Wednesday, January 26, 2022

इपीएस र आरओइमा एनआईसी एशिया अगाडि, ग्लोबल दोस्रो



काठमाडौं । लगानीकर्ताले आफुले लगानी गरेपछि सदैव त्यो कम्पनीले दिने प्रतिफलमा ध्यान दिने गर्दछन् । लगानीकर्ताले लगानी गरेपछि आफ्नो कम्पनीको प्रतिसेयर आम्दानी कति रहेको छ भन्नेमा चासो राख्ने गर्दछन् ।


प्रतिसेयर आम्दानीले सेयरको मूल्यको मूल्यांकन गर्न सहयोग गर्दछ ।


प्रति सेयर आम्दानी धेरै भएको कम्पनीलाई लगानीकर्ताले राम्रो कम्पनीको रुपमा लिने गरेका छन् । यस्तै थोरै प्रतिसेयर आम्दानी भएका कम्पनीलाई कमजोर कम्पनी भनेर भन्ने गरिन्छ ।


जुन कम्पनीले धेरै प्रतिफल दिन्छ त्यसमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । लगानीकर्ताले जहिले पनि कम्पनीको नाफा भन्दा पनि प्रतिसेयर आम्दानी हेरेर लगानी गर्ने गर्दछन् ।


यस्तै आफुले गरेको लगानी माथिको प्रतिफल पनि लगानीकर्ताको लागि अर्को चासोको विषय हो । बैंकहरुको रिटर्न अफ इक्विटी ९आरओई० कति छ भन्ने तर्फ पनि लगानीकर्ताले निकै चासो दिने गरेका हुन्छन् ।


सेयरधनीले बैंक तथा वित्तीय संस्थामा गरेको कुल लगानीको प्रतिफललाई रिटर्न अफ इक्विटी ९आरओई० भन्ने गरिन्छ र सेयरधनीको लगानीमा पुँजीसँगै जगेडा कोष र चुक्ता पुँजी समावेश गरिएको हुन्छ । बैंकहरुको जति नाफा कमाएका छन् त्यसको लागि आफुले कति लगानी गरेर कति नाफा कमाए भनेर थाहा पाउने सूचक आरओई हो ।


चालु आवको ६ महिनमा आइपुग्दा धेरै प्रतिसेयर आम्दानी हुनेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा रहेको छ । बैंकमा लगानीकर्ताले गरेको लगानी माथिको प्रतिफल २०।७८ प्रतिशत रहेको छ ।


प्रतिसेयर आम्दानी धेरै हुने दोस्रो बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्य बैंकको २७ रुपैयाँ ५४ पैसा रहेको छ । उक्त बैंकमा लगानीकर्ताले गरेको लगानी माथिको प्रतिफल १२।३२ प्रतिशत रहेको छ ।


२० रुपैयाँ भन्दा बढी प्रतिसेयर आम्दानी हुने बैंकमा स्टयान्डर्ड चार्टर्ड बैंक हेको छ । बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाा ५ पैसा रहेको छ भने ग्लोबल आइएमई बैंकको २२ रुपैयाँ ३९ पैसा रहेको छ ।


२० वटा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा कम


पुस मसान्तसम्म बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुुसार २० वटा बैंकको प्रतिसेयर आम्दानी रुपैयाँ भन्दा कम रहेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी हुनेमा सिभिल बैंक रहेको छ । सिभिल बैंकको ११ रुपैयाँ ६६ पैसा रहेको छ । प्रभु बैंकको १९ रुपैयाँ ८६ पैसा, माचापुच्छ«े बैंकको १९ रुपैयाँ ७१ पैसा, नेपाल बैंकको १९ रुपैयाँ ६७ पैसा, सानिमा बैंकको १९ रुपैयाँ ०२ पैसा रहेको छ ।


यस्तै एनएमबि बैंकको १८ रुपैयाँ ६४ पैसा, प्राइम बैंकको १७ रुपैयाँ ९९ पैसा, नेपाल इन्भेष्टमेन्ट बैंकको १७ रुपैयाँ ७४ पैसा, एभरेष्ट बैंकको १७ रुपैयाँ ७२ पैसा, सिटिजन्स बैंकको १७ रुपैयाँ ४५ पैसा, मेगा बैंकको १७ रुपैयाँ ३७ पैसा, नेपाल एसबीआई बैंकको १६ रुपैयाँ ४९ पैसा रहेको छ ।

यस्तै एनसीसी बैंकको १६ रुपैयाँ १७ पैसा, नेपाल बंगलादेश बैंकको १६ रुपैयाँ ०९ पैसा, कृषि विकास बैंकको १५ रुपैयाँ २८ पैसा, सेन्चुरी बैंकको १५ रुपैयाँ १२ पैसा, सनराइज बैंकको १४ रुपैयाँ ७४ पैसा, लक्ष्मी बैंकको १४ रुपैयाँ १५ पैसा, बैंक अफ काठमाण्डूको १३ रुपैयाँ ५४ पैसा र कुमारी बैंकको १२ रुपैयाँ ९४ पैसा रहेको छ ।


आरओईमा को अब्बल ?


चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय अवस्था हेर्दा धेरै आरओई हुने बैंकमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको आरओई २०।७८ प्रतिशत रहेको छ । यस्तै ग्लोबल आईएमई बैंकको १५।१४, माछापुच्छ«े बैंकको १४।६५, सिद्धार्थ बैंकको १४।७१, प्रभु बैंक १३।८४, सानिमा १३।५८, एनएमबि बैंकको १३।६२, प्राइम १३।१४, मेगा १३।०५, नबिल बैंकको १२।८०, स्टयान्डर्ड चार्टर्ड बैंकको १२।७९, सिटिजन्स बैंक १२।४७, राष्ट्रिय वाणिज्य बैंकको १२।३२ प्रतिशत रहेको छ ।


यस्तै नेपाल बैंकको ८।२६, नेपाल इन्भेष्टमेन्ट बैंकको ९।९५, एभरेष्ट बैंकको ८।०५, सनराइज बैंक ९।७१, लक्ष्मी बैंक ९।६८, बैंक अफ काठमाण्डू ८।५४, कुमारी बैंक ९।८९ र सिभिल बैंकको ९।०१ प्रतिशत रहेको छ ।

https://clickmandu.com/2022/01/182800.html

No comments:

Post a Comment