Wednesday, January 26, 2022

महंगो हुने भयो कर्जाको ब्याजदर, ऋणीको लागत बढ्ने



काठमाडौं । गत वर्षसम्म सस्तो ब्याजदरमा कर्जा लिएका ग्राहकले अब भने त्यो सुविधा नपाउने भएका छन् । बैंकिङ प्रणालीमा तरलता चाप बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो ।


गत आर्थिक वर्षको पुस महिनाको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकको आधार दर बढेसँगै कर्जाको ब्याजदर पनि बढेको छ ।


गत आवमा बैंकहरुको औसत आधारदर ६।९३ प्रतिशत बिन्दु रहेकोमा चालु आवको सोही अवधिमा आधारदर बढेर ८।०३ प्रतिशत बिन्दुमा पुगेको छ ।


चालु आवको पुस मसान्तसम्म २३ वटा बैंकले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन् । त्यसबाहेक एनएमबि बैंक, हिमालयन बैंक, सनराइज बैंक र नेपाल बैंकले वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।


आधार दर बढेसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो ।


गत आवको ६ महिनामा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको आधारदर ५।६१ प्रतिशत थियो । चालु आवको सोही अवधिमा बैंकको आधार दर बढेर ६।६ प्रतिशत पुगेको छ ।


यस्तै नबिल बैंकको आधारदर ५।७६ प्रतिशत थियो । चालु आवको सोही अवधिमा बैंकको आधारदर बढेर ७।३९ प्रतिशत छ । गत आवको ६ महिनामा ५ प्रतिशतभन्दा कम आधारदर यी दुई बैंकको मात्रै थियो ।


अहिले सबैभन्दा कम आधारदर हुनेमा राष्ट्रिय वाणिज्य बैंक छ । बैंकको आधारदर ६।६ प्रतिशत रहेको छ । यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकको ६।८३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ६।०७ प्रतिशत रहेको थियो ।


चालु आवको पुस मसान्तसम्म ५ वटा बैंकको आधारदर ७ देखि ८ प्रतिशतको हाराहारीमा रहेको छ । जसमा एभरेष्ट बैंकको ७।६२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७।९९ प्रतिशत, कृषि विकास बैंकको ७।५३ प्रतिशत, नबिल बैंकको ७।३९ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकको आधारदर ७।२१ प्रतिशत रहेको छ ।


साथै एक दर्जन बैंकको आधारदर ८ देखि ९ प्रतिशतको हाराहारीमा रहेको छ । ९ प्रतिशतभन्दा बढी आधारदर हुने बैंकमा ४ वटा बैंक रहेको छन् । जसमा सबैभन्दा बढी सिभिल बैंकको ९।७४ प्रतिशत छ । गत आवको सोही अवधिमा ८।४५ प्रतिशत थियो ।


यस्तै एनआईसी एसिया बैंकको ९।४४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ६।६५ प्रतिशत रहेको थियो । सबैभन्दा धेरै आधारदर पनि एनआईसी एसिया बैंकको नै बढेको छ । एनसीसी बैंकको ९।१५ प्रतिशत रहेको छ । जुन गत आवको सोही अवधिमा ७।९४ प्रतिशत रहेको थियो । यस्तै सिटिजन्स बैंकको आधारदर पुस मसान्तसम्म ९।०८ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा ८।२५ प्रतिशत रहेको थियो ।


बैंकहरुले कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार भनेको आधार दर ९बेस रेट० नै हो । बैंकहरुले अहिले आधारदरमा ० देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज लिन पाउने व्यवस्था छ ।


आधार दर ३र३ महिनामा संशोधन हुने गर्छ । आधार दर वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने औजार मात्रै हो ।




बजारमा तरलता ९लगानीयोग्य रकम० को अभाव हुँदा कर्जा र निक्षेपको ब्याजदर बढ्छ । निक्षेप धेरै संकलन भयो भने कर्जाको ब्याजदर घट्ने गर्दछ । अहिले पनि बैंकमा लगानीयोग्य रकमको अभाव कायमै छ । तरलता अभाव न्यून गर्न केन्द्रीय बैंकले रिपो जारी गर्ने, सापटी दिने गर्दै आएको छ । यद्यपि तरलता अभाव हसज हुन सकेको छैन ।


पुस मसान्तसम्म बैंकहरुको सीडी रेसियो औषतमा ९०।२४ प्रतिशत छ । चालु आवको मौद्रिक नीतिमा आगामी असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशत पुर्याउने भनिए पछि अहिले नै ९०।२४ प्रतिशत औषतमा पुगिसकेको छ ।


विभिन्न १३ वटा बैंकको सीडी रेसियो ९० प्रतिशतभन्दाबढी छ । ती बैंक कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । केही बैंक सहुलियत कर्जा समेत दिन नसक्ने अवस्थामा पुगेका छन् । जसले गर्दा बैंकमा कर्जाको ब्याजदर बढ्ने तथ्याङकले देखाएको छ ।

https://clickmandu.com/2022/01/182583.html

No comments:

Post a Comment