Wednesday, January 26, 2022

बैंकका सीइओको तलब ४६ करोड, कसको कति ?


काठमाडौं । जागिर गर्नेका लागि बैंक आकर्षक क्षेत्र हो । कतिपय अवस्थामा जागिरेहरु यसलाई ग्ल्यामरको क्षेत्र पनि भन्छन् । यसो हुनुमा बैंकिङ क्षेत्रमा काम गर्ने कर्मचारीले पाउने तलब, भत्ता तथा राम्रो बोनस नै हो ।


त्यसैले प्रत्येक वर्ष बैंकमा काम गर्ने कर्मचारीहरुले पाउने तलब तथा बोनसमा धेरैको रुचि समेत हुन्छ । त्यसमाथि प्रमुख कार्यकारी अधिकृतको तलवको चर्चा हरेक वर्ष हुने गरेको छ ।


आर्थिक वर्ष २०७७र७८ मा सञ्चालनमा रहेका २७ वटामध्ये २५ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीइओ०हरुले करिब ४६ करोड रुपैयाँ तलब भत्ता बापत बुझेका छन् ।


हालसम्म राष्ट्रिय वाणिज्य बैंक र एनआईसी एसिया बैंकका सीइओहरुले बुझेको तथ्यांक सार्वजनिक भइसकेको भने छैन ।


सबैभन्दा धेरै तलब प्रभु बैंकका सीइओ शेरचनको


वाणिज्य बैंकका सीइओमध्ये सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सीइओमा प्रभु बैंकका अशोक शेरचन छन् । शेरचनले गत आर्थिक वर्षमा ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बुझेको पारिश्रमिक अघिल्लो आवको भन्दा ३।४९ प्रतिशतले बढी हो ।


शेरचनपछि सबैभन्दा बढी पारिश्रमिक बुझ्ने सीइओमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योती पाँडे छन् । उनको गत आवमा ३ करोड ६ लाख ३४ हजार रुपैयाँ बुझेका छन् । अघिल्लो आवको तुलनामा गत आवमा उनको तलब बढेको छैन ।


गत आवमा सबैभन्दा कम पारिश्रमिक बुझ्ने सीइओमा कृषि विकास बैंकका अनिल उपाध्याय छन् । उपाध्यायले ४५ लाख १६ हजार ६५० रुपैयाँ तलब भत्ता लिएका छन् । उनको तलब भत्ता अघिल्लो आवको तुलनामा १३।०२ प्रतिशतले बढी हो ।


एक करोड रुपैयाँभन्दा कम तलब खाने सीइओमा नेपाल बैंकका सीइओ छन् । नेपाल बैंकले सीइओ कृष्ण अधिकारीलाई ५४ लाख ४२ हजार ९१६ रुपैयाँ पारिश्रमिक बुझेका छन् । उनले बुझेको पारिश्रमिकको रकम अघिल्लो आवको तुलनामा गत आवमा १५।८९ प्रतिशतले बढी हो ।


सेञ्चुरी कमर्सियल बैंकले सीइओ तुलसी गौतमलाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ पारिश्रमिक भुक्तान गरेको छ । तर हाल उनले बैंक छाडिसकेका छन् । यता सिटिजन बैंकले सीइओ गणेशराज पोखरेललाई १ करोड ३१ लाख ९० हजार रुपैयाँ पारिश्रमिक भुक्तान गरेको छ । उनको पारिश्रमिक अघिल्लो वर्षको तुलनामा बढेको छैन ।



७ वटा बैंकको सीइओको पारिश्रमिक घट्यो


गत आर्थिक वर्षमा विभिन्न ७ वटा बैंकको सीइओको तलब भत्ता घटेको छ । गत वर्ष अघिल्लो वर्षको तुलनामा बैंक अफ काठमाण्डू, सिभिल बैंक, कुमारी बैंक, माछापुच्छे« बैंक, एनएमबि बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीइओको तलब घटेको हो ।


स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीइओ अनिरभान घोष दस्तिदारले २ करोड ७६ लाख २२ हजार ४०२ रुपैयाँ पारिश्रमिक लिएका छन् । अघिल्लो वर्षको तुलनामा बैंकले सीइओको तलब ३०।५९ प्रतिशतले घटाएको छ ।


यस्तै बैंक अफ काठमाण्डूले सीइओका लागि २ करोड ५६ लाख २७ हजार ९२४ रुपैयाँ तलब भत्तामा खर्चिएको छ । बैंकले सीइओको तलब ८।८० प्रतिशतले घटाएको हो ।


यता सिभिल बैंकले पनि सीइओको तलब २१।०७ प्रतिशतले घटाएको छ । बैंकले गत आवमा सीइओलाई १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब तथा भत्ता दिएको छ ।


कुमारी बैंकको पनि तलव भत्तामा १।१९ प्रतिशतले घटाएको छ । सीइओ सुरेन्द्र भण्डारीले गतवर्ष २ करोड ३५ लाख ४५ हजार ९६८ रुपैयाँ रुपैयाँ तलब सुविधा लिएका छन् ।


यस्तै माछापुच्छ्रे बैंकका सीइओको पनि तलब ३९।६१ प्रतिशतले घटेको छ । अघिल्लो वष्र्त सीइोका लागि गरेको खर्चन्बा ३९।६१ प्रतिशतले घटाउँदै गत वर्ष बैंकले सीइओका लागि १ करोड २८ लाख ६१ हजार रुपैयाँ खर्च गरेको छ।


यता एनएमबि बैंकका सीइओ सुनिल केसीको पनि तलब ०।६७ प्रतिशतले घटेको छ । उनले गत आवमा १ करोड ७४ लाख ९ हजार ३८८ रुपैयाँ तलब भत्ता लिएका छन् । मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीको तलब भत्ता पनि ३२।९० प्रतिशतले घटेको छ । उनको तलब १ करोड १४ लाख २७ हजार ४५० रुपैयाँ छ ।


कसको कति बढ्यो ?


२५ वटा वाणिज्य बैंकमध्ये १५ वटा वाणिज्य बैंकका सीइओहरुको तलब अघिल्लो आवको तुलनामा गत आवमा बढेको छ । यता नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकका सीइओको तलब भने बढेको छैन ।


नेपाल बंगलादेश बैंकका सीइओ ज्ञानेन्द्र ढुङगानाले १ करोड ४१ लाख रुपैयाँ तलब भत्ता लिएका छन् । नबिल बैंकका सीइओ अनिल केशरी शाहले गत वर्ष २ करोड ४५ लाख २ हजार ६६९ रुपैयाँ रुपैयाँ तलब भत्ता लिएका छन् भने प्राइम कमर्सियल बैंकका सीइओ नारायणदास मानन्धरले २ करोड ६ लाख ८ हजार तलब भत्ता, एनसीसी बैंकका सीइओ रमेशराज अर्याल १ करोड ५२ लाख ३७ हजार ६३५ रुपैयाँ तलब भत्ता लिएका छन् ।


सनराइज बैंकका सीइओ सुमन शर्माले २ करोड २९ लाख ५५ हजार, हिमालयन बैंकका सीइओ अशोक राणाले २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ, सिद्धार्थ बैंकका सीइओ सुन्दर कँडेलले २ करोड ११ लाख १९ हजार ८३० रुपैयाँ तलब, भत्ता लिएका छन् ।


लक्ष्मी बैंकका सीइओ अजय शाहले १ करोड १५ लाख १४ हजार रुपैयाँ तलब भत्ता बुझेका छन् । सानिमा बैंकका सीइओ भुवन दाहाल १ करोड ८४ लाख १५ हजार, ग्लोबल आइएमई बैंकका सीइओ महेश ढकालले १ करोड ३९ लाख ७८ हजार २०० रुपैयाँ तलब तथा भत्ता लिएका छन् ।


त्यस्तै नेपाल एसबीआई बैंकले सीइओलाई १ करोड ३२ लाख ९२ हजार ९६१ रुपैयाँ तलब भत्ता दिएको छ । एभरेष्ट बैंकले सीइओ डा। सुधीरकुमार तथा नायब महाप्रबन्धक सहायक महाप्रबन्धकको लागि भन्दै ३ करोड ७१ लाख रुपैयाँ बढी खर्च गरेको छ ।

https://clickmandu.com/2022/01/181435.html

No comments:

Post a Comment