा शुल्क असार महिनामा मात्रै उठेको छ भने नविकरणतर्फ २२।२५ प्रतिशत नविकरण बीमा शुल्क असार महनिामा मात्रै संकलन भएको छ ।


गत वर्ष पूर्ण सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थानले ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ६ अर्ब १३ करोड रुपैयाँ छ ।




यस्तै नेशनल लाइफको प्रथम बीमा शुल्क आर्जन २ अर्ब ३५ करोड, नवितरणतर्फ ६ अर्ब ५६ करोड, मेट लाइफको प्रथम बीमा शुल्क १ अर्ब ३० करोड, नविकरण २ अर्ब ८५ करोड छ ।


त्यसैगरी एशियन लाइफ प्रथम बीमा शुल्क १ अर्ब ६० करोड नविकरण २ अर्ब ९२ करोड, सुर्य लाइफ प्रथम बीमा शुल्क १ अर्ब १३ करोड नविकरण १ अर्ब ५४ करोड,  गुँरास लाइफ प्रथम बीमा शुल्क ७८ करोड, नविकरण १ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।


यता प्राइम लाइफले प्रथम बीमा शुल्क १ अर्ब १९ करोड नविकरण १ अर्ब ८८ करोड, आईएमई लाइफले प्रथम बीमा शुल्क ७८ करोड नविकरण ५५ करोड, ज्योति लाइफले प्रथम बीमा शुल्क १ अर्ब २३ करोड, नविकरण ६४ करोड, सन नेपाल प्रथम बीमा शुल्क ५७ करोड नविकरण ४८ करोड, रिलायन्स लाइफ प्रथम बीमा शुल्क ९१ करोड नविकरण ४७ करोड, रिलायबल प्रथम बीमा शुल्क १ अर्ब ७ करोड नविकरण ४० करोड रहेको छ ।


सिटिजन्स लाइफ प्रथम बीमा शुल्क १ अर्ब २३ करोड, नविकरण ६० करोड, सानिमा लाइफ प्रथम बीमा शुल्क ५५ करोड नविकरण २७ करोड, प्रभु लाइफले प्रथम बीमा शुल्क ८९ करोड नविकरण २८ करोड र महालक्ष्मी लाइफले प्रथम बीमा शुल्क ८० करोड र नविकरण शुल्क ५ करोड रुपैयाँ संकलन गरेका छन् । उक्त तथ्याङक बीमा कम्पनीहरुले समितिमा बुझाएका छन् ।

No comments:

Post a Comment